Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

छिट्टै वार्ता नभए मधेस आन्दोलन नेतृत्व विहिन हुने खतरा

\"Madheshकाठमाडाैं । विगतमा भएका सहमति लागू गराउन तथा सिमांकनको विरोधमा थालिएको मधेस आन्दोलन थप हिंसात्मक बन्दै गई रहेको छ । सरकार र आन्दोलनरत दलहरुका बीच छिट्टै वार्ता हुन नसकेमा मधेस आन्दोलन नेतृत्व बिहिन हुने खतरा देखिएको छ । राजनीतिक माग राखेर थालिएको मधेस आन्दोलनको उपचार पनि राजनीतिक नै हुनु पर्ने हो । तर सरकारको नेतृत्व गरी रहेका दल तथा मधेसमा आन्दोलनरत दलहरु समस्याको राजनीतिक उपचार गर्न तर्फ लाग्नुको सट्टा आफैमा अल्झिएका कारण आन्दोलनले थप हिंसात्मक मोड लिने र मधेसी नेताहरुले आन्दोलनको नेतृत्व गुमाउने विज्ञहरुले औल्याएका छन् । ‘मधेसका अधिकांश मागहरु सम्बोधन भैसकेका छन्, त्यसलाई वार्ता मार्फत लिपिबद्ध गरिएन भने म मधेसको आन्दोलन राजनीतिक दलको नेतृत्वबाट उम्कने सम्भावना देख्दैछु । त्यसका लागि सरकार र आन्दोलनकारी दलहरु दुबै जिम्मेवार हुनुपर्छ ।’– अधिवक्ता तथा मधेस आन्दोलनलाई नजिकदेखि नियाली रहेका जितेन्द्र झाले खबरडबलीसँग भने । प्रमुख राजनीतिक दलहरुले प्रदेशको सिमांकन गरे लगत्तै शुरु भएको विरोधमा अहिलेसम्म ९ आन्दोलनकारी, नेपाल प्रहरीका एसएसपी सहित ७ सुरक्षाकर्मी तथा एक नावालक गरी कुल १७ जनाले ज्यान गुमाई सकेका छन् । \"Mdhesh\"ज्यान गुमाउनेमा भैरहवा र सुर्खेतमा तीन–तीन जना आन्दोलनकारी, सुर्खेतमै सुरक्षाकर्मी तर्फ ७ र एक नावालक गरी ८ जना तथा भारदह, गौरमा गरी एक–एक जनाले ज्यान गुमाई सकेका छन् । मधेस फाउन्डेसनका प्रमुख तुलानारायण शाहका अनुसार राजधानीको सत्ताले मधेसलाई जहिले पनि विखण्डनकारीका रुपमा व्याख्या गर्ने गरेकाले मधेसका जायज मागलाई पनि त्यही दृष्टिकोणबाट हेर्नुको परिणाम मधेस आन्दोलन भएको उल्लेख गरे । उनले मधेसका जायज मागहरुलाई सरकारले छिटो भन्दा छिटो सम्बोधन गर्नु पर्ने बताए । अधिवक्ता झाले पनि सक्दो छिटो वार्ता मार्फत आन्दोलनलाई साम्य पार्नु पर्ने उल्लेख गरे । उनले ढिलो गरी वार्ता हुदा मधेस आन्दोलनले झनै ठुलो रुप लिनसक्ने तर्फ पनि सचेत गराए । \"Madhaesh‘आन्दोलन लम्बिदै जाँदा त्यसले नेतृत्व गुमाउने खतरा रहन्छ । त्यसैले जतिसक्दो छिटो परिणाममूखी वार्तामा दुवै पक्षले जोड दिनु पर्छ ।’– झाले खबरडबलीसँग भने । मधेस आन्दोलनले थप हिंसात्म रुप लिँदै जाँदा प्रहरी पोष्ट जलाउने तथा प्रहरी तर्फ लक्षित गरी सांघातिक हमला हुने क्रम बढेको छ भने मधेसमा रहेका सत्ताधारी दलका पार्टी कार्यालयहरु पनि बारम्बार आन्दोलनकारीको निशाना बन्ने गरेका छन् । सोमबार मात्र भएको आन्दोलनमा नेपाली कांग्रेसका दिवंगत नेता गिरीजाप्रसाद कोइरालाको सालिकमा तोडफोड भएको छ भने मंगलबार भएको आन्दोलनमा आन्दोलनकारीले प्रहरी पोष्ट जलाउने क्रममा प्रहरी पोष्टमा रहेको नगद पनि लुटिएको जनाएको छ । मधेसी जनताको आक्रोस राजनीतिक असन्तुष्टी भएकाले यसको उपचार पनि राजनीतिक निर्णय नै हुनुपर्छ । सरकारले मधेसका मागलाई सम्बोधन गर्न र मधेस आन्दोलनको नेतृत्व गर्ने दलहरुले आन्दोलन थप हिंसात्मक बन्न नदिन दुबै तर्फ उच्च संयमता अपनाउनु जरुरी देखिन्छ ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies