Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

लमजुङमा भूकम्प काव्य गोष्ठी

लमजुङ, हालैको विनाशकारी भूकम्पको स्मरण गर्दै जिल्लाका कवि कवयित्रीहरुले आ–आफ्ना रचनामार्फत भूकम्प जाँदाको अनुभव, राहतमा भएको ढिलाइ र राजनीति तथा विपत्तीलाई अवसरका रुपमा लिनुपर्ने भावना व्यक्त गरेका छन् ।

अन्तरङ्ग राष्ट्रिय साप्ताहिकद्वारा सदरमुकाम वेंशीसहरमा आयोजित मासिक रचनावाचनको २५औँ शृङ्खलाका अवसरमा भूकम्पबाट पीडित स्रष्टाहरुले जस्तोसुकै विपद्मा पनि विचलित नभई साहित्य सिर्जनामा लाग्ने बताए ।

सो अवसरमा कविहरु तेजनारायण अधिकारी, केशव सिग्देल, एल बि क्षेत्री, चेतोनाथ अधिकारी, वेन सुयल, सुशीलचन्द्र अधिकारी, वासुदेव थापा, वसन्त अधिकारी, रामचन्द्र अर्याल, राजु थापा, कवयित्री कमला केसी, सीता पौडेल, गायिका सुधा ढकाल तथा वालकविहरू अपूर्वराज पहाडी, निश्चल अधिकारी, आशिष परियार, सुदिल थापा, कामना थापालगायतले कविता पाठ गरेका थिए ।

कार्यक्रममा हालैको भूकम्पले घर ध्वस्त बनाएका लमजुङका तीन कवि तथा साहित्यकारहरू चेतोनाथ अधिकारी (विचौर), रुद्रनिधि तिवारी (चिती) र विश्व विनोद (गाउँसहर)लाई जनही रु ३० हजार आर्थिक सहायता प्रदान गरिएको थियो । भूकम्प पीडित स्र्रष्टाहरूलाई हस्तान्तरण गरिएको उक्त रकम अमेरिकाका साहित्यकार माइकल रोथर्नवर्गले ‘पोइट इन् निड’ संस्थामार्फत प्राप्त भएको थियो ।

सो सहयोग रकम हस्तान्तरण गर्दै नेपाली राइटर इन इङ्लिस सोसाइटीका सचिव एवम् त्रिवि कीर्तिपुरको अङ्ग्रेजी विभागका उपप्राध्यापक केशव सिग्देलले समाजलाई उज्यालो देखाउने कविहरूलाई दुःखपर्दा सँगै छौँ भन्ने भावनासहित विपद्को अवस्थामा प्रेम र सद्भाव बाड्न खोजिएको बताए । उनका अनुसार देशका भूकम्प प्रभावित सात जिल्लाका ३० जना कवि, साहित्यकारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

बरिष्ठ साहित्यकार एवम् चरैवेती साहित्यिक त्रैमासि प्रधानसम्पादक एल बि क्षेत्रीले लोकसाहित्यको क्षेत्रमा लमजुङको विशिष्ठ पहिचान रहेको र यसलाई नयाँ पुस्ताका साहित्यकारहरुले अझ अगाडि लैजानुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा जनविकास क्याम्पसका प्रचार्य अङ्गराज घिमिरेले भूकम्पले क्षतविक्षत् भएका मनलाई सिर्जनामा जोड्ने मौकाका रूपमा लिएको बताउँदै गोष्ठीमा वाचन गरिएका कविताहरुको समीक्षा गरेका थिए ।

अन्तरङ्गका सम्पादक नवराज पहाडीले राहत रकमले साहित्यकारहरू एक्लै छैनन् उनीहरूलाई दुःख पर्दा साथ दिने व्यक्ति तथा संस्थाहरू छन् भन्ने उदाहरण मिलेको र यसबाट साहित्यको सेवामा निरन्तर लाग्न प्रेरणा दिएको बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies