Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

फेसबुके उद्धारकर्ता र प्रचारवादी एनजिओ चढ्न नसकेको बारपाकको उकालो

\"Umakanta\"गत वैशाख १२ गते गएको भूकम्पले झण्डै आधा नेपालीलाई यो वा त्यो रुपमा प्रभावित पा¥यो । पुर्वनिर्धारित रुटिन अनुसार कमै मान्छेका दैनिकी सुचारु भए । आपतविपतमा अरुलाई सहयोग गर्ने कुरा एउटा नागरिक मानिस मात्रैको पनि कर्तव्य हो । राजनीतिक, सामाजिक व्यक्तिका लागि थप दायित्व र आत्मबोधको विषय हो । सिन्धुपाल्चोक, काठमाण्डौंको टोखा, डिल्लीबजार, मच्छेगाउँलगायतका ठाउँमा उद्धार तथा निर्माण कार्यमा जुटेपछि भूकम्पको केन्द्रबिन्दु गोरखा जाने अभियान तय भयो । काठमाडौंदेखि अखिल (क्रान्तिकारी)  का केन्द्रीय उपाध्यक्ष पूर्णबहादुर सिंहको नेतृत्वमा हामी नौ जना जेठ २१ गते पार्टी सम्पर्कमा तनहुँको याम्पाफाँट पुग्यौं । अर्कोदिन मात्रै अन्यत्रबाट आएका साथीहरु सँगै नेकपा माओवादीका केन्द्रीय सदस्य कमरेड प्रज्वलनको नेतृत्वमा २१ सदस्यीय टिम आबुँखैरेनी फर्किएर गोरखातर्फ लाग्यो । गोरखा जिल्ला मलगायत झण्डै आधा साथीका लागि नयाँ थियो ।

राजनीतिक, सांस्कृतिक, पर्यटकीय र भौगोलिक दृष्टिकोणले एउटा ऐतिहासिक महत्वको जिल्ला गोरखा । नेपाल एकीकरणको थालनीसँगै केन्द्रीकृत राज्य सञ्चालनको प्रारम्भ गर्ने राजा पृथ्वीनारायण शाहदेखि झण्डै अढाई सय वर्षपछि त्यहि जगको निरन्तरतामा चलिरहेको राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य गर्न महत्वपूर्ण भुमिका खेल्ने नेता (कतिपयको भाषामा लोकतान्त्रिक गणतन्त्रका ‘राजनीतिक इन्जिनियर’) बाबुराम भट्टराईको जिल्ला, नेपालको एकमात्र मनकामना केबुलकार भएको जिल्ला, समतल भूभाग हुँदै ८१६३ मिटर उचाईको मनास्लु हिमालसहित तिब्बतसम्म सिमाना फैलिएको जिल्ला । यी र यस्तै पहिचान बोकेको जिल्ला ।

\"Barpakअझ हामी माओवादीका लागि थप कुरा थिए । जनयुद्धमा ठुलोे मात्रामा सहयोग, सहभागिता र बलिदान गरेको जिल्ला थियो गोरखा । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलदेखि पार्टी जिम्मेवारीका हिसावले सबैभन्दा उच्च पङ्क्तिबाट बलिदान गर्ने सुरेश वाग्लेको जिल्ला, माओवादी आन्दोलनमा राजनीतिक बहसका हिसाबले चुनवाङपछि  चर्चित पालुङटार प्लेनमसँग नाता गाँसिएको जिल्ला । तर अथर गाइटरम्यानले ‘अन द भ्यानइटि अफ अथर्ली ग्रेट्नेस’ कवितामा भनेजस्तै आज यी सबै कुरा प्रयोगहिन जस्तो, पुरानोजस्तो भएका छन् गोरखालाई चिन्ने र चिनाउने सन्दर्भमा । ठूलो राष्ट्रिय विपत्, आठ हजार भन्दा बढि नेपालीको मृत्यु, हजारौं घाइते, लाखौं घरबारबिहिन र खर्बौको आर्थिक क्षति निम्त्याउने गत वैशाखको भूकम्प, जसको केन्द्रविन्दु थियो त्यहि गोरखा । प्रकृतिले निम्त्याएको महाविपत्तिको केन्द्रमा पुगेर दुखिरहेका घाउहरुमा मल्हम लगाउने तथा विध्वंसलाई निर्माणमा बदल्ने पार्टीको राष्ट्रिय अभियान अन्तर्गत हामी गोरखा हिँडेका थियौं ।

भूकम्पको केन्द्रविन्दु बारपाक, त्यो भन्दा टाढा विकट गाउँहरु लाप्राक, गुम्दासम्मको योजना निर्धारण गरिएको थियो । १२ किलो पुगेपछि बसमा उत्तर पश्चिमतर्फ लाग्यौं । दरौंदि खोलाको तिरैतिर, कच्चि बाटो, हल्लिँदै खत्र्याङखुत्रुङ गुडिरहेको बस, सिटमा भन्दा बढि उभिइएका यात्रु अनि गर्मीसँगै अघि बढिरहेका थियौं । स–साना हरियाली पहाड, मकैले ढकमक्क देखिने खेतका बिचबाट हाम्रो यात्रा जारी थियो । बालुवा पुगेपछि बसबाट झरेर हाम्रो पैदलयात्रा सुरु भयो बारपाकतर्फ । दरौंदि खोलाको किनारबाट सिधा हिँडुन्जेल ठिकै थियो । जब राङरुङ खोलाको झुलुङ्गे पुल तर्यौ अनि सुरु भयो बारपाकको भूगोल ।

ठाडो उकालो, त्यसैमा पहिरोहरुले अनुमान लगाउन अप्ठेरो पर्ने बाटो, चर्किएको–भास्सिएको जमिन, उचाइसँगै घट्दै जाने अक्सिजन । मान्छेहरुको आवतजावत निकै कम थियो । भेटिनेहरुलाई हामी सोध्थ्यौं कतिबेरमा बारपाक पुगिन्छ । सबैले आफूले लगाएको समय बताउँथे सायद । हाम्रो हिडाईंले कसैले दिएको समयसँग मेल खाएन । करिब पाँच घन्टाको निरन्तर उकालोपछि एउटा गाउँ आइपुग्यो बारपाक गा.वि.स. अन्र्तगतको मान्द्रे । गाउँको सुरुमै विद्यालयको भग्नावशेष देखाए स्थानीयले । जमिनको बनोट नै यसरी बिग्रिएको थियो कि हेर्दा कुनै कोणबाट पनि त्यो स्थानमा विद्यालय रहेको कुरा अनुमान लगाउन कठिन थियो । झण्डै डेढ महिना पछि पुग्दा पनि सिङ्गो गाउँ अस्तव्यस्त देखिन्थ्यो ।

गाउँभरिमा एउटा मात्रै नभत्किएको गाउँ देखाउँदै थिए मान्छेहरु । बारपाकको मुख्य गाउँ पुग्न अझै उकालो हिँड्नपर्ने थियो । टिम फर्मेशनमा हिँड्नपर्ने तर थकाईले नसकेर आधा घण्टाको दुरीसम्म फैलिएर पनि हिँड्यौं । निकैबेरको प्रतिक्षा र थकाईपछि दृश्यमा बारपाक देखियो । मकैबारी र जङ्गलको बिचमा एउटा सुन्दर ठूलो गाउँ । भूकम्पले तहसनहस बनाएर पुननिर्माण भइनसकेको गाउँ पनि हेर्दा यति राम्रो र आकर्षक देखिन्थ्यो कि हामी प्रकृति र मानवताको सम्मिश्रणमा मनोरञ्जन र आनन्दको लागि पुग्दैथियौं । स्थानीय स्रोत साधनको समुचित प्रयोग, नेपाली मौलिक कला संस्कृतिको प्रतिबिम्ब झल्किने गरी बनाइएका घरमात्रै हैन ऐतिहासिक सम्पदा थिए ।

जब भूकम्पले भत्काउन नसकेको गेट  प्रवेश गर्यौं र  मान्छेहरुसँग कुरा गर्यौ अनि लाग्यो प्रकृति जति सुन्दर, अनुपम र महान छ त्यति नै निर्दयी, कठोर, विनाशकारी र विध्वंसकारी पनि । मान्छेले  बनाएका घर, तिनै घरमा बस्दै आएका मान्छे एकैचोटी ढल्दा सिर्जित अवस्था व्याख्या गर्न असमर्थ थिए उनीहरु । भूकम्पको केही दिनपछि नै माओवादी महासचिव कमरेड विप्लवलगायत नेताहरु पुगेर राहत बाँडेको अनि प्रत्यक्ष श्रममा जुटेको कुरा स्थानीयबाट सुन्दा हामी पनि उत्साहित भयौं । सबैभन्दा पहिला बारपाक पुग्ने पार्टी नेकपा माओवादी नै रहेछ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पुगेर स्थानीयसँग साक्षात्कार र निरीक्षण गरेको, एमाओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्रीलगायत सरकारी नेताहरु हेलिकप्टरबाट ओर्लिएर केही मिनेटमै फर्किएको कुरा सुनाउँदै थिए स्थानीयहरु । त्यो दिन यतै बारपाकमै बस्यौं । जनताको घरमा खाना खाएर स्थानीय बोर्डिङ स्कुलमा सुत्यौं । कार्यतालिका अनुसार भोलिपल्ट हामी बारपाकभन्दा टाढा, बिकट र बढि क्षति व्यहोरेको लाप्राकतर्र्फ जानुपर्ने थियो ।

एकजना साथी थप उकालोे चढ्न नसक्ने भएपछि बारपाकबाटै फिर्ता पठाएर अगाडी बढ्यौं । चार घन्टाको उकालो चढेपछि अलि तेर्सो बाटो आयो । एकछिनमा गुप्सिडाँडा पुग्यौं । उत्तरतर्फ हिउँले आधा ढाकिएको बौद्ध हिमाल, दक्षिणतर्फ हरियाली जङ्गल, पूर्वतर्फ हेर्दा गणेश हिमालको सुन्दरता, अलि समतल जस्तो खाली भूभागमा विभिन्न रङ्ग, विभिन्न आकृति र स्वरुपका सयौं त्रिपालहरु । दृश्य यस्तो देखिन्थ्यो कि जङ्गलको बिचमा ठूलो खाली ठाउँ भएर गर्न थालिएको कुनै तरकारी खेती हो या कुनै सामानको अस्थायी स्टोर या अझ कुनै बिद्रोही सैनिकको तालिम शिविर ।

अनुमान गलत साबित हुन्छ नजिक पुगेपछि । वास्तविकता जति फरक थियो त्यति नै जटिल । अस्थायी तर अनिश्चितकालसम्मका लागि ती घरहरु थिए लाप्राकबासीका । पुगेकै दिनदेखि काम सुरु गर्यौं । श्री माणिकाम देवि मा.वि.का लागि दुइवटा शौचालय, गाउँका लागि पाँचवटा शौचालय, धारो एउटा, अस्थायी घर तीनवटा बनायौं । गाउँमा युवाहरुको सङ्ख्या न्यून थियो । बुढाबुढीहरु नेपाली भाषा नबुझ्ने रहेछन् । कहिलेकाँही काम गर्दा अप्ठेरो र दोधार हुन्थ्यो । त्यसैले लाप्राकको पुरानो बस्तिमा पुग्दा एकजना स्थानीय शिक्षक मन्थल गुरुङ्गले दोभाषेको काम गरेर हामीलाई सहयोग गरे । दशकांै पुरानो बौद्ध युवा क्लब भत्काएर छोपिएका सामानहरु निकाल्दा खुसी देखिन्थे युवाहरु ।

गुरुङ्ग गाउँ पनि भनिने लाप्राक आफैंमा एउटा नमुना गाउँ थियो जहाँ गा.वि.स. भरिकै मानिस एउटै बस्तिमा बस्दथे । काठले छाएका ढुङ्गाका घरहरुको गाउँसँग आफ्नै भाषा, संस्कृति, सभ्यता र पहिचान थियो । त्यहि गाउँ भूकम्पले ध्वस्त बनायो । अनि सँगै आएको पहिरोले निरन्तर खतराको साइरन बजाईरह्यो । अब हिउँ पर्ने समय सुरु हुँदैछ । सामान्यतया मानिसहरु साबिकभन्दा कम उचाईतर्फ सर्छन् । बाध्यता तिनै लाप्राक बासीको समुन्द्री सतह देखि २३०० मिटर उचाईबाट करिब ३००० मिटरतर्फ उल्टो गन्तव्य । जनता र गाउँसँग अर्को बिकल्प थिएन । सरकार र सरकारी चुम्बकले आकर्षितहरु उतै काठमाडौंमा विदेशी रकम कुम्ल्याउन, त्यसो गर्न नसकेकाहरु जस्तापाता त्रिपाल बेच्न, त्यति पनि गर्न नसकेकाहरुलाई फोटो खिचेर फेसबुकमा अपलोड गर्न भ्याईनभ्याई छ । यता लाप्राकमा अभाव, अनिश्चितता र चिन्ताले मान्छेलाई निन्द्रा छैन । खानेपानी छैन, बस्ने घरको सुरक्षा छैन, अझ एक दुई महिनापछि के गर्ने । यी र यस्तैकारणले दिनभरी काम रातभरी चिन्ता हुन्थ्यो स्थानीय बासीलाई । अभाव, संकट र चिसोले हामीलाई पनि सताईरह्यो, झक्झकाईरह्यो । कक्षाकोठाका लागि प्रयोग भईरहेका टेन्टभित्र हामी सुत्यौं । दिउँसो विद्यार्थीका लागि, राति हाम्रा लागि थिए ती टेन्ट । आफूले बोकेको एक कम्मल र एउटा म्याट हाम्रा लागि निर्विकल्प उपयोगी साधन साबित भए ।

दिनभरीको कामको थकाई खाना खानेबित्तिकै मिठो निन्द्रा लाग्थ्यो तर चिसोले बिहान ३ बजे नै ब्युझाउँथ्यो । गोरखा आउने अघिल्लो दिन काठमाडौंमा एक जना चिनियाँसंग भेटमा आफूले लाप्राकमा हेलिकप्टर पठाएको जानकारीसहित उनले भनेको सम्झिएँ, ‘लाप्राक ईज भेरी डेन्जरस, बट यू आर गोईङ टु द्यर, इट्स भेरी गुड ।’ भूगोल , मौसम, विकटता अनि बाटोले नै डेन्जरस बनायो होला उनलाई । लाग्यो फेसबुकका लागि फोटो खिच्ने , फोटोका लागि प्रभावित क्षेत्रमा पुग्ने फेसबुके उद्धारकर्ता र प्रचारबाजी एनजिओ चढ्न नसकेको बारपाक उकालो र लाप्राक गुप्सीडाँडाको चिसोसँग आत्मियता गाँस्ने योजना र अठोटसहित हामी आएका छौँ ।

तीनदिन काम गरेर हामीले लाप्राक छोड्नुपर्ने थियो । ३–४ दिनमै स्थानीयसँग भावनात्मक रुपमा कति नजिक भएछौं हिँड्नेबेला थाहा भयो । पहिला कहिल्यै नभेटेका फेरी भेट हुने नहुने कुनै निश्चितता नभएका मान्छे । तर पनि छुट्टिँदा उनीहरुले देखाएको माया वर्णनयोग्य थिए । लाप्राकभन्दा कम उचाईमा रहेको बढि दुर्गम गा.वि.स. गुम्दातिर जादैथियौं । यो क्षेत्र पहिरोबाट बढि प्रभावित र उच्च जोखिममा रहेछ । निरन्तर झरिरहेको पहिरोको बिचबाट नै हिँड्नु पर्ने थियो । माटो, स–साना ढुङ्गाहरु खसिरहेका थिए । त्रास र मुटुको परीक्षणसँगै बाटो काट्यौं । संयोग हामी क्रस भएको २० मिनेटपछि ठूलो पहिरो आयो । धुलै धुलोको मुस्लो निस्कियो । हामी हिडेँको बाटो पुरियो । पछि सुन्यौं पहिरोले एउटा खच्चरलाई पनि पुरेछ ।
गुम्दा पुग्दा पनि मानिसहरु जबरजस्त साधारण अवस्थामा फर्किन प्रयत्न गरिरहेका थिए । यता स्वास्थ्य चौकिबाट काम थालनी गर्यौं । स्वास्थ्य चौकी भत्किएर औषधि र उपकरणहरु छोपिएका थिए । लाप्राकभन्दा गुम्दाबासीहरु नेपाली राम्रो बोल्ने र बुझ्ने गर्दथे । अनि बाहिरबाट आउनेलाई सामुहिक रुपमा खाने र बस्ने प्रबन्ध पनि गाँउलेहरुले मिलेर गरेका थिए ।

जनयुद्ध कालमा माओवादी सेल्टरको रुपमा काम गरेको गुम्दा आज पनि माओवादी गाँउ नै रहेछ । अघिल्लो साता एमाओवादीसहितको एउटा टोली आएर विद्यालयमा काम गरेको तर अन्तिममा पैसा मागेको प्रति व्यवस्थापन समितिका अध्यक्ष खिन्नता प्रकट गर्दै थिए । हामीले तीनजना सहिद परिवारको घरमा काम गर्यौं । छोराछोरी कोही नभएका बुढि एक दलित आमाको घर निर्माणमा जुट्यौं । सामाजिक र सामुहिक काममै व्यस्त भएर आफ्नै काममा समय दिन नसकेकी अर्की आमाको लागि पनि अस्थायी घर निर्माण गर्यौं । एमाओवादी सभासद् छमबहादुर गुरुङ्गको घरमा बुढा आमाबुवा मात्रै थिए । हामीले कुनै आग्रह पूर्वआग्रह बिना उनको घरसहित केही स्थानीयकोमा सहयोग गर्यौं । सयौं घर भत्किएका थिए ।

तर हाम्रो जनशक्ति, सिप र समयले केही मात्रै घर टहरा बनाउन सम्भव थियो । काम नगरेका र गर्न छोडेका मान्छे थियौं हामी । भूकम्पले हामीलार्ई गर्नुपर्ने र सक्नुपर्ने ठाँउमा पुर्याएको थियो । बिहान सबेरै चिया खाने काममा जुट्ने, दिउँसो खाना खाएर फेरी काममा फर्किने अनि बेलुका खाना खाएर सुत्ने । यस्तै तालिका बनेको थियो । बिजुली थिएन, मोबाईल चार्ज गर्ने समस्या थियो, अनि नेटवर्क पनि एकदम कमजोर र अनिश्चित थियो । सुचना सम्पर्कका हिसाबले सम्बन्ध बिच्छेद जस्तो थियो । उता काठमाडौंमा चारदलबिच २५ गते भएको १६ बुदेँ सहमति हामीले २८ गते मात्रै थाहा पाउँदा आश्चर्य र रमाइलो लाग्यो । पाँच दिनको बसाईपछि गुम्दाबाट लापु हुँदै आरुघाट झर्ने हाम्रो रुटिन थियो ।

नयाँ ठाँउमा हामीले सामाजिक, सांस्कृतिक र शैलिका हिसाबले पनि नयाँपनको अनुभव गर्यौं । सहयोगी भावना, सामुहिकता र समानताका प्रतिबिम्ब थिए यहाँका मानिसहरु । उनीहरुसँग विपत्ति, जटिलता र कठिनाईका विरुद्ध उभिने असामान्य क्षमता देखिन्थ्यो । जति पाए पनि नपुग्ने सामान्य मानवीय स्वभाव भन्दा भिन्न । जति राहत र सहयोग उपलब्ध भयो त्यसमा कुनै असन्तुष्टता झल्किन्थेनन् कैयौं अभावका बाबजुत । बस्ने घर, परिवारका सदस्य, आफन्त, सम्पत्ति मात्र होइन गाउँ,  इतिहास अनि सपनासमेत गुमाएका थिए । आफ्नो भोगाई र व्यथा सुनाउँथे मान्छेहरु आ–आफ्नै शैली र प्रकृतिका । एक जना युवा भन्दै थिए, ‘मलेसियामा ३ वर्ष काम गरेर कमाएको पैसाले भर्खरै बनाएको घर अब छैन ।’ बुढा बा दुःखेसो पोख्दै थिए, ‘दुई महिना लगाएर बनाएको घर सरेका थिएनौं । एक रात पनि सुत्न पाईएन बाबु, मेहनत र पसिनाले बनाएको घरमा ।’ घर पन्छाउने बेला एकजना बुढी आमाले भनिन् ‘यो कोदो नौं वर्ष पुरानो हो । घर त कति हो कति । मेरा ससुराका बुवाले बनाएको रे । कहिल्यै भत्किएको थिएन ।’ एउटा दिदीले आफ्नो व्यथा सुनाईन्, ‘जङ्गलमा घाँस लिन गएकी छोरीलार्ई पहिरोले लिएर गयो । गाई पनि गोठ भत्किँदा ज्यूँदो रहेन ।’ यी र यस्तै असामान्य पिडाले घेरिएका मानिसहरु जीवनदेखि हारेका थिएनन् । संघर्षदेखि डराएका थिएनन् । यस्तो लाग्यो संघर्षलार्ई बुझ्न न अन्यत्र कतै जानपर्छ न त कुनै पुस्तक नै पढ्नपर्छ । यिनै मान्छेहरुको जीवन प्रयाप्त छ सिक्नलार्ई । संघर्षबाट नथाकेका मान्छेहरु, अवरोधबाट नतर्सिएका मान्छेहरु, सरकार र प्रकृति दुवैबाट एक्लिँदा पनि विचलित नभएका मान्छेहरु । हो यिनै मान्छेहरुको जगमा, यस्तै मान्छेहरुको साथमा  राष्ट्र जर्याकजुरुक उठ्नु पर्दछ । अनि जुट्नुपर्दछ नवनिर्माणमा, स्वर्णिम पुगको सपना देखेका सन्ततिलाई समुन्नत देशको आँगनमा रमाउन पाउने गरी  र संसारलाई एउटा सन्देश दिन सक्नुपर्दछ सगरमाथाको देश नेपालबाट, विध्वंसदेखि निर्माणसम्मको पथबारे ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies