Khabar Dabali Logo
  October 23, Wed

खैनी

madhab_dungel_articleखानु नै छ भने मन्त्रीहरुले खैनी खाए हुन्थ्यो ।

खैनीले स्वास्थ्यलाई हानि गर्छ भन्छन्, त्यो कुरा हुन पनि सक्छ । तर हानि गर्ने कुरा छ अरु पनि छन् । काठमाडौँको प्रदूषणमा रोगी हुने र छिटै मर्ने कारण बिसौँ हुनसक्छन्, त्यसमध्ये खैनी एउटा भयो भने त्यो कुन ठुलो कुरा भयो ? गाडीको हर्न, टायरको खरानी, रियल जुस, मुटु र मृगौलाका नजिकै बस्ने चुम्बकीय शक्तियुक्त मोबाइल, आँखा र दिमाग दुबै बिगार्ने टेलिभिजनहरु छन् । राजधानीको हावा, जारको पानी, होटेलका खानाहरु । कहिल्यै नओइलाउने स्याउ, विषादि छिटेका तरकारी र मिसावटयुक्त खाद्यान्न । तेलहरु, मसला र किसिम किसिमका शृङ्गार प्रशाधनका सामग्रीहरु छन् । बेरोजगारी, तनाव र अभावहरु छन् । तैपनि मान्छेहरु अझै भन्दैछन्— खैनीले स्वास्थ्य बिगार्छ ।

बेरोजगारी, तनाव र अभावहरु छन् । तैपनि मान्छेहरु अझै भन्दैछन्— खैनीले स्वास्थ्य बिगार्छ ।

khainiखैनी खाएपछि खाएको खायै पच पार्न सकिँदैन । यसलाई थुक्नु पर्छ । थुक्दा अरुले देख्छन्, के खाएको भन्ने थाहा पाउँछन् । खाने बेलामा पनि यो देखाएरै खाइन्छ र सन्तोषको कुरा त के भने यो खाएपछि मुखमा एकखालको गन्ध आउँछ र जसले पनि भन्न सक्छ, उसले खैनी खाएको छ । इच्छा छैन, उससँग टाढा बस्न सकिन्छ । मुखबाट आउने गन्धबाट जोगिन सकिन्छ । हैन, मित्रता चाहिएको हो भने नजिक बस्नमा पनि कुनै आपत्ति छैन । म खैनीखाने मान्छेसँग बसेको छु भनेर जानीजानी बस्नुमा कुनै धोका छैन, छलकपट र बेइमानी हुँदैन ।

खैनी दान पवित्र दान हो । यसमा कुनै खुसामद हुँदैन । तपाईं गाडीमा हुनुहुन्छ र गोजीमा खैनी सकिएको छ । किन्ने सम्भावना हुँदैन तथापि त्यसैका लागि गाडी रोक भन्नु आवश्यक छैन । कसैले मोलिराखेको देख्नुहुनेछ, मलाई पनि है भन्नुस्, विनाहिचकिचाहट तपाईंलाई प्राप्त हुन्छ । यसबापत तपाईंले गुन तिर्नु पर्दैन र गुन तिर्नकै लागि कलम घुमाउनु पर्दैन । खैनी समानताको अम्मली हो । समाज सामन्तवादमा हुँदा, पुँजीवादमा वा समाजवादमा हुँदा खैनी खाने मान्छेहरु थोरै होलान् तर साम्यावादी समाजमा खैनीका अम्मलीहरु नै सबै हुनेछन् । कसैसँग हुन्छ, आवश्यकताअनुसार लेऊ र आफ्को काममा लाग ।

खैनी समानताको अम्मली हो

अम्मलीहरुलाई खैनी नभई हुँदैन तर त्यति महँगो र महत्वपूर्ण भएर पनि यो बाँड्नमा कसैले लोभ गर्दैन । बाँड्नेले पनि मानिसहरु मरुन् भनेर बाँडेको हुँदैन । परीक्षणका लागि औषधि बाँडेर कुनै ठालु दाता पल्टिएजस्तो घमन्ड देखाउनका लागि खैनी बाँडिँदैन । आफूले जे खाइन्छ त्यही दिइन्छ अरुलाई पनि । त्यसबापतमा उसले केही खोज्दैन, खोजेको हुँदैन ।

गाउँमा खैनी खाने मानिसहरु सहर पसेपछि गुट्खा खान थालेको देखेको छु । अलि कमाएकाहरु चुरोट खान्छन् र धेरै कमाएकाहरुले रक्सी खाएको देखेको छु । खैनी खानेमा घमन्ड हुँदैन तर गुट्खा खानेहरुले कुटुक कुटुक टोकेर वा चपाइराखेर अरुको ध्यान तान्ने प्रयास गर्छन् र उनीहरुलाई के प्रशन्नता हुन्छ भने खैनी खाने मान्छेको जस्तो उसको मुख गनाउँदैन बरु कसैकसैलाई त बास्ना आउँछ । पान खानुको उच्चताको क्षतिपूर्ति उसले गुट्खा खाएर गरेको हुन्छ । चुरोट खानुमा त रबाफ छँदैछ । उसले खैनी खानेलाई गन्दैन । खैनीभन्दा त बरु चुरोटै खानु नि भनेर उसले आफ्नो उच्चवर्गीय घमन्ड देखाइहाल्छ । खैनी खानेमा पसिनाको गन्ध हुन्छ, गुट्खा खानेहरु जसोतसो बाँचेका हुन्छन्, चुरोट खानेमा म पनि कम छैन भन्ने घमन्ड हुन्छ । रक्सी खानेहरुले त अरुलाई मान्छे नै गन्दैनन् । उनीहरु मात्छन् र साथीहरुसँग मिल्नै सक्दैनन् । उनीहरुमा शक्तिको मात हुन्छ र धेरै भएपछि ती पशु बन्छन् । विवेक गुमाउँछन् र आफू बाँचेको धर्ती भुल्दछन् । उनीहरुले पत्नीलाई पवित्र देख्दैनन् र नैतिकतालाई गिल्ला गर्छन् । त्यसैले मलाई नेताले रक्सी खाएको राम्रो लाग्दैन ।

 खैनीभन्दा त बरु चुरोटै खानु नि भनेर उसले आफ्नो उच्चवर्गीय घमन्ड देखाइहाल्छ । खैनी खानेमा पसिनाको गन्ध हुन्छ, गुट्खा खानेहरु जसोतसो बाँचेका हुन्छन्, चुरोट खानेमा म पनि कम छैन भन्ने घमन्ड हुन्छ ।

रक्सी खाएर मात्तिएपछि ठूला मानिसहरुले पनि गल्ती गरे भन्ने सुनेको छु । गर्नुहुने–नहुने सहीछाप गरे भन्ने सुनेको छु । काम गरी खाने मान्छेहरुको पिरमर्कालाई बिर्सेर आफ्नो व्यक्तिगत फाइदाका लागि मूर्ख बने भनेको सुनेको छु । हानिकारक कामहरु गरे भन्ने सुनेको छु । राम्रा कामहरु गर्न सकेनन् भन्ने सुनेको छु । केही ठूला मानिसले त मातेर बेइजतै गरे भन्ने पनि सुनेको छु । तर, खैनी खाएर अपराध गरेको मैले सुनेको छैन ।

एउटा ठूलो मान्छे निर्माण हुनलाई धेरै साना मानिसहरुको पसिना बग्नु पर्दो रहेछ । धेरै साना मानिसहरुले बलिदान दिनु पर्दो रहेछ । धेरै साना मानिसहरुले खाई–नखाई गरेर, अनेक यातना सहेपछि, अभाव र अप्ठ्यारा पचाएपछि बल्ल कोही ठूलो बन्न सक्दो रहेछ । ठूलो मान्छे भनेको कोइला नभएर हीरा हुँदो रहेछ । ऊ केन्द्र हुँदो रहेछ सबै शक्तिको । ऊ राम्रो बन्दा धेरैलाई हित हुँदो रहेछ । ऊ मातेर हिँड्यो भने त्यसको सजाय हजारौँ, लाखौँले पाउँदा रहेछन् । युगले, मानव सम्यताले त्यसको सजाय पाउँदो रहेछ ।

मलाई मेरा नेताहरु, मन्त्रीहरु रक्सीमा नसाटिए हुन्थ्यो जस्तो लाग्छ । ठूला हाकिमहरु, वरिष्ठ कर्मचारीहरु, न्यायाधीशहरु, पुलिसका–सेनाका कमान्डरहरु रक्सीमा नबिके हुन्थ्यो जस्तो लाग्छ । मानवअधिकारवादीहरु, पत्रकारहरु, वकिल र सचिवहरु मातेर नहिँडे हुन्थ्यो जस्तो लाग्छ । मातेर उनीहरुले घरमा पत्नीलाई नपिटे हुन्थ्यो जस्तो लाग्छ, आमालाई गाली नगरे हुन्थ्यो, आफ्ना सन्ततिलाई फोहोर कुरा नबोलेहुन्थ्यो भन्ने लाग्छ । साना बालकहरु आफ्ना बाबुको नक्कल गर्छन् । बाबुले गरेजस्तो गर्न खोज्छन् । सन्तानलाई मात्ने संस्कार नसिकाए हुन्थ्यो जस्तो लाग्छ ।

असार १२ गते, २०७२ - ०६:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयुर्बेदको यो फर्मुला पढ्नुहोस् र आफ्नो स्वास्थ्य पत्ता लगाउनुस्

आयुर्बेदको यो फर्मुला पढ्नुहोस् र आफ्नो स्वास्थ्य पत्ता लगाउनुस्

आयुर्वेद अनुसार शरीरमा तीन किसिमको दोष पाइन्छ। जस्तो कि, वात, पित्त र कफ दोष। यही तीन दोषका अनुसार तपाईंको...   

विप्लवका अर्का ठुला नेता पक्राउ

काठमाडौं । प्रतिवन्धित नेकपाका अर्का ठुला नेता गुणराज लोहनी पक्राउ परेका छन् । उनलाई चितवनको भरतपुरबाट...   
यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा छन्...   

शतप्रतिशत नतिजा निकाल्दै चितवन राइनोज फाइनल प्रवेश

काठमाडौं । मुलुककै पहिलो महिला च्याम्पियन्स लिगमा चितवन राइनोजले शतप्रतिशत खेलमा जित निकाल्दै फाइनल...   

प्रचण्डको गुनासो –अध्यक्ष ओलीले पुर्व सहमति कार्यान्वयन गरेनन् र धोका दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट...   
एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

काठमाडौ । यतिबेला नयाँ नेतृत्व चयनका लागि गैर-आवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए)को नवौं विश्व...   
एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को जारी मतगणनामा अध्यक्षका प्रत्यासी कुमार पन्तले अग्रता...   
नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top