Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

लौ हेर्नोस्, नुवाकोटस्थित साततले दरबारको हविगत ! (फाेटाेफिचर)

अघिल्लो शनिबार आएको विनासकारी भूकम्पले नुवाकोटस्थित ऐतिहासिक साततले दरबार समेत क्षतिग्रस्त भएको छ । सदरमुकाम विदुरदेखि ४ किलोमिटर पूर्वमा रहेको यस दरबारको उत्तरी भाग भत्किएको छ । भूकम्पले देशभरका अधिकांश ऐतिहासिक महत्वका दरबार, मन्दिर, गुम्बा, धरहरा भग्नाभशेषमा परिणत गराएको छ । साततले दरबार बाहिरबाट हेर्दा सग्लो देखिए पनि भित्र पस्नै नुहनेगरी चर्किको छ । कम्पनका कारण छानाको झिँगटी भुइँमा खसेका छन् । दरबारको चारैतिर गाह्रो चिरिएको छ । पर्खालहरु सबै भत्किएका छन् । तत्कालीन समयमा सामरिक दृष्टिले महत्वपूर्ण स्थल यो दरबार पृथ्वीनारायण शाहले उपत्यकाका राजौटाहरुको सूचना संकलन, शत्रु पक्षको आगमन निरीक्षण तथा गोरखाली सेनाहरु बासका लागि बनाइएका थिए । ग्रीष्मकालीन दरबारका रुपमा चिनिने नौतले दरबारबाट ९० सालको भूकम्पका कारण दुई तला खसेपछि साततले भएको हो । दुई वर्षअघि मात्र यसलाई संग्राहलयमा परिणत गरिएको थियो । मन्दिर शैलीको यस दरबारभित्र राजा पृथ्वीनारायण शाहको शयनकक्ष, रानीको खोपी, भारदारकक्ष, कैदी थुन्ने कालकोठरी, पृथ्वीनारायण शाह र उनकी रानीले प्रयोग गरेका सामग्री तथा उनीहरुका मूर्ति छन् । वि.सं. १८०१ मा राजा पृथ्वीनारायण शाहले नुवाकोट विजय गरेपछि दोस्रो राजधानीका रुपमा नुवाकोटलाई प्रयोग गरेका थिए । वि.सं. १८१९ मा  शाहले ललितपुरबाट गालिगढ झिकाई नौतले दरबारको निर्माण गराएका थिए । वि.सं. १८२६ मा काठमाडौंमाथि विजय प्राप्त गर्नुअघि पृथ्वीनारायणले नुवाकोटको यसै दरबारबाट आफूले जितकाजति स्थानहरुमा राजकाज चलाउँथे । काम नलाग्ने हातलमा छ भैरवी मन्दिर भूकम्पको धक्काका कारण नुवाकोटस्थित करिव चार सय वर्ष पुरानो भैरवी मन्दिरमा समेत निकै क्षति पुगेको छ । साततले दरबारदेखि पश्चिमतर्फ अवस्थित यो मन्दिरको जगभन्दा माथिको पूरै भाग चारैतिर भत्किएकाले उत्तरपटि करिव ६० डिग्रीको कोणमा ढल्किएको छ । भैरवी मन्दिरका पर्खालहरु सबै भत्किएका छन् । मन्दिरको गारो चर्किको छ । नित्य पूजा हुने यस मन्दिरमा शनिबारदेखि पूजाआजा ठप्प छ । वि.सं. २००८ सालदेखि भैरवीको पूजा गर्दै आएका धामी त्यस दिनको काहालीलाग्दो घटना सम्झँदै भन्छन्– ‘भैरवीको पूजा सकेर बाहिर निस्किएको मात्र थिएँ, ठूलो आवाजका साथ सुसाउँदै जमिनै हल्लन थाल्यो । म आत्तिएँ । मेरी बूढी मन्दिरभित्रै रहेकाले उसलाई समातेर बल्लबल्ल चोकमा ल्याएँ । जमिन झन् हल्लिन थाल्यो । म त घोप्टो परेर जमिनमै सुतिदिएँ ।’ ज्यान जोगाउनका लागि शितलपाटीमा बसेका यी धामी देशमा अनिष्टको संकेत देखापरेकाले आफूले पहिल्यै राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई अनिष्टबाट मुलुक जोगाउन पूर्वसावधानी अपनाउन पटकपटक सल्लाह दिँदा पनि कसैले नटेरेको गुनासो गर्छन् । वैशाख १२ गतेको भूकम्पले नुवाकोटको तलेजु मन्दिर, सेनाको ब्यारेक, गारदघर, धामीघर, गोरखनाथ मन्दिरलगायतका सबैजसो ऐतिहासिक महत्वका कलाकृतिहरु नष्ट हुने संघारमा पुगेका छन् । अस्तित्वकै संकटमा ऐतिहासिक पुरानो बजार नुवाकोटको दरबार स्क्वायरमा अवस्थित २ सय वर्ष पुरानो वस्ती शनिबारको भूकम्पले भग्नाभशेषमा परिणत भएको छ । पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजयप्राप्त गरेपछि काठमाडौं उपत्यकाबाट नेवारसमुदायको ठूलो हिस्सालाई यहाँ बसाइँ सारेका थिए । धामी हरिमानसिंह डंगोलका अनुसार दरबार संरक्षणका लागि राजा पृथ्वीनारायण शाहले नै उनीहरुलाई नुवाकोट लगेका हुन् । २ सय वर्ष पुरानो यो वस्ती विकसित हुँदै जाँदा हाटबजारबाट सुरु भएको बजार अहिले आधुनिक सहरमा परिणत भइसकेको छ । डंगोलले भने– ‘शनिबारको विनासकारी भूकम्पले क्षणभरमै इतिहास नै मेटाइदियो ।’ भुइँचालोले उठिबास लगाएपछि भूकम्पपीडितहरु नजिकैको शितलपाटीस्थित खुला चउरमा बस्न बाध्य भएका छन् । \"nuwakot1\"\"nuwakot2\"\"nuwakot3\"\"nuwakot5\"\"nuwakot6\"\"nuwakot7\" \"nuwakot8\" \"nuwakot9\" \"nuwakot10\" \"nuwakot11\" \"nuwakot12\"\"nuwakot13\" \"nuwakot14\" \"nuwakot15\" \"nuwakot16\" \"nuwakot17\" \"nuwakot18\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies