Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

ज्योति

\"gk_pokhrel_article\"‘लाग्ने जत्ति सप्पै उपाय लगाउनुपर्यो, डाक्टर साप ।’ सन्तानको नाममा रहेकी एउटी मात्रै छोरी अस्पतालको शैयामा सुताउनुपरेको पीडाले महेन्द्रमान देउला आँखाभरि पानी बोकेर बर्बराइरहेको थियो । ‘सकेजति गरेकै छौँ त !’ एउटी २०/२२ वर्षकी सिकारु डाक्टर केटी समिता देउलाको शरीरनजिक गई । र, अक्सिजन ओइर्याउन थाली । ‘हे, भगमान् ! के भाको होला एस्तो ।’ बर्बराउन थाल्यो महेन्द्रमान अन्तर्पीडाको तोडमा । अस्पतालबाहिर कुर्सी छ । बिरामी कुरुवा बस्ने । उसकी पत्नी, भाइसाला, छरछिमेकी आएका छन् सान्त्वनाका केही शब्द बोकेर । र, समिताका बालसखासमेत रसिला आखा पारेर । भित्रको शुभ समाचारको आशामा छन् सबै । आँखालाई आई.सी.यु. लेखेको ढोकाबाट आएको घरको भित्रीबाटोतर्फ मोडेर बसिरहेका । महेन्द्रमानले एकचोटि छोरीको छाती नियाल्यो । भित्रबाट बाहिर प्रस्थान गर्नुअघि । हप्पहप्प गरिरहेकोे छ । ‘अब अर्कोचोटि देख्दा मूढोजस्तो लडेकी छोरीलाई सेतो कपडाले मोरेको देख्नु नपरोस्,’ मनमनै हुँडलियो । दुवै हातले आँखा छोप्यो । सिलिङतिर फर्कियो । र, खुइ्य गर्यो । बिस्तारो गतिहीन पाइला चाल्यो । सोच्यो– ‘कसले के कुरा लगाइदियो र छोरीले यस्तो निर्णय गरी ? अर्काको बहकाउमा लाग्ने केटी त थिइन । कतै कुनै केटाले दुई जीऊ त बनाइ’द्या थेन ?’ छि..! छि...! छि...! छि ! कस्तो अपराध सोचेको आफ्नै छोरीमाथि ? एकछिन अकमकियो । आज उसलाई म समिताको बाबु हुँ भन्न पनि मन लागेको छैन । हिजै मात्र एस.एल.सी.को रिजल्ट आएको दिन । छिमेकीलाई फुइँ लाउँदै हिँडेको थियो, ‘मेरी छोरी समितेले कुलकै इज्जत राखी र डेस्टिनेसनमा एस.एल.सी. गरी ।’ त्यो पनि कम्ती हो र ? स्कूलकै फस्ट गरेर । आज त्यही छोरी लमतन्न छे । ओच्छयानमा तेर्सिएकी । डाक्टर, नर्स, एक्स–रे यन्त्र, अरू पनि कत्ति–कत्ति किसिमका यन्त्र÷औजारहरू उसको शरीरमा टाँसिएका छन् । परीक्षण गरिरहेका छन् । किसिमकिसिमका डाक्टरी रिपोर्टहरु छिनको छिनमा तयार हुन्छन् । र, एउटा रातो रङको बिल काटिन्छ । बिलको भुक्तानीकर्ता हुन्छ, महेन्द्रमान देउला । ‘आधा घण्टामा था’पार त ल्याकै हम् ।’ दिलरुपा साथीभाइ इष्टमित्रलाई स्पष्टीकरण दिइरहेकी थिइन् । महेन्द्रमानकी पत्नी जो हुन् उनी । ‘के भएर यस्तो गरी त तेल्ले ?’ एउटा झीनो आवाजले समिताको लागि श्रद्धाञ्जलीको पूर्णगुच्छा अर्पण गर्यो । ‘बिचरा...! च्व...च्व...!’ अर्को आवाज पनि थपियो लगत्तै । सबैतिर नजर पुर्याउन भ्याएन महेन्द्रमान देउलाले । उसको आँखाका गेडा मात्रै उसको शरीरमा थिए । दृष्टिचाहिँ भित्र छोरीका मुखमा देखिन थालेको हरियो फिँजमा गएर ठोक्किन्थ्यो । ०००   ०००   ००० सम्झिँदा सम्झिँदै उसले दिलरुपा सुत्केरी भएको दिन सम्झियो । त्यसदिन पनि ऊ यसरी नै न भित्र न बाहिर भएर डुलेथ्यो । भित्र दिलरुपा छटपटाउँथी, चिच्याउँथी– ‘मार्यो नि तेस्का बाउले । ...आइया ! ...आमा ...मरे“ ...।’ आधारात जतिसम्म नै भित्र घम्साघम्सी चलेको थियो । नर्स र दिलरुपाको । अन्त्यमा बेस्सरी चिच्याएको आवाज सुनिएको थियो । महेन्द्रले सोचेको थियोे– ‘सिद्धेछ दानापानी दिलरुपाको । अब फेरि कहिल्यै रुने छैन । जँड्याहा भनेर कहिल्यै सराप्ने छैन । यस्ता पोडेका हातमा सुम्पेर जिउ“दै जलाए बाउआमाले भनेर पनि दुःख पोख्ने छैन । टन्टै साफ ।’ एउटी केटीले दुगुर्दै आएर भनेकीे थिई– ‘बाजे भाग्गेमानी हुनुहु“दो रहेछ । लक्ष्मी भित्रिइन् । तपाईंको घरमा ।’ ‘अनि आमाचै“लाई कस्तो छ ?’ महेन्द्रमानलाई स्वास्नीको माया लाग्यो नवजात शिशुको भन्दा पनि । ‘पीडाले गर्दा बेहोस् भा’को मात्रै हो । एकैछिनमा होस् खुल्छ । अनि लानुहोला घरमा ।’ नर्सले दिलरुपा सहिसलामत छे भन्ने सुनाई । महेन्द्रमानलाई हर्षले आकाशै छु“लाजस्तो भो । दुईजना आएका तीनजना भएर गए । मनोहरा किनारको सुकुम्बासी टोलमा एउटा सानो झुप्रो बनाएको थियो महेन्द्रले मिस्तिरी गरेर । टुक्रे ईट्टा जोडेर नै भए पनि । पानीबाट जोगिन्थ्यो । तर, घामबाट जोगिँदैनथ्यो । सातफिटे घर ।  टाउकामा टिन थियो । दिउँसो त तातेर आगोजस्तै हुन्थ्यो । रापिएको कोठामा दिउँसो बस्दा हैरान हुन्थ्यो दिलरुपालाई । पहिले त नाङ्लामा चुरोट, सुपारी, चुइँगम, बिस्कुट, चाऊचाऊ बेच्थी । महिनामा दुईचार सयको जोहो गर्थी । र, पर्दाओर्दा खुत्रुके फुटाइहाल्थी । अब लक्ष्मीको जन्म भएपछि उसलाई यी कुनै कुराको फुर्सद हुँदैनथ्यो । दिनभरि छातीको दुवैपट्टि झुन्डिएका लाम्टामा पालैपालो झम्टा मार्थी लक्ष्मीले । दिनदिनै ज्यान सुक्तै गयो दिलरुपाको । तर लक्ष्मी भाक्कभुक्क परेकी थिई । स्कूल पढ्न थालेपछि दिउँसो फुर्सद हुन थाल्यो । दिलरुपा अब लेडिज ज्याकेट, किसिम किसिमका पाइन्ट र आइमाईका भित्री लुगाको पसल थापेर बस्न थाली ग्वार्को जानेपट्टि पेटीमा । कोटेश्वरमा । हरेकपल्टका बन्द हड्तालले गर्दा बढेको महङ्गी फेरि कहिल्यै घट्दैनथ्यो । यसको जायज वा नाजायज जे भए पनि यिनै मध्यमवर्गका व्यापारीले फाइदा उठाउँथे । एउटा गरिबको बाध्यता खरिद गथ्र्यो अर्को गरिबले, ‘घिऊ कहाँ पोखियो दालमा’ भनेजस्तै भएको थियो दिलरुपालाई । ऊ आफ्नो कमाइ फाइनान्समा बचत गर्थी । महेन्द्रमानको कमाइले घरव्यवहार चल्थ्यो । महेन्द्र लास पाएको दिन शोभाभगवती र पशुपतिमा लास पोल्न जान्थ्यो । नपाएको दिन कहिले मिस्त्री र कहिले हेल्पर भएर गगनचुम्बी महलहरूका गारो ठड्याउँथ्यो । नाचघर सपिङ कम्प्लेक्स, अष्टनारायण हल, कान्तिपुर मल, जनमैत्री हस्पिटल, मनमोहन कलेज सबै विल्डिरूको सिमेन्टमा महेन्द्रमानको पसिना पुगेको थियो । मसला भिजाउन मद्दत गरेको थियो । अर्थात्, उसको पसिना ज्यालादारीको नाममा बिक्री भएको थियो । ०००   ०००   ००० एकदिन बाइसधारा घुमेर फर्किंदा महेन्द्रले छोरीलाई भन्यो– ‘लक्ष्मी यो ठूलो घर छ नि, त्यो मैले नै बनाएको हो ।’ ‘यो घर होइन अस्पताल हो,’ लक्ष्मी उर्फ समिताले बाबुलाई भनी । ऊ प्रज्ञाज्योति बोर्डिङ स्कूलमा आठ कक्षामा पढ्थी । जनमैत्री अस्पताल । ग्राउन्डमा पुतलीजस्तै फुरुकफुरुक नाचिरहेका थिए स्टाफ नर्सहरू । मध्येका अग्ली केटीलाई औँल्याउँदै लक्ष्मीले भनीे– ‘म पनि ठूलो भएपछि डाक्टर पढ्छु ।’ ‘हुन्छ नि त । तै“ले जे भन्छेस् ।’ महेन्द्रले पनि बाबु हुनुको सान देखायो । उसले के बुझोस् ? डाक्टरी, इन्जिनियरिङ र साइन्सजस्ता विषयहरू पढ्न कति गाह्रो छ । निम्न आय भएकाहरुका लागि पहु“चबाहिर छ भन्ने कुरा । त्यस दिनदेखि लक्ष्मीले मनमा एउटै ध्याउन्न हुर्काउन थाली । ठूलो भएपछि डाक्टर बन्ने । सेतो कोट लगाउने । बिरामी जाँच्दै, टिचिङ, मनमोहन, जनमैत्री, बि.एन्ड.बि., वीर, मोडल अस्पतालमा हिँड्ने । कारमा । रातो...। कालो, नीलो । खालखालका कारमा । फेरी फेरी...। दिनैपिच्छे । ०००   ०००   ००० महेन्द्र कहिले लास जलाउ“थ्यो । कहिले महल ठड्याउ“थ्यो । एकनासले । दिलरुपा अब घडेरी खोज्न थालेकी थिई । सस्तो र राम्रो । पसिना बगाएर कमाएको पैसा थन्क्याउन नपाएकाले दिलरुपाको निद्रा नै गायब भएको थियो । जग्गा दलाली खोज्न थाली । नभन्दै साहन्साह होटलको कम्पाउण्ड वाल पछिल्लो धापासी जाने बाटो । तीनआना जग्गा । तर, चुच्चोचुच्चो नक्सा भएको । घडेरी जोडे । स्वास्नीको लगन र बुद्धि देखेर महेन्द्र दोस्रोपल्ट दङ्ग प¥यो । पहिलोपल्ट दिलरुपालाई भगाएको दिन दङ्गदास भएको थियो । उता समिताको मनमा डाक्टर बन्ने सपना मौलाएको थियो । ठूलो मान्छे बन्ने धुनले बिस्तारो आकार ग्रहण गर्न थाल्यो । पढाइमा झन्भन्दा झन् ध्यान दिन थाली । कक्षा ८ बाट नौमा जाँदा फस्ट भएर स्कूललाई चकित पारिदिई । आठमा भन्दा नौमा नौमा भन्दा दशमा उसको पढाइ अझै सुध्रिँदै गयो । समिताले स्कूलको नाम नै राख्छे । स्कूलका मास्टरलाई गौरव थियो समितामाथि । हेर्दामा समिता मरन्च्याँसे थिई । जण्डिसले खाएको जस्तो । सुकेज्यान । अझ त्यसमाथि ज्यानमा खुन नै नभएकोजस्तो । पिठोजस्तै सेतो जिऊ । पढ्दापढ्दै सुकेर भाटोजस्तै भई त्यसमाथि । ०००   ०००   ००० एस.एल.सी.को रिजल्ट आयो । समिता रिजल्ट हेर्न गई । बाबुलाई पनि साथै लिएर । असारको दोस्रो हप्ता । मध्यान्हपख । ठूलो पानी पर्यो । पानीझरीको समेत कुनै पर्वाह गरेनन् । महेन्द्र र समिताले खुसी मनाए । लड्डु, चक्लेट, मिल्कसेक के के जाति बाँडिरहे । महेन्द्रले सबैका सामू छाती फुलाएर भन्यो– ‘समितेले डेस्टिनेसनमा एस.एल.सी.गरी ।’ बेलुका परिवारको आपतकालीन बैठक बस्यो । उक्त बैठकमा समिताले आफ्नो ड्रिम प्रोजेक्ट सुनाई– ‘म डाक्टर बन्न साइन्स पढ्छु ।’ ‘म कसरी पढाउन सक्छु र छोरी ?’ ‘साहन्साहको जग्गा बेच्नुपर्छ ।’ ‘हुँदैन । बल्लबल्ल जोडेको धन बेफ्वाँकमा किन उडाउने ?’ ‘त्यसो भए म पढ्दै पढ्दिनँ ।’ ‘त्यसो भनेर कहाँ हुन्छ र छोरी । घाँटी हेरेर पो हाड निल्नुपर्छ त ?’ ‘त्यसो भए मलाई किन डाक्टर पढाउँछु भन्नुभो त त्यतिखेर ।’ ‘राम्ररी पढ्नुपर्छ भनेर पो त लाटी ।’ ‘त्यसो भए बाबाले मसँग झुट बोल्नुभाँको ?’ ‘यो सम्पत्ति पनि उसैको हो । हाम्रो अचल मात्रै होइन । सम्पूर्ण सम्पत्ति हो ऊ । जे गर्छे गरोस् । बेचेर पढे पनि उसैको, नबेचे पनि । म त भन्छु बेचिदिउ“ जग्गासग्गा ।’ ‘एक साललाई त पुग्छ । अर्को साल नि ? के आफैँलाई बेच्न थाल्नु ?’ बैठकको अन्तिमअन्तिम समयमा आएर महेन्द्रमानले प्रस्ताव राख्यो । यो प्रस्तावको जवाफ आमाछोरी कसैले पनि दिन सकेनन् । आजसम्म छोरीका सबै आवश्यकता पूरा गरेर आइयो । राम्रो पढ्छु भन्दा पढाउन पनि नपाइने कस्तो कर्म ? महेन्द्रमानले आफै“लाई धिक्कार्यो । थुईक्क पाजी ! खुब बाबु भइखा’को नामर्द ! ‘छोरी म भोलि पशुपतिक्षेत्र विकासकोषमा जान्छु र रिन माग्छु,’ आस्वस्त आ“खा अझै ओइलाएका थिएनन् । बैठक निकै लामो चल्यो । निष्कर्ष निकाली समिताले– ‘पढाउनै नसक्ने भए किन जन्माएको त ?’ ‘त्यसो नभन छोरी ! तँलाई तेरो बाउले एकछाक भात खाको भराँ पढाका हुन् त्यस्तो दोष लाइस् भने पाप लाग्छ,’ दिलरुपा लोग्नेको रक्षाकवच भएर बोली । ‘आजसम्म मैले तपाईंहरुलाई जति दुःख दिएँ दिएँ । अब कहिल्यै पनि दुःख दिन्नँ,’ प्रतिपक्षी चेतावनी दिएर समिता उसको कोठातिर पसी । एकैछिनमा कोठामा वाक्क वाक्क र थु...थु, हुँ...हुँ आवाज सुनियो । दिलरुपाले खोलाको डिलपट्टिको झ्यालबाट भित्र चियाई । समिता छटपटाइरहेकी थिई । हतार हतार ट्याक्सीमा हालेर वीर अस्पताल पुर्याए । ०००   ०००   ००० सम्झीसम्झी किक्ककिक्क गर्दै रुन थाल्यो महेन्द्रमान । घण्टौँदेखि बिरामीकुरुवा कुर्सीमा बसेको छ । स्वास्नी आफन्त कोही पनि सम्झेन उसले । बारम्बार छोरीको एउटै मात्र कुराले छोइरह्यो– ‘पढाउनै नसक्ने भए किन जन्माएको त ?’ फ्ल्यास ब्याकमा टेलिसिरियलमा देखाएजस्तो उसको मनमा आवृत्ति भइरह्यो खिटिकखिटिक धेरैपल्ट । दिलरुपाको आँखादेखि गाला, चिउँडो हुँदै ठूला–ठूला नुनका ढिकाजस्ता आँसुका ढिका खसे । झोलिएका छातीमा । दिलरुपाको काँधमा हात राखेर लामो सुस्केरा काढ्यो । र, भित्र चियायो । एकछिनपछि भित्रबाट एउटा चक्का भएको खाटमा ठेल्दैठेल्दै समितालाई बाहिर निकाले । आँखा खुल्लै थिए लक्ष्मी उर्फ समिताका । तर, ज्योति थिएन । मुख खुलेको थियो । तर, आवाज थिएन । छेउमा सुदामा सपनाको फोसिल विम्ब ङिच्च गरेर हाँसिरहेको थियो । लक्ष्मी उर्फ समिताको आँखाको ज्योति अझै चम्किरहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies