Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बजरंगी भाइजानबाट सिक्नुहोस् जीवनसँग जोडिएका केही महत्वपूर्ण पाठ

\"Bajrangiभर्खरै रिलिज भएको सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ ले वास्तवमा हामीलाई जीवनसँग  जोडिएका केही महत्वपूर्ण पाठ सिकाउने गर्दछ । १. फिल्ममात्र होइन, प्रेरणा पनि हो बजरंगी भाइजान सिनेमा समाजको ऐना हो, यो हाम्रो जीवनसँग जोडिएको हुन्छ र यसबाट हामी धेरै कुरामा प्रभावित हुने गर्छौं । यदि तपाईं सलमान खान, करिना कपुर, नवाजुद्दिनका प्रशंसक हुनुहुन्छ भने यो फिल्म अवश्य हेर्नुहोस् र यदि तपाईं जीवनमा आफ्नो लक्ष्य पाउन चाहुनहुन्छ भने पनि यो फिल्म हेर्नुहोस् । आउनुहोस्, आज हामी तपाईंलाई कसरी बजरंगी भाइजानले हामीलाई जीवनसँग जोडिएको पाठ पढाउने गर्दछ। २. साँचो बोल्नुहोस् र गलत काम नगर्नुहोस्ः यदि तपाईं एउटा झुटो बोल्नुहुन्छ भने त्यसलाई लुकाउनको लागि तपाईंले अझ हज्जारौं झुट बोल्नुपर्ने हुन्छ । तर यदि तपाईं साँचो बोल्नुहुन्छ भने यसले कुनै हानी पुर्याउँदैन । होला, कहिलेकाँही साँचो बोल्दा त्यसको प्रत्यक्ष असर नकारात्मक देखिएला तर त्यसले अन्त्यमा राम्रै परिणाम निम्त्याउँछ । यो फिल्मले पनि मानिसहरुलाई साँचो बोल्नको लागि प्रेरित गर्दछ । फिल्मका हिरो एक निष्ठावान् र गलत काम नगर्ने मानिसको रुपमा देखाइएको छ । ३. देखावटी मात्र होइन, सरलता मन पराउनुहोस्ः यो फिल्मका प्रमुख पात्र पवन कुमार चतुर्वेदी अर्थात् सलमान खान देखावटीभन्दा सरलता मन पराउँछन् । अर्थात चकाचौंधको यो दुनियाँमा देखावटीभन्दा सरलताले पनि तपाईंलाई आफ्नो लक्ष्य र उद्देश्यलाई पाउन सक्नुहुन्छ । ४. मानिसहरुको मद्दत गर्नुहोस्ः वर्तमानमा मानिसहरु आफूमा मात्र सिमित भइरहेको अवस्थामा अरु व्यक्तिहरुलाई समस्यामा देखेपनि नजरअन्दाज गरेर हिँड्ने चलन बढेको छ । फिल्मको एक दृश्यमा सडक दुर्घटना देखाइन्छ जसमा परेका मानिसहरुलाई मद्दत गर्नको लागि कोही मानिस देखिँदैनन् । यस्तो अवस्थामा एक अपरिचित बालिकालाई मद्दत गर्ने सलमान खानसँग  यो सिक्नसक्नुहुन्छ । समस्यामा परेका मानिसहरुलाई पनि मद्दत गर्नुपर्छ चाहे उनीहरु हाम्रो लागि अपरिचित नै किन नहुन् । ५. कुरालाई मात्र नभई इशारालाई पनि बुझ्नुहोस्ः यो फिल्ममा जुन मुन्नीलाई सलमान खानले मद्दत गरे, उनी बोल्न सक्दिनन् । उनी बोल्न नसक्ने भएका कारण मानिसहरुले उनलाई बुझ्न सक्दैनन जसका कारण थप समस्या सिर्जना हुन्छ । यस्तोमा सलमान खानले उनको इशारालाई नै बुझेर उनको मद्दत गर्दछन् । ६. लक्ष्य निर्धारण गर्नुहोस्ः मुन्नीलाई भेटिसकेपछि  उनलाई सकुशल उनको घरमा पुर्याउने सलमानको लक्ष्य हुन्छ । यस्तै प्रकारले हामीले पनि हाम्रो लक्ष्य निर्धारण गर्नुपर्छ र त्यसलाई पाउनको लागि हरसम्भव प्रयास गर्नुपर्छ । ७. बाधा आउँदा नआत्तिनुहोस्ः सलमानको बाटोमा भारत–पाकिस्तानको दुश्मनी ठूलो बाधा बनेको हुन्छ । यस्तो मुश्किल अवस्थामा पनि उनले आफ्नो लक्ष्य प्राप्त गर्दछ । यसरी नै, हामीले पनि हाम्रो जीवनमा जतिसुकै ठूलो समस्या आउँदा पनि त्यसबाट विचलित नभई लक्ष्य प्राप्तीको लागि अगाडि बढ्नुपर्छ । ८. सबै धर्मलाई प्रेम गर्नुहोस्ः धर्मको नाममा कुनै प्रकारको भेदभाव सहि होइन । तपाईंले आफ्नो धर्मको साथै अरुको धर्मलाई पनि प्रेम गर्नुहोस् । बजरंगी भाइजानमा पनि सलमान खान दोस्रो धर्म अपनाउने बालिकाको मद्दत गर्दछन्  जसको विषयमा उनको मनमा कुने प्रकारको द्वेष हुँदैन । ९. प्रेम पनि आवश्यक छः जीवनमा यदि प्रेम छ भने त्यो निकै रोमान्चक हुन्छ । त्यसकारण जीवनको यो भागदौडमा प्रेमको लागि पनि थोरै समय निकाल्नुहोस्, अनि हेर्नुहोस्, तपाईंको जीवन कति रमाइलो हुन्छ । यो फिल्ममा सलमान र करिनाको रोमान्टिक दृश्य पनि छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies