Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रचण्डले प्रधानमन्त्रीलाई भने – ‘विपतमा विभेद किन गरेकोे ?’

\"Prachandaभूकम्पले देश यतिबेला ठूलो आहतमा छ । एमाओवादीले विपद् व्यवस्थापन तिर के सोचिरहेको छ ? हाम्रो पार्टीले यो विषयलाई निकै गम्भिर रुपले हेरेको छ । विभिन्न चरणमा छलफल चलाएर निर्णयहरु गरिएको छ । के के गर्नुभयो ? पहिलो दिन नै हामीले स्थितिको गम्भिरतालाई हेरेर पार्टीको तर्फबाट र ३० दलीय मोर्चाको तर्फबाट जनतालाई र आफ्नो पार्टीपंक्ति, ३० दलीय मोर्चालाई आव्हान गरियो । तुरुन्तै उद्धार कार्यमा लाग्न निर्देशन पनि दियो । भोलीपल्ट हामीले यो विषयलाई सरकारसँग पनि गम्भिर ढंगले उठाएका थियौं । सरकारको कामकारवाही विल्कुल प्रभावहिन भएको छ । कैयौं प्रभावित क्षेत्रमा अहिलेसम्म राज्यको उपस्थितिसमेत देखिएको छैन । हेलिकप्टर परिचालनमा पनि बडो अस्तव्यवस्तता छ । टेन्ट, खानेपानी, औषधि यो सबै विषयमा सरकारको कुनै योजना देखिएन भनेर भोलीपल्ट नै प्रमुख प्रतिपक्षको तर्फबाट गम्भिर तरिकाले ध्यानाकर्षण गरायौं । हिजो पनि हामीले ध्यानाकर्षण गराएका थियौं । पारदर्शी तरिकाले उद्धारको काम राहतको काम, विस्तारै पुनःस्थापनाको लागि केन्द्रीय स्तरमा सर्वदलीय संयन्त्र बनाउन जरुरी छ । त्यो कुरा व्यवस्थापिका संसदको आकस्मीक बैठक डाकेर त्यो खालको संरचना तयार पार्नुपर्छ ।
पारदर्शी तरिकाले उद्धारको काम राहतको काम, विस्तारै पुनःस्थापनाको लागि केन्द्रीय स्तरमा सर्वदलीय संयन्त्र बनाउन जरुरी छ । त्यो कुरा व्यवस्थापिका संसदको आकस्मिक बैठक डाकेर त्यो खालको संरचना तयार पार्नुपर्छ ।
अनि राहत र उद्धारको कार्यदेखि पुनःस्थापनासम्म गर्ने पारदर्शी बनाउने कुरा हामीले गम्भिर ढंगले संविधानसभाका अध्यक्षले बोलाएको बैठकमा राख्यौं । आज राज्य व्यवस्थामा पनि यो कुरा राखेका छौं । हाम्रो पार्टीको आफ्नै बैठकले उद्धार र राहत कार्यलाई प्रभावकारी तरिकाले अगाडी बढाउनको लागि विभिन्न निर्णयहरु लिएको छ । राहत र उद्धारको निम्ति स्वयंमसेवक परिचालन गर्ने, केन्द्रीय र विभिन्न जिल्ला प्रभावित जिल्लाहरुमा पनि प्रमुख नेताहरुको कार्र्यविभाजन गरि अनुगमनमा जाने, त्यहाँ जनशक्ति परिचालन गर्ने, जिल्ला प्रशासनसँग समन्वय गर्ने, सरकारसँग समन्वय गर्ने  प्रभावित क्षेत्रमा प्रत्यक्ष रुपमा राहत पुर्याउन हामी लागिरहेका छौं । तपाईंले भनेको असफल सरकारसँग कसरी सहकार्य गर्नु हुन्छ ? पुरै असफल हामीले भनेका छैनौं ।  सरकार प्रभावहिन भएको छ । प्रभावकारी भएको छैन भन्नु र असफल भन्नु फरक कुरा हो । तर सरकारको काम कारवाही अस्तव्यस्त हुन भएन व्यवस्थित हुन पर्यो । राहत उद्धार र पुनःस्थापना कार्य राज्यले नै समन्वय गर्नुपर्ने हुन्छ । हामी अहिले राज्य त होइन नी । राज्यले समन्वय गर्ने र प्रतिपक्षले यसमा सहयोग गर्छ हामीले भनेकै छौं । अहिले भर्खरै मात्रै पनि मेरो प्रधानमन्त्री र गृहमन्त्रीसँग कुराकानी भयो ।  हामी हाम्रो पार्टीका तर्फबाट तपाईंहरुलाई केहि गम्भिर विषयमा सरकारको ध्यानाकर्षण गराउन हामी भेट्न चहान्छौं भनेर समय पनि हामीले लिएका छौं । यी सबै कुराहरु हामी सरकार समक्ष राख्नेछौं । अहिले राहत उद्धार पुनःस्थापनामा जति पारदर्शी हुनुपर्ने हो त्यो पारदर्शी नभएको गुनासो जनताबाट आईराखेको छ । प्रभावकारी बनेन भन्ने व्यापक जनगुनासो त थियो र छ नै । अहिले विस्तारै विभेदकारी पनि हुन थाल्यो भन्ने पनि आएको छ । मैले यो विषयमा प्रधानमन्त्रीलाई फोनबाट जानकारी गराएको छु । अहिले हाम्रो प्रतिनिधि मण्डलै गएर भेटेर कुरा गर्दै छौं । शीर्ष नेता सुशील केपी र तपाईं स्वयमं विपत व्यवस्थापनमा असफल भयो भन्ने जनगुनासो छ नि ? यो वाइयात कुरा हो । यो प्राकृतिक विपतको बेलामा अनावश्यक आरोप प्रत्यारोप गर्ने कुरा विपतबाट ध्यान अन्त मोड्ने र जनतालाई अझ सताउने कुरा मात्रै हो । यो बिल्कुल गलत कुरा हो । खबरडबली सहकर्मी सुदिप विश्वकर्माले भुकम्प महाविपत्तिका बारेमा आज मंगलबार गरेको कुराकानि ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies