Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यस्ता छन् जनताको राहत बेच्ने सभासद्

काठमाडौं, जनताले जिताएका केही सभासद्हरु भूकम्पपीडितको राहत बेचेर खान पल्किएका छन् । आजको साँघु साप्ताहिकमा खबर छ –राहतको त्रिपाल र खाद्यान्न बेचेको आरोप लागेपछि काभ्रे क्षेत्र नम्बर १ का सभासद् तीर्थ लामा केही समय फरार भए । भूकम्पपीडितका लागि संकलन गरेको राहतमात्र उनले बेचेनन्, सरकारले उपलब्ध गराएको राहतसमेत उनैले गायव पारेको आरोप लागेपछि जनताले उनको खोजी गरे । गुण्डागर्दीको पृष्ठभूमिबाट आएका लामा कांग्रेस सभासद् हुन् । स्थानीयले नै उनलाई राहतको सामग्री गायब बनाएको बेचेर खाएको आरोप लगाएका हुन् । स्थानीय प्रशासनले समेत लामाले राहत सामग्री गोलमाल गरेको भन्दै उनलाई शंकाको घेरामा राखेको छ । राहत गायव पार्ने र बेच्नेमा कांग्रेसकै सिन्धुपाल्चोक १ सभासद् मोहन बस्नेत पनि छन् । स्थानीय प्रशासनले समेत बस्नेतका गतिविधिबाट हैरानी बेहारेको छ । बुढानिलकण्ठ स्कूलका पूर्व विद्यार्थीहरुको संस्था सेब्सले सिन्धुपाल्चोका भूकम्पपीडितका लागि बाड्न लगेको राहत सामग्री बस्नेतले लुटेका थिए । तर, त्यो पीडितलाई बाड्न लगिएको सामग्री कहाँ लगियो अहिलेसम्म थाहा छैन । सिन्धुपाल्चोककै अरु प्रत्यक्षबाट निर्वाचित अग्नी सापकोटा र शेरबहादुर तामाङ भने पीडितकै बस्तीमा काम गरिरहेका छन् । तर, बस्नेत गोशाला क्षेत्रको होटलमा बस्दै आएका छन् । त्यस्तै, भारतीय दुतावासबाट ठूलो मात्रामा लिएको त्रिपाल र कम्बल भूकम्पपीडित जनतासम्म नपुर्याएको भन्दै ललितपुर १ सभासद् उदयशमशेरण राणालाई पनि कांग्रेसीहरुले नै आरोप लगाएका छन् । पीडित जनताले राहत नपाएको भन्दै कांग्रेसका नेताहरु मथुरा घिमिरे, मीनकृष्ण महर्जनले आरोप लगाएका हुन् । दुतावासबाट लिएको त्रिपाल अन्तै बेचेर राणाले एनजिओमार्फत राहत बाडेको पाइएको छ । राणाकी श्रीमति भारतीय दुतावासमा काम गर्छिन् । राणाको ससुराली पनि भारतमै हो । त्यस्तै, अर्थमन्त्रीका पिए रमेश महत पनि जस्तापाता बेच्न खोज्दा विवादित बनेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies