Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

यी १० राशी भएकातर्फ आकर्षित हुन्छन् सुन्दर महिला

मेष राशी भएकासँग रिसाउँछन् महिलाः मेष (Aries) राशि भएका अर्थात जसको नाम चू, च, चो, ला, ली, लू, ले लो, आ बाट सुरु हुन्छ, त्यस्ता पुरूषहरुप्रति महिला कम आकर्षित हुन्छन् । यस्ता व्यक्तिहरु स्वभावमा जति धेरै सौम्य र शान्त देखिएता पनि महिलाहरु उनीहरूसँग टाढै बस्ने गदर्छन् । आफ्नो झुटो अहम र मूर्खताका कारण उनीहरुले कहिले पनि राम्रो प्रमिका बनाउन सक्दैनन् । यहाँसम्म कि यदि यी व्यक्तिहरुको विवाह भएता पनि श्रीमान्–श्रीमती टाढा नै रहनुपर्छ । उदाहरणका लागि आमिर खान मेष राशीका हुन्, हुन त उनलाई बलिउडका सुपरस्टार नै मानिन्छ तर महिला फ्यानका तुलनामा उनी शाहरुख, सलमान र ऋितिक रोशनको तुलनामा निकै पछाडि छन् । \"2-Vrishabh-Taurus-zodiac-sign-1433068076\"वृष राशी भएका मानिसहरु स्वभावले निकै कोमल, रोमान्टिक तथा भावुक हुने गर्दछन्ः वृष (Taurus) राशी भएका पुरुष वा जसको नाम इ, उ, ए, ओ, वा, वि, वू, वे वो बाट सुरु हुने गर्दछ,  उनीहरु स्वभावले निकै कोमल, रोमान्टिक र भावुक हुने गर्दछन् । यस्ता पुरुषहरुलाई कुनै पनि महिलाले स्वादिष्ट खाना, बास्ना र संगीतमार्फत कन्ट्रोल गर्न सक्दछन् । साधारण रुपमा यस्ता पुरूषहरूले अाफूलार्इ माया गर्ने महिला मुश्किलले पाउँछन्  तर जब पाउँछन् उनीहरुलाई निकै माया गर्ने गर्दछन् । उदाहरणका लागि भारतीय क्रिकेटका स्टार बिराट कोहली पनि वृष राशीका हुन् । उनलार्इ उनकी प्रेमिका अनुष्का शर्माले निकै माया गर्दछिन् । \"3-Mithun-rashi-Gemini-Zodiac-sign-1433068165\"मिथुन राशीका पुरुषहरु स्वभावमा रोमान्टिक हुने गर्दछन्ः मिथुन (Gemini)  राशी भएका पुरुष अथवा जसको नाम का, की, कू, घ, ड, छ, के, को, हा बाट सुरु हुने गर्दछ, उनीहरू स्वभावले निकै रोमान्टिक हुने गर्दछन् र  एउटै ठाउँमा बाँधिएर बस्न सक्दैनन् । यस्तो अवस्थामा महिलाहरुले यसलाई फ्र्लट गर्न प्रयोग गर्दछन् तर उनीहरुमा सच्चा जीवनसाथी देख्दैनन् । यसलाई पनि एउटा संयोग मान्न सकिन्छ कि भर्खरै रिलिज भएको हलिउडको इरोटिक फिल्म फिफ्टी शेड्स अफ ग्रेका नायकका नाम क्रिश्चियन ग्रे हो जुन मिथुन राशीको नै नाम हो । उनकी नायिका एनास्तिसिया उनलाई प्रेम गर्ने भएता पनि उनीबाट टाढा रहन कोसिस गर्दछिन् । \"4-Kark-rashi-cancer-zodiac-sign-1433068290\"कर्कट राशीका पुरुष सम्बन्ध निभाउने किसिमका हुन्छन्ः कर्कट (Cancer) राशीका पुरुष अथवा जसको नाम ही, हू, हे, हो, डा, डी, डू, डे, डो से सुरु हुने भएका मानिसहरु मनका निकै राम्रा र सम्बन्धलाई निभाउने किसिमका हुन्छन् । उनीहरको यही व्यवहारले उनलाई महिलाको प्रिय बनाइदिन्छ । कर्कट राशी भएका व्यक्ति पहिलो नजरमा नै महिलालाई आकर्षित गर्ने क्षमतामा राख्छन् । \"5-Singh-Leo-zodiac-sign-1433068382\"सिंह राशी भएका पुरुषहरु उदार, जोशीला र रोमान्टिक हुने गर्दछन्ः सिंह (Leo) राशीका पुरुष अथवा जसको नामको पहिलो अक्षर मा, मी, मू, मे, मो, टा, टी, टू, टे हो । यस्ता पुरुषहरु निकै उदार, जोशीला र रोमान्टिक हुने गर्दछन् । प्रेममा त उनीहरु ताजमहल बनाउने शाहजहां बन्ने गर्दछन् अथवा उनीहरु प्रेममा मर्न र मार्न पनि तयार हुने गर्दछन् । यस्ता पुरुषहरुसँग महिला साथी बन्न त चाहन्छन् तर उनीहरुको इन्टेन्स बिहेवियरसँग डराउने कारण महिलाहरू टाढै रहने गर्दछन् । \"6-Kanya-rashi-Virgo-zodiac-sign-1433068512\"कन्या राशीका पुरुषहरु समय आउँदा धोकेबाज साबित हुन्छन्ः कन्या (Virgo) राशि का पुरुष अथवा जसको नाम टो, पा, पी, प, पू, ष, ण, ठ, पे, पो बाट सुरु हुने गर्दछ । यस्ता व्यक्तिहरु समय आउँदा धोका दिने किसिमका हुन्छन् । महिलाहरु यस्ता पुरुषतर्फ आकर्षित त हुन्छन् तर उनीहरुको आफ्नै कमी सम्बन्धको बिचमा आउने गर्दछ । यस्ता व्यक्तिको जीवन अरु व्यक्तिको दयाको सहारामा चल्ने गर्दछ जसका कारण कुनै पनि महिला उनीहरुलाई देख्ने बित्तिकै रिजेक्ट गरिदिने गर्दछन् । तर कन्या राशीका कोही पनि व्यक्ति यदि आफ्नो मेहनतमा सफलता हासिल गर्छन् त्यस्ता व्यक्तिहरुप्रति महिला आफ्नो ज्यान नै दिन तयार हुने गर्दछन् । \"7-salman-khan-libra-1433068638\"तुला राशीका पुरुष सबैभन्दा सुन्दर, आकर्षक र रोमान्टिक हुने गर्दछन्ः तुला (Libra) राशीका पुरुष जसको नाम रा, री, रू, रे, री, ता, ती, तू, तेबाट सुरु हुने गर्दछ, उनीहरू ज्योतिषको हिसाबबाट सबैभन्दा सुन्दर, आकर्षक तथा रोमान्टिक मानिन्छ । यस्ता पुरुषहरुसँग केही नभएको खण्डमा पनि महिलाहरु यिनीहरुप्रति  मरिमेट्न तयार हुन्छन् । उनीहरुको स्टाइल, बोल्ने शैली सबै अलग हुने भएका कारण महिलाहरु आफैंलाई उनीहरुप्रति समर्पित गर्ने गर्दछन् । उदाहरणका लागि बलिउड अभिनेता ऋतिक रोशन, राजेश खन्ना र राजकपूर छन् जसका लागि महिलाहरु मरिमेट्छन् । \"8-Vrishchik-rashi-scorpion-zodiac-sign-1433068728\"वृश्चिक राशी भएका पुरुषहरु आफूमा नै मुग्ध हुने गर्दछन्ः वृश्चिक (Scorpion) राशिका पुरुष जसको नामको प्रथम अक्षर तो, ना, नी, नू, ने, नो, या, यी, यू हुन्छ,  यस्ता व्यक्तिहरु आफूमा नै मग्न हुने गर्दछन् । यस्ता पुरुषहरुको एकै समयमा थुप्रै चरित्र देखिने गर्दछ जसका कारण महिला उनीहरुसँग टाढै रहने गर्दछन् । उनीहरुको प्रेमिका कम हुने गर्दछन् तर जो हुन्छन्, उनीहरुको सधैं साथ दिने गर्दछन् । \"9-Dhanu-Rashi-Sagitarius-zodiac-sign-1433068815\"धनु राशीका पुरुषहरुको स्वभाव सौम्य, फ्रेन्डली र आकर्षक हुने गर्दछः धनु (Sagittarius) राशीका पुरुषहरुको नाम ये, यो, भा, भी, भू, धा, फा, ढा, भे बाट सुरु हुने गर्दछ । यस्ता व्यक्तिहरुको स्वभाव सौम्य, फ्रेन्डली, बुद्धिमान र आकर्षक हुने गर्दछ । उनीहरुको यही व्यवहार महिलालाई राम्रो लाग्ने गर्दछ जसका कारण महिलाहरु यस्ता पुरुषप्रति पागल हुने गर्दछन् । धेरैजसो धनु राशीका पुरुषहरु कामवासनायुक्त हुने भएका कारण उनीहरुको प्रेमिका अथवा श्रीमतीले धेरै दुख सहनुपर्छ । \"10-makar-Capricorn-zodiac-sign-1433068951\"मकर राशीका पुरुषहरुलाई धेरैजसो गलत तरिकाले बुझिन्छः मकर (Capricorn) राशीका पुरुषहरु जसको नामको पहला अक्षर भो, जा, जी, खी, खू, खे, खो, गा, गी हुने गर्दछ, उनीहरूलाई धेरैजसो गलत तरिकाले बुझिन्छ । महिला मात्र होइन अरु मानिसहरुको पनि मकर राशी भएका पुरुषबाट टाढा रहन चाहन्छन् । यद्यपी यस्ता व्यक्तिहरु स्वभावले निकै लजालु र आफैंमा हराइरहने किसिमका हुन्छन् । तर यदि कोही महिलाले उनीहरुसँग केही समय बिताएको खण्डमा उनीहरुको प्रेमिका बन्न अस्विकार गर्दैनन् । \"11-Kumbh-rashi-aquarious-zodiac-sign-1433069073\"कुम्भ राशीका पुरुषहरु स्वभावले निकै आकर्षक, रोमान्टिक र जोशीला हुन्छन्ः कुम्भ (Aquarius) राशीका पुरुषहरुको नाम गू, गे, गो, सा, सी, सू, से, सो, दा बाट सुरु हुने गर्दछ । यस्ता व्यक्तिहरु स्वभावले निकै आकर्षक, रोमान्टिक तथा जोशिलो हुने गर्दछन् जसका कारण महिलाहरु उनीहरुलाई निकै मन पराउने गर्दछन् । बलिउडमा पनि जुन स्टारहरुको राशी कुम्भ छ जस्तै सलमान, शाहरुख, ती सबैको पछाडि महिलाह पागलजस्तै पछि लाग्ने गर्दछन् र उनीहरुको लागि जे पनि गर्न तयार रहनेछन् । \"12-Meen-Pisces-zodiac-sign-1433069150\"मीन राशीका पुरुषहरु आफैंलाई निकै असुरक्षित महसुस गर्दछन्ः मीन (Pisces) राशीका पुरुष अथवा जसको नाम दी, दु, थ, दे, दो, चा, ची बाट सुरु हुने गर्दछ, उनीहरू आफूले आफैंलाई निकै असुरक्षित महसुस गर्ने गर्दछन् । उनीहरु कुनै पनि महिलालाई प्रेमिका बनाउँदैनन् जबसम्म उनीहरु ती महिलामा सबै गुणहरु देख्दैनन् । यस्तो अवस्थामा महिलाहरु उनीहरुतर्फ आकर्षित हुन्छन् तर उनीहरु टिक्न भने सक्दैनन् । केही समयपछि यस्ता व्यक्तिहरुलाई महिलाले छोडिदिने गर्दछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies