Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

असम्भव छ- उनी मर्नु !

उनी मरेका छैनन् असम्भव छ- उनी मर्नु उनी ती तनहरुमा बाँचेका छन् उनी ती मनहरुमा बाँचेका छन् उनी ती आस्थाहरुमा बाँचेका छन् अजर छन्- उनी अमर छन्- उनी र त उनी मरेका छैनन् असम्भव छ- उनी मर्नु ।   उनले छरेका बीजहरु उनले सरेका बेर्नाहरु उनले सुमसुम्याएका कोपिलाहरु फक्रँदैछन् आज फुल्दैछन् आज फल्दैछन आज र त उनी मरेका छैनन् असम्भव छ- उनी मर्नु ।   उनी बाँचेकाे आकाश उस्तै छ उनी हाँसेकाे चन्द्रमा उस्तै छ उनी नाचेकाे आँगन उस्तै छ उस्तै छन्- उनले अधुरै छाडेका अजय सपनाहरु उस्तै छन्- उनका आस्थाहरु उस्तै छन्- उनका विचारहरु सादाबहार छन् जिउँदा छन् सग्ला छन् र त उनी मरेका छैनन् असम्भव छ- उनी मर्नु ।   उनले जन्माएका उदाउँदै गरेका विद्रोही घाम-जून देख्दैछु, झन् ज्यादा चम्कँदैछन्- आज सपनामा उनका- आफ्नै स्वप्न देख्नेहरु आस्थामा उनका- आफ्नो आस्था गाँस्नेहरु विश्वासमा उनका- आफ्ना विश्वास रोप्नेहरु देख्दैछु उनकै घाम-जून वरिपरि झुम्मिएका छन् रमाएका छन् हाँसेका छन् नाँचेका छन् बाँचेका छन् र त उनी मरेका छैनन् असम्भव छ- उनी मर्नु ।   उनले छापेका गल्लीहरुमा उनले नापेका गोरेटाहरुमा उनले सम्याएका सडकहरुमा देख्दैछु आज हजारौँ आस्थालुहरु हजारौँ क्रान्तिकारीहरु हजारौँ विद्रोहीहरु हजारौँ परिवर्तनकामी जनहरु एउटै रङ्गमा एउटै जङ्गमा लामबद्ध भई उभिएका छन् र त उनी मरेका छैनन् असम्भव छ- उनी मर्नु ।   उनी कतै \'कृष्ण\' भएर बाँचेका छन् कतै \'सेन\' भएर बाँचेका छन् कतै \'इच्छुक\' भएर बाँचेका छन् कतै चट्टान झैँ बाँचेका छन् कतै बम-बारुद झैँ बाँचेका छन् कतै आँधी त कतै सुनामी झैँ बाँचेका छन् उनी कणकणमा बाँचेका छन् थोपाथोपामा बाँचेका छन् झोंकाझोंकामा बाँचेका छन् मनमनमा बाँचेका छन् उनी सर्वत्र बाँचेका छन् उनी सर्वज्ञ बाँचेका छन् र त उनी मरेका छैनन् असम्भव छ- उनी मर्नु ।   २०६७-०२-१३ (याम्बु)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies