Khabar Dabali Logo
  October 21, Mon

आफ्नै फ्यान खोजेर आउँदो साल बिहे गर्छु -सुनिता दुलाल

सुनीता दुलाल नेपाली लोक गायन क्षेत्रको चर्चित नाम हो । तिज गीत  र  आफ्नै म्युजिक भिडियोमा अभिनयमार्फत चर्चाको  सगरमाथा चुमेकी दुलाल यसै वर्षभित्र विवाह बन्धनमा बाँधिदै छिन् । ‘मलाई विवाहको प्रस्ताव गर्ने प्रायः त मेरो फ्यानहरु नै हुनुहुन्छ ।’ खबरडबलीका लागि सुदीप विश्वकर्मासरिता कार्कीले गरेको कुराकानीमा उनले भनेकी छिन्, ‘मेरो विवाह फ्यानसँगै हुन्छ ।’

० तपाईं जन्मेको जलबीरेमा सानो छँदा घाँस दाउरा गरेको याद छ ?

हाम्रो ठूलो परिवार छ र निकै ठूलो खेतीपाती । परिवारले  मात्र नसक्ने भएका कारण हामीले खेतमा काम गर्ने मान्छे राखेका थियौं । घरकी कान्छी छोरी म, दाइको छोरा–छोरीलाई पढाउने जिम्मेवारी लिएर बजार (जलबिरे) को घरमा बस्दथें । सुरुमा म निजी विद्यालयमा पढ्थें तर एक्कासी सबै नीजि विद्यालय बन्द भएपछि सरकारीमा भर्ना भएको थिएँ । सरकारीमा भर्ना हुँदा तीन कक्षामा पढिरहेकी म एकैपटक आठमा जम्प भएँ । जसका कारण मलाई पढाईमा निकै प्रेसर थियो । बिहान कोचिङ र सधैं दाइको छोराछोरीलाई खाना बनाएर खुवाउनुपर्दा मैले सबै समय त्यसैमा व्यतित हुने गर्दथ्यो । घरका अन्य सदस्य खेतमा जानु हुन्थ्यो । म पनि बिदाको दिन जान्थेँ । मलाई खेतको सबै काम गर्न आउँछ । घाँस काट्न, भारी बोकेरै नहिँडेपनि त्यसको अनुभव छ । मेरो ड्याडी पशु चिकित्सकका साथै कृषक पनि हुनुहुन्थ्यो । हामीले अर्गानिक खेतीतर्फ बढी जोड दिएका थियौं । तरकारीमा पानी हाल्ने खेतमा जान्थें । मकै गाड्ने, भाँच्ने, असारमा धान रोप्ने काम मैले सबै गरेको छु ।

Sunita_Dulal_Breaking० खेतीपाती गर्दै गर्दा के सोच्नुहुन्थ्यो ?

सानोमा म शिक्षिका बन्छु भन्ने ठूलो धोको थियो । मेरो दाइ घमेश दुलाल म सानो हुँदा नै गायकको रुपमा स्थापित भइसक्नुभएको थियो । म विद्यालय जीवनमा राम्रो नाच्ने गाउने गर्थें । कक्षा ८ मा पढ्दा दिनदिनै अरुणा लामाको गीत गाउनुपर्दथ्यो । त्यतिबेला निकै मन लगाएर गीत गाउँथे । सबैले स्वर राम्रो भएको टिका टिप्पणी गर्दथे । सबैले यसो भन्दा निकै खुसी लाग्थ्यो । कुनै बेला गायिका बन्छु भन्ने सोच त थियो तर पहिलो एल्बमबाटै यति चर्चा पाउँछु भनेर सोचेकै थिइनँ । सिन्धुपाल्चोकबाट काठमाडौं आएपछि मैले एक विद्यालयमा पढाएँ । एसएलसी दिएपछि आफ्नै स्कूलमा पनि चार वर्ष पढाएँ । विभिन्न एफएमहरुमा काम गरें । यही चरणहरु पार गर्दै अहिले गायिका बनेकी छु । यदि म गायिका नबनेको भए पक्कै पनि शिक्षिका हुन्थें ।

० तपार्ईंले गायिका अरुणा लामाको प्रसंग ल्याउनुभयो । उनले भनेकी थिइन् ‘गायक बन्ने कला गलामा होइन मुटुमा सिउरेको हुन्छ ।’ सुनिताको मुटुमा त्यो कला कहिलेदेखि सिउरियो ?

म नर्सरीदेखि नै नाच्ने गाउने गर्थें । हाम्रो स्कुलमा हरेकहप्ता शुक्रबार कार्यक्रम हुन्थ्यो जसमा म सधैं म पहिलो हुन्थें । त्यति बेलैदेखि गाउने नाच्नेतिर अलि बढि झुकाव हुन थाल्यो । अरुणा लामाले जे भन्नु भएको थियो त्यो सहि थियो ।  मलाई पनि त्यस्तै लाग्छ । आफूलाई मन लागेको कुरामा घरपरिवारको सहयोग हुन्छ नै भन्ने छैन तर भयो भने धेरै सजिलो हुन्छ ।  परिवारको सहयोग नभएपनि यदि आफूलाई त्यसमा निकै रुची छर र निरन्तर प्रयासमा लाग्यो भने पक्कै पनि अगाडि बढ्न सकिन्छ ।

पद्म कन्यामा मैले संगीत विधामा नै ग्र्याजुयसन गरेकी हुँ ।  पछि प्रकाश गुरुङ सरसँग मैले साधना कला केन्द्रमा पनि सिकेँ । त्यो बेला विमाकुमारी दुरा, सर्मिला गुरुङ दिदिहरुको राम्रो थियो । त्यतिबेला यो क्षेत्रमा उहाँहरुको प्रतिस्पर्धामा आउनु कम जोखिम थिएन । स्थापित भइन्छ की भइन्न भन्ने कुराको पिरलो थियो ।  गायिका बन्न मेहनत गर्छु भन्ने त थियो तर असफल भएमा के त भन्ने थियो । बाटो बदल्नुको विकल्प थिएन ।

० गायिका सुनीता दुलालको पहिचान निधारमा ठूलो टिका, आँखामा गाजल रातो लिपस्टिक र सारी हो । तपाईंमा यो गुण आमाबाट सरेको हो ?

मेरी ममीले पनि एकदम ठूलो टिका लगाउनुहुन्छ । म विद्यालय पढ्दा, ममीको सारी लगाएर, ऐना अगाडि बस्थें । मेरो बाल मस्तिष्कमा शिक्षिकाले सारी लगाउनुपर्छ भन्ने कैद थियो । पछि म शिक्षिका बन्दा कस्तो देखिन्छु भन्ने उत्सुकता मेटाउन साडी लगाएर आफैंलाई ऐनामा हेर्ने गर्दथें । पछि गायिका बनेपछि मेरो गीतको प्याटर्न तिज भइदियो । धेरैले मलाई ‘तीज क्विन’ भनेर ट्याग पनि लगाइदिनुभयो ।  सारी, चुरापोते, टिका, तिज गीत र सुनीता दुलाल भनेर जोडियो । नलागाऔं भन्दा पनि लगाउनु पर्ने, विवाह नै नभएपनि भिडियोको लागि सिन्दुर लगाउनु पर्ने पेसा भयो । तिजमा सारी लगाउँदा आकर्षक देखिन्छ, रातो टिकाले नारीलाई थप सुन्दरता पनि प्रदान गरेको हुन्छ । यसमा नै पहिचान बनाउँछु भन्ने थिएन । मलाई सबैले अरु पहिरनमा भन्दा साडीमा नै मनपराउनु हुन्छ । मलाई पनि स्टेजमा आफ्नो प्रस्तुती दिँदा साडीमा नै सहज महसुस गर्छु ।

० ममीको मन पर्ने पहिरन के हो ?

साडी र कुर्ता हो । अहिले अमेरिकामा हुनुहुन्छ ।  अहिले ममी पाइन्ट र टिसर्ट पनि लगाउनुहुन्छ । तर नेपालमा हुँदा साडी र कुर्तामात्र लगाउनु हुन्थ्यो ।

० सारीमा कति खर्च हुन्छ ?

प्रायः जसो एकैचोटी किन्ने हुँदा यति नै हुन्छ भन्ने छैन । तिजको बेलामा एकैपटक एक लाखभन्दा बढि खर्च हुन्छ । कहिले दुई महिनाको टुरमा जानुपर्ने हुन्छ । मैले लगाएका धेरै साडीहरु बिक्रि हुने गर्दछन् ।  अहिले मसँग दुई सयको हाराहारीमा साडीहरु छन् । सयवटा जति बिक्री भइसकेका छन् । साधारणदेखि अलि महँगोसम्मका छन् । दर्शकहरुले स्टेजमा लगाएको देखेर मन पराउनुहुन्छ र खरिद गर्नु हुन्छ ।  एकपटक क्यानडामा एकैपटक ३५ वटा साडी बिक्री भयो ।

० सारी व्यापार गर्नु भयो भने त धेरै बिक्रि हुन्थ्यो होला है ?

मैले आइसप पनि खोलेकी छु मेरो वेबसाइट सुनीता दुलाल डटकममा मैले सिडीहरु पनि बेच्न राखेकी छु । मेरो फ्यान पेजमा पनि धेरै अर्डर आउँछन् । कहाँ बनाउनु भयो ? कतिमा बनाउनुभयो ? जस्ता प्रश्नहरु धेरै आउँछन् । मलाई निकै खुसी लाग्छ । कतिलाई जवाफ पनि फर्काउने गर्छु तर कसैलाई भ्याउँदिन । धेरै त अनलाइनबाटै बिक्री भइरहेका छन् । दुई वर्षपछि म अनलाइन बुटिक खाल्ने विचारमा छु । नेपालमा पनि एउटा खोल्छु ।

० तपाईं चाहि सारीमै देखिनुहुन्छ । लोकगायिकाहरुबीच अंगप्रदर्शन गर्ने होडबाजी छ नि ?

स्टेजमा दोहोरी गाउँदा साडीमा जति राम्रो अरुमा देखिँदैन । आफ्नो  सुविधाको कुरा पनि होला, मलाई साडीमै सजिलो लाग्छ । कलाकारको पनि व्यक्तिगत जीवन हुन्छ । विदेशमा गएका बेला लामो साडी लगाएर हिँड्नु अलि सान्दर्भिक नहोला । ठाउँ हेरेर व्यवहार गर्नुपर्छ । म पनि विभिन्न पहिरनहरु लगाउँछु तर त्यस्ता पहिरनमा भएका तस्बिरहरु फेसबुकमा अपलोड गर्दिनँ ।  कतिपय गायिकाले स्टेजमा अंग प्रदर्शन गरेका कुराहरु आइरहेका छन्, यो निकै दुःखदायी कुरा हो । सायद उहाँले आफूलाई अलि बढि नै परिवर्तन गर्न खोज्नु भएर यस्तो भएको हुनसक्छ । उनीहरुको भावनालाई दर्शकले नबुझेर यस्तो भएको हो कि, मलाई यसको विषयमा थाहा भएन । मलाई साडीमा सहज लाग्छ । मलेसिया जाँदा, एनसेलको टिसर्ट र प्यान्ट लगाएर दोहेरी गाउनु परेको थियो । लोकगीत वा दोहोरी भनेको नेपाली संस्कृतिको आधार हो ।  नेपालीपन र संस्कृति झल्किने भएका कारण लोकगीतमा अरु पहिरनभन्दा साडीमा जाँदा उचित हुन्छ ।

० आफूलाई सारीमा राम्री छु जस्तो लाग्दैन ?

मलाई त्यस्तो लाग्दैन । एउटी बालिकालाई गुन्यु चोली लगाइदिनस् त उनलाई अर्कै सुन्दर देखिन्छ । साडीले मलाई मात्र होइन सबैलाई राम्रो देखाउँछ । जतासुकै नेपाली कार्यक्रम हुन्छ त्यहाँ साडी लगाएको सबैभन्दा राम्रो लाग्छ ।

० गीतहरु धेरै गाउनु भएको छ आफैंले गाएका गीतहरु छान्नु पर्दा ?

मैले १०० वटा एल्बम गरिसकेको छु  । मलाई देश विदेशमा चिनाउन सफल भएको गीत ‘अब त मैले नी झुम्का लगाउँछु’  हो । दाहोरी चाँहि ‘मेरै दिलमा फुल्यौ निरमाया’ हो । ‘फूलबुट्टे साडी’ पनि एकदमै रुचाइदिनु भयो । प्रायः मेरो सबै गीतहरु रुचाइदिनुभएको छ । मलाई सबै गीत मनपर्छ । विशेषगरी मलाई मनपर्ने भनेको ‘झुम्का लगाउँछु’ नै हो  ।

० रातमा सपनाहरु देख्नुहुन्छ होला, हुनेवाला जीवनसाथीको सपना देख्नु भएको छ ?

सपनाहरु देखिन्छ  । कहिले काँही विवाह भएको सपनाहरु देख्नु । जीवन साथी नभएपनि ।

० कतै मिडियासँग भन्नु भएको थियो, ‘मेरो जीवन साथी पक्का भयो’ उनलाई सपनामा देख्नुहुन्न ?

मलाई यो प्रश्नले धेरै टाउको दुखाइसकेको छ । म जहाँ गएपनि आउने प्रश्न यही हुन्छ । म विवाह गर्ने मनस्थितिमै छु ।  यो वर्ष होइन अर्को वर्ष मेरो विवाह हुन्छ । एकदमै फाइनल त मैले गरेको छैन । परिवारमा पनि धेरै कुरा आएको भएर मैले पनि बुझ्दै छु । फाइनल भएपछि  छिटै खबर गर्छु ।

० एरेन्ज वा लभ के हुन्छ ?

दुबै हुन्छ । घर परिवारबाट पनि धेरै कुरा आइरहेको छ । यो भित्र खोजी सक्छु (यो चैत्र भित्र) । त्यसपछि अर्को वर्ष मंसिर भित्र मेरो विवाह हुन्छ ।

० विवाहको प्रस्ताव कति आए ?

प्रस्ताव अनगिन्ती आए । जति आए पनि रोज्ने एउटै हो ।

० तपाईंले कस्तो मान्छे रोज्नु भयो ?

मलाई पढाइ पूरा गर्न नपाएकोमा पश्चात्ताप छ, त्यसैले ऊ अलिकति पढेलेखेको होस्, थोरै फरवार्ड होस्, अनुहार त्यत्ति धेरै राम्रो चाहिँदैन । बानीव्यहोरा एकदमै राम्रो, मेरो कामलाई इज्जत गर्ने र मलाई सपोर्ट गर्ने हास् ।

० त्यो स्ट्याण्डर्ड मिट गर्ने तपाईंको फ्यान नै होला नि ?

प्रायः त मेरा फ्यानहरु नै हुनुहुन्छ । विवाह फ्यानसँगै हुन्छ ।

जेठ ३१ गते, २०७२ - २०:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा छन्...   

शतप्रतिशत नतिजा निकाल्दै चितवन राइनोज फाइनल प्रवेश

काठमाडौं । मुलुककै पहिलो महिला च्याम्पियन्स लिगमा चितवन राइनोजले शतप्रतिशत खेलमा जित निकाल्दै फाइनल...   

प्रचण्डको गुनासो –अध्यक्ष ओलीले पुर्व सहमति कार्यान्वयन गरेनन् र धोका दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट...   
एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

काठमाडौ । यतिबेला नयाँ नेतृत्व चयनका लागि गैर-आवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए)को नवौं विश्व...   
एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को जारी मतगणनामा अध्यक्षका प्रत्यासी कुमार पन्तले अग्रता...   
नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पदमा कसलाई ल्याउने...   

महरालाई आज अदालत लगिने, म्याद थप होला कि नहोला

काठमाडौं । यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top