Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

गाईजात्रामा थोरै राजनीतिक व्यङ्ग्य, धेरै सन्देश

\"Manojकाठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा जारी ‘तिते जिरे मेरी बास्सै’ गाईजात्रामा दर्शक हास्य व्यङ्ग्यमा रमाइरहेका थिए । एक्कासि उद्घोषक राजा राजेन्द्र पोखरेलले भने– ‘आदरणीय दर्शकवृन्द, हाम्रो कार्यक्रमका प्रमुख अतिथि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको आगमन भएको छ, लोकप्रिय मन्त्रीलाई स्वागत गरौँ ।’ पछिल्लो समय डिभी, पिआरधारी कर्मचारीलाई कारबाहीको दायरामा ल्याएर जनस्तरमा लोकप्रियता हासिल गरेका मन्त्रीको स्वागत गर्न दर्शक ज¥याकजुरुक उठे । पृष्ठभूमिमा ‘म भक्त हुँ यो देशको...’ भन्ने राष्ट्रिय गीत गुञ्जिन सुरु भयो । नभन्दै मन्त्री केही व्यक्तिलाई साथमा लिएर राष्ट्रिय झन्डा हल्लाउँदै साइकलमा सरर्र आए । तर उनी प्रमुख अतिथिलाई छुट्याएको सोफामा नबसीकन सिधै मञ्चमा गए र आफ्ना कुरा राख्न थाले । दर्शक झुक्किए, तर त्यहाँ कुनै मन्त्रीको आगमन भएको थिएन । थिए त त्यहाँ मन्त्री पण्डितको भेषमा आएका कलाकार मनोज गजुरेल । सबैको ‘क्यारिकेचर’ गर्न माहिर गजुरेलले यो वर्ष मन्त्री पण्डितको अनुहारदेखि बोल्ने शैली र शब्दलाई हुबहु उतारेका छन् । प्रहसनमा डिभी पिआरधारी कर्मचारीको असन्तुष्टि र कारबाही गर्ने मन्त्रीको दृढतालाई देखाइएको छ । ‘अमेरिकाको डिभी (डाइभर्सिटी भिसा) भन्दा नेपालको डिभी (दाल भात) अति उत्तम हो ।’– भन्ने निष्कर्ष निकाल्दै यो प्रहसन सकिन्छ । कलाकार गजुरेलले अर्को प्रस्तुतिमा दाता सम्मेलनको व्यङ्ग्य गर्दै विधाता सम्मेलन गरेका छन् । विधाता सम्मेलनमा गजुरेलले प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कमल थापा, राजेन्द्र महतोको त बोली हुबहु उतारेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ, अमेरिकी राष्ट्रपति बाराक ओबामा, चीनका राष्ट्रपति सी जिङ पिङ, श्रीलङ्काली तत्कालीन राष्ट्रपति महिन्दा राजपाक्षे, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, जापानका प्रधानमन्त्री र साउदी अरेवियाका शेखको भाषण पनि उनीहरुकै भाषामा प्रस्तुत गर्न पनि सफल भएका छन् । प्रहसनले ‘दाता हुन् या विधाता हरेकको स्वार्थ हुन्छ, त्यसैले आफ्नो काम नेपाली आफैँले गर्नुपर्छ’ भन्ने सन्देश दिन्छ । हाँस्य टेलीशृङ्खला ‘तितो सत्य’को प्रस्तुतिमा दीपकराज गिरी, दीपाश्री निरौला, सुरवीर पण्डित, किरण केसी, पूर्ण थापा, रवि डङ्गोल, केशव न्यौपाने आदि कलाकारले ‘धरहरा’ प्रहसनमार्फत देश सङ्घीयतामा गएपनि नेपालीको एकतामा फरक पर्नुहुन्न ‘प्रदेशभन्दा ठूलो देश हो’ भन्न खोजेको छ । प्रहसनमा सुरवीर पण्डितलाई धरहरा निर्माणकर्ता भीमसेन थापाका रुपमा प्रस्तुत गरिएको छ । सबै प्रदेशका जातजातिले थापालाई साथ दिएपछि भूकम्पले ढलेको धरहरा उठ्छ । ‘जिरे खुर्सानी’ समूहको प्रहसन केही विदेशी संस्थाले पैसाको प्रलोभन देखाएर नेपालका सनातन धर्म सभ्यता, संस्कृतिमाथि प्रहार गरिरहेको विषयवस्तुलाई देखाइएको छ । शिवहरि बैरागी, रमेश अधिकारी, देवीराम पराजुली, नीरज नेपाल, राजाराम पौडेल आदि कलाकारको प्रस्तुति रहेको उक्त प्रहसनमा भूकम्पको समयमा घटेका विभिन्न घटनालाई पनि प्रस्तुत गरिएको छ । त्यस्तै, सोही समूहको अर्को प्रस्तुतिमा रहेको प्रहसन ‘पाल’मा भूकम्पले पहुँचवाला र सर्वसाधारणलाई समान हैसियतमा पु¥याएको व्यङ्ग्य गरिएको छ । शिवहरि पौडेल, किरण केसी, मनोज आचार्य, सविता गुरुङ, नीरज नेपाल, हिमा कोइराला आदिले प्रहसनमा ‘देश कित्ताकाट गर्ने पाल हैन, सबै नेपालीको नेपाल हो’ भन्ने सन्देशसमेत दिएका छन् । ‘मेरी बास्सै’ समूहको प्रहसनले डन प्रवृत्तिको विरोध गर्दै शान्तिको सन्देश दिन्छ । केदार घिमिरे, विल्सनविक्रम राई, सुनिता गौतम, सवनम राई, सन्देश लामिछाने आदिको प्रस्तुतिले राष्ट्रिय एकताको सन्देश दिने त छँदैछ । गाईजात्रामा हास्य कवि शैलेन्द्र सिंखडाको ‘कृष्ण र अर्जुनको संवाद’ लगायतका बेजोड प्रस्तुतिले दर्शकलाई ‘वान्स मोर’ भन्न बाध्य गराउँछ भने टीका भण्डारी र यमन श्रेष्ठको ‘प्यारोडी’ गीतले दर्शकको मन जित्न सफल भएको छ । साथमा प्रविना खनाल, सुमनसागरजङ्ग केसी, लक्ष्मी केसी तथा कविता शर्माको ‘रिमिक्स डान्स’ले मनोरञ्जन दिन्छ भने उद्घोषक राजा राजेन्द्रको शैलीले पनि करिब तीन घन्टासम्म दर्शकलाई हलमा राख्न सफल भएको छ । भदौ १२ देखि सुरु भएर २६ गतेसम्म चल्ने यो वर्षको गाईजात्रे कार्यक्रममा अघिल्लो वर्षको तुलनामा नेतालाई दिने घोचपेच कम छ भने अधिकांश प्रहसनले सबै नेपाली मिलेर मात्र राष्ट्रिय एकता तथा जातीय, धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सकिन्छ, देश बनाउन सकिन्छ भन्ने सन्देश दिएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies