Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सिन्धुपाल्चोक पुगेर प्रचण्ड आफैले अस्थायी टहरो बनाउने

काठमाडौं, एकीकृत नेकपा माओवादीको ‘राष्टि«य पूननिमार्ण अभियान’ अन्तर्गत एकीकृत नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ हालसम्म सबैभन्दा बढी क्षति भएको जिल्ला सिन्धुपाल्चोक जाने भएका छन् । भूकम्पबाट सिन्धुपाल्चोकमा मात्रै करिब ४ हजारको हाराहारीमा मृत्यु भएको छ भने ८० हजार घरमध्य ६० हजार घरहरु पूर्णरुपमा ध्वस्त भएका छन् । बाँकी घरहरुमा समेत बस्न सकिने अवस्था छैन । एकीकृत नेकपा माओवादीका अनुसार सबैभन्दा बढी क्षति भएको सिन्धुपाल्चोक जिल्ला पूर्वमा एकीकृत नेकपा माओवादीको सबैभन्दा बढी आधार रहेको जिल्ला पनि हो । बागमती अञ्चलबाट दोस्रो संविधानसभामा जम्मा २० सिटमध्य १ सिट चुनाव जितेको जिल्ला पनि सिन्धुपाल्चोक नै हो । यसकारण पनि प्रचण्डले सिन्धुपाल्चोक रोजेको आम अनुमान छ । ८ गते शुक्रबार सिन्धुपाल्चोकमा गएर अध्यक्ष प्रचण्डले माओवादी आधारक्षेत्रको रुपमा परिचित साँगाचोक गाविसमा पुननिर्माण अभियानको उद्घाटन गर्नेछन् । एकीकृत नेकपा माओवादी सिन्धुपाल्चोक जिल्लाका पार्टी अध्यक्ष माधव सापकोटाका अनुसार ८ गते दिनभर उनले जनताको अस्थायी बसोबासका लागि साँगाचोकमै काम गर्नेछन् । उनका अनुसार प्रचण्ड पनि पालभित्रै बस्नेछन् र जनताको दुखसँग एकाकार हुनेछन् । त्यसैगरी ९ गते बिहानै प्रचण्ड जिल्लाको १ नं. क्षेत्रको हरिसिद्धि उच्चमाध्यामिक विद्यालय पाखरमा पुगेर काम गर्नेछन् भने १० गते ३ नं. क्षेत्रको तिपेनीमा गएर श्रमदान गर्नेछन् । सापकोटाका अनुसार अहिलेसम्म ३ दिनको कार्यक्रम बनाइएको छ । बाँकी कार्यक्रम जिल्लाको अवस्था हेरी पछि बनाइनेछ । प्रचण्डको साथमा एमाओवादी नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पून र जिल्लावासी एमाओवादी नेता तथा सभाषद अग्नी सापकोटा पनि साथै साथै हुनेछन् । वाइसिएलका केन्द्रीय संयोजक आरसी शर्मा ‘विज्ञान’ पनि प्रचण्डको साथमै सिन्धुपाल्चोक पुग्नेछन् । जिल्ला नेता सापकोटाका अनुसार अस्थायी टहरा निर्माणका लागि साधनस्रोतको परिचालन प्रचण्ड आफैले पनि गरेका छन् भने अपुग सामाग्रीको व्यावस्था जिल्ला पार्टीले गर्नेछ । नेता बाबुराम भट्टराई हिजै गोरखाको बारपाक पुगिसकेका छन् भने अर्का नेता नारायणकाजी श्रेष्ठ पनि भोली नै दोलखा जानेछन् । अभियान एकीकृतत नेकपा माओवादीको घोषणा अनुसार जेठ ८ गतेबाट १५ दिनका लागि चल्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies