Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

‘आइ लभ यु भन्ने सबैलाई थ्याङक्यु’ - मुना थापा, लोकगायिका

\"Munaलोकगायिका मुना थापा मगर दर्शक स्रोतामा मात्रै होइन सामाजिक सञ्जालमा पनि निकै लोकप्रिय छिन् । उनको सुमधुर स्वरलाई पछ्याउनेहरुले सामाजिक सञ्जालमा पनि छोडेका छैनन् । फेसबुक र ट्विटरमा सक्रिय मुना थापालाई फलो गर्नेहरु लाखौंको संख्यामा छन् । फेसबकुमा मात्रै उनलाई ९ लाख भन्दा बढीले पछ्याएका छन् । सन् २०१० देखि ट्विटरमा पनि सक्रिय हुन थालेकी उनको ७ हजार भन्दा बढी फलोअर छन् । प्रस्तुत छ खबरडबलीले उनीसँग गरेको ‘फेसबुक संवाद’ को सम्पादित अंश : फेसबुक कत्तिको चलाइन्छ ? फुर्सद भएको समयमा चलाइन्छ । कहिलेदेखि चलाउनुभयो ? २००९ देखि चलाइयो । पहिला फ्यान पेज थिएन, पछि फ्यान पेज बनाएको हो । फेसबुकमा कति फ्यान छन् ? ९ लाख भन्दा बढी नै छन् । यो फ्यानपेज हङकङको राम कंडेल भाइले बनाइदिनु भएको हो । फेसबुक खोल्दाको पहिलो अनुुभूति याद छ ? पहिलो चोटी रमाइलो पनि लागेको थियो । साथीहरुसँग कुरा गर्न रमाइलो लाग्थ्यो । खोलिरहुँ जस्तो लाग्थ्यो तर समयले दिँदैनथ्यो  । तपाईंको फेसबुक अकाउन्ट पहिले आफैंले खोल्नुभएको हो की अरु कसैले खोलिदिएको थियो ? म आफैंले खोलेको हो । साथीहरुबाट फेसबुक खोल्न सिकेकी थिएँ । पहिलो प्रोफाईल पिक्चर याद छ ? पहिलो प्रोफाइल निकै पुरानो थियो । कालो कुर्ता लगाएको फोटो थियो । अहिले डिलिट गरिसकें । आफैले चलाउन फुर्सद मिल्छ ? आफैंले चलाउने गरेको छु ।  इन्टरनेटमा झुम्मिने बानी नै बसिसक्यो, अरुले चलाइदिने कुरै आउँदैन । फेसबुक के बाट चलाउनुहुन्छ ? मोबाइल वा कम्प्युटर  ? बाहिर तिर हिँड्दा मोबाइलबाट चलाउने गरेकी छु  । घरमा रहँदा ल्यापटपबाट चलाउँछु । प्रायः त मोबाइलबाट नै चलाउँछु । कुन मोबाइल बोक्नुहुन्छ ? पहिला त सिम्पल नै थियो । अहिले चाहिँ आइफोन सिक्स बोकेकी छु । च्याटमा कत्तिको भुलिन्छ ? फुर्सदमा, बसेको बेला च्याट गर्छु । दर्शक स्रोताले पठाएको म्यासेजहरु नियमित हेर्ने गर्छु । अनलाईनमा बसेर कुरा गर्ने समय हुन्न । आएको म्यासेज रिप्लाई गर्न सकेसम्म छुटाउँदिन । फ्यानहरुबाट कस्ता म्यासेज आउँछन् ? म्यासेज धेरै आउँछ । म्यासेज हेर्ने, र रिप्लाइ गर्ने समय नभएपछि मैले फ्यान पेजमा त  म्यासेज बन्द नै गरेको छु । ‘आइ लभ यु’ भनेर कतिले सताए ? आइ लभ यु भन्छन् नि धेरैले । आई लभ यु भन्नु नराम्रो त होइन, त्यसो भन्नेहरु धेरै छन् । भन्नेको संख्या नै एकीन छैन । आइ लभ यु भनेर धेरै म्यासेज आउने गर्छन् । तपाईं आइ लभ यु भन्नेलाई के जवाफ दिने गर्नुहुन्छ ? धेरै त मैले जवाफ दिने समय पनि हुन्न । सकेसम्म ‘थ्याङ्क यु’ भन्ने गरेको छु । धन्यवाद पनि नभने त चित्त दुख्ला नी । स्ट्याटस धेरै लेख्नुहुन्छ है ? मलाई स्ट्याटस लेख्न मन लाग्छ । त्यसैले धेरै लेख्छु । कस्तो अवस्थामा स्ट्याटस लेख्नुहुन्छ ? फेसबुक आफूले प्रयोग गर्ने हो । सकारात्मक कुराहरु लेख्न मन लाग्छ । कुनै घटना वा केही जानकारी दिन मन लाग्छ । म आफू कता के गर्दै छु भनेर पनि चासो हुने भएकाले आफ्नो बारेमा जानकारी दिन छुटाउँदिन । अरुले लेखेको स्ट्याटस कत्तिको पढ्नुहुन्छ ? सके सम्म पढ्न छुटाउँदिन । फेसबुकमा कत्तिको डिसकस पर्छ ? अहिलेसम्म परेको छैन । सबै जनासँग राम्रो सम्बन्ध छ । कोही–कोही मान्छेले  राम्रो कुरालाई पनि नेगेटिभ रुपमा लिएका हुन्छन् । हरेक मान्छेको सोचाइ फरक–फरक हुन्छ मैले यसरी बुझ्ने गरेकी छु । सबैको कमेन्ट रिप्लाई गर्ने फुर्सद छ है ? म रिप्लाई गर्छु । प्रत्येक व्यक्तिलाई रिप्लाई गर्न त  सक्दिनँ । तर, एक मुष्ट धन्यवाद दिन छुटाउँदिन । तपाईंको नाममा नक्कली फेसबुक आइडीहरु पनि छन् ? धेरै थियो । कति त  साथीहरुले जानकारी दिएपछि बन्द पनि गराएँ । आफैले फेसबुकमा रिपोर्ट गरेर बन्द गराएकी हुँ । करिब   १२ वटा मेरो नामको नक्कली आइडी बन्द गरेँ । ७ वटा पेज पनि बन्द गरिदिएँ । ति सबै नक्कली थिए । बिहान कतिबजे फेसबुक चलाउनुहुन्छ ? जतिखेर बिउझिन्छु त्यतिखेर नै फेसबुक खोल्छु, स्ट्याटस लेखिहाल्छु, ‘शुभ प्रभात’ भनेर  । इन्टरनेटमा कति खर्च हुन्छ ? घरमा वाइफाईबाट चलाउँछु त्यसमा अलि कम हुने गर्छ  । बाहिर हुँदा ‘थ्रीजी’ बाट चलाउँदा धेरै खर्च हुन्छ । एकिन हिसाब छैन । फोन खर्च पनि त्यसमै जोडिन्छ । फेसबुक र ट्विटर कता सक्रिय हुनुहुन्छ बढी ? ट्विटर पनि चलाउँछु । सन् २०१० देखि नै ट्विटर खोलेकी छु । ट्विटरमा फेसबुकमा भन्दा अलि बौद्धिक जमात सक्रिय छ । म पनि सक्रिय हुन थालेकी छु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies