लामो सास फेर्नुभयो र अमिलो गुनासो पोख्नुभयो बाले, ‘तिमी आफैँ पनि त बिरामी छ्यौ । आफ्नो दुःख लुकाएर परिवारको दुःख के देखाउँछ्यौ ?’सिकुवाको छेउमा छिँडी बारेर बनाएको कोठामा सुतेर यी सबै आवाज सुनिरहेको थिएँ म । ठिक माथिल्लो तलाको बीच कोठामा लामो खोकीको आवाज सुनियो । अन्दाज लगाएँ, बा पनि उठिसक्नुभएछ । ‘अब काकीलाई के भनेर सराप्ने हुन् ?’ को भावमा मन थर्थराइरहेको थियो । सिँढीबाट बिस्तारै ओर्लेर काकीलाई अह्राउनुभयो– ‘बुहारी ढुङ्ग्रो ठीक पार, भुईँसी दुनुपर्यो ।’ बा बाहिर निस्किनुभयो । करेलाको फेदमा बसेर एकपल्ट लामो हाई काढिसकेर खोक्न थाल्नुभयो । मलाई सुत्न पनि अल्छी लाग्यो । सिरक फालेँ । उठेँ । बा र म अगेनाको डिलमा बसेर आगो ताप्न थाल्यौँ । काकीले चिया बसाउनुभयो । बा ढुङ्ग्रो बोकेर भैँसीको थलातिर जानुभयो । ‘कसैले घरको काम सघाउँदैनन् नानी । छोराछोरी स्कुल गइहाल्छन् । काका कहाँ जानुहुन्छ जानुहुन्छ थाहै हुँदैन । बा, आमै पनि अब त बूढाबूढी भइसक्नुभयो । एक्लो ज्यानले कसरी थाम्नु । रिनले अब त टुप्पी नै डुबिसक्यो । अलिकति त अलैँची फल्थ्यो तर परारसालको पैरोले सबै पु¥यो । आम्दानीको बाटो केही छैन,’ काकीको गन्थनले टुङ्गिने नामै लिएन । बाले दूधको ढुङ्ग्रो झुण्ड्याउँदै भन्नुभयो, “कति कचकच गर्न सकेको होला । बल्लबल्ल ५ वर्षपछि आएको नातिलाई राम्रै कोसेली हाल्दिने भयौ ।” काकी मुस्कुराउनुभयो । मुसुक्क । ‘के गर्नु त ? ऋण लागेपछि ऋण लाग्यो भन्न त पाइहालिन्छ नि । बल्लबल्ल त भेट भयो । कैलेकाहीँ दुःखसुखका कुरा गर्न पाए हुन्थ्योजस्तो लाग्छ । कहिल्यै फुर्सद हुँदैन,’ र, स्टिलको बटुकामा चियादानीबाट चिया खन्याउँदै थपिन् । लामो सास फेर्नुभयो र अमिलो गुनासो पोख्नुभयो बाले, ‘तिमी आफैँ पनि त बिरामी छ्यौ । आफ्नो दुःख लुकाएर परिवारको दुःख के देखाउँछ्यौ ?’ ‘बिराम त निको हुन्छ तर कमाउने बाटै नभएपछि त्यत्रो ऋण कसरी तिर्नु ?’ काकीको आवाजमा आशाको झिनो त्यान्द्रोसम्म थिएन । ‘ऋण लागोस्, दिन नलागोस् भन्छन् । दिन त लागेको छैन नि !’ ‘ऋण लाग्न थालेपछि दिन लाग्न पनि के बेर ?’ काकीको अनुहार मलिन भएको थियो । ‘नाति आज तैँले पनि काकीलाई घाँस काट्न सघाए हुन्थ्यो,’ मेरो सहयोगको आशामा बाको बोली मोडियो । ‘सधैँचाहिँ कसले सघाएको छ र ? १५ वर्ष भो आजसम्म एक्लै धानिरहेकी छु ।’ ‘पहिले पहिले त हामी बूढाबूढी पनि हेथ्र्यौँ । अब त रित्तै हिँड्न त लौरो चाहिने भइसक्यो, भारी बोकेर हिँड्न त परै जाओस् । सकुञ्जेल सघाएकै हो,’ बाको बोलीमा बूढ्यौलीको दुःख परिलक्षित थियो । ००० ००० ००० ‘खोइ ! आज खाजा बनाएकी छैनस्,’ निद्राले कचपल्टिएका आँखाको कचेरा पुछ्दै काकाले भन्नुभयो । ‘के को खाजा बनाउनु नि ब्याब्यानै । दुई छाक भात खान त कस्तो हम्मे पर्छ,’ काकी रिसाउँदै चुलातिर हान्निइन् । ‘ल ल ! धेरै भाषण नछाँट । तेरै माइतीले पुर्याइद्या छन् आजसम्म,’ काकाले कर्कश व्यङ्ग्य छिरोल्नुभयो । ‘माइतीलाई चाहिँ किन गाली गर्नुपर्यो नि ?’ कित गाली गर्नुहुन्थ्यो त तेरो माइतीलाई । त्यो सभासद् भयो भन्दैमा जिउजिउ गर्दै जानुपर्ने ? किरासरी छन् त्यस्ता सभासद् । नखुस्किउन्जेल मात्रै हो तेरो चुरीफुरी,’ काकाको बोली सुन्दै रिस उठ्दो थियो । ‘आफू त खुब ठूलो हुनुहुन्छ नि दिनभरि खालमा....! बाह्रमासे.... ।’ काकीको बोलीमा काकाको कर्तव्यच्युत प्रवृत्तिमाथिको आक्रोश थियो । ‘धुरी चढ्ने भएकी पोथी । पोथी धुरी चढ्यो र बास्न थाल्यो भने ठिक पार्न हाम्ले पनि जान्या छ ।’ ‘ल ल पारिहेरुम् । देखुम् न पाइन कति रहेछ ?’ ‘किन झगडा गर्छौ तिमेरु हँ कोही ठूलो मान्छे हुँदै नभाको जस्तो । जहाँ जान मन लाग्छ जान त । सामदिन जान्छस् कि जोरसाल, हामीलाई तेरो के मतलब ? कहिल्यै घरपरिवारको सञ्चो–बिसञ्चो, दुःख–बिराम हेरको छस् ? नालायक,’ बाले काकालाई गाली गर्नुभयो । ‘तिमेरु सुसुराबुहारी नै बस न त राम्ररी गरी खाओ । बिहानबिहानै कराउँदा रहेछन् । दिनभरिलाई साइत नै बिग्रने भो ।’ ‘बाह्रमासेलाई केको साइत, केको कुसाइत ?’ ‘मुख चलाउँछेस् । तेरो माइतीकाँ हात थाप्न गा’छैन । घरबारी बेचेर खा’छैन । ....मुख चलाउँदी रहिछे ... अलच्छिनी....।’ ‘तपाइँ नै हुनुहुन्छ नि लच्छिनको .... !’ काकीको व्यङ्ग्य थियो काकामाथिको । काकीको व्यङ्ग्यको प्रतिवाद गर्दै काकाले चुल्ठोमा समातेर निर्ममतापूर्वक घिसार्दै जाँतोमा लगेर टाउको जाकिदिनुभयो । ‘मार्ने भए एकैपल्टमा मारिदिनु नि ! किन यसरी बारम्बार दुःख दिनु ? पिराहा कहीँको,’ बाले नजिकै राखेको दाउरो टिपेर काका भएतिर झटारो हान्नुभयो । त्यसको दुई घण्टा वातावरणले पूर्णमूर्दाशान्ति माग गर्यो । ००० ००० ००० ‘रिन लागेको छ, छँदाखाँदाको जागिर छोडेर दिनभरि क्यारेम र तासमा बस्नुहुन्छ । बिहे गरेको यतिका वर्ष भो आजसम्म राम्रो मुखले बोलेको था’छैन । कति खप्नु ?’ काकीको बोलीमा पारिवारिक जीवनप्रति नै वितृष्णा थियो । र, उदाशीनता पराकाष्ठामा पुगेको कुरा सजिलै देखिन्थ्यो ।
‘किन आज पनि ....?’ भन्दै ठूलो भाइ बाहिर आँगनमा निस्कियो । र, आकाशमा देखिएका बादलका टुक्रा हेर्न थाल्यो । छरपस्ट र विभिन्न आकृतिका ।खाना खाइसकेर काकीले भनिन्, ‘नानी आज तँ तल खोलखेत गएर मासिनु घाँस ले । म वनतिर गएर दह्रो घाँस ल्याउँछु ।’ मैले केही भन्न सकिनँ । सहमतिमा आँखा निहुराएँ । हातमा नाम्लो र डोरी बोकेर काकीले मलाई र कमलालाई निर्निमेष आँखासमेत नझिम्क्याई हेरिरहिन् । बलेँसीको पानीझैँ बरर्र आँसु खसालिन् । काकीको अनुहारको त्यो कठोरताले म विस्मित भएँ । हातमा नाम्लो र डोरीलाई यसरी अँठ्याइन् । कि मानौँ त्यो डोरी विषालु सर्प हो र त्यसले उनको सन्तानमाथि आक्रमण गर्न खोजिरहेको छ । बिस्तारै डोरी सुम्सुम्याउन थालिन् र डबल गरेर कम्मरमा बाँधिन् । भुइँमा राखेको हँसिया कम्मरमा भिरेर उत्तरतिरको जङ्गलतिर हेर्दै खुइ्य गरिन् । काकी गएपछि बारीको पाटो नकटुन्जेल कमला र मैले हेरिरहृयौँ । काकी घाँस काट्न गएपछि भाइबहिनी स्कुल गए । कमला र सानोभाइ । बा बाख्रा र गोरु लिएर चराउन जानुभयो । म भएभरको घाँस भैँसीको डुँडमा पोखिदिएर पारिपट्टि नाड्डिनको हरियो फाँट हेर्दै खोला खेततर्फ झरेँ । लगभग चारघण्टपछि म घरपुग्दा ठूलो भाइ कलेजबाट आइसकेको थियो । मैले उसलाई मकै, भटमास भुट्न लगाएँ र कुलामा नुहाउन गएँ । नुहाएर आउँदा खाजा तयार थियो । हर्पेबाट मोही झिकेपछि मैले भनेँ, ‘यही मकै भटमास भएको भए बिहान तेत्रो रडाको हुने थेन ।’ ‘किन आज पनि ....?’ भन्दै ठूलो भाइ बाहिर आँगनमा निस्कियो । र, आकाशमा देखिएका बादलका टुक्रा हेर्न थाल्यो । छरपस्ट र विभिन्न आकृतिका । ००० ००० ००० साँझको पाँच बज्यो काकी आइनन्... । रात पर्यो आइनन्.....। भोलिपल्ट उज्यालो भयो......। हप्ता.... महिना.... वर्ष....... । र, पूरै दशक बित्यो । अहँ ! काकी आइनन् ।
प्रतिकृया लेख्नुहोस्: