Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

‘नयाँ घर’ उपन्यासका १२ तथ्य : दुई पाठकको टिप्पणी

\"aahuti_khabardabali\"‘नयाँ घर’ उपन्यास लेख्दा कति वर्षको हुनुहुन्थ्यो ? २५ वर्षको थिएँ । कसरी उपन्यास लेख्ने सोच आयो ? २०४६ को परिवर्तन पछि सबै पार्टीहरु विशेषतः कम्युनिष्ट पार्टीभित्रको ठूलो हिस्सा संसदवादतिर, पुँजीवादी बेथितितिर जाँदै थियो, श्रमिक वर्गको आन्दोलन धुमिल बन्दै थियो, त्यस स्थितिमा औपन्यासिक वृहत्त फलकमा साहित्यबाट हस्तक्षेप भइरहेको थिएन । मलाई लाग्यो यो काम अहिले नै गर्नुपर्छ, त्यसैले लेख्न सुरु गरें । कति समय लाग्यो उपन्यास पूरा गर्न ? करिब साढे पाँच महिना लाग्यो होला । त्यतिबेला म मजदुर संगठनको नेता थिएँ, दिउँसो प्रायः संगठनको र आन्दोलनको काम हुन्थ्यो, राती राती नै मुख्य रुपमा लेखिसिध्याएँ । त्यतिखेर मदन भण्डारीको हत्याको विरोधमा आन्दोलन चलेकाले पनि करिब डेढ महिना दिउँसो काम गर्न पाइएन । कसले छाप्यो ? प्रकाशक पाउनु भयो कि अरु कसैले ? उपन्यासाको पहिलो भाग लेखिसक्दा त्यतिबेलाको प्रगतिवादी क्षेत्रको ठूलो पुरस्कार ‘कृष्णमणी साहित्य पुरस्कार’ अघिल्लो वर्ष प्रकाशित कविता संग्रह ‘तपस्वीका गीतहरु’ का लागि प्राप्त गरें । त्यो १० हजार रुपैंया जोगाउनुपर्ने रहेछ जानिन र त्यस पैसाबाट पूर्णविरामको ‘गोबिन्दले ठीक भन्यो’ कविता संग्रह प्रकाशित गर्न खर्च गरें । पछि उपन्यास कसरी छाप्ने भन्ने मनमा खेलाउँदै गर्दा ‘न्यायिक मञ्च प्रकाशन’ दर्ता गरेका दुई वकिल मित्रहरु भेट भयो – श्यामकुमार श्रेष्ठ र ….. श्रेष्ठ । उहाँहरु मेरो कविताबाट धेरै प्रभावित हुनुहुँदोरहेछ । उपन्यासको केही खण्ड सुन्नेबित्तिकै हामी जसरी पनि छाप्छौं भन्नुभो । खर्च लाग्ने थियो ६४ हजार । त्यसपछि पुस्तक अग्रिम छुटमा बेच्ने योजना बनाइयो । ८० रुपैयाँ पर्ने पुस्तक अग्रिम टोकन बनाएर ५० रुपैयाँमा टोकन बेचियो । त्यस क्रममा गंगा नारायण श्रेष्ठ, अनिल शर्मा ‘विरही’ र रवि कार्की बढी नै खट्नुभयो र बजारमा आउनुभन्दा पहिले नै र ५00 वटा कुपन बेचियो । यसरी प्रकाशक र युवा टोली मिलेर निकालिएको थियो । त्यो वास्तवमा एउटा गर्नैपर्ने ठानिएको युवा अभियान पनि बन्न पुगेको थियो । उपन्यासको रोयल्टी प्रथम प्रकाशनबाट पाउनु भयो कि भएन ? \"nayaghar\"त्यतिबेला रोयल्टीमा ठगिएर पारिजात सधैं रिसाउनुहुन्थ्यो, खगेन्द्र संग्रौला प्रकाशकको घरमा गएर चिच्याउनसमेत बाध्य हुनुहुन्थ्यो भने पहिलो उपन्यास लेख्ने, समाज र इतिहासको पींधबाट आएको लेखकले रोयल्टी पाउने कुरा कल्पना गर्ने विषय नै थिएन त्यतिबेला । आकारको दृष्टिले त्यतिबेला कतिपयले व्यङ्ग्रय मिसाएर ‘भीमकाय’ भनेको त्यो पुस्तक मूलरुपमा ऋणमा नडुबी निस्क्यो र सबै बिक्यो – त्यो नै त्यसको असाधारण सफलता थियो । कति छापिएको थियो ? पहिलो संस्करणबाट कति सन्तुष्ट हुनुभयो ? पहिलो पटक ११ सय प्रति छापिएको हो जुन त्यतिबेलाको कहलिएका लेखकको पनि छापिने गर्दथ्यो । लेटर प्रेसको जमाना थियो, सबै प्रुफ म आफैंले हेरेको । सुरुमा यस उपन्यासलाई ठूला समीक्षकले बेवास्ता गरे तर युवा पाठकहरुले यसलाई रुचाए, त्यसपछि मात्र स्थापित लेखकले नाम लिन थालेका थिए । जुन युवा पुस्तालाई सम्बोधन गर्न चाहेको थिएँ, त्यसले स्वीकार गरेको देखेपछि सन्तुष्टि भयो ।  ‘प्लट’ बनाएर लेख्नुभयो कि कसरी ? दिमागमा उपन्यासको सुरुदेखि अन्त्यसम्मको आधारभूत खाका तयार पारेपछि लेख्न थालेको थिएँ, त्यसैले सूत्रगत प्लट केही पनि बनाइनँ । आफैंले दोहोराएर नपढेको कति भयो ? प्रथम संस्करणको बेला प्रुफ हेर्दा एकपटक पढें, दोस्रो संस्करणमा परिमार्जन गर्दा अर्कोपल्ट; त्यसपछि सिंगै पढेको छैन । विविध कारणले जीवनमा दिक्क लाग्दा गोर्कीको कथा ‘बुढी इजरगील’ र ‘नयाँ घर’ का केही अंस पढ्ने गर्छु र आफूलाई ताजा अनि आफ्नो लछ्यमा दृढ हुँदा जति नै कष्ट भए पनि यही बाटो ठीक हो भनी गर्व महसुस गर्छुु । उपन्यास लेख्दा कहाँ बसेर लेख्नुभयो ? वातावरण कत्तिको पाउनुभयो ? त्यतिबेला पनि आफू पूर्णकालीन राजनीतिक कार्यकर्ता भएकाले दैनन्दिन राजनीतिको चटारो भइनैहाल्थ्यो। फेरी पार्टीमा लेख्नका निमित्त समय दिने चलन अहिले त छैन, त्यतिबेला त झन् सम्भव नै थिएन । गलैंचा मजदुर संघर्ष ठूलै चलिरहेको थियो, त्यसमाथि मदन भण्डारीको हत्याविरुद्ध आन्दोलन सुरु भयो जसले गर्दा दिउँसो लेख्ने वातावरण नै बनेन । दिनभरी जुलुस, दौडादौड अति रातभरी लेखन । पहिलो भाग त्यतिबेलाको मेरो घर काठमाडौंको नैकापमा लेखें । त्यसपछि दोस्रो भाग रामप्रसाद कँडेलले उपलब्ध गराउनुभएको ठमेलको कोठामा र तेस्रो भाग डल्लुको दिनेस शर्मालगायतका पूर्णकालीन कार्यकर्ता बस्ने होहल्लामय कोठामा बसेर लेखें । यसो भनौं त्यो उपन्यास साहित्य सृजनासम्वन्धी धेरैजसो स्थापित नियमबाट टाढा बसेर लेखिएको थियो । अहिले ‘नयाँ घर’ लेख्नुभयो भने कत्तिको छाँटकाँट गर्नुहुन्छ ? थाहा छैन । शायद अहिले लेखिन्थ्यो भने विषयमा होइन, प्रस्तुतीमा थप मेहनत गरिन्थ्यो होला । यस उपन्यासको प्रभाव कस्तो रह्यो ? अकल्पनीय प्रभाव भन्नुपर्छ । यो उपन्यास पढेर सयौं युवाहरू कम्युनिष्ट आन्दोलनमा बलिदान दिन पूर्णकालीन कार्यकर्ता बने, त्यसरी नै हज्जारौं युवाहरु कम्युनिष्ट बन्न पुगे । यो उपन्यास घरमा राखेबापत् कतिपयले जेलसमेत जानुपर्यो। यो गजबको स्थिति बन्यो । लेखकको रुपमा मलाई स्थापित गर्न पनि यसले मद्दत गर्यो । साहित्यको तत्कालीन प्रभाव पनि यति धेरै हुनसक्ने रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण थियो । समग्रमा ‘नयाँ घर’ को सन्देश के हो ? यो करिब ८ हजार वर्षमा तयार भएको शोषण, लुट र अपराधमा आधारित समाज – संसार हामीलाई मन परेन, हामीलाई नयाँ समाज चाहियो, त्यसको निम्ति संघर्षबाहेक विकल्प छैन । र, त्यो संघर्षमा आफैंले हिस्सा नलिनु आफ्नै मानवजीवनप्रति बेइमानी हो । यही हो त्यसको सन्देश । आज फेरि २०४६ पछि जस्तै कम्युनिष्ट आन्दोलन अनेक हावाहुरीमा बत्तिन थालेको बेला मलाई लाग्छ ‘नयाँ घर’ का पात्रहरु नयाँ ढंगले पुर्नजिवित हुनैपर्ने वातावरण बनेको छ । हामीले नयाँ यात्रा पूर्ण तयारीका साथ सुरू गर्नुपर्ने भएको छ !   ‘नयाँ घर’ का दुई पठाकका टिप्पणी ‘नयाँ घर’ पढेपछि क्याम्पस पढ्न छोडे जनयुद्धमा होमिएँ—युवराज दुलाल ‘शरद’ \"sarad_article\"प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएपछि के पढ्ने भनेर क. दावा तमाङ ‘क्षितिज’ले सोध्दा मैंले जवाफ दिएँ, काठमाण्डौ गएर साइन्स पढ्ने । मेरो उत्तर पश्चात् क.क्षितिजले भन्नुभयो क्याम्पसमा गएर एउटा मात्र विज्ञान विषय पढ्ने होइन जनयुद्धमा गएर सबै विज्ञान पढ्नु पर्दछ । म क्याम्पसमा हुने या भुमिगत हुने द्विविधामा परेको बुझेपछि क.क्षितिजले ‘नयाँ घर’ उपन्यास किनेर पढ्नु र निर्णय गर्नु भन्ने सल्लाह दिनु भयो । सुरुमा क्याम्पस भर्ना भएँ अनि नयाँ घर किने । अपरिचित लेखक आहुतिद्वरा लिखित नयाँ घर अध्ययन गर्दै जाँदा एक गरिव परिवारको दर्दनाक घटना जहाँ आफ्नो छोरा, नातिनी र आफूले अहोरात्र घन बजार्दा समेत एक अबोध नातिलाई एक पेट खुवाउन नसकी मध्य रातमा मुसलधारे झरीको प्रवाह नगरी हजुरबा आफ्नो नातिलाई डोहोर्याउँदै कसैको बारीमा नासपाती चोर्न विवश भएको घटना बारबार कथामा दोहोरिन्थ्यो म त्यो नाती आफू नै भएको अनुभव गर्न पुगेँ र परिश्रमी गरिवहरुको पसिनाको मूल्य चोर्नेहरुका विरुद्ध विद्रोह गर्ने निष्कर्षमा पुगें । आहुतिको नयाँ घर उपन्यास मैले दाहोर्याएर पढेको छैन, र झण्डै बीस बर्ष अघि पढेको सबै कुरा याद पनि छैन । तर अविस्मरणीय पक्ष यो छ कि भूमिगत हुने या बाहिरै क्याम्पस पढ्दै जनयुद्धलाई सहयोग गर्ने भन्ने निर्णय गर्न नसकेको अवस्थामा उपन्यासले भूमिगत हुने र जनयुद्धको अग्रिम मोर्चामा समाहित हुने निर्णय गरिदियो ।   ‘नयाँ घर’को नायक जस्तै बन्ने धुनमा कम्प्युटर विज्ञान पढ्न छाँडे- सन्तोष पनेरु \"santosh_khabardabali\"२०५७ सालको अन्त्यतिरको कुरा हो म मात्र एघार वर्षको थिएँ । राजनैतिक पृष्ठभूमिको परिवार त्यसमा पनि तत्कालीन एकता केन्द्रको प्रभाव क्षेत्र । म पढ्ने कुरामा रुची राख्दथे । अभिभावकहरुपनि मेरो पढ्ने उत्सुक्तताप्रति उत्साहित नै हुन्थे । एक दिन सदरमूकाम भरतपुरबाट फर्कदा दाई सन्देश पौडेलको हातमा एउटा मोटो किताब देखे । नाम थियो नयाँ घर । नामैले आकर्षित भए । साँझमा दाईको हातबाट किताब हात परेपछि एक सूत्रीय अभियान सुरु भयो । नयाँ घर छिटो पढी सिध्याउने । आफैलाई अचम्म लाग्छ त्यो उमेरमा मैले नयाँ घर कसरी पढे र के बुझे हुँला । ०६१÷०६२ सम्म आईपुग्दा  नयाँ घर दोहो¥याईएको संख्या दर्जन कटिसकेको थियो । नयाँ घर नै घोकिदिने यस्तो भूतसवार थियो की तत्कालीन ५ दलको प्रतिगमनको विरोधी आन्दोलनताका राजधानीमा स्वयं लेखक आहूतिलाई नै किताबको बारेमा फूर्ति लगाउने घमण्ड आउथ्यो । धेरै अग्रजहरुलाई किताबमा लेखिएका वाक्यांश कसले, कहाँ र कतिबेला भनेका हुन् भनेर प्रतिस्पर्धा गरौ भनी आत दिदै हिडिंन्थ्यो । नढाँटी भन्दा कक्षा आठको जिल्ला स्तरीय परीक्षामा मैले कोर्षको किताब कम र नयाँ घर  ज्यादा पढें । त्यो बेलाको कलिलो मस्तिष्कलाई नयाँ घर ले यसरी सम्मोहित ग¥यो कि मैले बोल्ने, लेख्ने अझ भनौ दैनिक जीवन व्यवहारमै नयाँ घरका पात्रले प्रभाव झल्काउथे । ०६२/०६३ मा विद्यार्थी संगठनको जिल्लाको नेतृत्वमा आईपुग्दासम्म मलाई चाडै एसएलस. पास गर्ने, पार्टीको पूर्णकालीन कार्यकर्ता बन्ने, सर्वहारा क्रान्तिकारी बन्ने भूत चढिसकेको थियो । पहिलो पटक पढेदेखि १६ वर्षको हुँदासम्म नयाँ घर बारेको बुझाई  राजनैतिक कम, रोमाञ्चक ज्यादा थियो । १. पहिलो बुझाई नयाँ घरले मलाई जीवनको प्रारम्भिक राजनैतिक चेतनामा नै प्रभाव पा¥यो । स्कुले विद्यार्थी हुँदै गर्दा पुस्तकको प्रभाव यस्तो रह्यो की स्थानीयदेखि जिल्ला र केन्द्र्रीय स्तरका सबैखाले आन्दोलन र पार्टी कार्यक्रमहरुमा सहभागी हुनु पूर्णकालीन कार्यकर्ताहरुसँगै गाउँहरुमा संगठनको अभियानमा हिड्ने बाहेक अन्य कामहरुमा रुचि नै लाग्दैनथ्यो । पछि त यसको प्रभाव यति सम्म भयो की उपन्यासको नायक जस्तै बन्ने धुनमा राम्रो अंक ल्याई कम्प्युटर विज्ञान पढ्दै गरेको म कलेज र पढाई दुवै छाडी पूर्णकालीन कार्यकर्ता बन्न पुगे । उपन्यासको नायकले डाक्टरी पढ्न छाडेर आन्दोलनमा लागेको कुराको जबरर्जस्त छाप थियो त्यो । सम्झँदा लाग्छ तत्कालीन कम्युनिष्ट पार्टीको विधान विपरीत मलाई १४ वर्षमै उम्मेदवार सदस्यको फर्म भराईनुमा नयाँ घर उपन्यास मार्फत मैले प्राप्त गरेको उर्जा र  मेरो क्रियाशीलता नै मूख्य हात थियो । नयाँ घरप्रतिको मेरो मोह र त्यसलाई जीवन व्यवहारमा लागू गर्न मैले गरेको कोशिश नै त्यतिबेला मैले प्राप्त गरेको जिम्मेवारीको कारण थियो । निजी जीवनको बाटो अन्त्य गरी सामूहिक जीवन र संस्कृतिप्रति प्रेम पैदा गरिदिने विचित्रको उर्जा स्रोत थियो नयाँ घर । उपन्यासका पात्रहरुको प्रेम र विछोडको कुराले यति रोमाञ्चित बनाउदथ्यो की प्रेम वर्गीय हुनुपर्छ भन्ने दृष्टिकोण नै मानसिकतामा विकास भयो । कैयन् केटी साथीका प्रेमपत्रहरुलाई नयाँ घरका डाईलगले रिजेक्ट् ग¥यो । जीवनको उर्जाशील समयको पहिलो कालखण्डमा नयाँ घरले जीवन यात्राको बाटोनै बदलिदियो । २. नयाँ घर बाँच्ने शक्ति समय क्रममा राजैतिक जीवनमा नैराश्यता पैदा भयो आफूले रोजेको कम्यूनिष्ट बन्ने  बाटो बारेमा नै विचलन पैदा भयो ।  उपन्यासका केहि पात्रहरुमा झैं मलाई पनि राजनैतिक आन्दोलनप्रति वितृष्णा हुन लाग्यो र समग्र आन्दोलनप्रति नै भ्रम हुन लाग्यो । निराशाको चरम उत्कर्षमा जीवनका विकल्पका बारेमा सोचिन लागियो । फेरि एक पटक नयाँ घरले जीवन जिउने प्रेरणा दिन थाल्यो निराशाको त्यो समयमा आत्महत्यासम्मको सोच मनमा आउँदा पनि नयाँ घर बाँच्ने शक्तिको ओखती बनेर आइदियो । चौतर्फि आलोचना कठिन परिस्थिति पारिवारिक बेमेल उमेरको विकाससँगै स्वभाव र जीवनशैलीमा आफूमा आएका परिवर्तन र आलेचनात्मक स्वभावको विकास गर्न नयाँ घर प्रेरणाको स्रोत बन्यो  । आन्दोलनको सहभागी बन्नमात्रै होईन बरु आन्दोलनबाट नैराश्यता पैदा हुँदा आफूलाई सम्हाल्ने तागत समेत बन्यो । उपन्यासका पात्रहरुझै आफूभित्रको यूद्घको सेनापति बन्ने प्ररित ग¥यो । ३. उत्साह र निराशाको साथी कैले जिम्मेवारीसहित त कहिले जिम्मेवारीविहीन हुँदै आन्दोलनमैं रहँदा लेखक आहूतिसँगको नियमित संसर्गबाट  नयाँ घरका कैयन  अपूर्ण बुझाईबाट स्पष्ट हुने मौका मिल्यो । नयाँ घर यूवामनको रोमाञ्चकता मात्रै थिएन, समग्र सर्वहारावादी आन्देलनका महत्वपूर्ण आयामहरुबारे उपन्यासका पात्रहरुमार्फत दिईएको गम्भीर सन्देश र बहस थियो । आदर्श जीवन बिताउने चाहना पैदा गरिदिनेमात्रै होईन बरु आन्दोलनका कैयौं अवरोधहरुलाई छिचोल्न यूवा क्रान्तिकारीहरुले ध्यान दिनुपर्ने विषयप्रतिको ध्यानाकर्षण पनि थियो । लेखक स्यंवप्रति गर्व र डाहाको अनूभूति हुन्छ जब लेखकको त्यतिबेलाको उमेर र आजको आफ्नो उमेरको बारेमा समानता रहेको ज्ञान हुन्छ । समग्रमा नयाँ घर मेरो जीवनको बाटो बदल्ने, बदलिएको बाटो प्रति निरन्तर आस्था पैदा गरिदिने र जीवनभर समाज परिवर्तनको आन्दोलनमा सहभागी भैरहने प्रेरणाको स्रोत बनेको छ । अति उत्साह र चरम निराशामा साथी बनेको छ । क्रान्तिकारी आन्दोलनमा मात्रै होईन सामाजिक जीवन बाँच्न चाहने जो कोहीका लागि पनि महत्वपूर्ण पाठ्य सामग्री बनेको छ । जीवनको प्रिय पुस्तक र प्रिय लेखक दुवैप्रति हार्दिक आभार ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies