/  Sat, January 20, 2018

सिमी नै भयो परिवार पाल्ने मुख्य आधार

Simi Rokayagaun-640जाजरकोट, यहाँको एक परिवारले सिमी खेतीबाट आप्नो दैनिक जीविका चलाउने गरेको छ । मकै, धान, गहुँ उत्पादन कम हुने ठाउँमा सिमी खेती गरेर फाइदा भएपछि रोकायगाउँ– १, पहाडा मुल्सामका नरबहादुर रोकायको दैनिकी फेरिएको छ ।

सधैं परम्परागत खेती मात्र गर्ने यहाँका स्थानीयहरुलाई नरबहादुरले नै उत्पादन हुने बालीको छनोट गरी खेती गर्न सुझाव समेत दिन थालेका छन् । यो क्षेत्र जुम्लाको सीमानामा रहेको छ । चिसो मौसम, ओसिलो जमिन, हिमाली क्षेत्र भएका कारण यहाँ मकै, धान, गहुँ कम उत्पादन हुने गर्दछ ।

यहाँ सिचाई सुविधा समेत नभएका कारण आकाशे पानीको भरमा वर्षेवाली मात्र यहाँका किसानहरुले लगाउने गर्दछन् ।
यही मौसम संगै मिल्दो सिमीको खेत्ती गरी नरवहादुर रोकायले आङ्खनो घरपरिवार पाल्ने गतिलो आधार तयार पारेका छन् । उनलाई माटो सुवाउदो सिमीको खेत्ती गर्ने तरिका र विउ पश्चिम उच्च पहाडी गरिवी निवारण आयोजना (उपाप)ले उपलव्ध गराएको थियो ।

यही सिप र विउवाट  रोकायले व्यवसायीक रुपमा थालेको सिमी खेत्तीवाट सफलता हात परेको हो । उनको सवै वारीमा वर्षे सिमीको लगाएर खेत्ती गरिन थालेको छ । पहिले उनको जमिनमा मुस्किलले ५० के जी सम्मा उत्पादन हुने सिमी अहिले सोही जमिनमा ४ देखी ५ क्वीन्टल उत्पादन हात पर्ने  गरेको रोकाय वताउछन् ।

उनी भन्छन् “मैले उत्पादन गरेको ५ क्वीन्टल सिमी वाट १० क्वीन्टल चामल साटफेर गरेको गर्दछु ,मेरो ३ परिवारलाई अहिले खाना पुग्छ, पनि छोरा  पढाउन पाएको छु”।  रोकायको यहि लगनसिलताका कारण अहिले गाउँमा निकै चर्चा छ ।

IMG_1885-640रोकायको घरमा सिमीको विउ किन्ने देखी खेत्ती गर्ने तरिका सम्मा वुझन स्थानियहरु थालेका छन् । रोकाय भन्छन “ सिप सिकेर अहिले राम्रो नै उत्पादन हुने गरेको छ तर विकट गाउँ भएका कारण यहाँका स्थानियलाई तराकारी खेत्तीमा लाग्ने विभिन्न रोगहरुको औषधी दिएमा झनै राम्रो हुने थियो ”।

गाउँ नजिकै पानीको खोला वगेको छ  हामी संगै पाईप छैन कसरी सिचाई गर्नु  रोकायले भने । दुर्गम वस्तीमा कसैले सिचाईको व्यवस्था गरीदिएको भए राम्रो हिउद याममा वाँझो जमिनमा अन्य खेत्ती गर्ने रोकायको ईच्छा रहेको छ ।

कृषि व्यवसाय स्वतन्त्र भएपनि सवै पक्षले सहयोग गरेमा अझ प्रभावकारी हुने रोकायको भनाई छ ।  मेहनत गर्ने वाँनी हराउदै गएको समयमा रोकायले गरेको यो मेहनतवाट सवैले पाठ सिक्नु र सहयोग गर्नु जरुरी छ । (पहारा मुलसामबाट फर्केपछि)

जेठ २७ गते, २०७२ - १७:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेका ४ र माओवादीका २ प्रदेशमा मुख्यमन्त्री हुने ! यि हुन् मुख्यमन्त्रीका दाबेदार

एमालेका ४ र माओवादीका २ प्रदेशमा मुख्यमन्त्री हुने ! यि हुन् मुख्यमन्त्रीका दाबेदार

काठमाडौँ । चुनावमा जस्तै ६० र ४० प्रतिशत भागबन्डा गर्ने समझदारी गरेका वाम गठबन्नधनले अाफ्ना बहुमत...   
कोको छन् रष्ट्रिय सभाका दाबेदार ? हेर्नुहोस् सबैका पार्टीका नामावली

कोको छन् रष्ट्रिय सभाका दाबेदार ? हेर्नुहोस् सबैका पार्टीका नामावली

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम गठबन्धनले कम्तीमा ३८...   
एमाले–माओवादी कार्यदलको मोडालिटी तयार, भोलिबाटै काम तीब्र -वर्षमान पुन

एमाले–माओवादी कार्यदलको मोडालिटी तयार, भोलिबाटै काम तीब्र -वर्षमान पुन

भक्तपुर । नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका...   
माओको ८ अनौठौ जिवनशैली : दाँत ब्रस कहिल्यै गर्दैनथे, नुहाउँदा रिस उठ्थ्यो

माओको ८ अनौठौ जिवनशैली : दाँत ब्रस कहिल्यै गर्दैनथे, नुहाउँदा रिस उठ्थ्यो

चीनमा सफल जनवादी क्रान्ति गरी आर्थिक उन्नतिको ढोका खोलिदिने राजनेता हुन्, माओत्सेतुङ । त्यसैले त माओलाई...   
यी हुन यौन आनन्द प्राप्त गर्ने पाँच चरण

यी हुन यौन आनन्द प्राप्त गर्ने पाँच चरण

यौन शब्दले नै मानिसमा एक खालको तरंग ल्याउने गर्छ । हरेक व्यक्तिले हरेक पलजसो कुनै न कुनै रूपमा यौनका...   
मन्त्री पद माग्न केपी ओलीकोमा जान्न : योगेश भट्टराई

मन्त्री पद माग्न केपी ओलीकोमा जान्न : योगेश भट्टराई

काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित नेकपा एमाले पार्टी सचिव एवम् प्रचार विभाग...   
जनयुद्धले जन्माएकी गायीका घिसिङ अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट

जनयुद्धले जन्माएकी गायीका घिसिङ अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट

काठमाडौं । जनताको जीवनका गीत गाउँदै आएकी गायीका निर्मला घिसिङ अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट...   
नयाँशक्तिका नेताहरुको बाबुरामलाई दवाव : नेकपा माओवादी केन्द्रसँग एकता गरौं !

नयाँशक्तिका नेताहरुको बाबुरामलाई दवाव : नेकपा माओवादी केन्द्रसँग एकता गरौं !

पोखरा ।  पोखरामा जारी नयाँ शक्तिको केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने...   
बालुवाटारमा सर्वदलीय बैठक  सुरु

बालुवाटारमा सर्वदलीय बैठक  सुरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आव्हान गर्नुभएको सर्वदलीय बैठक भर्खरै बालुवाटारमा सुरु...   
पक्राउ पर्ने डरले सिलवाल भुमिगत

पक्राउ पर्ने डरले सिलवाल भुमिगत

काठमाडौं । कार्यसम्पादन मूल्यांकन (कासमू) किर्ते गरेको अभियोगमा छानबिनका लागि पूर्वडीआईजी नवराज सिलवाललाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top