Khabar Dabali Logo
  December 10, Tue

महिलाको प्रिय कसरी बन्ने ?

महिलाको नजरमा छाउन र उनीहरुको मन–मस्तिष्कमा डेरा जमाउनका लागि धेरै पुरुषहरु कोसिस गर्ने गर्दछन् तर उपलब्धि हात लाग्दैन । आउनुहोस् आज हामी तपाईंलाई महिलाको प्रिय कसरी बन्ने भन्ने विषयमा जानकारी दिँदै छौँ ।
१. महिलालाई कसरी बनाउने प्रभावित ?
धेरैपटक पुरुषहरु महिलालाई आफूप्रति कसरी प्रभावित गर्ने भन्ने बारे सोचेर हैरान हुने गर्दछन् । महिलालाई खुसी र उनको मन जित्नका  लागि पुरुष मित्रहरुले धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । महिलाको मनपर्ने लिष्टमा सूचिकृत हुनका लागि सर्वप्रथम त तपाईं ‘रियल’ हुन आवश्यक छ । महिलाहरुलाई बनावटी पुरुष अलिकति पनि मनपर्दैन । यदि तपाईं पनि महिलाको प्रिय बन्न चाहनुहुन्छ भने यहाँ दिइएका टिप्स पक्कै पनि तपाईंलाई काम लाग्नेछन् ।
2 couple२. परिपक्कता छ आवश्यकः
कुनै पनि सम्बन्धलाई कायम गर्नका लागि सबैभन्दा जरुरी छ – समझदारी । तपाईंको सानो गल्तीले पनि महिलाको मन दुख्न सक्छ । आफूमाथि र आफ्नो व्यवहारमा नियन्त्रण राख्नुहोस् । देखावटीको चक्करमा तपाईंले महिलाको मन कहिले पनि जित्न सक्नुहुन्न ।
3 couple३. अरुलाई इज्जत गर्नुहोस्ः
महिलाहरुलाई त्यस्ता पुरुष मनपर्छ जसले अरु व्यक्तिको इज्जत गर्दछ । अरुलाई दुःख दिने र उनीहरुको बेइज्जत गर्ने पुरुषसँगै महिलाहरु कहिले पनि बस्न चाहँदैनन् । त्यसकारण तपाईंले पनि आजैदेखि अरुको इज्जत गर्न सिक्नुहोस् ।
4 couple४. धैर्यवान् बन्नुहोस्ः
महिलालाई खुसी राख्न र उनीहरुको मन जित्नका लागि सुरुमा नै उनलाई हतारिँदै प्रेमको प्रस्ताव नराख्नुहोस् । पहिला उनको व्यवहार र वरिपरिको वातावरण बुझ्नुहोस् ।
6 couple५. साथी बनेर गर्नुहोस् पहलः
महिलालाई प्रेम प्रस्ताव राख्नुपूर्व पहिले तपाईं उनको साथी बन्नुहोस् । उनीसँग साथी बनेर आरामले आफ्नो मनको कुरा बताउन सक्नुहुन्छ ।
7 couple६. उनको पनि सुन्नुहोस्ः
सामान्यरुपमा महिलालाई धेरै बोल्नुपर्ने हुन्छ । यस्तो अवस्थामा आफ्नो पुरुषले कुरा सुनोस् भन्ने महिलाको इच्छा हुन्छ । जतिबेला तपाईं महिलासँग कुराकानी गर्नुहुन्छ तब उनलाई प्रभावित गर्नका लागि कम बोल्नुहोस् र उनलाई बढि बोल्न दिनुहोस् ।
8 couple७. वातावरणलाई रोमाञ्चक बनाउनुहोस्ः
तपाईंले आफ्नो सकारात्मक सोचका साथै सेन्स अफ ह्युमर पनि राम्रो बनाउन आवश्यक छ । गम्भीर माहोल र हल्का बनाउने तपाईंको कलाले नै तपाईंलाई महिलाको मुटुमा बास गराउँछ ।
9 couple८. संकोची नबन्नुहोस्ः
तपाईं महिलाको अगाडि कत्ति पनि नभर्स नहुनुहोस् । अझ कुराकानी गर्न संकोची व्यवहार त पटक्कै नदेखाउनुहोस् । नभए महिला तपाईंबाट टाढा भाग्ने गर्दछन् ।
10 couple९. विश्वासपात्र बन्नुहोस्ः
महिला धेरैजसो हाँसिरहने र खुल्ला हृदय भएको पुरुषलाई मन पराउने गर्दछन् । यसका साथै पुरुषहरु विश्वास योग्य हुन पनि आवश्यक छ । त्यसकारण महिलाको प्रिय हुनका लागि सबैभन्दा पहिले उनको विश्वास जित्नुहोस् र त्यसलाई कुनै पनि हालतमा कायम राख्नुहोस् । यसका साथै हाँसो ठट्टा पनि जरुरी छ तर यसमा सिमालाई पनि विशेष ध्यान राख्नुहोस् ।
11 couple१०. मन पर्ने, नपर्ने कुराहरुमा ध्यान दिनुहोस्ः
धेरैजसो जोडिको मनपर्ने र मननपर्ने कुराहरु भिन्न हुन्छन् तर यदि तपाईं कसैको साथ चाहनुहुन्छ भने उनको मनपर्ने र मननपर्ने कुराको तालमेल मिलाउन कोसिस गर्नुहोस् । सम्बन्धको सुरुवाती अवस्थामा नै कसैको कुनै कुरा मनपर्दैन भन्नु सट्टा सम्बन्भ स्थापित भइसकेपछि बिस्तारै यस्ता कुराहरुको बारेमा कुरा गर्नु आवश्यक छ ।
12 couple११. सफा सुग्घरमा ध्यान दिनुहाेस्ः
महिलाको नजरमा आउनको लागि सफा सुग्घरमा विशेष ध्यान राख्नुपर्छ । यदि तपाईं महिलालाई भेट्न जाँदै हुनुहुन्छ भने सफा भएर जानुहोसु, कपाल काट्नुहोस्, दाह्री काट्नुहोस् । यसका साथै पसिनाको दुर्गन्धलाई हटाउनका लागि राम्रो खालको बडि स्प्रे अथवा डियोड्रेन्टको प्रयोग गर्नुहोस् ।

जेठ ७ गते, २०७२ - २३:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषध गाँजासहित एक भारतीय पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ...   

भक्तपुरकाे सल्लाघारीमा टिप्परले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

मध्यपुरथिमि । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा...   

बबलात्कारको आरोपमा सिद्धबाबा पक्राउ

विराटनगर । बबलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले मोरङको विराट नर्सिङ...   

बढ्दै गए स्वास्थ्य सेवा लिँने एचआइभी सङ्क्रमित

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जनाले एचआइभी सङ्क्रमित औषधि सेवा र नियमित स्वास्थ्यजाँच...   
पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

गलकोट । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’का नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विकासमा...   

टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

खस्यौली । भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

८ किलो सुनसहित विमानस्थलबाट समातिए २ चिनियाँ नागरिक

काठमाडौं । हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो अवैध सुनसहित...   

यि हुन् मन्त्रिपरिषदका दुई निर्णय

काठमाडौं । सरकारले नेपाल भारत पारवहन सन्धि पुनरावलोकका लागि समिति गठन गरेको छ। बिहीबार सञ्चार तथा...   
आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

काठमाडौं। ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई निष्काशन गरेको छ । बुधबार बसेको केन्द्रीइ...   

अमेरिकामा दैनिक ६२ लाख ब्यारेल पेट्रोलियमको आयात, पछिल्लो साता झनै बढ्दै

एजेन्सी । अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top