Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

नागरिक अगुवा र वुद्धिजीवीको अपिल : सरकार दमन नगर, आन्दोलनकारी संयमीत होऊ

  • तराइ मधेसमा खटाइएका सशस्त्रबललाई तुरुन्त फिर्ता बोलाएर वार्ताबाट राजनीतिक हल खोज्न सरकारलाई अपिल
  • अत्यधिक संयमता अपनाउन आन्दोलनकारीलाई अपिल
  • अधिकार प्राप्तिका लागि भइरहेका आन्दोलनहरूको चुस्त निगरानी गरेर दुवै तर्फलाई संयमित हुन आग्रह गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल
  • आन्दोलनलाई साम्प्रदायिक रंग दिएर सामाजिक सामञ्जस्य विगार्ने र उत्तेजना फैल्याउने सामाग्री प्रकाशन र प्रशारण तुरुन्त बन्द गर्न संचारमाध्यमलाई अपिल
\"nagarik_aguwa\"काठमाडौं । नागरिक समाजका अगुवा र बुद्धिजीवीले तराईमधेसमा जारी आन्दोलन र भएका विभिन्न घटनालाई वार्ताबाट हल खोज्न सरकार, आन्दोलनकारी, अन्तर्राष्टिय समुदाय र संचारमाध्यमलाई अपिल गरेका छन् । नागरिक समाजका अगुवा र बुद्धिजीवीको तर्फबाट बुधबार पद्मरत्न तुलाधरले विज्ञप्ति जारी गर्दै तराई मधेसका विभिन्न क्षेत्रमा खटाइएका सशस्त्रबललाई तुरुन्त फिर्ता बोलाउनसमेत सरकारलाई आग्रह गरेका छन् । यसैगरी आन्दोलनमा भएका घटनाको वस्तुगत रिपोर्टिङ गर्न र घटनालाई तोडमरोड गरेर वा बढीचढाईं गरेर सम्प्रेषण नगर्न संचार माध्यमलाई आग्रह गर्दै समस्याको राजनीतिक निदानका लागि दुवै पक्षलाई वार्तामा आउन हौसला दिने खाले रचनात्मक भूमिका निर्वाह गर्नसमेत अपिल गरेका छन् । विज्ञप्तिको पुरा पाठ संविधानसभाबाट संविधान छिटो जारी होस् भन्ने सबै नेपाली जनताको चाहना हो । तर, हतार गर्ने नाममा हिजो नेपाली जनताले गरेका आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धिलाई नसमेटी जारी गरिने संविधान दीर्घकालीन द्वन्द्वको बीऊ हुनेछ भन्ने मुलुकमा पछिल्लो समय घटेका दुखदायी घटनाले प्रमाणित गरिसकेको छ । सुर्खेत, सप्तरी, कैलाली, रुपन्देही, बारा र पर्सामा नेपाली जनताले ज्यान गुमाउनु दुखदायी छ । मस्यौदा संविधान जारी हुनुअघि नै नागरिक समाजका अगुवा र बुद्धिजीविहरूले दलित, महिला, जनजाति, मधेसी, र अल्पसंख्यकका हकअधिकार सुनिश्चित नगरी ल्याइएको संविधानले द्वन्द्व सृजना गर्ने तर्फ बारम्बार सत्तापक्ष र सम्बन्धित पार्टी र नेताहरूका ध्यानाकर्षण गराएका हुन् । यी सचेत खबरदारीलाई अन्देखागर्दै खेलाँचीपूर्ण ढंगले मस्यौदा संविधान जारी गरियो । त्यसउपर, संघीयताको जस्ता मोडल अघि सारियो, त्यसमा कतै गम्भीरता देखिएन । चार ठूला पार्टीहरूबीच भएको भनिएको १६ बुँदे सम्झौतामा ८ प्रदेश सहितको संघीयता हुनेछ भन्ने ग्यारेन्टी गरेपनि ६ प्रदेशको खाका अघि सारियो । संघीयतासम्बन्धी लामो समयदेखि प्राज्ञिक ढंगले अध्ययन र छलफल गर्दै आएका विज्ञहरूले संघीयताको यो खाका पहिले सहमति भएअनुसार पहिचान र सामथ्र्यका आधारमा नबनेको जिकिर गरेका छन् । मुलधारका छापाहरूमा आएका यी बहसहरू सर्वविदितै छ । सुर्खेतमा भएको आन्दोलनमा ३ जनाले ज्यानगुमाएपछि थारु र मधेसीका आन्दोलनलाई अन्देखागर्दै सात प्रदेशको खाका सहितको संघीयता अघि सारियो । हेलचेक्र्याईं र गल्तीको यस्तो पुनरावृत्ति नेपाली जनतामाथिको ठट्टा सिवाय केही होइन । यसबीच कैलालीमा दुखद घटना घट्यो । त्यसपछि पनि संयम अपनाउन र असन्तुष्ट पक्षसँग वार्ता र विमर्श गर्ने वातावरण सृजनागर्न सबै तर्फबाट सत्तापक्षसँग आग्रह गरियो । असन्तुष्ट पक्षलाई दबाएर होइन, उनीहरूका जायज मागलाई सम्बोधन गरेर मात्रै समाधान गर्न सकिन्छ भन्ने बोध गराउन विभिन्न पक्षबाट पहलहुँदै आएको सर्वविदितै छ । तथापि, राज्यका सुरक्षा संयन्त्रहरूबाट बढी बल प्रयोग गराई थप नेपाली जनताको ज्यानलिने उद्यमजारी राखिनु आपत्तिजनक छ । प्रहरीबाट बिरगञ्ज र जनकपुरलगायतका ठाउँमा भएको बल प्रयोगको शैली पनि उत्तिकै आपत्तिजनक छ । आन्दोलनकारीका टाउको र छाती ताकेर ज्यानमार्ने नै उद्देश्यले जसरी प्रहार गरिएका दृश्य र खबरहरू बाहिर आएका छन्, त्यो निन्दनीय छ । कैलाली घटनामा वरिष्ठ प्रहरी अधिकृत सहित आठ जनालाई जसरी हत्यागरियो, त्यसको भत्र्सना हुनुपर्छ र भएको छ । तर, त्यसैको प्रतिशोध लिएको ढंगले प्रहरीबाट आन्दोलनकारीमाथि प्रहार हुनु उति नै भत्र्सनायोग्य विषय हो । समुदायहरूबीचमा सद्भाव खल्बलिएको भन्ने कथ्य जसरी सञ्चार माध्यमहरूमा फैल्याइएको छ, त्यसको निहितार्थमा सन्देह बढेको छ । अहिले भएका आन्दोलनहरू कुनै खास समुदायसँगको वैमन्यस्यता फैल्याउने गरी भएका होइनन् भन्ने आन्दोलनकारीहरूले बारम्बार स्पष्ट पारेका छन् । कुनै आन्दोलनकारी समूहले समेत अर्को समुदायमाथिलक्षित प्रहार गरेको कतै प्रमाण भेटिएको छैन । बरु, आन्दोलनकारीहरू सत्तापक्षसँग नै आफ्ना असन्तुष्टीहरू राखिरहेका छन् । त्यसैले हुँदै नभएको घटनालाई नचाहिंदो ढंगले उछालेर सनसनीपूर्ण बनाउन खोज्नुले नै बरु सद्भाव खल्बल्याउन खोजेको प्रतित हुन्छ । जसले सद्भाव भड्केको कथ्यप्रचार गरिरहेका छन्, उनीहरू नै त्यस्तो होस् भन्ने चाहन्छन् भन्नेमा बढी सचेत हुनुपर्ने बेला छ । सरकारलाई अपिल –जारी आन्दोलनहरूका राजनीतिक कारण छन् त्यसैले तिनलाई फौजीकारवाही गरेर होइन राजनीतिक प्रतिबद्धता प्रदर्शन गरेर राजनीतिक समाधान खोज्न, –सरकारले आन्दोलनरत पक्षसँगको वार्ताका लागि उपयुक्त वातावरण बनाउन । पहिले भएका सहमतीहरूको कार्यान्वयन गरिने स्पष्ट प्रतिबद्धता जनाएर आन्दोलनकारीलाई तत्काल वार्तामा निम्त्याउन, –सुरक्षा निकाय र सरकारी संयन्त्रहरूलाई अधिकतम संयम अपनाउन र जथाभावी बल प्रयोग नगर्नका सार्वजनिक प्रतिबद्धता जाहेर गर्न, –तराइ मधेसका विभिन्न क्षेत्रमा खटाईएका सशस्त्रबललाई तुरुन्त फिर्ता बोलाएर शान्ति स्थापना गर्न सरकार नै अग्रसर हुन, –भएका घटनाहरूका निष्पक्ष छानवीनको प्रतिबद्धता जाहेर गर्न अपिल गर्दछौं । आन्दोलनकारीलाई अपिल –आफ्ना राजनीतिक मागहरू राखेर आन्दोलन गरिरहेकाहरूले आफ्ना मागहरू शान्तिपूर्ण रुपमा राखेर प्रदर्शन गर्न, –आन्दोलनको नेतृत्व खुला र स्पष्ट हुने गरी अगाडी आएर आन्दोलनलाई आफ्नो नियन्त्रणभन्दा बाहिर जाननदिन, –आन्दोलनमा कुनै किसिमका अवाञ्छित घुसपैठ भएको सन्देह फैलिन नदिनका लागि सचेत रहन, –र, थप क्षतिहुन नदिनका लागि अधिक संयमता अपनाउन अपिल गर्दछौं सञ्चार जगतलाई अपिल –आन्दोलनमा घटेका घटनाको वस्तुगत रिपोर्टिंग गर्न र घटनालाई तोडमरोड गरेर वा बढीचढाईं गरेर सम्प्रेषण नगर्न, –आन्दोलनलाई साम्प्रदायिक रंग दिएर सामाजिक सामञ्जस्य विगार्ने र उत्तेजना फैल्याउने सामाग्री प्रकाशन र प्रशारण तुरुन्त बन्दगर्न, –र, समस्याको राजनीतिक निदानका लागि दुवै पक्षलाई वार्तामा आउन हौसलादिने खालको रचनात्मक भूमिका निर्वाह गर्न अपिल गर्दछौं । अन्तराष्ट्रिय समुदायलाई अपिल –अन्तराष्ट्रिय समुदायले अधिकार प्राप्तिका लागि भइरहेका आन्दोलनहरूको चुस्त निगरानी गरेर दुवै तर्फलाई संयमितहुन आग्रह गर्न, –र, कुनै पनि पक्षबाट भएका वा हुन सक्ने ज्यादतीहरूबारे स्पष्ट रुपमा धारणा सार्वजनिक गर्न अपिल गर्दछौं । पद्यरत्न तुलाधर, दमननाथ ढुगांना, डा. सुन्दरमणि दीक्षित, खगेन्द्र संग्रौला, मल्ल के सुन्दर, सीके लाल, डा. ओम गुरुङ, हरि रोका, पदम सुन्दास, विजयकान्त कर्ण, कृष्ण हाछेथु, भोगेन्द्र झा, बालकृष्ण माबुहाङ, झलक सुवेदी, राजेन्द्र महर्जन, चन्द्रकिशोर, प्रदिप परियार, बिमल अर्याल, धीरेन्द्र प्रेमर्षि, आन्विका गिरी, रवि ठाकुर, तुलानारायण साह, दिपेन्द्र झा, शिवहरी भट्टराई, अनुभव अजीत, अस्मिना रञ्जित, युग पाठक, सुरभि पुडासैनी, कैलाश रानी राई, भाष्कर गौतम, उषा तितिक्षु, उज्जवल प्रसाई, सुदीप पोख्रेल, चिरन मानन्धर, प्रभात झा, नयन पी सिन्धुलिया, संगीतश्रोता, अनिता दुलाल, ज्ञानु अधिकारी, दौलत झा, बसन्त रञ्जितकार, ब्रबिम केसी, शुभ कायस्थ, आदित्य अधिकारी । यहाँ उल्लिखित सबैको तर्फबाट पद्यरत्नतुलाधरः  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies