Khabar Dabali Logo
  October 21, Mon

यसरी गरिएको थियो थानकोट चौकीमाथि आक्रमण

sarad_articleयुग बदल्ने महान् अभिलाषा तथा अदम्य साहसका साथ मालेमावादको वैचारिक ज्योतिलाई मार्गदर्शक सिद्धान्त मानेर थालनी गरिएको नेपाली जनताको महान् जनयुद्ध ठीक एक महिनापछि ११औं वर्षमा सगौरव प्रवेश गर्दै मात्रै थिएन, त्यसले नेपाली जनमनहरुमा खुशियाली थप्दै झुपडीका छानाहरुमा आशादित घामका राता किरणहरु छर्दै अगाडि बढिरहेको थियो । जनताको विद्रोह विजयको सन्निकट पुग्दै थियो र जनताका सिपाहीहरु जनताको सत्ता निर्माणका लागि गाउँबाट सहरतर्फ हान्निइरहेका थिए ।

000                                                                              000                                                                                    000

म यतिबेला विघ्नै भावुक भएर त्यही दिनको स्मरण गरिरहेको छु, जुन दिन म आफ्ना दुइ दर्जन सहयोद्धाहरुको साथमा पार्टीले दिएको अभिभारा पूरा गर्न काठमाडौं प्रवेशको मुख्य नाका थानकोटमा अवस्थित पुरानो सरकारको सुरुक्षा क्याम्पमा आक्रमण गर्दै थिएँ, लड्दै थिएँ र जित्दै पनि । जनमुक्ति सेनाको एक टुकडी काठमाडौंमा सहिदहरुको रगतले रंगिएको विजयको रातो झन्डा गाड्दै थियो ।

१० वर्षको महान् जनयुद्धमा थुप्रै हारहरु पचाएर जितहरु ओकल्दै मूलतः विजयी बन्दै आएको जनयुद्ध अब अन्तिम विजय या पराजयको संगीन विन्दुमा प्रवेश गरिसकेको थियो । सामन्ती शासकहरुका जराहरु गाउँबाट करिव समाप्त भैसकेका थिए भने सहरहरुमा अझै बाँकी नै थिए । तिनलाई छिन्नु अब हाम्राे अहम कर्तव्य र परम चुनौती भैसकेको थियो । सर्वत्र जनयृद्ध असफल भएको, जनमुक्ति सेनाले आक्रमणको हैसियत गुमाइसकेको जस्ता फत्तुर भ्रमहरु छरेर जनतामा निराशाको तुवाँलो लगाउने कुचेष्टा निरंकुश शासनका पहरेदार बनेका कथित केही सञ्चार माध्यमहरुबाट एकोहोरो रुपमा भइरहेको थियो । यसर्थ पनि जनमुक्ति सेनाले युद्धका मोर्चाहरु सहरहरुमै खोल्नुपर्ने आवश्यकता खड्किसकेको थियो ।

हामीले त्यसो गर्न नसके जनयुद्ध पुनः रक्षात्मक स्थितिमै फर्कने खतराको डरलाग्दो परिदृश्य हाम्रो वरिपरी घुमिरहेको थियो । पार्टीले ‘दुस्मनको ढाडमा टेकेर टाउकामा हान्ने’ फौजी रणनीति तय गरिसकेको थियो । र, पार्टीका कर्मठ हामी सिपाहीले उक्त ‘मिसन’ लाई फत्ते गर्ने हैसियत राख्नै पर्दथ्यो ।

महान् गुरु लेनिनले भने झैं युद्ध आफैंले आफ्नो विकासक्रममा असाध्यै जटिल परिस्थितिको सिर्जना गरिसकेको थियो र हामीले त्यसको सामना गर्नै पर्दथ्यो । हामी यो युग–विजयको महान् अवसरलाई चुम्न सगौरव तत्पर थियौं । हामीलाई थाहा छ, जनमुक्ति सेनाका हामी योद्धाहरु सयौंं भीषण युद्धहरुबाट गुज्रिसकेका छौं । हामीले सहयोद्धाहरुको रगतसँग साटेर दुस्मनका अत्याधुनिक प्रविधि र तालिमलाई परास्त गर्ने ज्ञान र सिप हासिल गरिसकेका छौं ।

कसरी सम्झौं म त्यो घडी ! यस क्षण, जब दुनियाका सबै जनविरोधी शासकहरु हाम्रै विरुद्ध खडा थिए । आफूलाई संसारकै प्रजातान्त्रको मसिहा ठान्ने शक्तिराष्ट« अमेरिका मात्र नभर्इ बेलायत, भारत, चीनलगायत सबैजसो शक्तिराष्ट्र भनिनेहरु हाम्रा विरुद्ध आक्रमण गर्न नेपाली शासकलाई हतियार बेच्दै थिए । हाम्रै दाजुभाइ भनिनेहरु हामीलाई सिध्याउन विदेशिका सामु लम्पसार परेर हतियार, तालिम र पैसाको भीख माग्दै थिए । देशलाई विदेशीको उपनिवेशबाट मुक्त गर्न र जनतालाई गरिबीबाट उन्मुक्ति दिलाउने हाम्रा सुन्दर सपनासँग विमति राख्दथे उनीहरु ।

हाय ! कति जटिल थियो युद्धको परिवेश । खुकुरीको चोट, अचानोलाई थाहा होला ! यस्तैयस्तै जटिल परिस्थितिमा जनमुक्ति सेनाको काँधमा नयाँ कार्यभार थपिएको थियो । ग्रामीण क्षेत्रलाई केन्द्र मानेर अगाडि बढेको जनयुद्धको आक्रमणको केन्द्र सहर बनिसकेको थियो । सहरमा केन्द्रित भएर बसेको शक्तिशाली र ‘युनिफाइड’ सुरक्षा फौजमाथि आक्रमण गरी विजय हासिल गर्न नसके हाम्रो अवस्था ठूलो खतरामा पर्दथ्यो । रणनीतिक हिसाबले कमजोर ठानिएको दुस्मनको शक्तिलाई कार्यनीतिक हिसाबले कमजोर तुल्याउनु विशेष जटिल र कठिन कार्य थियो । तर, त्यो काम हामीले कुशलतापूर्वक सम्पादन गर्नै पर्दथ्यो । कठिन कार्यहरु सम्पादन गर्ने हाम्रो अन्तिम शक्ति भनेको बलिदानी भावना, उच्च इच्छाशक्ति तथा उत्कट आकांक्षा नै हुन्थो ।

युद्ध जटिल र कठिन अवश्य नै छ तर न्यायपुूर्ण युद्धको विजय अवश्यम्भावी छ । हामी त्यही न्यायपूर्ण युद्धको यात्रामा सवार थियौं । हाम्रा अगाडि भीमकाय पहाडहरु चुनौती बनेर खडा थिए– हामीले चढ्नैपर्ने । हाम्रा अगाडि कहालीलाग्दा बर्खे भेलहरु उर्लिरहेका थिए– हामीले तर्नैपर्ने । हाम्रा उच्चतम सपनाहरु साकार पार्न जीवनको कुर्बानी पहिलो सर्त हुने गर्दथ्यो । एउटा सुन्दर बिहानी देख्न कुरुप र वीभत्स दृश्य हेर्नै पर्दथ्यो । सफलताको पहिलो सर्त हुन्थ्यो– बलिदान । बलिदान केका लागि ? उत्तर एउटै थियो– देश र जनताको मुक्तिका खातिर । यो सरल तर महान् उत्तरसँग हामी समर्पित थियौं । यिनै सपथ हाम्रा सफलताका आधार हुन्थे ।

परिस्थितिको यसै जटिलतालाई चिर्दै स्वाभाविक युद्धलाई अगाडि बढाउन सहरी क्षेत्रमा, मुख्यतः देशकै राजधानीमा फौजी कार्बाहीको माग भएको थियो । त्यो अपरिहार्य मागले हाम्रो उच्च आकांक्षासँग मेल खायो । हामीले बडो उत्साहले कार्य थालनी गर्‍याैं । चितवन जिल्लाबाट काठमाडौंसम्म एउटा नयाँ मार्ग रचना गर्‍याैं, हाम्रै लागि मात्र, जुन मार्ग अरुलाई थाहा थिएन । यसको अघिल्लो भाग चित्लाङदेखि थानकोटसम्म औधी जटिल र अन्योलपूर्ण थियो । जसलाई मैले ‘छापामार हार्इ–वे’ भनें ।

‘छापामार हाई–वे’ बाट ओहोरदोहोर गर्न सक्नु नै कार्बाही सफलताको चुनौती बन्यो । हामीले साहस गर्‍याैं र भन्यौं– ‘आँट गरे भीमकाय पहाडहरु पनि फुच्चे हुन्छन् ।’

२०६२ माघ १ गते बिहान ब्युँझँदा हामी चन्द्रागिरिको शिरमाथि पल्टिरहेका हुन्छौं । रातभरको कष्टसाध्य तर गौरवपूर्ण यात्रापछि हामीले बिहानीको मिरमिरे उज्यालो धरतीमा झर्नुअगावै यहाँ आइपुगेर रातभरिको निद्राको ऋण तिर्न विश्राम लिएका हुन्छौं । हामीलाई दिनको उज्यालोमा यो दुनियाले देख्नेगरि यात्रा गर्ने अधिकार छैन । र त रातभरको यात्राले नै यहाँ आइपुगेका छौं । हामी सबै ‘सुत्ने झोला’ भित्र कैद छौं । हामीसँगै आराम गरेका छन्– हाम्रो अभिन्न अंगका रुपमा रहेका हाम्रा हतियारहरुले पनि । गोलीहरु हाम्रा सिरानीमा छन् र बमहरु खुट्टामुनि । चराहरुका चिरबिर आवाजहरुले बस्ती ब्युँझेको भान गराएको छ । तर, त्यो कुनै मानववस्ती होइन, घनघोर जंगल हो । उज्यालो भए पनि अँध्यारो देखिने जंगलबाट पूर्वी क्षितिजमा रवि उदाएको हेर्न हामी आतुर छौं । हाम्रो चाहना र आवश्यकताको बाधक बनेर तुसारोले ढकमक्क ढाकेको छ काठमाडौं सहर ।

पहिल्यै देख्नेलाई त काठमाडौं खाल्डोको सामान्य ज्ञान छ तर जीवनमै पहिलो पटक आउने कमरेडहरुलाई भने कस्तो छ, कस्तो– अनुुमान नै छैन ।

बिहान उज्यालो हुन्छ र तपार्इंहरुलाई काठमाडौं देखाउँला भनेर गरेको वाचा स्मरण गराउँदै कमरेडहरु उठ्नुभयो । तुसारोले हामीलाई दुस्मनको नजरबाट लुकाएको हो कि हामीबाट हाम्रो आक्रमणको निशानालाई छिपाएको ? घाम पनि नछिर्ने झाडी र बाक्लो हिउँले ढाकिएको चन्द्रागिरिको चिसो लेक, माघको ठन्डी, रातभरिको यात्रा । जताततै चिसैचिसो । हाम्रो शरीर पनि सँगैको हिउँसँगै जम्ने पो हो कि ! खोल्सीको पानी झैं बरफ बन्ने पो हो कि हाम्रो रगत ! किन चिर्दैन रविले तुषारोलाई ? किन छाड्दैन बाटो रविको यो निरस तुसारो ?

हामीलाई त न्यानो र उज्यालो रवि चहिएको छ । समयको रफ्तार उही छ, बढेको छैन । तर, हाम्रो मनको आतुरी भने वायुबेग झैं हुइँकिइरहेको छ । केही बेरको आतुरीलाई हामीले झोलामा बोकेको ‘ड्राइफुड’ खाँदै भुल्यौं । मकवानपुरका जनताले मायाले दिएको सातुु, पार्टीका कमरेडहरुले व्यवस्था गरिदिनु भएको नास्ता हामीसँगै छ । थोरै खान्छौं, धेरै राख्छौं । पानी भने हामीले नै व्यवस्था गरेका बोतलहरुमा खोल्सीहरुबाट भरेका थियौं । पानी पनि आसाध्यै चिसो छ । एक घुट्को निल्दा पनि दाँत कटक्कै हुने । भरपेट पिउने त कसरी हो ! जे छ त सबै चिसो मात्रै छ ।

तर, हाम्रो आशा भने न्यानो छ । सपना उज्यालो छ र ‘टार्गेट’ तातो छ । बिहानको १० बज्यो । गाउँतिर ७ बजेदेखि नै फुर्ति । सहर भर्खरभर्खर देखिँदै छ । ‘बाइनाकुलर’ को सहायताले हामी हाम्रो ‘टार्गेंट प्वाइन्ट’ थानकोटलाई हेरिरहेका हुन्छौं ।

जहाँ केही घन्टापछि हामी दुश्मनहरुसँग घमासान युद्ध लडिरहेका हुन्छौं । चारैतिरबाट शक्तिशाली दुस्मनका क्याम्पले घेरिएको त्यस क्याम्पमा लडाइँ जितेर यही स्थानमा आइपुग्नु हाम्रो लागि जति जटिल छ, त्यो लडाइँ त्यति जटिल छैन । कमरेडहरुका अनुहारको भावले भनिरहेछ– यो भीर–पहरा, यी जंगली काँडा, यी लहरा–बेरा, कसरी पार गर्ने ! त्यो समथर सहर, बाक्लो बस्ती, सबै हाम्रा सत्रु पो हुन् कि ? थाहा पाइहाले भने त्यस्तो ठाउँबाट उम्केर कसरी यहाँ आइपुगिएला ? लड्दालड्दै मोर्चामा कोही घाइते भइयो भने कसरी ल्याउने होला ? या घाइते हुनु भनेको दुस्मनको कब्जामा पर्नु र पीडादायी ढंगले बलिदान नै हुनु पो हो कि ? कोही सहिद भए अन्त्यष्टी कसरी गर्ने होला ? जानेभन्दा आउने चिन्ताले सताएको छ किनकि यो कुनै दुर्गम स्थानको लडाइँ थिएन, देशकै सबैभन्दा सुविधासम्पन्न र सुगम स्थानमा हामी पहिलो पटक मोर्चा कस्दै थियौं ।

चिन्ता पनि स्वाभाविक थियो किनकि हामी जनमुक्ति सेनाहरु दुस्मनका सामु लड्दालड्दै बलिदान हुनुमा जति गौरव गर्दछौं, त्योभन्दा बाहिर बलिदान दिनुलाई उत्तिकै पीडादायी ठान्दछौं । यहाँ भने हामीले घाइते अवस्थामा बलिदान दिनु या गिरफ्तारी दिनु परे पनि तयार हुनै पर्दथ्यो । त्यो आँटविना काठमाडौंमा आक्रमणका लागि अघि बढ्नै सक्दैनथ्यौं । दुस्मनको शक्तिशाली अखडा, राजधानीको केन्द्रमा गर्ने कार्बाहीमा हामीले बलिदानको कोटा बढी नै तिर्ने तयारी गर्नै पर्दथ्यो । तसर्थ, हामीले अन्तिममा भन्यौं– – यो कार्बाही गर्ने मौका हामी जनमुक्ति सनाका लागि ठूलो अवसर हो तसर्थ हामी सबै किसिमका बलिदान दिन तयार हुनु पर्दछ र कुनै पनि बहानामा यो मौका गुमाउनु हुँदैन । हामीले यो पनि बाचा गर्‍याैं कि अनावश्यक रुपमा हाम्रो शरीरलाई काँडाले पनि कोर्नेछैन र आवश्यकतामा हामी आफ्नो ज्यानको माया पनि गर्ने छैनौं । पार्टीको आदेश हामीलार्इ जीवनभन्दा प्यारो छ ।

अब अन्तिम तयारीतर्फ हामी लाग्छौं । हामी सबै जनसेना हरियो फौजी पोसाकमा सजिन्छौं । पिठ्युँमा हतियार भिर्छौं र बाहिरबाट ‘सिभिल’ ज्याकेट लगाउँछौं । काठमाडौंमा जनसेनाको आफ्नै फौजी बर्दीमा आक्रमण गर्ने लक्ष्यका साथ हामी यो तयारी गरिरहेका छौं । ‘टार्गेट’ मा पुगिसकेपछि ‘फर्स्ट फायर’ सँगै हामी ‘सिभिल ज्याकेट’ खोलेर जनसेनाको पोसाकमा हुनुपर्ने छ र ‘जनमुक्ति सेना जिन्दावाद’ को नारा घन्काउँदै आक्रमण गर्नुपर्ने छ । आक्रमण गरेको १० मिनेटभित्रमै सफल भएर फर्किन सुरु गर्नुपर्ने योजनासहित अन्तिम तयारी पूरा गरेर हाम्रा पाइलाहरु अगाडि बढ्न थाल्दछन् ।

हामीमा उच्च मनोबल, द्रुत गति, शिघ्र निर्णय, एक–अर्काप्रतिको आत्मीय भावना, टिमवर्क तथा टिमस्पिरिट पैदा भैसकेको हुन्छ । यी सबैको उचित संयोजनविना हाम्रो कार्बाही असफल हुने निश्चितै थियो । अन्त्यमा, साहस, साहस र फेरि पनि साहस मात्रै हाम्रो सफलताको मुख्य आधार हुन सक्थ्यो । यही नै अन्तिम विकल्प पनि ।

समयले शनैःशनैः हामीलाई थानकोटतिर डोर्‍याउँदै छ । जंगलका चराचुरुंगीले समेत भेउ नपाउनेगरी बिरालोको चालमा हामी अन्तिम सल्लाह गछौं र ‘टार्गेट’ तर्फ अघि बढ्छौं । हामी ‘टार्गेट’ देखि डेढ घन्टाको दुरी टाढै छौं । हामीले अपराह्नको ५ः४० मा पहिलो फायर खोल्ने योजना तर्जुमा गरिसकेका छौं । दिउँसोको २ बजे नै हामी चन्द्रागिरिको डाँडाबाट झरिसकेको छौं । थानकोट हाम्रो नजिक उपस्थित भैसकेको छ । तर, तोकिएको समय आउन अझै १ घन्टा बाँकी छ । हामी पुनः केही समय झाडीहरुमा टाँसिन्छौं । हरेक सेकेन्डहरु हाम्रा लागि पट्यारलाग्दा हुन्छन् । मनभरि कल्पनाहरु मडारिन्छन् । यो काठमाडौं, के सोच्दैहोलान् यहाँका मान्छेहरु ! के गर्दैहोलान् हत्यारा शासकहरु ! के हामीले काठमाडौं आएर दिउँसै आक्रमण गर्छौं भनेर यिनीहरुले सपना मात्रै भए पनि देखेहोलान् ? त्यस्तो ‘दूरदर्शी’ यिनीहरुमध्ये कोही होलान् कि ? छैनन् । ‘अब माओवादीले आक्रमण गर्न नै सक्दैन’ भन्नेहरुले कसरी देखून्, काठमाडौंमै आक्रमण गरेको सपना ! अहँ असम्भव । उनीहरुको त के कुरा, हामीलाई पनि कतिपय अवस्थामा काठमाडौंमै आक्रमण गर्दै छौं भन्ने कुरा विश्वाश गर्न कठिनजस्तो लाग्दथ्यो । जबकि हामी त्यसै दिन उपत्यकाभित्र ३ वटा क्याम्पमाथि एकै सेकेन्डमा आक्रमण गर्ने र भ्यालीमा रहेको स्पेसल फोर्सले हाम्रो सपोर्टका लागि क्रमशः उपत्यकाभरि २ घन्टासम्म आक्रमण गरिरहने योजना थियो ।

अन्तिम ‘मुभ’ गर्ने समयले हामीलाई बोलायो । पूर्वयोजनामुताविक अब हामी सहरी अल्लारे ठिटाठिटीको नक्कल गर्दै अगाडि बढ्छौं । माघ १ गतेको दिन । नेपालीहरु माघे संक्रान्तिलाई चाडको रुपमा मानाइरहेछन् । आज पनि मानिसहरु विभिन्न परिकारहरु खाइरहेका भेटिन्थे । हामी जानीनजानी अधुनिक गीतहरु गाउन कोशिस गर्दथ्यौं । तर, गुन्गुनाउँदै जाँदा क्रान्तिकारी गीतहरुमा पुग्थ्यौंं । अब अन्तिम समय आइपुग्छ– दुस्मनको क्याम्प… ।

वरिपरिका जनताको तत्कालीन प्रतिक्रिया हेर्दा कतिपयले त युद्ध भएको अनुमान समेत गरेनन् । बरु उनीहरुले कुनै ‘फिल्म’ को सुटिङ भइरहेको पो ठाने । उनीहरुले ‘फिल्म’ को नक्कली सुटिङ ठाने पनि हामीले भने वास्तविक ‘फिल्म’ देखाइरहेका थियौं । वास्तविक ‘फिल्म’ को एउटा ‘सिन’, जहाँ वास्तविक रुपमा नै दोहोरो गोली हानाहान भैरहेको छ र मर्नेहरु पनि सदाका लागि मरेका छन् ।

घडीको सुर्इले ठीक ५ः४० को संकेत दिन्छ । हाम्रा हतियारहरु पड्कन सुरु हुन्छन् । गोलीको आवाजसँगै नारा घन्कन सुरु हुन्छ– ‘जनमुक्ति सेना, नेपाल– जिन्दावाद !’ लडाइँ सुरु भयो । फायर सुरु भयो । नारा पनि सुरु भयो । केही समय अघिसम्मको व्यस्त काठमाडौं एकाएक ‘शान्त’ हुन पुग्यो । हामी सबै ‘सिभिल ज्याकेट’ फालेर जनमुक्ति सेनाको फौजी पोसाकको शानका साथ आक्रमणलाई तेज पार्छौं । हाम्रो आक्रमण तीव्रत्तर गतिमा अगाडि बढ्छ । दुस्मनको तर्फबाट पनि स्थिति या हाम्रो शक्तिबारे अनुमानै नगरी हाम्रा विरुद्ध लडिरहने दुस्साहस हुन्छ । निरंकुश शासकद्वारा नियन्त्रित, निर्देशित र भ्रमित सञ्चार माध्यामहरु त्यतिबेला पनि समाचारमा भनिरहेका छन्– ‘माओवादी आतंककारीहरु परास्त भइसके । अब उनीहरुले कहीं पनि कार्बाही गर्न सक्दैनन्… ।’

जबकि हामी उनीहरुको टाउकोमै हानिरहेका हुन्छौं । एकाएक भयानक भूकम्प गए झैं काठमाडौं थर्कन्छ । शक्तिशाली भनिने शाही रक्षकहरु कुन दुलोमा छन्, हामी देख्दैनौं । हामी यति मात्र थाहा पाउछौं कि उनीहरुमा ठूलो आतंक सिर्जित भैसकेको छ । जनमुक्ति सेनाको साहस र विवेकका अगाडि उसका तारबार दुर्इ मिनेट पनि टिक्दैनन् । वरिपरिका जनताको तत्कालीन प्रतिक्रिया हेर्दा कतिपयले त युद्ध भएको अनुमान समेत गरेनन् । बरु उनीहरुले कुनै ‘फिल्म’ को सुटिङ भइरहेको पो ठाने । उनीहरुले ‘फिल्म’ को नक्कली सुटिङ ठाने पनि हामीले भने वास्तविक ‘फिल्म’ देखाइरहेका थियौं । वास्तविक ‘फिल्म’ को एउटा ‘सिन’, जहाँ वास्तविक रुपमा नै दोहोरो गोली हानाहान भैरहेको छ र मर्नेहरु पनि सदाका लागि मरेका छन् ।

काठमाडौंमा माओवादीलाई प्रवेश गर्न नै नदिने ‘कसम’ खाएको शाही रक्षकहरुका लागि हाम्रो यो साहसिक कारबाही ‘आठौं आश्चर्य’ हुन्छ । निरंकुश सामन्ती शासन डगमगाए झैं देखिन्छ । निरंकुशताको मारमा परेका जनताहरुले मुक्तिको श्वास लिएजस्तो अनुभूति सर्वत्र हुन्छ । कसैलाई आफ्नो सत्ता गुमेजस्तो त कसैलाई अहिले नै सत्ता कब्जा भयोजस्तो । तर, यी दुवै कुा भएका थिएनन् । भएको यत्ति मात्र थियो कि, माओवादी जनयुद्ध अब अन्तिम विजयतिर उन्मुख छ र राजधानीमाथि नै आक्रमण गर्ने हैसियतका साथ ऊ काठमाडौं छिरेको छ ।

अनुभुतिको तीव्रतासँगै पहिलो ३ मिनेटमा हामीले दुस्मनको क्याम्पलाई आफ्नो नियन्त्रणमा लिन्छौं । ‘फेस टु फेस’ र ‘फास्ट टु फास्ट’ भएको त्यो आक्रमणको क्रममा हाम्रो तर्फ कार्बाहीका सहायक कमान्डर कमरेड शैलेशसहित दुर्इ जनालाई गोली लाग्दछ भने उनीहरुतर्फ इन्सपेक्टर सहित ११ जना सखाप हुन्छन् । दोस्रो ४ मिनेट हामीले ‘सर्च’ गर्‍याैं र अन्तिम ३ मिनेट नारा–जुलुस लगायौं ।

मोर्चामा लड्दै गर्दा भन्दा काठमाडौंमा लडाइँ जितेर नारा लगाउँदा हाम्रा छाती बढ्ता नै बढेर आए । जहाँ हामीले नारायणहिटीमै सुन्नेगरी ‘जनयुद्ध– जिन्दावाद ! नेकपा (माओवादी)– जिन्दावाद ! शाही सेना कहाँ छ– जनसेना यहाँ छ ! हत्यारो ज्ञानेन्द्र– मुर्दावाद !!’ आदिजस्ता नारा घन्कायौं । हँसिया–हथौडा अंकित रातो झन्डा दुस्मनको क्याम्पमा गाड्यौं । स्थितिको संवेदनशीलतालाई ख्याल गर्दै हामीले चौकीमा आगो लगाउने योजना रद्द गर्‍याैं । चौकीमा आगो लगाइएको भए घाइते भएका प्रहरीहरुको जीवन गुम्न जान्थ्यो । अर्कातिर सँगै रहेको तेलको ट्यांकर पड्केर सहरभरि आगलागी हुन सक्थो ।

यसरी हाम्रो कार्बाहीको पहिलो चरण सकिन्छ । अब सुरक्षित रुपले आक्रमण गर्दै, भिड्दै भए पनि आफ्नो आधार क्षेत्रतर्फ फर्कने भयानक चुनौती बाँकी नै छ । राजकाजी महर्जनजी थानकोटमै आइपुगेर घाइते कमरेड शैलेशलाई लिएर जानुभयो । हामीलाई धेरै ठूलो सहयोग भएको आभाष भयो । उहाँलाई कीर्तिपुरका जनताले आफ्नो काखमा सुरक्षित तरिकाले उपचार गरेर बचाए । त्यसपछि हामी ‘छापामार हाइ–वे’ तर्फ अघि बढ्न थाल्छौं । घरका छतहरुमा हामीलाई हेर्ने जनताको ताँती देखिन्छ । एउटा बोर्डिङ स्कुलका शिक्षक–शिक्षिकाहरुले त छतबाटै भने– ‘कमरेडहरु ! बधार्इ छ तपाईहरुलाई !!’

हामी कल्पनाबाहिरको यो बधार्इ र स्वागतले हर्षविभोर हुन पुग्छौं र भन्छौं– ‘हामी जनमुत्तिm सेना हौं । अब हामी काठमाडौं प्रवेश गर्दैछौं र छिट्टै नै सामन्ती निरंकुशताबाट देशलाई मुक्ति दिलाउने छौं । यात्रा जारी छ ।’

केही मिनेटपछि वस्ती सकिन्छ र ‘छापामार हाइ–वे’ सुरु हुन्छ । तर, वस्तीकै बीचमा डिभिजन कमान्डर विविधको फोन आउँछ । ‘शरदजी ! तपार्इंहरुकोतिर के भो ?’ उहाँले सुरुमै सोध्नुभयो । मैले भनें– ‘हामीले जित्यौं ।’ उहाँले फेरि सोध्नुभयो– ‘उपलब्धि र क्षति ?’ मैले जवाफ फर्काएँ– ‘जम्माजम्मी २४ थान हतियार, हाम्रोतर्फ २ जना कमरेड सामान्य घाइते, उनीहरुकोतर्फ इन्स्पेक्टरसहित करिब ११ को मृत्यु ।’

‘बधार्इ छ तपाईंहरुलाई ! सुरक्षित तवरले फर्कनुहोला ।’ कमान्डरप्रति कृतज्ञ हुँदै मैले धन्यवाद फर्काएँ र कुनै पनि हालतमा उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता जनाएँ । हामी खुशी हुँदै यात्रा अगाडि बढाउदै छौं ।

एकै छिनमा कमान्ड इन्चार्ज कमरेड अनन्तको फोन आयो । उहाँले भन्नुभयो– ‘शरदजी ! तपाईंहरुले जितेको कुरा मैले थाहा पाइसकें, तपाईहरुलाई अध्यक्ष कमरेडको पनि बधार्इ छ र पूर्वी कमान्ड इन्चार्ज कमरेड बादलले पनि बधार्इ दिनुभएको छ अनि मेरो पनि हार्दिक बधार्इ ! सुरक्षित तरिकाले रिट्रिट हुनुहोला ।’
एकै छिनमा कमान्ड इन्चार्ज कमरेड अनन्तको फोन आयो । उहाँले भन्नुभयो– ‘शरदजी ! तपाईंहरुले जितेको कुरा मैले थाहा पाइसकें, तपाईहरुलाई अध्यक्ष कमरेडको पनि बधार्इ छ र पूर्वी कमान्ड इन्चार्ज कमरेड बादलले पनि बधार्इ दिनुभएको छ अनि मेरो पनि हार्दिक बधार्इ ! सुरक्षित तरिकाले रिट्रिट हुनुहोला ।’

उहाँले हाम्रो जटिलताई बुझेर यति छिटो आफ्नो भनाइ टुंग्याएजस्तो लाग्यो मलाई । मनमनै सोचें नेतृत्वले यसरी समस्या बुझिदिएपछि हामी जस्ता कठिनाइहरुलाई पनि सहजै सामना गर्न सक्दछौं । अझै पनि फोनको घन्टी बजिरहेकै छ । क्रमशः ब्युरो इन्चार्ज कमरेड उत्तम र ब्रिगेड कमिसार कमरेड भीष्मबाट पनि बाटोमा नै यात्राकै क्रममा बधार्इ पाइयो । दुस्मनबाट कब्जा गरिएका सञ्चार सेटहरबाट उनीहरुमा फैलिएको आतंक र साथीहरुसँगको फोन सम्पर्कबाट जनतामा देखिएको आनन्दका कारण गौरवबोध गर्दै हामीले आफ्नो यात्रा आधारक्षेत्रतर्फ अघि बढायौं ।

हामीले आदरणीय सहिद कमरेड कृष्ण सेन् ‘इच्छुक’ लाई सम्झँदै थानकोटदेखि चन्द्रागिरिसम्मको घनघोर उकालो काट्यौं । इच्छुकले प्रिय ठानेको चन्द्रागिरि हाम्रा लागि अभिशाप हुने कुरै थिएन । दिउँसो थानकोट जितेका हामीले रातभर जोगाएर ती उपलब्धि आधारक्षेत्रका जनता र पार्टीलाई भोलिपल्टको बिहानीमै जिम्मा लगाइदियौं ।

असार १२ गते, २०७२ - ०६:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा छन्...   

शतप्रतिशत नतिजा निकाल्दै चितवन राइनोज फाइनल प्रवेश

काठमाडौं । मुलुककै पहिलो महिला च्याम्पियन्स लिगमा चितवन राइनोजले शतप्रतिशत खेलमा जित निकाल्दै फाइनल...   

प्रचण्डको गुनासो –अध्यक्ष ओलीले पुर्व सहमति कार्यान्वयन गरेनन् र धोका दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट...   
एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

काठमाडौ । यतिबेला नयाँ नेतृत्व चयनका लागि गैर-आवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए)को नवौं विश्व...   
एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को जारी मतगणनामा अध्यक्षका प्रत्यासी कुमार पन्तले अग्रता...   
नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पदमा कसलाई ल्याउने...   

महरालाई आज अदालत लगिने, म्याद थप होला कि नहोला

काठमाडौं । यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top