Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

नायिका जोसँग सर्वसाधारणले सार्वजनिक रुपमा गरे दुव्र्यवहार

\"main५ असार, नयाँ दिल्ली । बलिउड नायिकाहरु धेरैपटक फिल्मको प्रोमोशनको लागि भिन्न–भिन्न देशहरुमा जानुपर्छ तर थप्रै पटक त्यो उनीहरुका लागि नराम्रो सपना साबित भएको छ । प्रशंसकहरुको उत्साह त तैनाथ गरिएको सेक्युरिटीलाई पनि वास्ता गर्दैन र त्यसको उल्लंघन गर्दै यस्तै हर्कत गर्छन् जसले अभिनेत्रीहरुलाई समस्यामा पार्ने गर्दछ । यी हुन् बलिउडका केही नायिका जो सार्वजनिक स्थलमा नराम्रो व्यवहारको शिकार भएका छन्ः \"1\"१. कोइना मित्राः सन् २००८ को नयाँ वर्षको सुरुवात तपाईंको लागि जतिधेरै राम्रो भएपनि भारतीय मोडल र अभिनेत्री कोइना मित्राका लागि त्यो वर्षको सुरुवात राम्रो भएन । कोइना मुम्बईको सहारा स्टार होटलमा आफ्नो प्रस्तुती दिँदै थिइन् । कार्यक्रमको क्रममा उनका एक प्रशंसकहले उनलाई अंगालो हालेर उनीसँग फोटो खिच्ने मनसाय व्यक्त गरे । उक्त कुरा सुनेपछि कोइनाले तुरुन्त सेक्युरिटीलाई बोलाएर उनलाई त्यहाँबाट भागाइन् । पछि ती व्यक्ति भीआइपी लजमा आएर कोइनालाई हात मिलाउने बहानामा उनलाई थप्पड हाने । त्यति धेरै सुरक्षा हुँदाहुँदै पनि ती व्यक्तिलाई उनीहरुले रोक्न सकेनन् । \"2\"२. बिपाशा बसुः ‘राज थ्री’ को प्रोमोशनको क्रममा फिल्मको पूरै टिम अहमदाबादको एक मलमा गएका थिए । तर मलमा आएमा मानिसहरु बिपाशालाई देखेर यतिधेरै उत्साहित भए कि त्यहाँको सबै सुरक्षा घेरा तोडेर उनीहरु बिपाशातर्फ आफ्नो हात बढाउन पुगे । भीडमा कसैको हात बिपाशाको स्कर्टमा पुग्यो र ती व्यक्तिले उनको स्कर्ट नै तान्न लागे । आफ्नो स्कर्ट बचाउने प्रयास गर्दागर्दै बिपाशाको हातमा सानो चोट पनि लागेको थियो । \"3\"३. इशा देओलः सन् २००५ मा फिल्म ‘दस’ को प्रोमोशनको लागि इशा पूना गइन् । त्यहाँ पुग्दा उनको प्रशंसकहरुले उनलाई घेरे । भीडको फाइदा उठाउँदै एक पुरुषले उनलाई आपत्तिजनक तरिकाले छुने प्रयास गरे जसको प्रतिबाद गर्दै उक्त पुरुषलाई एक थप्पड हानिन् । त्यसपछि ती पुरुष त्यहाँबाट तुरुन्त भागे । \"4\"४. गोहर खानः कार्यक्रम प्रस्तोता तथा नायिका गोहर खानलाई एक कार्यक्रममा थप्पड हाने । ‘इन्डियाज रअ स्टार’ नामक कार्यक्रममा छोटो पहिरनमा प्रस्तुत भएको भन्दै उनका प्रशंसकले रिसाएर उनीलाई थप्पड हानेका थिए । \"5\"५. सुष्मिता सेनः उनी पुणेस्थित एक आभूषणको पसलको उद्घाटन गर्न गएकी थिइन् । जब मानिसहरुले उक्त पसलमा सुष्मिता आउँदैछिन् भन्ने थाहा पाए तब त्यहाँ थुप्रै मानिसहरु एकत्रित भए  । भीडलाई देखेर सुष्मिता आफ्नो कारतर्फ बढिन् तर चारैतर्फ मानिसहरुले उनलाई धकेल्न थाले । त्यहाँ उपस्थित सुरक्षा गार्डलाई स्थितीलाई कन्ट्रोल गर्न गाह्रो भयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies