९९ प्रतिशत नाटकहरु उहाँले नै नेतृत्व गर्नु भएको हो र हामीहरु उहाँको सपनामा हिडेका हौँ । त्यही भएर उहाँसँग अटाउन सकिएन जस्तो लाग्छ । मेरो भनाईको गलत अर्थ नलागोस तर कसैको सपनामा सबै अटाउनु पर्छ भन्ने हुँदैन ।यसको अर्थ त्यो ‘सेल्फ सेन्सरसिप’को समय थियो । पछि यस शैलीलाई चुनौती दिँदै सर्वनामका अशेष मल्ल, विष्णुविभु घिमिरे, दिनेश अधिकारी, किशोर पाहाडी आए । त्यसको पछिपछि सुनिल पोखरेल, बद्री अधिकारी लगायतको समूह नाटकमा हस्तक्षेपकारी बनेर देखाप¥यो । त्यसबेला उहाँहरुले राज्यले भन्दा बिल्कुलै भिन्न भएर फरक विषयमा नाटक गर्ने साहस गर्नुभयो । त्यस समयमा सांस्कृतिक फाँटमा काम गर्नेहरुमा वाम शक्तिहरुमात्र भएको देखिन्छ । कस्तो बिडम्वना भई दियो भने– कम्युनिष्टहरुले सांस्कृतिक विषयलाई बुझेको देखिन्छ तर यसको विल्कुल विपरीत कांग्रेसमा सांस्कृतिक नीति र सांस्कृतिक टुकडी नै छैन । नेपालमा नाटक मञ्चन हुँदैगर्दा २०४६ सालदेखि ०५९ सालसम्म नाटक सेलाउन पुग्छ त्यो किना होला ? २०४६ सालपछि ०५९ सालसम्म नाटक मञ्चन हुन सकेन । यसकालमा नाटक मञ्चन नहुनुमा दुईवटा कारण छन । पहिलो– ०४६ साल अघि नाटकको जे मूल विषय थियो अर्थात वर्तमान सत्तासँग विद्रोह, जनआन्दोलनपछि विद्रोही दलहरु स्वयंम सत्तामा पुग्दा नाटकको स्रोत नै हराउन पुग्यो । दोस्रो– अत्याधिक एनजिओको प्रभाव बढ्नु हो । यस्तो होइन की त्यस समयमा कुनै नाटक नै भएन, भए तर, सबै विकासवादी नाटक थिए जसलाई एनजिओले नै विषय दिने गर्दथ्यो । यसै समयमा हो सर्वनाम विकासे नाटक तर्फ लाग्यो । यसकालको अन्यत्य गुरुकुलको २०५९ सालमा स्थापनाले हुन्छ । गुरुकुलको स्थापना र यसको अवसानलाई तपाईले कसरी हेर्नुभएको छ ? म गुरुकुलको कर्मलाई खुला हृदयले ‘सेलुट’ गर्छु । मरेको रंगमञ्चलाई ब्युझाउने काम गुरुकुलले नै गरेको हो । यसको नेतृत्वकर्ता सुनिल पोखरेल हुन । गुरुकुल उहाँकै सपनाको परिणाम थियो । गुरुकुलमा ९९ प्रतिशत नाटकहरु उहाँले नै नेतृत्व गर्नु भएको हो र हामीहरु उहाँको सपनामा हिडेका हौँ । त्यही भएर उहाँसँग अटाउन सकिएन जस्तो लाग्छ । मेरो भनाईको गलत अर्थ नलागोस तर कसैको सपनामा सबै अटाउनु पर्छ भन्ने हुँदैन । नाटकमा काम गर्ने भन्दा नाक खुम्च्याउने अवस्थाबाट गर्व गर्नसक्ने अवस्थाको सृजना सुनिल पोखरेल र गुरुकुलले नै गरेको हो । तर, जहिले पनि डरलाग्दो कुरा के हुन्छ भने एउटै पत्रिका, एउटै विचार, एउटै नेता, एउटै संस्थालाई ठूलो मान्ने परम्पराले राजासंस्थाले जन्माएको संस्कारलाई विकसित गराउँदै लैजान्छ र त्यसकै एकाधिकार हुन जान्छ ।
वैकल्पिक धारका लागि जन्मिएको संस्था आफैं मूलधार भै दिए के हुन्छ ? विविधता दिन सक्दैन र अरुलाई पनि अगाडि बढ्न दिँदैन, पुजिन थाल्छ र अन्त्य हुन्छ ।वैकल्पिक धारका लागि जन्मिएको संस्था आफै मूलधार भै दिए के हुन्छ ? विविधिता दिन सक्दैन र अरुलाई पनि अगाडि बढ्न दिँदैन, पुजिन थाल्छ र अन्त्य हुन्छ । हाम्रोमा एउटा भनाई निक्कै चर्चित छ एउटै दाबमा दुईवटा खुकुरी अटाउन सक्दैन तर के हामीले दाब भएन भनेर धारिलो, चम्किलो खुकुरी नै फालिदिने की अर्को दाब खोज्ने ? गुरुकुलको सन्दर्भमा यही हुन गयो । गुरुकुलको समयमा साना समूहहरु उठ्नै सकेनन् । गुरुकुलले यति धेरै सहयोग पायो कि अन्य समूह त्यसका अघि टिक्न सकेनन् । पहिला जुन स्ट्यान्डर्डलार्ई भत्काउन संस्थाको सुरुवात भएको थियो पछि त्यसैलाई स्ट्यान्डर्ड बनाईदिए । तपाईले कुनै विचारधारालाई धर्म बनाईदिएपछि के हुन्छ ? त्यही गुरुकुलसँग भयो । गुरुकुलको ठूलो साम्राज्यले डरलाग्दो अवस्थाको जन्म गरायो । यति भन्दै गर्दा मैले गुरुकुलको नकारात्मक कुरा गरेको होइन तर त्यस्तो हुनुहुदैन्थ्यो, त्यही भयो । गुरुकुलको अवसान नेपाली रंगमञ्चका लागि दुःखको कुरा हो तर जति दुःखको कुरा हो त्यो भन्दा धेरै ‘प्रोपोगान्डा’ गरियो । गुरुकुल मरेपछि नेपाली नाटक नै मर्न पुग्छ भनियो । तर यहाँ के कुरालाई ध्यान दिइएन भने गुरुकुलले नाटक मञ्चन गर्ने भनेको एउटा ‘फम’मा मात्र थियो । संसारभर यति धेरै ‘जानरा’ छन तर, नेपाली दर्शकलाई त्यही एउटामात्र ‘जानरा’ छ भने जस्तो गरी देखाइयो जुन दुःखद थियो । आज तपाई काठमाडौंको जुनसुकै नाटकघरमा गएर विभिन्न किसिमका ‘जानरा’मा नाटक हेर्न पाउनु हुन्छ । नाटकलाई विशुद्ध मनोरञ्जन कलाको रुपमा लिने र सन्देश प्रवाहका लागि लिने दुई धार रहेको छ तपाई कुनको पक्षपाति हो ? मैले यो विषयमा धेरै सोचे । अहिले म कुन वाक्यांशमा पुगेको छु भने कला कलाका लागिमात्र होइन । यसले मान्छेलाई बाँधेर राख्नुपर्छ र रंगमञ्च सधै यस्तो अदालत हुनुपर्छ जहाँ न्यायाधीश नाटककार हुँदैन । न्यायाधीश दर्शक हुन्छन् । नाटक कुनै न कुनै रुपमा सामाजिक, राजनीतिक पक्षसँग जोडिएको हुनुपर्छ । नाटकमा समाजले सबैभन्दा दुत्कारेकोे पात्र पनि उदाङगो भएर उभिन्छ र समाजको असल भनिएको पात्र पनि उदाङगो भएर उभिन्छ । मेरो मूल ध्येय नाटक हेर्नेलाई प्रश्न गर्ने र सोच्न बाध्य बनाउनु हो ।
अत्यन्त चर्चित हुँदाहुँदै पनि सत्यमोहन जोशीको ‘फर्केर हेर्दा’ भन्ने नाटक आलोच्य छ ।अहिलेको ‘सांस्कृतिक साम्राज्यवाद’सहितको राजनीतिक व्यवस्थाले के हाम्रो आवश्यकता पूरा गर्न सक्ला ? अहिले मलाई के लाग्छ भने रंगमञ्चमा सांस्कृतिक रुपान्तरणका लागि सांस्कृतिक साम्राज्यवाद सहितको पारम्परिक संसदीय व्यवस्थाले काम गर्दैन । ‘सो कल्ड डेमोक्रेटिक सिस्टम’ले अहिलेको समाजलाई धान्न र अगाडि बढाउन सक्दैन । तर म माओवादी होइन । कुनै पनि पार्टीसँग मेरो आवद्धता छैन । नाटकलाई राज्यले सहयोग गर्नु त्यसको विकासका लागि राम्रो हो अथवा नराम्रो ? राज्यले नाटकका लागि जहाँ सहयोग गरेको छ अथवा नियन्त्रण गरेको छ त्यहाँका नाटकहरु अत्यन्त पारम्परिक हुन्छन भन्ने मेरो मान्यता छ । झन् शासनव्यवस्था सुदृढ छैन भने राज्य नियन्त्रित रंगमञ्चले हल्का मनोरञ्जनात्मक, शासक र राज्यको नीतिलाई प्रभाव नपार्ने नाटक मञ्चन गर्ने गरेको देखिन्छ । नेपालको सन्दर्भमा पंचायती व्यवस्थामा नाचघर र एकेडेमीमा मञ्चित नाटकहरु त्यसै श्रेणीमा आउने गर्दछन् । मैले तिनलाई नाचघरे नाटक भन्ने गरेको छु । राजनीतिक, सामाजिक समस्यालाई नउठाउने र राजा महेन्द्रको राज्य प्रणालीलाई समर्थन गर्ने नाटकहरु त्यससमयमा एकेडेमीमा मञ्चन गरिए । त्यही भएर अत्यन्त चर्चित हुँदाहुँदै पनि सत्यमोहन जोशीको ‘फर्केर हेर्दा’ भन्ने नाटक आलोच्य छ । तर राज्यले नाटकको स्कूलिङमा सपोर्ट गर्नुपर्छ । जस्तो की नाटक पढ्ने ठाउँ, प्रशिक्षण लिने थलो अथवा साना साना समूहहरुलाई वर्षमा निश्चित रकम दिएर अगाडि बढाउँदा राम्रो हुन्छ । मेरो धारणा भनेको नाटक मूल धारमा आउनुहुँदैन र सधैं प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्छ । मूलधारमा पनि दुई धार छ एउटा विचारको मूलधार र अर्को मनोरञ्जनको मूलधार । थियटर सधै यसबाट टाढा हुनुपर्छ ।
सांस्कृतिक रुपान्तरणका लागि सांस्कृतिक साम्राज्यवादसहितको पारम्परिक संसदीय व्यवस्थाले काम गर्दैन । ‘सो कल्ड डेमोक्रेटिक सिस्टम’ले अहिलेको समाजलाई धान्न र अगाडि बढाउन सक्दैन ।नाटक मूलधारमा आउनु हुँदैन भन्नु को अर्थ ? नाटक मिडियाजस्तै सधै प्रतिपक्षी भएर बस्नुपर्छ । मनोरञ्जनको मूलधारले सेक्ससँग अपिल राख्छ भने विचारको मुलधारले राज्यको नीतिलाई सही भन्दै त्यसको पक्षमा काम गर्छ । त्यसैले नाटक यी दुवै मूलधारदेखि अलग हुनु पर्छ भन्ने मेरो मान्यता हो । नेपाली समाजलाई घिमिरे युवराजले के दिन चाहन्छ र त्यसको शैली के हो ? मेरो रंगमञ्चको भाषाको शैली म अझै खोजी गरिरहेको छु । तर म समाजसँग सम्बन्धित विषयवस्तुलाई लिएर नाटक गर्न चाहन्छु । मेरो नाटकको मूल केन्द्र शरिर हो । मलाई रंगमञ्च भनेको ठूलो ‘राजनीतिक मिसन’ जस्तो लाग्छ यसो भन्नुको अर्थ कुनै अमुक पार्टीसँग जोडिएर गरिने राजनीति होइन । मैले नेपालमा रहेको विविधतालाई नाटक मार्फत फरक फरक समुदायसम्म पु¥याउँ भन्ने चाहन्छु । हाम्रो समाजमा रहेको विविधतालाई एक अर्कामा पु¥याउन र बुझाउन सकियो भने सबै मान्छे ‘इनलाइटमेन्ट’ हुन्छन् भन्ने मेरो बुझाई छ । सीमान्तकृत समुदायका रितिथिति, संस्कृतिलाई समाजको हरेक तप्कासम्म पु¥याउने मेरो सपना छ ।
प्रतिकृया लेख्नुहोस्: