/  Mon, April 24, 2017

नेप्से चार अङ्कले घट्यो

nepse(13)५ असार, काठमाडौँ । यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.७५ अङ्कले घटेर अन्तिम दिन ९२४.६० अङ्कमा पुगेको छ ।

गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.७९ अङ्कले बढेको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १५१ कम्पनीहरुको सात हजार ५८ कारोबारबाट ९८ करोड ५७ लाख १८ हजारबराबरका २८ लाख ९५ हजार आठ सय ३० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ३९.१६ प्रतिशत कम हो । गत साता १५४ कम्पनीहरुको १० हजार ७७६ कारोबारबाट एक अर्ब ६२ करोड पाँच लाख ७२ हजारबराबरका ३९ लाख ८८ हजार ४० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

यसैगरी समूहगत परिसूचकहरुको उतारचढावमा वाणिज्य बैंक समूहको परिसूचकमा ५.०६, विकास बैंक समूहमा ४.४९, वित्त कम्पनीको परिसूचकमा ३.६६, जल विद्युत् कम्पनीको परिसूचक ६.६९ र अन्य कम्पनीको परिसूचकमा ४.७ अङ्कले घटेको छ ।

त्यसैगरी यस साता होटेल समूहको परिसूचकमा ९.५६, बिमा समूहको परिसूचकमा ११.५२, उत्पादनमूलक समूहको परिसूचकमा १७.३४ अङ्कले बढेको थियो भने व्यापार समूहको परिसूचकमा कुनै परिवर्तन नभएको नेप्सेले जनाएको छ ।

‘क’ वर्गका कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.१३ अङ्कले घटेर १९७.७१ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किम अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याको आधारमा सेन्चुरी कमर्सियल बैंक अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लतालाई बिर्साउने समीक्षा बस्नेतको श्वर (भिडियोसहित)

लतालाई बिर्साउने समीक्षा बस्नेतको श्वर (भिडियोसहित)

काठमाडौं । नेपाली गायिका तारादेवीलाई बिर्साउने गीत गाउँन सक्ने समीक्षा बस्नेतले हिन्दी गीत पनि उस्तै...   
आज पनि बस्न सकेन मन्त्रिपरिषद् बैठक

आज पनि बस्न सकेन मन्त्रिपरिषद् बैठक

काठमाडौं, २७ चैत । संविधान संशोधनको नयाँ प्रस्ताव पेश गर्ने भनिएको मन्त्रिपरिषद्को आइतबार बस्ने भनिएको...   
फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा शक्तिशाली भूकम्प

मनिला, २६ चैत । फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार शनिबार ३ बजेर ८ मिनेट जाँदा...   
संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता गर्छौंः प्रचण्ड

संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता गर्छौंः प्रचण्ड

काठमाडौं, २६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको अर्को नयाँ प्रस्ताव दर्ता...   
चुनावी प्रचारको नयाँ शैली अपनाउँदै विवेकशील पार्टी

चुनावी प्रचारको नयाँ शैली अपनाउँदै विवेकशील पार्टी

काठमाडौं, २६ चैत । स्थानीय तहको निर्वाचन नजिकिएका बेला युवाहरुले नयाँ किसिमको चुनावी प्रचार शैली अपनाएका...   
वैद्य माओवादीमा अर्को भाँडभैलो

वैद्य माओवादीमा अर्को भाँडभैलो

काठमाडौं, २६ चैत । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा फेरि अर्को भाँडभैलो शुरु भएको...   
ओली उपचार गर्न बैंकक लागे

ओली उपचार गर्न बैंकक लागे

काठमाडौँ, २६ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि आज थाइल्यान्डको बैंकक प्रस्थान...   
तेस्रो विश्वयुद्ध निम्त्याउँदै अमेरिका ! शक्ति राष्ट्रहरु विभाजित

तेस्रो विश्वयुद्ध निम्त्याउँदै अमेरिका ! शक्ति राष्ट्रहरु विभाजित

काठमाडौं, २५ चैत । सिरियामा विद्रोहीको कम्जामा रहेको शहर इडलिवमा ‘रासायनिक’ हमलामा कम्तीमा ८० जनाको...   
अमेरिकी कम्पनीसँग वाइड बडी जहाज खरिद सम्झौता

अमेरिकी कम्पनीसँग वाइड बडी जहाज खरिद सम्झौता

काठमाडौं, २५ चैत । नेपाल वायुसेवा निगमले अमेरिकी कम्पनीसँग वाइड बडी जहाज खरिद गर्ने सम्झौता गरेको...   
अमेरिकाको पक्षमा फ्रान्स र जर्मनी, असदलाई नै दोषी देखाइयो

अमेरिकाको पक्षमा फ्रान्स र जर्मनी, असदलाई नै दोषी देखाइयो

पेरिस, २५ चैत । सिरियामाथि अमेरिकाले थालेको आक्रमण जायज भन्दै फ्रान्स र जर्मनीले सिरियाका राष्ट्रपति...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top