Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

चीनले पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने

\"SB-Ktm-agreement७ साउन, काठमाडौँ । चीनले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने तथा त्यस निम्ति रु एक अर्ब नगदसमेत उपलब्ध गराउने घोषणा गरेको छ ।

भूकम्पपछिको पुनःनिर्माण तथा आर्थिक विकासलगायत आपसी हित र चासोका विविध विषयमा आज यहाँ सम्पन्न सचिवस्तरीय द्विपक्षीय संयुक्त वार्तामा चीनले उक्त घोषणा गरेको हो ।

भूकम्पसँगै पहिरो खस्दा क्षति भएको अरनिको राजमार्ग, त्यसैबाट प्रभावित सिन्धुपाल्चोकको लार्चामा निर्माणधीन सुक्खा बन्दरगाह, रसुवागढीस्थित भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन चीनले शीघ्र काम थाल्ने अर्थसचिव सुमनप्रसाद शर्माले राससलाई बताए ।

काठमाडौँ तथा सिन्धुपाल्चोकमा व्यवस्थित बस्ती विकास, पुनःनिर्माण, भूकम्पपीडितलाई अन्य भौतिक सहयोग, आठ ‘लेन’को निर्माणाधीन चक्रपथ विस्तार परियोजनाको काम द्रुत गतिमा अघि बढाउन चीन सहमत भएको जानकारी पनि उनले दिए ।

\'नेपालको प्राथमिकतानुसार तत्काल अनुदान सहायता परियोजना कार्यान्वयन गर्न र केही परियोजनाको सम्भाव्यता अध्ययनपछि बाँकी काम चाँडोभन्दा चाँडो थाल्न पनि चीन राजी भएको छ\' – वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका अर्थसचिव शर्माले भने ।

काठमाडौँ र सिन्धुपाल्चोकमा परीक्षणका रुपमा बस्ती विकास र सुरक्षित आवास निर्माण आयोजना पनि अनुदान सहायताअन्तर्गत कार्यान्वयन गरिने अर्थसचिवले बताए । भूकम्प प्रभावित क्षेत्रमा विद्यालय तथा स्वास्थ्य केन्द्र पनि निर्माण गरिने छ । गत असार १० गते यहाँ सम्पन्न ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा चीनले रु ७७ अर्ब ७० करोड अनुदान उपलब्ध गराउने घोषणा गरेअनुरुप अनुदान सहायता परियोजना आगामी तीन वर्षसम्म सञ्चालन हुनेछन् । एक अर्ब नगद अनुदान उपलब्ध गराउने चिनियाँ घोषणा पनि सोही सहायता रकमअन्तर्गतको हो ।

वार्तापछि विपद्पछिको पुनःनिर्माण सहयोग परियोजनाको कार्ययोजना, रु एक अर्ब नगद सहयोग सम्झौता तथा भरतपुरस्थित बिपी मेमोरियल क्यान्सर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनुका साथै दुवै पक्षबीच आदानप्रदान भएको थियो । वार्तामा १४ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँका वाणिज्य सचिव चाङ स्योङ्छेनले गरेका थिए । चीनका तर्फबाट त्यहाँको वाणिज्य मन्त्रालयअन्तर्गतको वैदेशिक सहयोग विभागका उपमहानिर्देशक, नागरिक मामिला मन्त्रालयका उपमहानिर्देशक, स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागका उपमहानिर्देशक, राज्य परिषद् सांस्कृतिक सम्पदा कार्यालयका उपमहानिर्देशक, नेपालका लागि चिनियाँ राजदूतलगायत सहभागी थिए ।

भूकम्पपछिको पुनःनिर्माण तथा नवनिर्माणका साथै नेपालको आर्थिक विकासमा नेपाललाई सक्दो सहयोग गर्ने चिनियाँ प्रतिबद्धताअनुरुप भएको वार्ताबाट आफू उत्साहित भएको सचिव चाङले बताए । उनले अत्यन्त निकटको छिमेकी नेपालले प्राकृतिक विपत्तिबाट भोग्नुपरेको कठिनाइबाट पार लगाउन चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वार्तामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, परराष्ट्र, स्वास्थ्य तथा जनसङ्ख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला, वाणिज्य तथा आपूर्ति, शिक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका उच्च अधिकारीको सहभागिता थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies