Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

कपाल झरेर दिक्क हुनुभएको छ ? अब यसो गर्नुहोस्

\"hair\"कपाल झर्नु सामान्य प्रक्रिया हो । तर जब कपाल कोर्दा काइँयोमा अस्वाभाविकरुपले कपाल बेरिएर आउने गर्छ, तब समस्या हो भनेर बुझ्नुपर्ने हुन्छ । कपाल झर्ने समस्या महिलाको तुलनामा पुरुषमा बढी देखिएको छ । कपाल झर्नाका थुप्रै कारण छन् । तीमध्ये शरिरमा कुनै पनि किसिमको गम्भीर रोग लाग्दा र लामो समय बिरामी पर्दा पनि कपाल झर्ने गर्छ । यसबाहेक कपालको उचित सरसफाइ र स्याहार नपु¥याउँदा पनि कपाल झर्ने गर्छ । एक अनुसन्धान अनुसार बढीमात्रामा आधा उमेर बितेका पुरुषमा यो समस्या बढी देखिएको छ । कपाल झर्ने समस्यामा परेका धेरैजसो पुरुष तालुखुइले अवस्थामै पुग्ने गरेका छन् । तालु खुइलेपनले मनोवैज्ञानिकरुपमा हीनताबोध गराउनेगर्छ । चायाले पनि कपाल झर्ने समस्या बहुतै ल्याउँछ । भिटामिन ए, भिटामिन इ, भिटामिन के र आइरनको कमीले पनि कपाल झर्नसक्छ । समाधान समाधानका लागि पोषिलो खानेकुरा खानु जरुरी छ । उपयुक्त आहारमात्र होइन आफ्नो शरीरको पनि उत्तिकै ख्याल राख्नुपर्छ । निद्रा नपुगेको खन्डमा पनि कपाल झर्छ । साथै तनाव नियत्रण गर्नु आवश्यक छ । अचेल शहरी क्षेत्रका धेरैजसो युवावर्गको खानपानमा ध्यान नपु¥याउने, प्रदूषण र तनावले पनि कपाल झर्ने गरेको छ । धेरै गुम्सिनु पनि केश झर्ने अर्को कारण हो । हेल्मेट र टोपी लगाउनेहरुमा पनि यो समस्या धेरै हुन्छ । कम्तीमा हप्ताको एक दिन कपालमा तेल लगाएर मालिस गर्नु राम्रो । यसो गर्नाले केशको जरामा रक्तसञ्चार राम्रो गराउँछ र केशको जरा दरिलो बनाउँछ । गर्मी मौसममा नरिवल र जाडोका बेला तोरीको तेल उपयुक्त हुन्छ । यति गर्दा पनि केश झर्न नरोकिए डाक्टरकहाँ जँचाउनुपर्छ । कतिपयको केश झर्ने समस्या वंशानुगत पनि हुने गरेको पाइन्छ । यस्तो अवस्थामा नेपालमा समेत केश प्रत्यारोपण गर्ने विधि भित्रिसकेको छ ।   स्वस्थ्यखबरबाट साभार 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies