Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

भूकम्पले खण्डहर : व्यापारिक नाका तातोपानीको दर्दनाक कथा

\"tatopani_cover\"१४ असार । वैशाख १२ को भूकम्पपछि तातोपानी बजारको अवस्था निकै नाजुक छ । यो नेपालको प्रमुख व्यापारिक नाकामध्ये एक हो । छिमेकी राष्ट्र चीनसँगको यो मुख्य व्यापारिक नाका हो । म लामो समयदेखि तातोपानी बजारमा छु । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका रहेको तातोपानी बजारको अवस्था भूकम्पपछि खण्डहर जस्तो छ । विनाशकारी भूकम्पमा परी यहाँ १९ जनाले ज्यान गुमाएका छन् । कुल एक हजार सात सय घर धुरी रहेको तातोपानी गाविसमा करिब ८ हजारको हाराहारीमा कूल जनसंख्या छ । विनाशकारी भूकम्पका कारण यहाँका ९० प्रतिशत घरहरु पूर्ण रुपमा क्षतिग्रस्त छन् । भूकम्पपछि विस्थापित बनेकाहरु मध्ये केहीलाई बजारभन्दा निकै  टाढा चौकीडाँडा नजिकैको समथर भूभागमा पुनस्र्थापना गरिएको छ । \"tatopaniभूकम्पले सबैभन्दा ठूलो क्षति तुल्याएको सिन्धुपाल्चोकको तातोपानी नाकामा सरकारी उपस्थिती शुन्य छ ।  सुरक्षा निकायको उपस्थिति नै छैन ।  तातोपानी बजारभन्दा निकैमाथि रहेको चौकी डाँडामा सुरक्षाकर्मीको एउटा अस्थायी पोष्ट मात्रै छ । भूकम्पबाट तातोपानी गाविस नै  चिराचिरा परेको छ । डाँडाकाँडा सबै धाँजा फाटेका छन् । यो वर्षामा कतिबेला लड्छ भन्न सकिन्न । विनाशकारी भूकम्पपछि घरबार बिहिन बनेका ६ सय परिवारलाई अस्थायी बासको लागि राजधानी सारिएको छ । भूकम्प आउनुभन्दा सात दिनअघि नेपालको लागि सामान लिन चीन गएका ४९२ वटा कन्टेनर अहिलेसम्म नेपाल फर्किन सकेका छैनन् । करोडौंको सामानसहितको कन्टेनरलाई चीनले रोकिराखेको छ । नेपालबाट गएका  हाम्रा धेरै गाडी र गाडी मजदुरहरु हराएका छन् । उनीहरुको  खोजी गर्न नेपाल सरकारले कुनै पहल नै गरेको छैन । आफ्नो गाडी चीनियाँले रोकेपछि यहाँ व्यावसायीको रुवाबासी नै  चलेको छ भन्दा हुन्छ । गाडी खुलाउन स्थानीय निकायले गरेको पहल पनि व्यर्थ भएको छ । नाका खुलाउन आएको चीनियाँ टोली पहिरोमा परेका कारण आउन नसकेको भनिएको छ तर पत्याउने आधार छैन । केहीदिन अघि एमाओवादी अध्यक्ष  प्रचण्डले राजदुतसँग गाडी छोडिदिन आग्रह गर्नुभएको थियो तर उनीहरुले खुलाउन चाहेनन् वा अध्यक्ष प्रचण्डले भनेको सुनेनन् । अहिलेसम्म पनि कुनै प्रगति हुन सकेको छैन । चाँखु  भञ्ज्याङ भन्ने ठाउँसम्म नाका खुलेको छ । तर पहिरो आउने क्रम रोकिएको छैन । दिनभर नाका खुलाउने काम हुन्छ तर रातमा आउने पहिरोले बाटो अवरुद्ध हुँदै आएको छ । \"tatopaniनेपाल सरकारले यसरी सयौंको संख्यामा गाडीहरु रोकिएपनि खुलाउन वा सम्पत्तिको संरक्षण गर्न कुनै पहल गरेको छैन । कन्टेनर नेपाल फिर्ता ल्याउन औपचारिक पहल नै भएको छैन । रोकिएको ४९२ कन्टेनर भित्र रेडिमेड सामानहरु छन् । एउटा गाडीको ३० लाख पर्छ  । एउटा गाडीमा एक करोडसम्मको सामग्री छन् । ती सबै तीन महिनादेखि रोकिएको अवस्थामा छ । \"tatopaniहामीले कन्टेनर रोकिएको विषयमा नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदा सुनुवाईसमेत भएको छैन । कुटनीतिक पहल गर्नुपर्ने सरकार निरिह बनेर हेरिरहेको छ ।  बाटो खोल्ने सरकारी निकाय मौन छ । सडक विभाग कता छ थाहा छैन । विपतमा परेको मौकामा अर्थमन्त्रालय तातोपानी नाका बन्द गरेर रसुवा नाका खोल्न लागि परेको छ  । राज्यलाई दैनिक ३ करोड भन्दा बढी राजश्व उठ्ने तातोपानी बजारमा यतिबेला चरो मुसो केही देखिदैंन । यहाँको बस्ती पुनस्र्थापना के हुन्छ ? मुख्य व्यापारिक नाकाको व्यवस्थापन कसरी गरिन्छ ? स्थायी हुन नसके अस्थायी प्रबन्ध के हुन्छ ? भन्ने विषय अन्यौल जस्तै छ । यस्तो विपदको तातोपानी कसले हेर्छ ? (सापकोटा ट्रक कन्टेनर व्यावसायी संघ उपाध्यक्ष हुन् । उनले खबरडबलीसँग गरेको कुराकानीमा आधारित  । तस्बिर: अर्जुन सापकोटा)                 \"tatopani                                 \"tatopani                                                 \"tatopani
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies