Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

जनतालाई संकटमा पारेर मानवअधिकारको रक्षा हुन सक्दैनः प्रधानमन्त्री कोइराला

\"PM-काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले जनतालाई संकटमा पारेर मानवअधिकारको रक्षा हुन नसक्ने उल्लेख गर्दै समस्याको शान्तिपूर्ण निकासका लागि आफूले निरन्तर पहल गरिरहेको बताए । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा सहितको प्रतिनिधि मण्डलले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा  भएको भेटको क्रममा उनले उत्त कुरा बताएका हुन । भेटमा नेपालको मानवअधिकारको अवस्था, संविधान निर्माण , हाल देशका विभिन्न भागमा भएका आन्दोलन,आन्दोलनमा मानवधिकारको अवस्था र तिनले आम नागरिकको मानव अधिकारको उपयोगमा पु¥याएको असरका बारेमा कुराकानी भएको थियो । भेटमा आयोगका तर्फबाट टीकापुर घटनामा सात दिन लगाएर गरिएको अनुगमनको प्रारम्भिक जानकारी,देशका अन्य भागमा  भएका आन्दोलनमा आयोगको अनुगमनमा देखिएका विषयहरु, आन्दोलनलाई शान्तिपूर्ण राख्ने सम्बन्धमा आन्दोलनकारी र सरकारका तर्फबाट गर्न सकिने उपायका बारेमा पनि छलफल भएको थियो । भेटमा आयोगका अध्यक्ष सहित पदाधिकारीहरुले आफ्नो अधिकारको माग गर्दा अरुको अधिकारको हनन गर्न नहुने सर्वमान्य सिद्धान्तलाई पालना गर्न आन्दोलनकारीहरुलाई आयोगले गरेको अनुरोधबारे पनि बताएका थिए  । आयोगका पदाधिकारीहरुले  हालको आन्दोलनबाट स्वास्थ्य र शिक्षाका क्षेत्रमा ठूलो असर परेको र बन्द हड्तालले काम गरेर खानु पर्ने वर्गलाई अत्यधिक मर्का परेको पनि उल्लेख गरेका थिए । उनीहरुले आयोगमा आउनु भएका आन्दोलनकारी राजनीतिक दल र समूहहरुसंग यस सम्बन्धमा पनि कुरा भएको बताए । आयोगमा संयुक्त मधेशी मोर्चामा सम्मिलित दलका प्रतिनिधिहरु र थारुहट÷थारुवान सयुक्त संघर्ष समितिका पदाधिकारीहरु जाँदा यो कुराको जानकारी दिइएको पनि थियो । प्रधानमन्त्री कोइरालाले  आन्दोलनरत संयुक्त मधेशी मोर्चामा सम्मिलित दलहरु र थारुहट ÷थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीहरुसंग कहिले पत्राचारबाट,कहिले टेलिफोनबाट र कतिपयसंग प्रत्यक्ष संवादका माध्यमबाट समाधान खोज्न आफू जुटीरहेको बताए । उनले संवादका माध्यमबाट शान्तिपूर्ण रुपमा समाधानमा पुग्नुको विकल्प नभएको पनि बताए । उनले सहमति सहकार्य एकता र मेलमिलापका माध्यमबाट सबैखालका समस्याको समाधान निस्कने बताए । अध्यक्ष अनुपराज शर्माको नेतृत्वमा आएको प्रतिनिधि मण्डलमा सदस्य द्वय सुदीप पाठक र प्रकाश वस्ती रहेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies