Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

जनयुद्धका चर्चित यी नेता कता छन् ?

\"gumnam_neta_khabardabali\"२४ असार, काठमाडौं । माओवादी जनयुद्धताका केही त्यस्ता नामहरु थिए जसको नाम सुन्दा तत्कालीन राज्यको दिमाग खलबलिन्थ्यो । तात्कालिन माओवादी कार्यकर्तामा र समर्थक जनतामा  उत्साहको आँधीबेहेरी नै आउँथ्यो । उनीहरुको भाषण र कासनमा हजारौं कार्यकर्ता मर्न, मार्न तयार हुन्थे । उनीहरुको अनुहारसमेत नहेरेका सयौं युवाहरुले कासनकै भरमा बलिदानी दिए । तत्कालीन राज्यले टाउकाको मूल्य तोकेका भूमिगत ती नेता माओवादी युद्धमा रहस्यमयी पात्रहरु थिए । तर यतिबेला ती नेताहरु कता छन् ? उनीहरुकै कार्यकर्तालाई समेत पत्तो छैन ।  माओवादी जनयुद्धमा निकै नाम चलेका करिब दर्जन नेता यतिबेला गुमनाम जस्तै छन् । आखिर कहाँ छन् ती नेता ? रामबहादुर थापा ‘बादल’ \"Rambahadur‘बादल’ उपनामले निकै चर्चित बनेका रामबहादुर थापा तत्कालीन माओवादीका रहस्यमयी नेता थिए । रुसबाट सैन्य विज्ञान अध्ययन गरेर माओवादी आन्दोलनमा होमिएका उनी शान्ति सम्झौतापूर्व पूर्वी कमाण्डका इन्चार्ज थिए । तात्कालिन राज्यले थापालाई सैन्य रणनीतिकारका रुपमा बुझेपनि खासमा उनी एक कुशल संगठक थिए । जनयुद्ध सुरु गर्दा पार्टीको पश्चिम कमाण्ड सम्हालेका थापालाई जनयुद्ध सुरु भएको केही समयमा नै सांस्कृतिक कारवाही भएको थियो । पार्टीकै अर्की नेतृसँग अनैतिक सम्बन्ध बनाएपछि उनीमाथि कारवाही गरिएको माओवादी स्रोत बताउँछ । संविधानसभाको पहिलो निर्वाचनपश्चात् एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो गणतान्त्रिक सरकारमा रक्षामन्त्री बनेका थिए ‘बादल’ । उनी रक्षामन्त्री हुँदा चर्चित कटुवाल काण्ड मच्चिएको थियो । तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटुवाल र रक्षामन्त्री बादलबीच अन्तरविरोध नै कटुवाल काण्डको मुख्य कारण थियो । एकीकृत नेकपा माओवादीमा रहँदा पार्टी महासचिव रहेका उनी अहिले बैद्य नेतृत्वको नेकपा– माओवादीमा छन् । हाल उनी नेकपा–माओवादीका महासचिव हुन् । मिडियामा आउन नचाहने उनको स्वभाव रहेपनि संगठकको छाप फुटेको पार्टीमा कायम राख्न त परै जाओस् उनी गुमनाम जस्तै छन् । सिपी गजुरेल ‘गौरव’ तत्कालीन माओवादी जनयुद्धमा अन्तर्राष्ट्रिय विभागको नेतृत्व सम्हालेका सिपी गजुरेल एक समय निकै चर्चित नेता थिए  । अंग्रेजी भाषाका लागि प्रखर उनको परिचयसहित माओवादी जनयुद्धको समर्थन गराउन अन्तर्राष्ट्रिय भाइचारासँग राम्रो सम्बन्ध बनाएका थिए ।  पटकपटक जेल जीवन बिताएका उनी नेकपा–माओवादीमा हाल पार्टी उपाध्यक्ष छन् । एमाओवादीमै रहँदा अध्यक्ष प्रचण्डको तिखो आलोचना गरेर निकै चर्चित बनेका उनी यतिबेला भूमिगत जस्तै छन् । देव गुरुङ माओवादी जनयुद्धमा निकै चर्चित रहेका देव गुरुङ यतिबेला गुमनाम छन् । माओवादी र तत्कालीन सरकारको वार्ता हुँदा उनको निकै चर्चा हुने गर्दथ्याे । पटकपटकको वार्ता टोलीका सदस्यसमेत रहेका उनी स्थानीय विकासमन्त्रीसमेत बने । कानुनका विद्यार्थी गुरुङ, प्रचण्ड नेतृत्वको सरकारमा कानुन तथा न्यायमन्त्रीसमेत बनेका थिए । सोझा र इमान्दार छविका नेता गुरुङ सिद्धान्तमा दृढ नेता हुन् । उनलाई रुढ नेताको आरोप लाउनेहरु पनि कम छैनन् । जनयुद्धकालीन समयमै जेलमा रहेका गुरुङलाई तात्कालिन राज्यले माओवादीले चौकी हमला गरेर लगेका डिएसपी ठूले राईसँग साटेको थियो । माओवादीले ठूले राइलाई रिहा गरेको थियो भने राज्यले नेता गुरुङलाई । हाल एमाओवादीबाट विभाजित बनेको नेकपा–माओवादीका सचिव रहेका गुरुङको चर्चा निकै कम हुने गर्छ । लोकेन्द्र विष्ट ‘अभ्यास’ ०३७ सालबाट विद्यार्थी राजनीति हुँदै वामराजनीति थालेका विष्ट सबैभन्दा धेरै समय जेल जीवन बिताएका  नेता हुन् ।  पटकपटक गरी १० वर्षसम्म जेलजीवन बिताएका उनी जनयुद्ध थालनीको पूर्वसन्ध्यामा रुकुमका गणेश शाहको हत्या अभियोगमा जेल परेका थिए । माओवादीले बन्दी बनाएका प्युठानका मुक्तिप्रसाद शर्मा र विष्टको आदानप्रदान भएपछि उनी जेलमुक्त भए । माओवादीका स्थायी समिति सदस्य रहेका उनी जनयुद्धकालमै पुनः भारतको पटनामा अढाई वर्ष जेलमा परेका थिए । जनयुद्धकालमा ‘अभ्यास’ नामले चिनिएका उनी रुकुमको घर जग्गा ९० हजारमा बेचेर पार्टीमा सर्वहाराकरणका थालनीकर्ता हुन् । रामबहादुर थापासँग लामो संगत गरेका उनी राप्ती क्षेत्रमा माओवादीको आधार बनाउन विशेष भूमिका खेलेका नेता हुन् । तत्कालीन जनसेनाको चौथो डिभिजन कमिसार बनेका विष्ट जेल साहित्यमासमेत अगाडी छन् । बाबुराम भट्टराई नेतृत्वको सरकारमा नागरिक उड्यन तथा पर्यटनमन्त्री बनेका विष्ट यतिबेला गुमनाम छन् ।  माछा मार्न निकै रुचाउने उनी यतिबेला पार्टी राजनीतिबाट निष्क्रिय जस्तै छन् र पार्टी सम्पर्कमै छैनन् । मातृका यादव कार्यकर्ता माझ निकै लोकप्रीय नेताको छवि बनाएका मातृका यादव जनयुद्धका चर्चित नेता हुन् । उनी खरो र स्पष्ट वक्ता समेत हुन् । मधेसी समुदायबाट माओवादी आन्दोलनमा निकै उलेख्य भूमिक खेलेका उनले एमाओवादी संशोधनवादी भएको आरोप लगाउँदै एक्लै विद्रोह गरेर जनयुद्धकालीन पार्टी नाम नेकपा (माओवादी) को गठन गरे । निकै कडा स्वभावका नेता यादवले बृहत शान्ति प्रक्रियापछि बनेको सरकारको वनमन्त्री हुँदा ललितपुरका स्थानीय विकास अधिकारीलाई ट्वाईलेटमै थुनिदिएका थिए । अनियमितता गरेको भन्दै उनले तत्कालीन एलडिओ डण्डुराज घिमिरेलाई शौचालयमा थुनेका थिए । हाल उनी चर्चा भन्दा बाहिर छन् । तर सबै माओवादी आन्दोलनबाट आएका कम्युनिष्टहरु एकाठाउँमा हुनुपर्ने अभियानमा उनी पछिल्लो समय थोरै सक्रिय छन् । मणी थापा माअ‍ोवादीले जनयुद्धकालमा विकास गरेको सांस्कृतिक सेनाका रणनीतिकारको छवि बनाएका तत्कालीन माओवादी नेता मणी थापा एक सांस्कृतिककर्मी समेत हुन् । जनयुद्धमा गाउने गित र सृजनामा निकै लोकप्रीय उनले जनयुद्धकै बेला पार्टी विभाजन गरेका थिए । रविन्द्र श्रेष्ठसँगै अलग्गीएर थापाले क्रान्तिकारी कम्युनिष्ट पार्टी खोले । श्रेष्ठ भने एमालेतिर हामफाले पनि थापा एक्लैले पार्टी सम्हालेर बसेका छन् । तत्कालीन जनयुद्धका बेला थापा माओवादीका पोलिट्ब्युरो सदस्य थिए । नन्दकिशोर पुन ‘पासाङ’ जनयुद्ध अवधिभर फौजी नेतृत्वको प्रत्यक्ष कमाण्ड गरेका एमाओवादीका अर्का नेता नन्दकिशोर पुन ‘पासाङ’ तत्कालिन राज्यले सबैभन्दा बढी खोजी गरेका कमाण्डर हुन् । पश्चिममा माओवादीले आक्रमण गरेका करिब सबै लडाईंका मुख्य योजनाकार पासाङ माओवादी आन्दोलनका एक आदर्श र बहादुर अनि इमान्दार नेता हुन् । माओवादी आन्दोलनमा मात्रै होइन, राजनीतिमा नै इमानदारीताको छवि बनाएका उनले आफ्नो दुबै मृगौला फेल भएपछि विदेशमा उपचार नगराउने र नेपालमै उपचार गराउने अडान लिए । जनमुक्ति सेनाको समायोजनमा जनयुद्धकालमा लडाईं लडेजत्तिकै भुमिका निर्वाह गरेका पासाङ स्वच्छ छविका नेता र कमाण्डर हुन् । मिडिया तथा प्रचारमा आउन नरुचाउने उनी दोस्रो संविधानसभामा काठमाडौं क्षेत्र नं.४ बाट संविधानसभाको चुनावमा उठेका थिए । पार्टी जिम्मेवारी तथा भूमिका इमान्दारितापूर्वक निर्वाह गर्ने पासाङ गुमनाम भएरै पार्टी जिम्मेवारी पुरा गरिहेको माओवादी स्रोत बताउँछ । ध्रुव पराजुली ‘सन्तोष’ माओवादी जनयुद्धका निकै पुराना नेता ध्रुव पराजुली ‘सन्तोष’ यतिबेला सक्रिय राजनीतिमा छैनन् ।  स्थायी घर सिन्धुपाल्चोकमा उनी खरायो पालेर बसेको बताइएको छ । पराजुली एक कुशल संगठकसमेत थिए । माओवादीले थालेको जनयुद्धको दौरान उनले सिन्धुपाल्चोकदेखि झापासम्म पूर्वका जिल्लाहरुमा पार्टीसंगठन विस्तार गरेर नयाँ रेकर्ड कायम गरेका थिए ।  परिवार नै राजनीतिमा लगाएका उनी यतिबेला भने र राजनीतिबाट निस्क्रिय छन् । उनी पार्टी कार्यदिशा र कार्यशैलीसँग असहमत छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies