Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

रूपैडियाको रूप

बिहान चार बजे नै नेपालगञ्ज एयरपोर्टको राँझा चोकमा झारिदियो । रुकुमबाट हामीलाई ल्याएर आएको रात्री बसले । यताउता आँखा डुलाएँ । रिक्सा मात्र देखेँ, रिक्सा चालक देखिनँ । पूरै अँध्यारो छ । मान्छेको आवाजसम्म सुन्नदेख्न पाइँदैन । हामीलाई बोकेर ल्याएको गाडी आफ्नो गन्तव्यतिर हिँडिसकेको छ । \"vandari_naresh\"बिहानको चार बजेको छ । हुस्सुले उज्यालिँदै गरेको आकाशलाई धपक्क छेकेको छ । चिसो निकै छ तर पनि हामी थाहा नपाएको आमाको डेरातिर जाँदै छौँ । रातभरिको गाडीको यात्रा । ज्यान थकित छ । आँखा बिझाइरहेका छन् । श्रीमतीको अनुहारको पूरै कलर परिवर्तन भएको छ । अब उनी यो अँध्यारोमा यात्रा गर्न चाहान्नन् जस्तो लाग्छ अनुहार हेर्दा । सोधेँ, ‘कतै गएर आराम गर्ने हो त ?’ ‘अहिले कतै आराम गरौँ । दिउँसो आमाको डेरातिर जाऊँला ।’ उनको मुखबाट पनि यस्तो शब्द निस्कियो । कता जाने र ? कोही उठेकै छैनन् । अन्तमा म नेपालगञ्ज आएपछि बस्ने गरेको होटल जानुको विकल्प थिएन । लागेँ त्यतै । होटेलमा पनि कोही उठेकै छैनन् । निकैबेर साउजीलाई बोलाएँ । ढिलो गरेर साउजी उठे । र भने, ‘कोठा सबै प्याक छन् ।’ तत्कालै थपे, ‘काउन्टरमा बस्नुहोस् पछि कसैले कोठा छोडेपछि तपाईं बस्नुहोला ।’ अहँ होटेलको काउन्टर र सडकमा बस्नु केही पनि फरक देखिनँ मैले । एयरपोर्ट नजिकै एउटा चिया पसल खुलेको मेरी श्रीमतीले देखिछन्् । गएर चिया खाने विचार गरियो । पसलमा साउनी दिदी र प्रहरी गफमा मस्त थिए । बाहिर झोला बिसाएर पसलभित्र छिर्नासाथ चिया खाइयो । कुर्सीमै निदाउन थालिन् श्रीमती भारती । समयले बिहानको पाँच बजेको सङ्केत ग¥यो । नेपालगञ्जले न्यानो सिरक छोडेकै छैन । उज्यालो हुने सङ्केतसम्म देखा परेन । थोरै मानिसहरू देखा पर्न थाले सडकमा । निकै बाक्ला कपडाका साथमा । भारती टेबलमा निदाएकै छिन् । चिया पसलमा ग्राहकहरू बाक्लिन थाले । अब त्यस पसलमा धेरै बस्दा साउनीलाई नराम्रो लाग्ने नै होला । भिनाजुलाई फोन गरेर आमाको डेराको लोकेसन मागेँ । भिनाजुले दिएको लोकेसनको आधारमा आमाको डेरातिर यात्रा थालियो । आमाको डेरा भएको ठाउँमा पनि कोही उठेकै छैनन् । अझै राम्रोसँग उज्यालो भएकै थिएन । निकै समयको गाउँ घुमाइपछि मात्र आमाको डेरा पुगियो । आमाहरू पनि सुतेकै रहेछन् । हामी पुग्नेबित्तिकै आमा उठ्नुभयो । अनि चियाको बन्दोबस्ततिर लागिहाल्नुभयो । केही समय आमासँग भलाकुसाली भयो । खाना खाए र रूपैडिया गएर केही सामान किनिदिन आमाले प्रस्ताव राख्नुभयो । रूपैडिया जान मन छैन तर आमा, श्रीमती र छिमेकीको दबाब छ । नेपाल र भारतको सिमानाको बजार रूपैडिया जानैपर्ने भयो । लागियो आमा, म र भारती रूपैडिया बजारतिर । किन्न पर्ने सामानका सूची बताउँदै आमाले केही समय बिताउनुभयो । केही सामान ल्याइदिन आमालाई छिमेकीहरूले पैसा दिए । दश बजिसक्दा पनि घाम लाग्ने कुनै सङ्केत देखा परेन । हुस्सु त्यही पूरानै शक्तिप्रदर्शन गरिरहेको छ । चिसो पनि बिहानभन्दा कम छैन । नेपालगञ्ज एयरपोर्टबाट नेपाल–भारतको सीमानासम्म गाडी चल्दोरहेछ । त्यसैमा यात्रा गरियो । खासै गाडीमा मान्छे पनि धेरै थिएनन् । पुष्पलाल चोकमा ट्राफिकले गाडी रोक्दै बोल्यो, ‘किन क्षमताभन्दा धेरै मान्छे राखेको ?’ ड्राइभर केही बोल्न सकेन । ट्राफिक फेरि बोल्यो, ‘लाइसेन्स छ ?’ ड्राइवरले खुरुक्क लाइसेन्स दियो । गाडीमा भएका सबै यात्रु चुपचाप छन् । कसैले केही भन्ने तागत देखाएन । बिना गल्ती सजायँ पाएकोमा ड्राइभर मौन छ । वा मनैमनले सरापिरहेको छ । ट्राफिकले चिट दियो । गाडीले गति लियो । रातभरिको गाडी यात्रा । शरीर दुखिरहेको छ । आमाको अनुहारमा पनि चिसो देखिन्छ । जसोतसो गाडीले भन्सार पु¥यायो । सबैजना रिक्सावालसँग भाडाका बारेमा गफ गर्दै थिए । हाम्रो रिक्सावालसँग कुरा मिल्यो । बीस रूपैयाँमा रूपैडिया बजार पु¥याउने । पाँच मिनेटको यात्रापछि रूपैडिया बजार सुरु भयो । बाटोमा खासै चेकिङ भएन । रिक्साबाट झरेर भाडा दिँदा रिक्सावाला भाडा लिन मान्दैमान्दैन । ‘किन’ भनेर सोध्दा त ‘एकजनाको बीस रूपैयाँ’ पो भन्छ । अगाडि ‘बीस रूपैया भनेको होइन’ भन्दा त ठूलोठूलो स्वारमा कराउन पो थाल्यो । रिक्सावालसँग झञ्झट गर्नुभन्दा साठी रूपैयाँ दिएर उम्केँ । सुरु भयो  रूपैडियामा नेपाली ठग्ने काम । आमाले किन्नपर्ने सामानको सूची मेरो हातमा थमाउनुभयो । सामानको सूचीको सुरुमै छ मोबाइल सेट । मोबाइल पसलतिर लागियो । काठमाडौँमा पन्ध सय रूपैयाँ पर्ने मोबाइल सेट रूपैडिया बजारमा दुई हजार पो भन्यो । आमाले त्यही मोबाइल सेट किनिदिन आग्रह गर्नुभयो । काठमाडौँमा यो सेट सस्तो पर्छ म काठमाडौँबाट पठाइदिउँला भन्दा आमाले मान्दै मानुभएन । थाहा पाउँदापाउँदै महङ्गो दरमा आमालाई त्यही मोबाइल सेट किनिदिएँ । अनि लागियो भातभान्साका सामान किन्नतिर । चामल, दाल पनि नेपालगञ्ज बजारभन्दा पनि रूपैडियामा महङ्गो दरमा किनियो । रूपैडिया बजारमा प्रायः नेपाली महिलाहरू मात्र छन् । त्यसमा पनि महिला धेरै छन् । त्यहाँका व्यापारीहरू नेपाली ग्राहकलाई हात समातेरै आफ्नो पसलतिर लगिरहेका छन् । त्यसमा पनि धोती चोलो लगाएका नेपाली महिलाहरू रूपैडियाबजारको निसानामा पर्दारहेछन् । पहाडतिरका । आमालाई एकजना अधवैँशे भारतीय नागरिकले हात समातेर आफ्नो पसलतिर लिएर गयो । सामान देखाउन थालिहाल्यो । मैले आमालाई बोलाएँ । साउजीले मलाई पसलभित्र आउन आग्रह गरेर चिया पनि अर्डर गरिहाल्यो । भित्र पस्नासाथ सोध्यो साउजीले, ‘कम्मल छन् तपाईंकोमा ?’ दशओटा कम्मल मेरोअगाडि राखिहाल्यो । आमाले काठमाडौँमा मैले प्रयोग गर्नेजस्तै कम्मल मन पराउनुभयो । मूल्य सोधेँ । तीन हजार पो भन्छ । मैले दुई हजारमा भर्खर किनेको कुरा बताएँ । साउजीले मान्दै मानेन । उसको र मेरोबीच कुराकानी चल्दै थियो । आमा बीचमै बोल्नुभयो, ‘पच्चीस सय ।’ चुपचाप भएँ म । कम्मल साउजीले आमाको अगाडि राखिदियो । आमाले भनिसकेपछि म बोल्ने ठाउँ नै रहेन । साउजीसँग मैले नेपालीमा केही कुरा गरेँ । उसको मोबाइल नम्बर मागेँ । उसले मलाई मिस्डकल ग¥यो । नेपाल टेलिकमको नमस्ते सिमकार्र्डको नम्बरबाट । मलाई अचम्म लाग्यो । कसरी पायो त्यस साउजीले यो सिमकार्ड ? के ऊ नेपाली हो ? पक्कै होइन । सोधेँ,  ‘यो सिमकार्ड कस्ले दियो साउजी ?’ छोटो जफाब दियो, ‘साथीले ।’ ‘साथी नेपाली कि भारतीय ?’ साउजी केही बोलेन । पैसा दिएँ । आमा र म त्यस पसलबाट बाहिरियौँ ।  सामान धेरै किन्नु छ । समय निकै छोटो छ । चिनेका वा नेपालीहरूले पूरै सिमाना नजिकको बजार रूपैडिया भरिभराउ छ । फोहोरको दुगन्ध फैलिने डर छ । जताततै घरायसी सामानका पोका बोकेका नेपालीहरू छन् । त्यस भीडमा थपिएका छाँै हामी । आमाले विभिन्न सामान किन्न बाँकी भनिराख्नुभएकै छ ।  अतिआश्यक सामान मात्र किन्ने निर्णय लिएर छिटोछिटो सामान किन्नतिर लागेँ । जुन पसलमा ग्राहक जान्छ त्यस पसलको साहु ग्राहकलाई विश्वासमा लिनका लागि टेलिकमको नमस्ते सिमकार्ड देखाउँछ । हामीलाई नदेखाउने कुरै भएन । कसरी आयो यो सिमकार्ड ? मैले केही बुझ्न सकेकै छैन । अब फेरि रिक्सा चढ्न पर्ने भयो । सामान धेरै छ । हिँडेर पुग्ने सम्भावना छैन । फेरि पनि ठगिने हो कि भन्ने चिन्ता लाग्न थाल्यो । तर पनि रिक्सा नबसी सुखै छैन । त्यस रिक्सावालले चाहिँ बीस रूपैयाँमा चित्त बुझायो । निकै टाउको दुःखेको छ । शरीर पनि कस्तोकस्तो भएको छ । चिसोको कारणले हो वा अरू केही कारणले ? केही पत्तो छैन । कतिबेला डेरा पुगेर आराम गरूँलाजस्तो भएको छ । सायद सबैलाई पनि त्यस्तै भएको होला । अनुहार पूरै कालो छ । रातभरिको कच्ची बाटोको गाडी यात्रा । दिनभरिको फोहोर रूपैडिया बजारको घुमाइ । त्यसमाथि चीसो दिन । स्वास्थ मानिस पनि बिमारी पर्छ होला हामी नपर्ने कुरै छैन । निकै कडा एएसबीको चेकिङपछि नेपालको भन्सार अड्डानिर पुगियो । भरिभराउ यात्रु थिए । एउटा सानो गाडी आयो ‘एयरपोर्ट एयरपोर्ट’ भन्दै । सिट नहुँदानहुँदै पनि यात्रा थालियो त्यसै गाडीमा । सबै यात्रु रूपैडियाबाट सामान किनेर फर्केकाजस्ता छन्् । कसैको अनुहार उज्यालो छैन । हुस्सुले पूरै आकाश छोपेको छ । अनुहार अँध्यारो अँध्यारो पारेको छ आकाशले । गाडीले बिपी चोक पुगर्यो । ट्राफिक आयो र ड्राइवरसँग केही कुराकानी गर्यो । ड्राइभरले ‘घरमा फोन गर्नु होला’ भन्दै तीन सय रूपैयाँ दियो अनि गाडीको गति बढायो । हामी अघि आउँदाको गाडीले केही गल्ती नगर्दा पनि जरिमाना ति¥यो । तर, अहिले आएको गाडीले क्षमताभन्दा धेरै यात्रु बोक्दा पनि जरिमाना तिरेन ।  तीन सय रूपैयाँमा बिक्री भयो ट्राफिक प्रहरी । बोल्न त मन थियो तर बोलिनँ । ड्राइबर निकै खुशी थियो । चिट काटेको भए पाँच सय तिर्नुपथ्र्यो । तीन सयमै काम खलास । चिसो झन झन बढ्दै छ । ज्वारो पनि आउलाजस्तो भयो । डेरा आइपुग्न केही मिनेट लाग्ने पक्का छ । डेरामा पनि सुत्ने व्यवस्था राम्रो छैन । एउटा केही ओढ्ने किनेर लैजान उचित ठानेँ । आमा र श्रीमतीलाई कोठा पठाइदिएँ । म त्यतै झरेँ । पसलमा गएर कम्मलको मोल सोधेँ । रूपैडियाभन्दा पाँच सय कम पो भने साउजीले । कम्मल किनेर डेरातिर आएँ । दिनभरिका गतिविधिहरू आमालाई बताएँ । आमाले सुनिराख्नुभयो भारती सुतिसकेकी थिइन् । रूपैडिया बजारबाट ल्याएका सामानहरू एक एक गरी हेर्न थाल्नुभयो आमाले । चिनी पाँच केजी भनेर ल्याएको चार केजी मात्र भयो । काउली, टमाटर पूरै कुहिएको थियो । कुनै पनि सामान काम लाग्ने थिएन । सबै मर्मत गर्नुपर्ने भयो । बल्ल मात्र आमाले रूपैडियामा ठगी हुँदोरहेछ भन्ने प्रष्टसँग बुझ्नुभयो । अब कुनै पनि सामान किन्न रूपैडिया नजान सल्लाह दिएँ । आमा पनि सहमत हुनुभयो । चिसो कम भएकै छैन । निकै बिमारी परिएलाजस्तो भयो । साँझ एउटा सिरक र कम्मल ओढेर पनि चिसोका कारण निद्रा परेन । हामी नेपालगञ्ज बसुञ्जेलसम्म घाम लागेन । काठमाडौँ आएपछि मात्र घामको दर्शन गर्न पाइयो । (भण्डारी नरेशको प्रकाशोन्मुख कृति ‘बेच्न राखिएको मान्छे’)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies