Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बिऊगुनाको फल !

ठ्याक्कै विगतमा आफूमाथि हिंसाको यात्रा सुरु भएकै उमेरमा थिई रङ्गा । गौरीको मनले सोच्यो– जतिसुकै माया दिएर पाले पनि आखिर बिऊ त्यही झड्केलो बाऊको त होस् नि । उसले छोरो बिरागमा झड्केलो बाऊको अनुहार देखी अनि रङ्गामाथिको क्रियाकलापलई झड्केलो बाउले आफूमाथि गरेका बिर्सिनयोग्य यादहरुको झझल्को पाई ।
गौरीले भर्खरै जीवनको आठौं वसन्तको खुड्किलोमा पाइला राखेकी थिई । उनमा चञ्चलेपन हुरीजस्तै तीव्र थियो । नाच्ने–गाउँने, उफ्रने–चल्ने, झगडा गर्न मन पराउनेजस्ता संवेगहरु उनमा समुद्रको ज्वारभाटा झैं उर्लिरहेका थिए । आफूलाई मन पर्ने गीत घन्काउँदै एक्लै कोठामा नाच्नु र संगीत सुनेर या गाएर नथाक्नु उनका विशेषता भएका थिए । एक दिन उनी मन पर्ने गीतको तालमा कोठामा नाचिरहेकी थिइन् । नृत्यमा अचानक बाबाको पनि सहभागिताले गौरीको नाचमा ऊर्जा थपियो । गौरी रमाईरमाई उफ्रिइरही गीतसँगै । नाच्ने अवसरको सदुपयोग गर्दै उसले गौरीतिर अघि बढायो हातहरु– कति राम्री मेरी गौरी ! बत्ती वरपर घुमि\"devaki_kc_article\"रहने पुतलीजस्तै कति राम्रो नाच्न जानेकी भन्दै च्याप्प समायो र चुम्न थाल्यो छिप्पिएका ओठहरुले सिमलको भुवाजस्ती गौरीलाई । उनको बालमस्तिष्कमा एउटा छाप पर्यो– बाबाले आफूलाई धेरै माया गर्नुहुँदो रै’छ भन्ने । तर, धेरै बेरसम्म पनि छिप्पिएका ओठहरु आफूतिर गाडिन नछाडेपछि ऊ डर र लाजले भुतुक्क भई । मन्द स्वरमा काँप्दै भनी गौरीले– ‘बाबा ! छाड्नोस् न मलाई । कस्तो डर लाग्यो !’ ‘किन ? डराएकी ?’ ऊ गौरीलाई काउकुति लगाउन थाल्यो । शरीरभरि र भुँडीमा सुमसुम्याउँदै लाजको भाँडोभित्र पसेर औंलाहरु चल्मलाउन थालेपछि गौरी रुन–चिच्याउन थाली । गीतको तालमा गौरीको चिच्याहट सुनेर पनि नसुने झैं गर्थे निर्जिव कोठाका भित्ताहरु । हत्तपत्त मुख छोपेर गौरीलाई पछार्यो उसले सोफामाथि र भाले कुखुराले झैं एक्कासि झम्टियो गौरीमा । पर्खालजस्ता तिघ्राहरुको बोझ निरीह भएर सहनुपर्ने गौरीको बाध्यता र बालमस्तिष्कमा पारेको गम्भीर यातनाको दर्दनाक जीवनकहानीको सुरुआत घरबाटै भएको थियो । उत्तेजनाका तरंगहरु सगरमाथाजस्तो चुलिएका बेला उसलाई उमेर र नाताको याद भएन । केवल उन्मत्त साँढे बनेर उफ्रिन पाएकोमा ऊ गौरवान्बित थियो । आँशुका तालहरुबाट गौरी चिच्याइरही बाबा... बाबा... बाबा... ! ‘केको बाबा भन्छेस् नि मलाई ? म तेरो झड्केलो बाउ हुँ !’ बेस्सरी गालामा एक चड्कन बजार्यो । ‘तेरी आमा र तँलाई त मैले भगाएर ल्याएको हो । अझै रुन्छेस् !’ गोमन सापँजस्तो गरेर हेर्यो उसले । ‘गौरी ! यो कुरा तेरी आमालाई भनिस् भने तेरो हालत के हुन्छ, होस् गर !’ ऊ अझ धम्काउँदै थियो । गौरीका आँशुका मूलहरु अझै बन्द भएका थिएनन् । लुगाहरु शरीर छाडेर यत्रतत्र भाग्दै थिए । चरम आनन्दमा बिऊहरु रोपिसकेपछि उसले गौरीलाई गाली गर्न थाल्यो– ‘के जात्रा देखाँउदैछेस् ? छोप् लुगाले शरीर । लाज छैन कि क्या हो ? के हो र यस्तो कुरा ! यो त सामान्य हो नि । रमाइलो गर्ने बेला यही त हो नि !’ गौरी कान भएर पनि बहिरी र आँखा भएर पनि अन्धीजस्ती भएर टोलाइरही नाजवाफ । उसले जोडले ढोका उघार्यो र बाहिर निस्कियो । गीत आफ्नै तालमा बजिरहेको थियो । जुन गीतले गौरीको नाच र चञ्चले बालापनलाई साथ दिन सकेको छैन, अब सक्ने पनि छैन कहिल्यै । भर्जिनको पर्दामा कोपरिएको सियोको वेदनामा रगतले छताछुल्ल भएर भिजेकी गौरी बिस्तारै आफूलाई सामान्य बनाउने कोसिसमा थिई । घीनलाग्दो व्यवहारभित्रको त्यो एउटा सुन्दर घर र ‘म झड्केलो बाउ’, ‘यी सामान्य, रमाइला कुरा हुन्’ जस्ता उसका शब्दले तसाईरहन्थे उनलाई । एउटा सुन्दर घरभित्रको यातनामा पिल्सिएर गौरीले धेरै वर्ष बिताई । कति पटक आमासँग यस्तो घीनलाग्दो व्यवहारको पर्दाफास गर्न खोजे पनि आवाज त्यसै रोकिन्थे । किन हो ? पर्वतहरु आफैं शरीरमाथि आएर वर्षिएजस्तो हुन्थ्यो । ‘छोरी सधैं सभ्य र सहनशील हुनुपर्छ’ भन्ने आमाको पाठका कारण ऊ आफूमाथिको दुर्व्यवहारलाई दबाउन विवश थिई । यस्ता तनावहरुलाई हृदयको कुनामा लुकाएर ऊ आफनो स्कुले जीवनमा भिज्दै थिई । तर, निरन्तर सिनेमाको दृश्य झैं लाग्ने आफ्नो विगतले झक्झक्याइरहने गौरीको मस्तिष्कले शिक्षामा खासै सफलता हासिल गर्न सकेन । हुन त उसका दुई भाइहरु थिए, त्यही झड्केलो बाउतर्फका । दुई भाइहरु गौरीलाई असाध्यै माया गर्थे । तर पनि गौरीका आँखाले ती दुईलाई एउटा अपराधीका बिऊ मात्र हुन् भनजस्तो देख्दथे । यस्ता यातनाबाट दबिएर गौरीले पन्ध्रौं वसन्तमा पाइला राखेकी थिई । ‘म फुपुकहाँ जान्छु, फुपु बिरामी हुनुहुन्छ रे । घर र भाइहरु राम्रोसँग हेर्नु । बुबा बाहिर जानुभएको छ, आएपछि खाजा बनाएर खानु है गौरी !’ आदेश दिएर आमा हिँडिँन् । संस्कारको दाम्लोमा उनीएकी छोरीले ‘हस्’ भनेर चुपचाप आदेश पालना गनुपर्ने घरमा उनले पनि त्यसै गरिन् । बिदाको दिन भएकाले गौरी दुई भाइहरुसँग कोठामा टिभी हेर्दै थिई । बेलाबेलामा रिमोटले च्यानल परिवर्तन गरेर भाइहरु उनलाई टिभी हेर्न दिँदैनथे । कहिले कार्टुन त कहिले रेस्लिङ हेर्दै त्यस्तै अभिनय हुन्थ्यो कोठामा । त्यही अभिनयमा गौरीप्रति पनि एक–दुई मुक्का हिर्काउन लागेको अभिनय गर्थे । त्यसैले गौरी मनमनै दुःखित हुन्थी । घीनलाग्दो, कुहिएको बिऊको उत्पादन के गतिला हुन्थे ! आफना दुई भाइहरुलाई हेर्दै गौरी आफ्नो झड्केलो बाऊप्रति मनमनै आक्रोशित हुन्थी । झोलामा फुटबल बोकेर अचानक झड्केलो बाउको कोठामा प्रवेश भयो । टिभी हेर्दै गरेका भाइहरु ‘ड्याडी–ड्याडी ! हामीलाई बल ल्याइदिएको हो ?’ भन्दै उसको हातको झोला समात्न पुगे । ‘ल आज दिउँसोभरि तिमीहरुले फुटबल खेल्ने । तर आँगनमा, कोठामा होइन । टिभी मात्र हेरेर हुँदैन, खेल्नु पनि पर्छ ।’ पाठ पढायो उसले दुई छोराहरुलाई । फुटबल बोकेर दुबै आँगनमा दौडिए र खेल्न थाले रमाईरमाई । गौरी पनि त्यहाँबाट जुरुक्क उठी र बाहिर निस्किन खोजी । तर, रोक्यो उसले । ‘गौरी ! आमा छैन, भाइहरु फुटबलमै भुलिहाल्छन् । अब बाँकी तँ र म हो । यही कोठामै रोमान्स गर्दै बिदा मनाऊँ ।’ गौरीले उसको हात फुत्काई र भाग्न खोजी । उसले फेरि जोडले हात पक्रियो र भुइँमा लडायो । गौरीले अनेकौं प्रयास गरी त्यो जालबाट फुत्कन तर असफल नै भई । उसले आफनो वस्त्र एकएक गर्दै फुकाल्न थाल्यो लाज–घीन नमानी । उसको शरीरका प्रत्येक अंगमा उत्तेजनाका जोसहरु हल्लिइरहेका थिए । आकार, बनावट केही नमिलेको मरुभुमिको उँटजस्तो उसको नग्नतालाई गौरीले डर, लाज, घृणाले हेरी अनि शरीरमा बाँकी रहेका थुक फालिदिई प्रतिकारस्वरुप । अब उनीसँग प्रतिकारको त्यसबाहेक अरु कुनै विकल्प थिएनन् । लहलह धान झुलेको फाँटमा एक्लै रजाइँ गर्न पाएको छाडा साँढे आखिर यौवनतिर झुल्दै गरेकी गौरीमा खनियो; चाहे जस्तोसुकै प्रतिकार होओस् । रसको तृप्तिमा पसिनाको सागर बनेको ऊ हतारहतार वस्त्र खोज्न थाल्यो । उसलाई गौरीका आँशुसँग कुनै सहानुभूति थिएन । एकातिर शारीरिक दर्द र अर्कोतिर पसिना, सुर्तीको राग ह्वास्स आउने उसको त्यो गन्हाउने मुखको चुम्बन... । उनलाई बान्ता हुन खोजिरहेको थियो । गौरी रोक्ने प्रयास गरिरहेकी थिई । तैपनि बेलाबेलामा वाकवाक लाग्न खोज्थ्यो, त्यो घीनलाग्दो दुर्व्यवहारको दृश्यको स्मरणले । साँझ आमा घर आउँदा गौरी सुतिरहेकी थिई ओछ्यानमा । आमाले सोध्नुभयो, उसले सन्चो नभएको बताई । ज्वरो आएको, टाउको दुखेको रिँगटा लागेको भन्दै साँचो कुरा बताउन इन्कार गरी । आमा उसलाई दूध पिउन कर गर्न थालिन् । उनको निधार छामिन् । यतिको हदसम्म त्यो घरमा गौरीमाथि भएको हिंसाबारे उनलाई अत्तोपत्तो छैन । न त गौरीले भन्ने साहस नै गरी । आमासँगै त्यो झड्केलो बाउ पनि आएर उनलाई निधारमा छामे झैं गरी औैषधी खुवाउन सहयोग गथ्र्यो । त्यति बेला लात्ताले भकुरेर हुत्याइदिउँजस्तो लाग्थ्यो गौरीलाई । तर, आफ्नो रिस मनमा दबाएर राख्थी । मानसिक तनावका कारण तंग्रिन नसक्नेगौरी ओछ्यान परेकी एक महिना भइसक्यो । गौरीको बिरामीपनले साह्रै चिन्तित थिइन् आमा । किन हो, झोक्राइरहन्छे, खान मन गर्दिन । झड्केलो बाउसँग चिन्ता व्यक्त गरिन् उनले । ‘यो घर नै नफापेको हो कि छोरीलाई । मेरो एउटा साथीको छोरा असल छ, गौरीको बिहे गरिदिउँ उसैसँग । म कुरा गर्छु । हुन्न ?’ झड्केलो बाउ बोल्यो । आफ्नो कुकर्मको बिऊले गौरीमा भु्रण बनेर आश्रय लिएको चाल पाएर होला, ऊ समस्याबाट भाग्ने नयाँ जुक्ति रच्दै थियो । जति उपचार गर्दा पनि गौरीको अवस्था सामान्य नभएपछि आमालाई पनि उसकै कुरा ठीक लाग्यो । आखिर छोरीको अवस्था राम्रो हुन्छ भने कुरा चलाउनुस् न त तपाईंको साथीसँग– गौरीको बिहे गरिदिऊँ । गौरीको ‘भलाइ’ का लागि झड्केलो बाऊ भित्रभित्रै मख्ख थियो । उसको कुकर्मलाई ढाक्ने नयाँ बाटो बनेको परिवारको निर्णयमा खुसी भएर स्वीकार गर्नुपर्ने संस्कारको पासोमा परेकी गौरीको बिहे भएरै छाड्यो, झड्केलो बाऊको साथीको छोरा राजीवसँग । राजीव साँच्चै असल स्वभावको थियो । जीविकोपार्जनका लागि किराना पसल थियो । गौरीलाई जीवनसाथीको रुपमा सधैं खुसी देख्न चाहन्थ्यो । उसको मायामा रमाउँदै गौरीले बिस्तारै आफ्ना अतीत भुल्दै गई र उसको एउटा नयाँ जीवनको सुरुआत हुन थाल्यो । वास्तवमै जीवनमा माया के हो भन्ने कुरा भर्खर बुझ्न थालेकी थिई गौरीले । गौरीलाई ऊ मनदेखि प्रेम गथ्र्यो । त्यसैले उसले कहिल्यै गौरीलाई पीडाको एक अंश पनि दिन चाहेन । समझदारीमा जीवन काट्नुपर्छ भनेर हरेक रुपमा समझदारी देखाउँथ्यो । राजीवले देखाएको प्रेम र सदभाव देख्दा झड्केलो बाउको व्यवहारले मस्तिष्कमा एक झड्का दिन्थ्यो । र, उनी मनमनै सोच्थिन्– झड्केलो बाउ पनि पुरुष र राजीव पनि पुरुष । यो संसारमा आकाश–पाताल जतिको अन्तर हुने पुरुष पनि हुँदा रै’छन् । संसार विचित्र छ, विचित्र संसारको गहिराइमा डुबेर आदर्श पुरुष कसरी मापन गर्ने होला ? पसलको कामले राजीव कहिले सुत्न कोठामा ढिलो आउँथ्यो । गौरी पहिल्यै ढोका बन्द गरेर सुतिदिन्थी राजीव अर्कै कोठामा गएर सुत्थ्यो । ऊ ढिलो आउँदा कहिले गौरीले खाटको भित्तामा टाउको पारेर छेउसम्म गोडा लतारेर पूरै खाट ढाकेर सुतिदिन्थी । तैपनि राजीव कुनै गुनासो नराखी सोफामा सुतिदिन्थ्यो । कहिले बिहान अबेलासम्म चुकुल ठोकेर सुत्थी गौरी । राजीव आफैं चियाको गिलास बोकेर ढोका ढक्ढक्याउन आइपुग्थ्यो । ‘गौरी ! सन्चो भएन कि क्या हो ? अबेलासम्म सुतिछ्यौ नि ?’ नम्रसँग सोध्ने गथ्र्यो । कस्तो अचम्मको पुरुष ! गौरीको मनले भन्थ्यो । बिहे भएदेखि आजसम्म कहिल्यै उसले गौरीलाई अभद्र व्यवहार देखाएन र गुनासो पनि गरेन न त झड्केलो बाउले झैं पुरुषत्वको अहमता बोकेर शिकार नै गर्यो । साँच्चै एउटा आदर्श पुरुषको छायाँमा नाच्न थाल्यो गौरीको नजरमा राजीव । गौरीको गर्भमा भु्रण मौलाउँदै छ भन्ने थाहा पाउँदा राजीव खुसीले उन्मत्त बनेको थियो । जिम्मेवारीबोधको महशुस गरेर ऊ धेरैजसो समय गौरीको हेरचाहमै ध्यान दिन थाल्यो । कहिलेकाहिँ गौरीको मुहारमा उदासीपन देख्दा पनि ऊ चिन्ता गर्नुहुँदैन, यसले नयाँ सन्तानलाई पीडा हुन्छ भनेर सम्झाउँथ्यो । गौरीमा भने लुकाएको पीडामा अझ पीडा थपिए झैं हुन्थ्यो राजीवको सहयोग । गौरीको मनभित्रका आवाजहरुले गुन्जिँदै भन्थे– ‘राजीव ! जुन नयाँ सन्तानको आगमन हुने आशामा खुशी थापेर बसेका छौ, वास्तवमा त्यो तिमीजस्ता आदर्श पुरुषको बिऊ होइन, त्यो त नाता र सम्बन्धमा गिद्धेदृष्टि राख्ने झड्केलो बाउको बिऊ हो । तिमीजस्तो आदर्श पुरुषको बिऊ भन्दै बाउको नाताले बिर्य लुकाउन विवश छ मेरो पाठेघर । मलाई माफ गर है मेरो आदर्श पुरुष !’ मस्तिष्कमा पुराना घाऊहरु अचानक दुखेर आउँथे र गौरीको नयनमा आँशु थोपरिन्थे । तर पनि राजीवको मायाका अघिल्तिर ऊ लुकाउँथी आफनो पुरानो घाऊ । समयले गौरीमा सृष्टिको मूल फुटाएर धर्तीमा छोराको पदार्पण गराइदियो । परिवार खुशीमा डुबेको थियो तर गौरीलाई भने प्रसव पीडामा छटपटाउँदा भन्दा बढी पीडा हुन्थ्यो छोरालाई देख्दा । आमा हुनुको मायाको सट्टा झड्केलो बाउको छायाँ देख्न थाली उसमा । भाइ वा छोराको दर्जा के दिऊँ भन्ने दोधारमा अल्झिएको थियो गौरीको मन । यसबारे पूरै अन्जान थियो राजीव । गौरीले पनि वास्तविकता लुकाई आमा बनेर कर्तव्य निभाईरही । पहिलो सन्तान जन्मेको अठार महिनामै गौरीबाट दोस्रो सन्तानका रुपमा छोरीको जन्म भयो । यो भने शुद्ध राजीवकै बिऊ थियो । राजीवलाई के थाहा र ! ऊ दुबै छोराछोरी आफ्नै सन्तान सम्झेर दायित्वबोध गरिरहेको थियो । एउटै गर्भबाट जन्मिएका छोरा र छोरीको अनुहार नियाल्दा गौरीले छोरामा अपराधी पुरुषको छायाँ र छोरीमा आदर्श पुरुष राजीवको छायाँ देख्न थाली । तैपनि आमा हुनुको कर्तव्यका कारण दुवैको पालनपोषणमा बराबर गरीरही । सन्तानको जिम्मेवारीमा भुल्दा उसले घीनलाग्दो विगतलाई भुल्दै गएकी थिई । छोरा विराग र छोरी रङगा हुर्कंदै ठूला हुँदै गए । साथसाथै गौरीको पीडाका घाउहरुमा पनि खाटा बस्दै जान थाल्यो । राजीव र गौरीमा पसल, घरव्यवहार र सन्तानको पालनपोषणले जिम्मेवारीको बोझ थपिँदै गएको थियो । तैपनि दिनहरु रमाइलोसँग बित्दै थिए । गौरीलाई जीवनमा रमाइलोको क्षण यही हो जस्तो लाग्थ्यो । बिहे भएदेखि गौरीले आजसम्म माइती घरमा पाइला राखेकी छैन । आमाको सम्झना आउँदा फोनमा कुराकानी हुनुका साथै आमा आफैं गौरीकहाँ आउने गर्थिन् । झड्केलो बाउ भनौदाले पनि गौरीको घरमा पाइलासम्म राखेको छैन । कहिलेकाहीं चाडपर्वमा निम्ता आउँदा माइत जान मन नलागेर गौरी बिरामीको बहाना पार्थिन् । राजीव एक्लै बिरामी गौरीलाई छाडेर के जानु भनेर ऊ पनि घरमै बस्थ्यो । माइतीघर जति प्रिय हुनुपथ्र्याे, गौरीलाई त्यस्तो कहिल्यै लागेन किनकि माइतीघरमा भोगेको घीनलाग्दो सम्झना भेट्नु थियो उनलाई । एक दिन गौरी बजारबाट घर आइन् । बिराग र रङ्गा दुबै खेलिरहेका थिए कोठामा । बिराग रङ्गालाई सोफामा सुताएर थुतुनो जोड्दै थियो रङ्गासँग सुँगुरले भुइँमा मुख जोतेजस्तै रङ्गाको अनुहारमा ।  रङ्गा डराएको जस्तो थिई र हातले बिरागको अनुहार धकेल्दै थिई । यो दृश्य देखेर गौरी अकस्मात विशाल पर्वतबाट भुइँमा झरेसरी भई । आफ्नो विगतको त्यो दिन सम्झिई, जुन बेला नाच्दै थिई, कोठामा झड्केलो बाऊ... त्यसपछि उनको छाती दुखेर आयो  । ठ्याक्कै विगतमा आफूमाथि हिंसाको यात्रा सुरु भएकै उमेरमा थिई रङ्गा । गौरीको मनले सोच्यो– जतिसुकै माया दिएर पाले पनि आखिर बिऊ त्यही झड्केलो बाऊको त होस् नि । उसले छोरो बिरागमा झड्केलो बाऊको अनुहार देखी अनि रङ्गामाथिको क्रियाकलापलई झड्केलो बाउले आफूमाथि गरेका बिर्सिनयोग्य यादहरुको झझल्को पाई । यी दृश्यले गौरीको मस्तिष्कमा नयाँ–नयाँ चिरा बनाउन लागे । अनि आफूले वर्षौंदेखि  दबाएर राखेको त्यो विद्रोह बालक छोरो बिरागमा पोख्न थाली । त्यसभित्र शायद झड्केलो बाउसँग बदलाको भावना थियो । उनी जोडले चिच्याइन्– ‘बिराग ! बहिनीलाई के गरेको तैंले ?’ गौरीको आवाज सुनेर बिरागले छाडिदियो रङ्गालाई । रङ्गा दौडिँदै गौरीकहाँ गइन् र रुँदै भनिन्– ‘मम्मी मम्मी ! दादाले मलाई आज नयाँ खेल खेल्ने भनेर के–के गरिसिन्छ !’ बिरागलाई समातेर गौरीले गालामा एक चड्कन लगाई । ऊ रुँदै भन्न थाल्यो– ‘मम्मी पनि मलाई त्यसै गाली गरिसिन्छ । मैले बहिनीलाई माया पो गरेको त, हामी जिस्किएर खेल्दै थियौं नि ।’ कोठामा रुवाबासी चल्यो । गौरी अचम्मित भई, अवस्था देखेर । अनि उसले आफैंसँग प्रश्न गरी– ‘यो कस्तो अचम्मको खेल ? के यो माया हो ? यसलाई खेल, मायाको उपनाम दिऊँ कि बिऊगुणाको फल भनेर बुझौं ? रनभुल्लमा परी गौरी ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies