/  Thu, February 21, 2019

प्रचण्डले क्रान्तिलाई धोका दिए : लोकेन्द्र विष्ट मगर

lokendra-bista-magarझलनाथ खनाल नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री तथा बाबुराम भट्टराई नेतृत्वको सरकारमा पर्यटन मन्त्री बनेका लोकेन्द्र बिष्ट मगर बामपन्थी राजनीतिको प्रभावमा परी विद्यार्थी जीवनबाट राजनीतिमा हाम फाले । जनयुद्धमा सैन्य मोर्चाको कमिसार हुँदै पार्टीको स्थायी कमिटीसम्म पुगेर राजनीतिबाट टाढिने निर्णयका साथ एमाओवादीको हेडक्र्वाटरमा राजिनामा बुझाएका ती थोरै नेताहरु मध्ये पर्दछन् जसले जनयुद्ध पनि लडे र शान्तिकालमा मन्त्री पनि भए ।

उनी तिनै नेता हुन् जसले माओवादीको शान्ति प्रक्रियामा प्रवेशसँगै अन्तरिम संसदमा हतियार लिएर जाँदै गर्दा सुरक्षाकर्मीले रोक्दा त्यसमा आपत्ति जनाएका थिए र आफूहरुले हतियार लिएर जान पाउनु पर्ने अडान लिएका थिए । उनले त्यसबेला दिएको अभिव्यक्ति पनि निक्कै चर्चाको विषय बनेको थियो । उनले  चैत्र १७ गते पार्टीलाई आफ्नो राजिनामा पत्र बुझाए र पार्टीको व्यस्त राजनीतिक जीवनबाट टाढिदै काभ्रेको भकुण्डेबेसीमा धान तथा भटमासको खेतीमा व्यस्त किसान जीवन बिताई रहेका बिष्टले खबरडबलीका नरेश ज्ञवालीलाई दिएको अन्तरवार्ता ।

तपाईले पार्टीबाट किन राजिनामा दिनु भएको हो ?

पार्टीबाट राजीनामा दिएको होइन । मैले पार्टीको पद र जिम्मेवारीबाट राजीनामा दिएको हुँ । बिग्रेको, भत्केको र जिर्ण पार्टीको ठूलो नेता हुनु भन्दा सप्रेको, सद्धे र सानो पार्टीको सानो नेता भएर बस्दा राम्रो हुन्छ भन्ठानें अनि राजिनामा दिएँ ।

बिग्रेको भन्ने बल्ल थाहा भयो हगी ?

माओवादी पार्टी बिग्रेको धेरै अघिदेखि नै हो । यसले दक्षिणतर्फको यात्रा गर्दैछ भन्ने भान हामीलाई अथवा मलाई धेरै अघि नै थाहा भएको हो तर, अब फर्केला, अब फर्केला भनेर आशा र विश्वास गरियो तर सबै प्रकारले लाथालिङ्ग भयो । अब यसको दक्षिणतर्फको यात्रापनि अर्कै दिशातर्फ उन्मुख रहेको मलाई भान भइरहेको छ ।

तपाईंले पार्टीबाट होइन जिम्मेवारीबाट राजिनामा दिएको भनेर कस्तो कुटनीतिक शब्द प्रयोग गर्नु भएको हगी ? भोली फेरी राम्रो पद प्रतिष्ठा पाएमा जाने बाटो पनि खोली राखेको होला होइन त ?

लोकेन्द्र बिष्ट भनेको जालझेल, तिकडम गर्ने, कुटिल चाल चल्ने राजनीतिक व्यक्ति थिएन र होइन । आज म जहाँ आई पुगेको छु त्यसमा मेरो पार्टीको भूमिका पनि होला र सँग–सँगै मेरो भूमिका पनि होला । अहिले मेरो जीवनलाई म सामान्य नागरिकको स्तरबाट जिउन खोज्दैछु । पहिला पनि म साधारण व्यक्ति नै थिएँ, अहिले पनि साधारण नै छु । तपाईंले भने जस्तो गरि कसैसँग पद प्रतिष्ठाका लागि पाउ पर्ने मान्छे होइन म । त्यसैले त्यस्तो कहिल्यै गर्ने छैन ।

त्यसो भए अहिले के गर्दै हुनुहुन्छ ?

म अहिले सक्रिय राजनीतिबाट अलग्गिएर साधारण जीवन बिताउँदै छु । साधारण जीवन भनेको हलो, कुटो, कोदालो गरेर एक छाक खाना र एक जोर लुगाको जोहो गर्ने नै हो । अहिले म त्यसैमा आफूलाई अभ्यस्त बनाउँदै छु, अर्थात् खेतीपातीमा लागेको छु । काभ्रेको भकुण्डेबेसीमा २० रोपनी जग्गामा नयाँ प्रजातीको कालो धान रोप्दैछु । साढें चार रोपनीमा भटमास रोपेको छु । कालो धानको ब्याड तयार हुँदैछ ।

यो राजिनामा राजनीतिक विश्राम हो अथवा राजनीतिप्रतिको विकर्षणको परिणाम ?

कुरा सजिलो छ । यो राजनीतिप्रतिको विकर्षणको परिणाम होइन कि यो राजनीतिबाट विश्रामको उद्देश्यसहित लिइएको निर्णयको कार्यान्वयन मात्र हो ।

दुई पटकसम्म मन्त्री भई सकेको मान्छे अब सर्वसाधारणको जीवन बिताउँछु भन्दै गर्दा मानिसहरुले हेप्दैनन् र ?

एक जना चिन्तकले एउटा प्रशंगमा– राजनीतिबाट अलग्गियौ भने तिमीलाई निक्कै सानो भन्दा सानो मजदुर ‘लो म्यान’ ले पनि हेप्छ भनेका थिए । अहिले यो भनाई मेरो वर्गले ग्रहण गर्न हुन्छ कि हुँदैन मलाई थाहा छैन । कतिपय अराजनीतिक मान्छेहरुले हेप्ने पनि हुन्छ होला तर मलाई त्यस्तो केहीपनि छैन । मेरो बुबा किसान हुनुहुन्थ्यो । म पनि अहिले किसान नै भएको छु ।

३४ वर्ष राजनीतिमा बिताएँ, कयौं पटक जेल परें, पार्टीको स्थाई कमिटी सदस्य भएँ, सभासद् भएँ, मन्त्री भएँ तर अहिलेको राजनीतिको छाँट र दिशा राम्रो लागेन, त्यसैले नागरिक र किसानको हैसियतमा बस्ने निर्णय गरेको हुँ । तर पनि म राजनीतिक व्यक्ति नै हुँ । पार्टीलाई दोष लगाउने कुरा छैन तर मैले जुन पार्टीमा राजनीतिक जीवनको उचाई हाँसिल गरें, त्यो पार्टी अब पुरानो पार्टी रहेन नयाँ पार्टीमा बस्न मन लागेन ।

पार्टी यहाँसम्म आएकोमा यसको मुख्य दोष नेतृत्वलाई नै जान्छ । अध्यक्षको हैसियतले यसको जिम्मेवारी प्रचण्डको हो र बाबुरामको पनि हो । अहिलेको पार्टीमा माथिल्लो कमिटीमा बसेर काम गर्ने वातावरण बनेन, त्यसैले राजिनामा दिएको हुँ ।

तपाई पार्टीमा प्रचण्डको निक्कै ठूलो प्रशंशक भएर कुरा गर्नु हुन्थ्यो अहिले प्रचण्ड दोषी हुन् भन्नु हुन्छ, भनेपछि प्रचण्डसँग तपाईंको मोहभंग भएको हो ?

जनयुद्धका कमाण्डर श्रद्धेय अध्यक्ष कमरेडलाई म निक्कै आदर गर्छु । तर यो पार्टी बिग्रनुमा उहाँ नै मुख्य जिम्मेवार हुनुहुन्छ । मैले र म जस्ता धेरै साथीहरुले पार्टी बिग्रीएकोमा बनाउने प्रयास गर्यौं तर सकिएन । प्रचण्डले क्रान्तिमा धोका दिनुभयो । पार्टीमा हुने धोका, प्रपञ्चहरु देखेर पार्टीको ठूलो पोष्टको सेरोमोनियल भएर बस्न मन लागेनँ, अनि राजिनामा दिएँ ।

क्रान्तिलाई प्रचण्डले धोका दिए भन्दै गर्दा यसमा बाबुराम, प्रकाश र मेरो पनि भूमिकाको कुरा आउँछ । म त्यसलाई नकार्न सक्दिनँ तर यसको मूल जिम्मेवारी त प्रचण्डले नै लिनु पर्ने हुन्छ । हाम्रो टोलीले त्यसलाई सुधार्न, मिलाउन निक्कै प्रयास ग¥यो तर अहिले आएर मैले सकिनँ भन्ने महसुस गरेको छु ।

साउन ५ गते, २०७२ - १५:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको सचिवालयको बैठक सकियो, के भयो निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी बैठक स्थगित भएको छ । विहान ९ बजेबाट बसेको...   

गायक पशुपति शर्मालाई विप्लबको साथ –लामाले निकाले कडा विज्ञप्ती

काठमाडौं । गायक पशुपति शर्मालाई युट्युवबाट गित हटाउन वाध्य पारिएको भन्दै विप्लव नेतृत्वको पार्टीको...   

सचिवालयको बैठक बस्दै नेकपा : टुगिंएला एकता ?

काठमाडौं । सोमबार विहानबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्दै छ । प्रधानमन्त्री...   
‘लुट्न सके लुट’ गितमा नेता/कार्यकर्तादेखि लेखक, बुद्धिजिविसम्म  : कसले के भने ?

‘लुट्न सके लुट’ गितमा नेता/कार्यकर्तादेखि लेखक, बुद्धिजिविसम्म : कसले के भने ?

काठमाडौं । दुईदिन अघिमात्रै र्साजनिक गरिएको गायक पशुपति शर्माको गीत विवादमा तानिएको छ । उनले गितमा...   
पूर्ण पाठ पढ्नुहोस्–यस्ता छन्  पशुपति शर्माको विवादित गितका शब्द !

पूर्ण पाठ पढ्नुहोस्–यस्ता छन् पशुपति शर्माको विवादित गितका शब्द !

काठमाडौं । दुईदिन अघिमात्रै र्साजनिक गरिएको गायक पशुपति शर्माको गीत विवादमा तानिएको छ । उनले गितमा...   

मनमा कुरा खेल्ने र निद्रा नलाग्ने भएको छ ? अब यसो गर्नुहोस्–क्षणभरमै निदाउनुहुन्छ

एजेन्सी । अनिद्राका विभिन्न प्रकार हुन्छन् र यसले मानिसलाई अनेकौं प्रकारले असर पार्छ । निद्रा बोलाउनका...   

एकता टुंग्याउन ओली प्रचण्ड आँफै भिड्दै : कति भईरहेको छ प्रगति ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’...   

प्रचण्डजस्तो बुद्धिमान र आदरणिय अध्यक्षसँग मेरो केही समस्या छैन –पोखरेल

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका अध्यक्ष...   
अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता

अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता

वासिङटन । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उनका दक्षिण कोरियाली समकक्षी काङ क्युङ–ह्वासँग पोल्याण्डको...   

हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै

काठमाडौ । भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top