हेलिकोप्टर त्यहाँबाट पनि उड्यो । र, हामी भएकोमै ल्यान्ड गर्न खोज्यो । हामीले त्यो हेलिकोप्टरमाथि नै आक्रमण गर्यौँ । हेलिकोप्टर धुवाँ छोड्दै आकासियो । साथीहरू ‘अब झर्यो, झर्यो’ भन्दै खुसीले ताली बजाउँदै थिए । तैपनि, पाइलटले नियन्त्रण गर्दै लग्यो । बुढागाउँमा ल्यान्ड गर्यो । एकजना मरेछ । एउटाको हातखुट्टा भाँचिएछन्अरू कमान्डरसँग पनि सल्लाह गर्यौँ । होलेरी आक्रमण गर्न कुनै सर्भे गर्नुपर्ने थिएन । हामी एक तहका कमान्डर पूर्ण जानकार थियौँ । ‘सामान्य रोकल गर्ने, बिफ्रिङ गर्ने र होलेरीको चौकी उठाउने’ भन्ने योजना बन्यो । हाम्रो टोली रोल्पाको उगातिर उक्लियो । असार २७ गते (०५८) राति नौ बजेतिर उगामा जम्मा भयौँ । मध्य राति १२ बजेसम्म प्लानिङ गर्यौँ । चार बजे ‘एट्याक’ गर्ने योजना बनाएर मध्य राति दुई बजे जिम्मेवारी बाँडफाँड गर्यौँ । हामी ‘मुभ’ भयौँ । भाले पनि बास्यो । गस्तीमा आएका प्रहरी टोलीलाई चारैतिरबाट घेरेर भित्र लैजाने र ‘एट्याक’ गर्ने ‘प्लान’ थियो । हामी जाँदा केही टोली बाहिरै थिए । ‘अब त उज्यालो भयो, जाऔँ’ भन्दै थिए । नजिकै पुगिसकेका हामीले चुप लागेर उनीहरूका कुरा सुन्यौँ । उनीहरू स्लिपिङ ब्याग टकटक्याउँदै क्याम्पतिर लागे । सबै होलेरी बजारभित्र प्रवेश गरे । धेरैजसो ब्यारेकमा प्रवेश गरेका थिएनन् । हाम्रो घेराबन्दीमा परिसकेका थिए । त्यहीवेला मैले कासन गरेँ, ‘ल तिमीहरू सबै हाम्रो घेरामा परिसक्यौ । हात उठाओ, हतियार बुझाओ र आत्मसमर्पण गर । नत्र एकजना पनि बच्नेवाला छैनौ ।’ हामीले फायर पनि खोल्यौँ । केही प्रहरीले तत्कालै हात उठाइहाले । केही सिस्नुको झाङमा छिरे । कोही घरभित्र छिरे । सर्च गर्दै जाँदा सबैले आत्मसमर्पण गर्दै गए । एकजना प्रहरी क्रस फायरमा परे । हाम्रो उद्देश्य मार्नु थिएन, सबैलाई कब्जामा लिनु थियो । चौकीमा रहेका ७० मध्ये ६९ जनाले आत्मसमर्पण गरे । हतियार बुझाए । हामी उज्यालोमा रमाइलोसँग फर्कियौँ ।
उनीहरू आत्तिए । र, ठूलो स्वरमा एउटाले जवाफ दियो, ‘होइन, हामी तपाईंहरूसँग लड्न आएको होइन, हामीलाई यहाँ तालिम भनेर पठाइएको हो । हामी लड्न चाहँदैनौँ । बरु, भेटेर कुरा गरौँ ।’ हामीले ‘त्यसो हो भने हामी पनि तल बाटोमा विनाहतियारका दुईजना पठाउँछौँ, तिमीहरू पनि विनाहतियारका दुईजना पठाओ । तिमीहरूको कुरा लेखेर पठाओ’ भन्यौँ । उसले ‘हुन्छ’ भन्योरोल्पाकै करेटी गाविसको ह्याङ गाउँमा ‘रिट्रिट प्वाइन्ट’ बनाएका थियौँ । २८ गते दिउँसो त्यहाँ पुगेर खाना खायौँ । आत्मसमर्पण गरेका सबै प्रहरीलाई सँगै लिएका थियौँ । उनीहरूलाई रेडक्रसमार्फत मुक्त गर्ने हाम्रो योजना थियो । त्यस दिन ह्याङमै आराम गर्यौँ । रात पनि त्यहीँ बित्यो । कब्जा गरिएका हतियार विभिन्न टोलीका लागि बाँडफाँड गर्न भनेर भोलिपल्ट बिहानैदेखि काम थाल्यौँ । त्यहीवेला आकाशमा तत्कालीन शाही नेपाली सेनाको हेलिकोप्टर घुम्न थाल्यो । आक्रमण गर्नुअघि पनि हामीविरुद्धमा आर्मी परिचालित हुन सक्छ भन्ने आँकलन गरेका थियौँ । तर, मुठभेडमै नआउला भन्ने लागेको थियो । आइहाले आक्रमण गर्ने तयारी थियो । किनकि, प्रहरीपछि हाम्रो लडाइँ आर्मीसँग नै हुन्थ्यो । सुरुमा एमआई–१७ हेलिकोप्टर हामीनजिकैको नागामा ल्यान्ड गर्यो । त्यहाँ एक प्लाटुन शाही सेना ल्यान्ड गर्यो । अर्को हेलिकोप्टरले बुर्तिबाङमा ल्यान्ड गर्यो । नागामा ओर्लिएका आर्मी हामीभन्दा माथि थिए । हामी सीधै तल थियौँ । त्यो टिमले हामीलाई सर्लक्कै देख्यो । उनीहरूको योजना बुर्तिबाङको टिमले तलबाट नाकाबन्दी गर्ने र नागाको टिम हामी भएतिर आउने देखियो । नागाको फोर्सलाई हेलिकोप्टरले उठायो र हाम्रो एक किलोमिटर नजिकको दूरीमा ल्यान्ड गर्यो । हामीसँग लड्नुको विकल्प थिएन । हामीले त्यो फोर्सलाई रोक्न हाम्रो फोर्सलाई पठायौँ । त्यहीवेला घाइते, कब्जा गरिएका हातहतियार, कब्जामा परेका प्रहरीलाई अन्यत्रै पास गर्नतिर लाग्यौँ । हेलिकोप्टर त्यहाँबाट पनि उड्यो । र, हामी भएकोमै ल्यान्ड गर्न खोज्यो । हामीले त्यो हेलिकोप्टरमाथि नै आक्रमण गर्यौँ । हेलिकोप्टर धुवाँ छोड्दै आकासियो । साथीहरू ‘अब झर्यो, झर्यो’ भन्दै खुसीले ताली बजाउँदै थिए । तैपनि, पाइलटले नियन्त्रण गर्दै लग्यो । बुढागाउँमा ल्यान्ड गर्यो । एकजना मरेछ । एउटाको हातखुट्टा भाँचिएछन् । त्यसपछि हेलिकोप्टर आएन । हामी नुवागाउँतिर ओर्लियौँ । आर्मीको दुईवटा प्लाटुन भएको हुनुपर्छ, उनी पनि खोल्साबाट तलतिर झरे । हामी ‘अब यो फोर्सलाई यहीँ घेर्नुपर्छ’ भन्नेमा पुग्यौँ । हाम्रो आधा फोर्स पहिल्यै पारिपट्टि पुगिसकेको थियो । हामी पनि पुग्यौँ । आर्मीहरू नुवागाउँको मुख्य सडकबाट माथि उक्लिए । डिभेन्स लिएर बसे । हामीले घेरा कस्दै नजिक पुग्यौँ । दुवैतर्फको ‘फायर रेन्ज’ एक–अर्कालाई ‘इफेक्ट’ गर्ने खालको थियो । हामीले त्यसअघि फायर खोलिसकेका थियौँ । फायर बन्द गर्यौँ । उनीहरू फायर नखोलेर डिफेन्स पोजिसनमा बसिरहे । उनीहरूले फायर खोल्दा, त्यहाँबाट मुभ हुँदा कब्जा गरिहाल्ने प्लानमा थियौँ । उनीहरू जुन बाटोबाट आएका थिए, त्यहीँबाट आक्रमण बढाउने र अन्यत्रबाट घेराबन्दी गर्ने योजनामा थियौँ । उनीहरू चुपचाप बसिरहे । चुपचाप बसिरहेका वेला आक्रमण गर्नु युद्धको नियमभित्र पर्दैन । त्यसपछि के गर्ने भन्नेमा अनन्तजी र मैले सल्लाह गर्यौँ । आक्रमण गर्ने, बाटो खोलेर जान दिने वा कुरेर बसिरहने विकल्प थियो । कुरेर बसिरहँदा हाम्रो ‘टाइम लस’ हुन्थ्यो । अनन्तजी र मैले एकचोटि माइकिङ गरेर ‘तिमीहरू हाम्रो घेरामा छौ । किन आएको, कहाँ आएको ? वार्ता गरौँ’ भन्ने, त्यसपछि त्यसको उत्तर के आउँछ, त्यसबमोजिम अघि बढ्ने सल्लाह गर्यौँ । मैले माइकिङ गरेर भनेँ, ‘तिमीहरू यहाँ कहाँबाट किन आएका हौ ? तिमीहरू सबै हाम्रो घेराबन्दीमा छौ । लड्न आएका हौ भने तिमीमाथि हामी एट्याक गर्छौँ । तिमीहरू हामीबाट उम्कने चान्स छैन । चारैतिरबाट घेराबन्दीमा छौ ।’ त्यसो भन्दा साथीहरूले चारैतिरबाट हवाई फायर खोले । त्यसपछि उनीहरू आत्तिए । र, ठूलो स्वरमा एउटाले जवाफ दियो, ‘होइन, हामी तपाईंहरूसँग लड्न आएको होइन, हामीलाई यहाँ तालिम भनेर पठाइएको हो । हामी लड्न चाहँदैनौँ । बरु, भेटेर कुरा गरौँ ।’ हामीले ‘त्यसो हो भने हामी पनि तल बाटोमा विनाहतियारका दुईजना पठाउँछौँ, तिमीहरू पनि विनाहतियारका दुईजना पठाओ । तिमीहरूको कुरा लेखेर पठाओ’ भन्यौँ । उसले ‘हुन्छ’ भन्यो । दुवै पक्षका दुई–दुईजना मान्छे सडकमा भेट भए । हाम्रा साथीहरूले उनीहरूको तर्फबाट प्रेषित चिठी लिएर आए । चिठीमा ‘हामी लड्न आएका होइनौँ, तालिममा पठाइएको हो । हाम्रो लड्ने चाहना पनि होइन र तपाईंहरूसँग लड्न पनि सक्दैनौँ । हामीलाई बाटो खोलिदिनुहोस् । हामी जान्छौँ’लेखिएको थियो । अनन्तजीले ‘होलेरीतर्फबाट बाटो खोलिदिन्छौँ । त्यही बाटो जाओ । अन्यन्त्र नलाग्नू’ भन्ने चिठी लेख्नुभयो । त्यो चिठी उनीहरूकोमा पुग्यो ।
वार्ताको कुरा पनि चलिरहेको थियो । वीरेन्द्र माओवादी समस्या वार्ताबाट समाधान खोज्नुपर्छ भन्नेमा थिए । त्यही भएर वीरेन्द्रले गिरिजाप्रसादको कुरा नसुनेको पनि हुन सक्छ । त्यही घटनाले गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीको पदबाट राजीनामा दिए । शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा आए । माओवादी–सरकार वार्ता भयो । तर, वार्ताबाट निष्कर्ष निस्किएनउनीहरू ‘हुन्छ, हामी तपाईंहरूले भनेको बाटो जान्छौँ । बाटो खोलिदिनुस्’ भने । हामीले त्यो साइडको बाटो खोलिदियौँ । उनीहरू गएपछि हामीले पूरै घेरा खाली गर्यौँ । त्यसवेला साँझको साढे ६ जति भइसकेको थियो । २८ गते बिहानदेखि सुरु भएको लडाइँ २९ साँझ साढे ६ बजेतिर सकियो । हामी दुम्लातिर लाग्यौँ । साँझ दुम्ला पुग्यौँ । साँझ रेडियो सुनेको त ‘शाही नेपाली सेनाले नुवागाउँमा माओवादीविरुद्ध घेरा कसिरहेको छ । माओवादीका कमान्डरहरू घेराबन्दीमा छन्’ पो भन्छ । हामी सबै मजाले हाँस्यौँ । र, विकेन्द्रित भयौँ । त्यसवेलासम्म हामीसँग स्याटलाइट फोन थिएन । पार्टीको हाइकमान्डमा तुरुन्तै रिपोर्ट गर्ने सम्भावना थिएन । हामीले दाङको योजना खुलेको र अन्यत्र आक्रमण गर्दा पनि शाही नेपाली सेना परिचालित हुन सक्ने रिपोर्ट गरिसकेका थियौँ । केही दिनपछि सबै घटना, विवरण हेडक्वार्टरमा पुर्यायौँ । हेडक्वार्टरले धन्यवाद भन्यो । हाम्रो कब्जामा रहेका प्रहरीलाई केही दिनपछि आइसिआरसीमार्फत बुझायौँ । होलेरी घटनाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, राजा वीरेन्द्र र शाही नेपाली सेनाबीचमा ठूलो अन्तरविरोध पैदा भयो । गिरिजालाई सेना परिचालन भएन, माओवादीलाई चारैतिरबाट घेरेन भन्ने लाग्यो । तर, सेना त परिचालित भएकै हो । उनीहरू हामीसँग मुठभेड गर्न नसक्ने भएपछि वा उनीहरूको हाइकमान्डले अहिले मुठभेड गर्ने वेला भएको छैन भनेर होला, मुठभेड नगरेको । मुठभेड गरेको भए सबै सखाप हुन्थे । उनीहरूले सुरक्षाका लागि बुद्धि पुर्याएको हुनुपर्छ । गिरिजालाई लाग्यो, राजाले सेना परिचालन गरेनन् । राजा वीरेन्द्रलाई लाग्यो होला, अहिले सेना परिचालन गर्ने वेला भएको छैन । वार्ताको कुरा पनि चलिरहेको थियो । वीरेन्द्र माओवादी समस्या वार्ताबाट समाधान खोज्नुपर्छ भन्नेमा थिए । त्यही भएर वीरेन्द्रले गिरिजाप्रसादको कुरा नसुनेको पनि हुन सक्छ । त्यही घटनाले गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीको पदबाट राजीनामा दिए । शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा आए । माओवादी–सरकार वार्ता भयो । तर, वार्ताबाट निष्कर्ष निस्किएन । त्यसपछि हामी सचेत ढंगले शाही नेपाली सेनासँगको लडाइँमा अगाडि बढ्यौँ । त्यसैको उपज हो, ०५८ मंसिर ८ गते घोराहीमा गरेको आक्रमण । नयाँ पत्रिका दैनिकका लागि नेत्र पन्थीले गरेको पासाङसँगको कुराकानीबाट साभार
प्रतिकृया लेख्नुहोस्: