Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

म कति माक्र्सवादी हुँ, त्यो नाप्ने कसले हो ? –युग पाठक

\"Yug_Pathak\"अहिले के गर्दै हुनुहुन्छ ? नेपालको आधुनिकताका बारेमा शोध गर्दैछु । अरु पुस्तकको काम अहिलेलाई स्थगित छन् । तपाईंको पुस्तक कहिले आउँछ ? उपन्यास त छिटै आउने भनेको हो, तर भुइँचालोले बसोबास, परिस्थितिमा खलल ल्याएकोले केही ढिलो हुने सम्भावना छ । अर्को एउटा गैरआख्यान (ननफिक्सन) को किताब पनि लगभग तयार छ । त्यो पनि यसै वर्ष भित्र आउला भन्ने छ । तपाईं राजनीतिक टिप्पणीकार हो कि साहित्यकार ? विभिन्न ठाउँमा विभिन्न मान्छेले मलाई राजनीतिक टिप्पणीकार, स्तम्भकार, लेखक, पत्रकार, राजनीतिक विश्लेषक, साहित्यकार आदि इत्यादि विशेषणसहित बोलाउँछन । हाम्रो समाज यस्ता पदवी/टाइटल प्रयोग गर्ने मामला पनि अलि चर्कै उदार छ । म साँच्चै के हुँ त्यो त मेरो कामले बताइहाल्छ नि । तपाईंलाई माक्र्सवादी लेखक वा सो विचाधारामा आधारित लेखक भन्छन, के त्यस्तै हो ? म कति माक्र्सवादी हुँ, त्यो नाप्ने कसले हो, मलाई थाहा छैन । तर मान्छेको समाजमा आविश्कार भएका दर्शनमध्ये माक्र्सवाद सबैभन्दा वैज्ञानिक, समस्यालाई चिन्न र त्यसको समाधान गर्न सिर्जनशील बनाउने दर्शन हो । त्यसैले म माक्र्सवादबाट धेरै नै प्रभावित छु । त्यसो त विज्ञान, समाजशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र सबै ज्ञानका क्षेत्रमा हाल प्रयोग हुने विधि धेरैजसो माक्र्सवादबाटै त प्रभावित छ नि । नेपाली साहित्यलाई कसरी हेर्नुभएको छ ? नेपाली भैनसकेको अपुरो साहित्य हो, यो जसलाई ‘नेपाली साहित्य’ नाम दिइएको छ । नेपाल यदि नक्सामा देखिएको जति नै भूगोल हो र नेपाली यो भूगोलभित्र बस्ने सबै जनता हुन् भन्ने मान्ने हो भने नेपाली साहित्य चाहिँ सबैको भैसकेको छैन भन्ने यसै थाहा हुन्छ । विविध भाषा, संस्कृति, समाज व्यवस्था र तिनीहरुले नेपालको राज्यसँग गरेको अन्तरक्रियाबाट उब्जेको जिन्दगीको कथा नेपाली साहित्यमा विरलै पाइन्छ । न विविध भाषा, संस्कृति र जीवनशैलीका विशेषता नै पाइन्छ । त्यसैले नेपाली साहित्य पढ्ने वा पढ्न सक्ने जनसंख्या पनि थोरै छ । अब यो देशमा जन्मने सबै भाषा र जीवनका साहित्यलाई नेपाली साहित्य भन्ने परिभाषा दिनु जरुरी छ र त्यसका लागि धेरै काम गर्न बाँकी छ । साहित्यमाथीको पुँजीवादी हस्तक्षेप पछिल्लो समय कसरी भइरहेको छ ? हरेक राजनीतिक व्यवस्था, अर्थप्रणालीले जनजीवनमा प्रत्यक्ष प्रभाव पारे जस्तै साहित्यमा पनि ठाउँ खोज्छ । पूँजीवादले आफनो विशेषता अनुरुप नै साहित्यलाई पनि बजारको वस्तु बनाउन खोज्छ । यो स्वभाविक छ । यसबाट आत्तिनुपर्ने केही छैन । यही वातावरणलाई उपयोग गरेर नै अहिले पनि गम्भिर दर्शन, अनुसन्धान, कविता, उपन्यास सबैथोक लेखिएको छ र संसारभरी पुगेको पनि छ । माक्र्सवादीहरुले त्यसको प्रतिरोध कसरी गर्छन् ? प्रतिरोध भन्नासाथ पनि भाटा उठाइहाल्नुपर्ने हो कि जस्तो बुझ्छौं । कैयौं प्रसंगमा तपाईं जे काम गर्न प्रतिबद्ध हुनुहुन्छ, त्यही काम गर्नु मात्र पनि प्रतिरोध हुनजान्छ । साहित्य, कलामा पनि यस्तै हुन्छ । आफनो समयको सबैभन्दा तिब्र गतिको विचार र सौन्दर्य चिन्नु, अनि त्यसलाई सुन्दर स्वरुपमा प्रस्तुत गर्नु नै म जस्ता साहित्य कलाका मानिसको चुनौती र प्रतिकार दुवै हो । भूकम्पले साहित्यलाई कसरी हल्लाएको छ ? साहित्यलाई हल्लाएको होइन, जनजीवनलाई खल्बलाइदिएको हो । जनजीवनमा यत्रो भयानक खल्बल भएपछि जीवनका धेरै चीजबीच धिमा हुन पुग्छन । साहित्यमा पनि त्यही भएको हो । अबको साहित्य कस्तो हुनुपर्छ ? सँधैको साहित्य नयाँ समयको वेग समात्ने हुनुपर्छ । नेपाली पाठक कस्ता छन् ? असल छन् । धेरै पाठक त बन्न पाएकै छैनन । जब बन्छन, झन जुझारु, रचनात्मक, आलोचनात्मक र बलवान हुनेछन । पाठकहरुलाई वर्गिकरण गर्दा कसरी गर्नुहुन्छ ? पाठकको वर्गिकरण गर्न टाउको दुखाउनु भन्दा, यो समाज र सभ्यतालाई अघि लाने बारेमा एक मिनेट बढी चिन्तन गर्नु राम्रो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies