Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कोइराला सरकारका ९ बदनाम मन्त्री – त्रिपाल पचाउनेदेखि लोक लजाउनेसम्म

\"badanam\"काठमाडाैं । प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले झण्डै २० महिना पार गरिसकेको छ । उनी नेतृत्वको सरकारको समयको गति जसरी बढिरहेको छ सोही अनुपातमा अलोकप्रियताको पारो पनि बढ्दै गएको छ । मन्त्रीहरुको अमर्यादित हर्कतका कारण कोइराला नेतृत्वको सरकार प्रतिदिन आलोचनाको खाडलतिर भासिँदै गएको छ । गत फागुनमा सपथ लिएका २१ जना मन्त्री मध्ये ९ मन्त्री बद्नाम बने । सरकार बनेको डेढ वर्ष पुग्दै गर्दा औषतमा प्रति दुई महिना एक मन्त्री बद्नाम हुने गरेको तथ्यहरुले देखाउँछ ।  बद्नामीकै कारण मन्त्री परिवर्तनको खेललेसमेत सत्तारुढ दलभित्रै खैलाबैला हुने गर्छ । कोइराला सरकारमा बदनामीले चर्चा पाएका मन्त्रीहरु यस्ता छन् । सुशील कोइराला \"koirala\"प्रधानमन्त्री निर्वाचीत भएको तीन साता नबित्दै विराटनगरमा आयोजित एक कार्यक्रममा सुशील कोइरालाले  ‘टनकपुर भारतकै भूमि हो’ भनेपछि निकै विवादित बने । नेपाली भूमीलाई भारतकोे हो भनेर अभिव्यक्ती दिएका प्रधानमन्त्री कोइरालाको सम्पत्तिबारे रहस्यमयी तथ्यहरु आए । उनलाई संसारकै गरिब प्रधानमन्त्रीको रुपमासमेत विभिन्न सञ्चारमाध्यमले प्रस्तुत गरे । सम्पत्तिको नाममा दुई वटा मोबाइल मात्रै रहेको सार्वजनिक भएको महिना नबित्दै आफ्नै बेडबाट १२ लाख हराएको समाचार आयो  । आफ्नै पार्टीका सभासद् हरिबहादुर खड्कालाई हेलिकोप्टरमा नल्याउँदा खड्काको ज्यान गयो ।  जिप दुर्घटनामा परेका खड्कालाई कोइराला चढेको हेलिकप्टरमा ल्याउन सकेको भए उनी बाँच्थ सक्थे । तर कोइरालाको नीजि सचिवालयले बेवास्ता गरेपछि उनको समयमै उपचार हुन सकेन । सोही घटनाको कारण कांग्रेसीहरु नै कोइराला विरुद्ध उत्रिए । त्यस्तै उनले आफूलाई धर्मनिरपेक्षता घोषणा भएको बारे थाहा नभएको अभिव्यक्ती दिएर लोक हँसाए । सोही अभिव्यक्ति पछि कोइरालालाई ‘हुस्सु’ प्रधानमन्त्रीको रुपमा समेत ब्याख्या गर्न थालियो । वामदेव गौतम \"bamdev\"उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम अमर्यादित व्यबहारका कारण  विवादित मात्रै बनेनन् निकै आलोचित पनि बने । कानुन कार्यान्वयन गर्ने गृहमन्त्रीले ट्राफिक नियमको उलंघन गर्दै सडकबीचमा रहेको डिभाईडरमा जडित डोरी नाघेपछि उनको तिब्र विरोध भयो । नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा गौतमले डोरी नाघेको तस्विर सार्वजनिक भएपछि उनलाई कारबाही हुनुपर्ने माग सर्वत्र उठेको थियो । त्यस्तै मुलुकमा बलात्कारको घटना बढिरहेको बेला उनले विवादास्पद अभिव्यक्ती दिए ।  संसदको राज्य व्यवस्था समितिमा सभासदहरुको प्रश्नको जवाफमा उनले ‘संक्रमण कालमा अलिअलि बलात्कार भइहाल्छ नी’ भनेका थिए । बैशाख १२ को विनाशकारी भूकम्प पछि उद्धारमा गृहमन्त्रीले उदासिनता देखाएको भन्दै उनको राजिनामासमेत मागिएको थियो ।  चीनले भूकम्पपीडितको उद्धार गर्न खोज्दा भारतको प्रभावमा परि चीनको सहयोग प्रस्ताव अस्विकार गर्दै उद्धार तथा राहतमा सहयोग नगरेपछि गौतमको आलोचना झनै चुलिएको थियो ।
रामशरण महत
\"images\"भूकम्पपीडितलाई आएको राहतको जस्तापाता पीए रमेश महतले बेचविखन गर्न खोजेपछि अर्थमन्त्री रामशरण महत निकै आलोचित बने । मुलुकमा विनाशकारी भूकम्प आउँदा विदेश घुम्न गएको भन्दै उनको विरुद्ध सामाजिक सञ्जालमा खेदो खनिएको थियो । त्यस्तैगरि राहतको रकम भागबण्डामा करोडौं कुम्ल्याएको भन्दै कांग्रेसभित्र उनीमाथि प्रश्न उठ्ने गरेको छ ।  महतले राहत वितरण क्षेत्र निर्धारण गर्दा  विभेद गरेको आरोप उनीमाथि छ । उनले भूकम्पका कारण सबैभन्दा धेरै क्षति पुगेको सिन्धुपाल्चोकलाई भन्दा आफ्नो गृह जिल्ला नुवाकोटलाई धेरै रकम छुट्याएका थिए ।
राधा ज्ञवाली
\"radha_gywali\"एमाले वृतमा उर्जामन्त्री राधा ज्ञवालीलाई धनी मन्त्रीको रुपमा लिइने गरिन्छ । हाइड्रोपावरको लाइसेन्स वितरणमा आर्थिक स्वार्थमा फसेको तथा जलविद्युत आयोजनामा मनपरी गरेर करोडौंको भ्रष्टाचार गरेको उनीमाथी आरोप छ । जलविद्युत आयोजना प्रमुख नियुक्ती तथा विभिन्न राजनीतिक नियुक्तीहरुमा मोटो रकम लिने गरेको ज्ञवालीमाथि आरोप छ । उनी सरकारी मन्त्रीहरुमध्ये सबैभन्दा बढी विवादमा आइरहने मन्त्री हुन् ।
      मिनेन्द्र रिजाल \"minendraसञ्चारमन्त्री मिनेन्द्र रिजाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा कुटनीतिक मर्यादा विपरित प्रधानमन्त्री सुशील कोइरालालाई जबरजस्ती हात समातेर धकेलेपछि निकै आलोचित बने । रिजालले कुटनीतिक मर्यादा नाघेको भन्दै  सामाजिक सञ्जालमा उनलाई कारवाही हुनुपर्ने मागसमेत तिब्र रुपमा उठेको थियो । विभिन्न समयमा विवादास्पद् बनिरहने रिजाल एक औपचारिक कार्यक्रममा कट्टु लगाएर पुग्दा हाँसोको पात्र बने । रक्सीको मातमा जथाभावी गर्ने गरेको आरोप लाग्दै आएका उनले पटकपटक डान्सबारमा पुगेर छाडा बोलेपछि उनीमाथि सर्वत्र आलोचना हुँदै आएको छ ।     हरिप्रसाद पराजुली \"hari_parajuli\"बिहीबारै  राजिनामा दिएका कृषि मन्त्री हरिप्रसाद पराजुली कोइराला सरकारमा निकै विवादित बने । खास गरि असार १५ मा धान दिवसको अवसरमा काठमाडौंको मुलपानीमा  महिलामाथि अश्लिल हर्कत गरेको कारण उनको मन्त्री पद नै च्युत हुन पुग्यो  । उनलाई सामाजिक सञ्जालमा खेदोमात्रै खनिएन राजिनामा दिन समेत बाध्य पारियो । गत पुसमा एक कार्यक्रमको मञ्चमै मडुवा सुर्ती मोलेर खाएपछि उनको आलोचना हुन थालेको थियो  ।  आफ्नै हर्कतका कारण निकै विवादित बनेका मन्त्री पराजुलीको बाँकी राजनीतिक जीवनसमेत धरापमा परेको छ ।       कृपासुर शेर्पा पर्यटन मन्त्री कृपासुर शेर्पा मन्त्रीपदमा नियुक्त हुने बित्तिकै विवादमा आए । एक दलित महिलासँग अवैध सम्बन्धबाट जन्मिएका छोरालाई नागरिकता नदिएको घटनाले उनलाई विवादको घेरामा पारेको थियो । पछि एमाले अध्यक्ष ओलीको दबाबमा उनी अवैध छोरोलाई नागरिकता दिन बाध्य भए । नारायण खड्का काठमाडौं खानेपानी विकास लिमिटेड केयुकेएलको महाप्रबन्धक नियुक्तीमा मोटो रकम घुस लिएको आरोप लागेका सहरी विकासमन्त्री नारायण खड्का पछिल्लो समय झनै विवादित बने । भूकम्पपीडितका लागि राहतको त्रिपाल खरिदमा घोटाला गरेको आरोपबारे संसदीय समितिमा समेत उनीमाथि प्रश्न उठेको छ । पुरुषोत्तम पौडेल खेलकुदमन्त्री पुरुषोत्तम  पौडेल विवादित व्यक्तीलाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्ती विवादमा फसे । उनले विवादास्पद व्यक्तिलाई सदस्य सचिवमा नियुक्त गरेको भन्दै एमाले अध्यक्ष ओलीले बोलाएरै उनीसँग स्पष्टिकरण लिए । विदेशमा खेलाडी लुकाएको आरोप लागेका युवा संघका पूर्व केन्द्रीय सदस्य केशब बिष्टलाई सदस्य सचिवमा नियुक्त गरेपछि अध्यक्ष केपी ओली र नेता माधव कुमार नेपालबीच विवाद बढेको थियो । महेश बस्नेत उद्योग मन्त्री महेश बस्नेत मन्त्री बन्नु अघि नै निकै विवादीत व्यक्ति हुन् । गुण्डा नाइकेहरुको संरक्षण गरेको आरोप लागेका बस्नेतले उद्योग मन्त्रीमा नियुक्त भएको केही दिनमै  युवा संघकै वरिष्ठ उपाध्यक्ष दिलुपन्त माथि अमर्यादीत व्यवहार गरेका थिए ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies