Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बहिनीको चिठ्ठी

मनभित्र य\"dipshikha\"स्तै यस्तै मिठा कूरा आए । म सोलूबाट ओखलढूङ्गा झर्दै थिए । रिङ्गबाट पूर्व हिडेका कमरेडहरुसँग भेट भयो । म त्यो दिन बिर्सन्न–बाँचून्जेल । जनसेनालाई छासमिस गर्ने पार्टी निति मूताविक अदलबदल गरिदै रहेछ । बहिनीको पत्र दिए । मेरी बहिनीको त्यो पत्र म सँग अहिले पनि छ । मैले पत्रमा लेखिएको एक एक अक्षर सम्झेको छूः प्यारो दाजू लालसलाम ! आजसम्म सन्चै छू । भोली के हून्छ थाहा छैन । तपाईलाइ के छ ? तपाइको घाउ निको भयो की भएन ? चाडै निको होस्–म बहिनीको तर्फबाट यही कामना ! म पार्टीमा लागेदेखि पढ्नलेख्न सिकेको छू । यो पत्र म आफै लेख्दैछू । तपाइलाई पत्यार लाग्दैन होला । देखेपछि पत्याउनूस्, अहिले हतारो केही छैन । तपाईले भन्नूहून्थ्यो नि पूर्वकी ‘दीलमाया’ । मैले ति आदर्श शहिद दिदीको नाम चोरेको छू र मेरो नयाँ नाम बनाएको छू । मलाई चोर नभन्नूहोला बरु च्याङग्री भने म अब रिसाउन्न । दाजू म त्यतिबेला बेस्करी रोए । पहिलो दिन तपाई शहिद भएको खबर आयो । म शैलूङ्गको टूप्पोमा थिए । दूगूना मोर्चाका घाईते योद्धाहरुलाई सूरक्षा गर्ने मेरो जिम्मा थियो । म तपाईको खबर सून्दा साग केलाउदै थिए । मेरो त होश हराएछ । निकैबेर पछि होशमा आए रे । मेरी मिल्ने साथि दर्शनाले मलाई होशमा ल्याइछे । तपाईले दर्शनालाई चिनेको छैन होला । मलाई असाध्यै माया गर्छे, भन्दै थिइ म तेरो दाइलाई चिन्छू । म तपाईको नाम लिदै दिनैभर रोए । आमा सम्झे, आमालाई कसरी सूनाउनू ? म फेरी रोए । रुदा रुदै दिन सिङ्गै बितेछ । सत्ते भए पोक्चे, म त्यो रात निदाइन । छ्याङ्गै उज्यालो हूदा सम्म मेरा आँखा जोडिएनन् । रात रात भर दर्शना पनि जागै बसी । कत्तिबेला हो कून्नि मैले ख्याल गर्दा उ पनि रोइरहेकी थिई । भोलीपल्ट फेरी खबर आयो, घाइते मात्रै हो रे । मैले पहिला त बिश्वासै गरिन । मलाई फकाउनलाई होला भन्ठाने । पछि कमाण्डर राम्जी आउनूभयो । कमाण्डरले त फकाउनलाई झूटो बोल्दैनन्–बल्ल मैले बिश्वास गरे । गाली नगर्ने भए एउटा कूरा भन्छू । पहिला भन्नूस् गाली गर्ने की नगर्ने ? गरे नी गर्नूस् । म सून्दिन क्यारे, उतै पूर्वेली बहिनीलाई म सम्झेर गाली गर्नूस् । यही ठान्नूस मेरो केटाकेटी बूद्धी लागेछ । म खबर सूनेको साँझ नजिकैको माइकोथान गए र आसू खसाल्दै प्राथना गरे ‘मेरो दाजूलाई केही नभएको होस्’ । हेर, कति राता आँखा ! किन रिसाएको ?। मैले भगवान कहा मानेको हू र ? अत्यासमा सहारा खोजेको मात्रै हूँ । मलाई गाली गर्नू भो भने आमालाई भन्दिन्छू के ! भो अब यो कूरा छोडौ । म जनसेनामा छू । दूगूनामा म राम्रोसँग लडे रे ! दिनेश दाइले बधाई दिनू भयो । अरुलाई नभन्दिनूहोला, म जानेर होइन भूलचूकमै ब्यारेकभित्रको एउटा कोठाको झ्यालमा पूगेछू । भित्र हेरे, एकजना खासखूस गर्दैथियो, झ्यालबाट राइफलको नाल छिराए र बजाए । उसले आइया उइया केही भनेन । चारैतिर लडाई चलिराखेको थियो । म भित्र पसे । त्यो त हतियार भण्डारण कोठा रहेछ । म सबै बोक्न सक्दैनथे । कहिले झ्याल, कहिले ढोका गर्दै कूरेर बसे । हतियार लिन जति दूश्मन आउ“थे मैले भित्रैबाट गोली हाने । पछि साथिहरु आए र हतियार सबै उठायौ । आमा न्यास्रो लाग्यो भन्दैथिइन् । डाडाबारी बाजै छ रे । पल्लाबारी आमाले कम्यूउनलाई दिइछन् । आमा कम्यूउनतिर जान्छू भन्थिन् – मैले त जाउ भन्दिए । तपाई यता कहिले आउने ? आउँदा मलाई पिप्लामेठ ल्याउनूहोला नि फेरी –म त ठूली भइसके ! उहि दर्शनालाई दिउला । मलाई निको चाल लागेको छैन, त्यो रात म त दाई भनेर रोए, दर्शना के भनेर रोएकी ?...हो ? मेरी ...हूनी छे ! पत्र लामो भयो । तपाईको पढ्ने समय नहून सक्छ । अब टूङ्गयाउछू । मलाई पत्रसत्र पर्दैन, तपाई आउनूपर्छ । म सानि हूदा की च्याङग्री हूँ की जनसेना ? तपाईलाई देखाउनू छ । पातालमा एम्बूस हान्ने कूरा छ । मैले त झगडै गरे, मलाई नलाने रे । कत्तिका ! नलगेर हून्छ ? म त भागेर भएपनि जान्छू । फेरी लड्छू । ढिलो नगर्नूस है दाजू ! फेरी म कमाण्डर भइसकूला र तपाईले च्याङग्रीलाइ रेडसेल्यूट हान्नूपर्ला ! उही तपाइकी च्याङग्री उर्फ दीलमाया पत्र पढीसकेपछि म लाजले रातो भए । दर्शनाको कूरो उसले थाहा पाइ जस्तो छ । ‘छि कत्ति मात्तेकी, पिप्लामेठ दर्शनालाई ख्वाउनू रे ! म त्यसलाई भेटू मात्रै मैले जानेको छू’ । मलाई पहिला पोक्चे भन्थी । ‘तलाई पख फेरी पोक्चे भनिछे’ । दायाँ हातको बूढी औलो मोर्चालाई चढाएपछि मैले केही लेख्न पाएको छैन । मेरी बहिनी लेख्न पढ्न जान्ने भइछ । पूर्वको अनूभूति सूनाउँछू । उसैले डायरीमा उतार्ली । (रात फुलेको याम बाट साभार)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies