Khabar Dabali Logo
  November 13, Wed

आँखाको ज्योती बढाउन चाहनुहुन्छ ? यी तरिका अपनाउनुस्

दिनभरी कम्प्युटर र ल्यापटपमा बसिरहँदा आँखालाई धेरै असर पुर्याइरहेको हुन्छ । यो असरलाई पूर्ती गर्नका लागि आहार र आँखाको लागि आवश्यक कुराहरुमा ध्यान दिन जरुरी छ । आँखाको ज्योती बढाउन र त्यसलाई कायम राख्नका लागि केही टिप्स यहाँ दिइएका छन् ।
 1 vegetables१. आहारमा ध्यान दिनुहोस्ः
हप्तामा कम्तीमा पनि तीनपटक माछाको सेवन गर्नुहोस् । यसले आँखामा ड्राइ–आई सिन्ड्रोमको समस्या टाढा रहने गर्दछ । यसका साथै पालुङ्गोको सेवन गर्नुहोस् । यो पोषक तत्वले भरिपूर्ण भएका कारण आँखाको ज्योती बढाउनमा सहयोग गर्दछ । आफ्नो आहारमा अण्डालाई पनि समावेश गर्नुहोस् किनभने यसमा पाइने ल्यूटिन र जियाक्सिाथिनले आँखाको ज्योती बढाउने गर्दछ ।
2 eye checkup२. नियमित जाँचः
यदि तपाईंको आँखाको ज्योती राम्रै छ, पढ्नमा कुनै पनि प्रकारको समस्या छैन भने पनि कम्तिमा वर्षमा एकपटक आँखाको उपचार गर्नुहोस् । यो आँखालाई स्वस्थ बनाउने सबैभन्दा राम्रो तरिका हो । यसले आँखामा हुने समस्याबाट पनि टाढा राख्दछ र यदि केही समस्या भएमा पनि समयमा नै उपचार गर्न सकिन्छ ।
3 eye३. आँखा झिम्काइरहनुस्ः
आँखालाई लगातार झिम्काउनु नियमित प्रक्रिया हो । यसले आँखालाई ताजा राख्छ र आँखाको तनावबाट पनि मुक्त राख्ने गर्दछ । कम्प्युटरमा काम गर्ने मानिसहरु आफ्नो आँखालाई कम झिम्काउने गर्दैछन्, यस्ता मानिसहरुले एक सेकेन्डमा कम्तीमा पनि तीनदेखि चार पटक आँखा झिम्काउनुपर्छ ।
4 eye exercise४. आँखाको व्यायामः
आफ्नो दुबै हातलाई एक आपसमा रगड्नुहोस् र जब हात तातो हुन्छ तब त्यसलाई आँखामा राख्नुहोस् । यस्तो गर्नाले आँखाको तनाव निकै कम हुने गर्दछ । यसका साथै आँखालाई तनावबाट टाढा राख्नका लागि आँखा बन्द गरेर कुनै सुन्दर ठाउँमा भएको कल्पन गर्नुहोस् । यसो गर्नुभयो भने निकै थाकेको अवस्थामा पनि आराम मिल्दछ ।
5 eye wash५. पानी छर्कनुहोस्ः
पानीले तपाईंको धेरैजसो समस्यालाई निदान गर्ने गर्दछ । समय–समयमा आफ्नो आँखालाई धोइरहनुहोस् । यसले आँखामा डिहाइड्रेसन कम गर्दछ भने आँखालाई स्वस्थ राख्दछ । कतै बाहिर गएर आएपछि आँखामा अवश्य पनि पानी छर्कनुहोस् ।
6 eye ache६. ड्राइ एयरबाट बच्नुहोस्ः
आँखाको मोइस्चरलाई कम गर्ने सबै प्रकारको हावाबाट बच्नुहोस् । आफ्नो घर, अफिस अथवा गाडीको एसी प्यानललाई सधंै तल राख्नुहोस् ता कि यसको हावा सिधै आँखामा नपरोस् । ड्राइ एयरले अन्धोपन र आँखाको कोर्नियामा क्षती पुर्याउने गर्दछ ।
7 eye_brightness७. ब्राइटनेस कम राख्नुहोस्ः
यदि तपाईं कम्प्युटर अथवा मोबाइलको प्रयोग बढि गर्नुहुन्छ भने त्यसको ब्राइटनेसलाई कम राख्नुहोस् । यसो गर्नाले तपाईंको आँखामा धेरै असर पर्दैन । स्क्रिनको तेज प्रकाशले आँखालाई थुप्रै असर पुर्याउने गर्दछ ।
8 eye_sunglases८. सनग्लास लगाउनुहोस्ः
बाहिर घाममा निस्कदाँ सधै सनग्लास लगाउनुहोस् । यसले तपाईंको आँखालाई हानिकारक किरणबाट बचाउने गर्दछ । जब तपाईं सनग्लास किन्दै हुनुहुन्छ तब त्यसमा युवी प्रोटेक्सन छ कि छैन भन्ने सुनिश्चित गर्नुहोस् ।
9 sleep९. पर्याप्त निन्द्राः
पर्याप्त सुत्नुहोस् यसले तपाईंको आँखाको ज्योती राम्रो बनाउने गर्दछ र तपाईंको टाउको पनि दुख्दैन । आँखा धमिलो देख्ने समस्या पनि टाढा हुने गर्दछ । यसका साथै आँखाको मांसपेशीहरुलाई पनि आराम मिल्ने गर्दछ ।

जेठ २२ गते, २०७२ - १०:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   

चिनिया राष्ट्रपति सि को यस्तो उत्प्रेरक सन्देश

म सानो छँदा ज्यादै स्वार्थी थिएँ। सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें। फलतः मलाई सबैले छोड्दै गए,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top