Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

गर्भनिरोधकसँग जोडिएका त्यस्ता भ्रमहरु जसबारे थाहा पाउन अत्यावश्यक छ

\"Pregnant-Woman-400\"इतिहासलाई हेर्ने हो भने मानिसहरुले सधैं एक निर्धारित सोधको आधारमा नै बच्चाको प्लान गरेको हुन्छ । बर्थ कन्ट्रोलको तरिकाको महत्व सधैं थियो । हज्जारौं वर्षपहिले देखि गर्भनिरोधकका तरिकाहरु अपनाउँदै आइएको छ । मात्र समयको परिवर्तनसँगै यसको साधनहरुमा पनि थोरै परिवर्तन आए । हामीमध्ये सबैले पहिलोको पीढिभन्दा आजको पीढिलाई सेक्स बारे धेरै ज्ञान छ भन्ने सोच्छौं होला तर यो वास्तविक होइन । सेक्सोलोजिस्ट डा. प्रेमा बालीका अनुसार मानिसहरुमा सेक्सप्रति एक्सपोजर बढाइरहेको छ तर यसो भन्दैमा मानिसहरुलाई यसबारे धेरै ज्ञान छ भन्ने होइन । वास्तविकता त के हो भने अब मानिसहरुमा यसप्रतिको भ्रम निकै स्थापित भइसकेको छ ।  डा. प्रेमा भन्छिन्, ‘विभिन्न गर्भनिरोधक तरिकासँग जोडिएका थुप्रै भ्रम हुने गर्दछ । यसको कारण हो जानकारीको अभाव । जानकारीको स्रोत बढेको छ तर त्यही सँगै भ्रमको दरमा पनि बढोत्तरी भएको छ । गर्भनिरोधकसँग जोडिएका केही आम भ्रमहरुको चर्चा यहाँ गरिएका छन् । महिला पहिलो पटकको यौनसम्बन्धमा गर्भवती हुँदिनन्ः यो कुरा सरासर झुट हो । एक महिला गर्भवती हुने सम्भावना केही विशेष क्षणहरुबाहेक सधैं एकै किसिमका हुन्छन् । डा. मञ्जु खिमानी भन्छिन्, ‘ओभ्युलेसनको प्रोसेसको सुरुवात पछि महिला जहिले पनि गर्भवती हुन सक्छिन् । पहिलो पटकको सम्पर्क होस् कि दोस्रो, यसले कुनै फरक पार्दैन । ’ यदि कसैले तपाईंलाई पहिलो पटकको यौन सम्पर्कमा गर्भवती भइँदैन भन्छन् भने त्यसलाई पटक्कै विश्वास नगर्नुहोस् । यसका साथै यो पनि थाहा पाउनुस् कि गर्भवती हुने कुनै उमेर हुँदैन । समयसँगै यसको सम्भावना कम वा बढि हुनसक्छ तर कुनै उमेरलाई निर्धारित लिमिट भन्नु गलत हुन्छ । यौनसम्पर्क लगत्तै नुहाउँदा वा पिसाब फेर्दा गर्भवती भइँदैनः यौनसम्पर्क पछि पिसाब फेर्नु र नुहाउनुले स्पर्मद्वारा ऐग फर्टिलाइजेसनसँग केही पनि सम्बन्ध राख्दैन । एग फर्टिलाइजेसनका लागि केवल एउटा स्पर्मको आवश्यक हुन्छ । यौनसम्पर्कको क्रममा जुनसुकै बेला ऐग फर्टिलाइजेसन प्रक्रिया सुरु हुनसक्छ । यदि पुरुषले योनी बाहिर वीर्य स्खलन गरे गर्भवती हुँदैन यो भ्रम निकै लामो समयदेखि स्थापित छ तर मेडिकल साइन्सले यसलार्इृ पूर्ण रुपमा अस्विकार गरेको छ ।  यो तरिकालाई विड्रोल भनिन्छ तर गर्भ रोक्नका लागि यसलाई भरोसा गर्नु उचित होइन । यौनसम्पर्कको बेला पुरुषले पनि प्री–इज्याक्युलेट फ्लुड निकाल्न थाल्दछन् जसमा ३ लाखसम्म स्पर्म हुनसक्छ । यस्तो अवस्थामा विड्रोलको यो तरिका भरोसायोग्य छैन । महिनावारीको बेला यौनसम्पर्कले गर्भ बस्दैनः महिनावारी भएको बेला गरिने सेक्सले गर्भ बस्दैन भन्ने भ्रम पनि हाम्रो समाजमा स्थापित छ तर मेडिकल शास्त्रले यसलाई अस्विकार गरेको छ । महिला मासिक धर्मको कुनै पनि बेला गर्भवती हुन सक्छिन् । महिनावारीको अर्थ हुन्छ ओभ्युलेसन प्रोसेस चलिरहेको छैन तर जो महिलाको चाँडै र अनियमित मासिक धर्म हुन्छ उनीहरुको महिनावारी भएको बेलामा पनि ओभ्युलेसन हुनसक्छ । यसका साथै एक महिलाको शरिरमा स्पर्म पाँचदिन सम्म जीवित हुनसक्छ । त्यसकारण असुरक्षित यौनसम्पर्कपछि पाँच दिनसम्म यदि ओभ्युलेसन हुन्छ भने तपाईं गर्भवती हुने निश्चित छ । डा खिमानी भन्छिन्, ‘महिनावारी भएको बेला सेक्सबाट बच्नुपर्छ किनभने यतिबेला इन्फेक्सनको खतरा धेरै हुन्छ ।’ उठिउठि सेक्स गर्दा गर्भ रहँदैनः सेक्स पोजिसनको विषयमा हाम्रो समाजमा थुप्रै भ्रमहरु छन् र तीमध्ये यो पनि एक हो । स्पर्म तीब्र गतिमा शरिरमा प्रवेश गर्दछ त्यसकारण यो तरिकाले गर्भ रहँदैन भन्नु गलत हो । गर्भवती हुने नहुने कण्डमले तय गर्छः यदि पुरुषले टाइट कण्डम लगाए गर्भ बस्दैन भन्ने आम धारणा छ । डा. खिमानी भन्छिन्, ‘यो गलत धारणा हो । चाहिनेभन्दा टाइट कण्डम लगाउँदा त्यो फुट्ने डर हुन्छ जसले गर्भबाट बचाउनुको सट्टा गर्भ रहन सहयोग गर्दछ ।’ यस्ता गर्भनिरोधक प्रयोग गर्नुभन्दा पहिले यसबारे पूर्ण जानकारी लिन आवश्यक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies