Khabar Dabali Logo
  December 12, Thu

निन्द्रा र सपनाको विषयमा अचम्मित गरिदिने तथ्य

खाना र पानी पछि जुन कुरा मानव शरिरको लागि आवश्यक छ, त्यो हो निन्द्रा । मानिसको दिमाग निदाएको बेलामा के गर्न सक्छ त्यो अहिलेसम्म पनि पत्ता नलागेको कुरा हो ।

दिमागको पूरै क्रिया थाहा पाउन गाह्रो छ । जब व्यक्ति पुरै निदाउँदैन उसको शरिर उसको अधिनमा हुँदैन ।
जब व्यक्ति निदाउन सक्दैन तब उसको दिमाग काम गर्न सक्दैन । उसको बोलीचालीको तरिका पनि परिवर्तन हुने गर्दछ भने उसको स्मरण शक्ति कमजोर हुने गर्दछ ।

अहिलेसम्म कसैले पनि पत्ता लगाउन सकेका छैनन् कि हामी सपना किन देख्छौँ । हरेक सपनाको के अर्थ हुन्छ, त्यो पनि सबैलाई थाहा हुँदैन । हामीमध्ये धेरैले सपनालाई विश्वास गर्दैनौँ । यसलाई धेरै मानिसहरुले दिमागको खेल हो भन्ने सोच्छन् ।

आज हामी तपाईंलाई सपनाको बारेमा यस्तै अचम्मित गरिदिने तथ्य बताउँदैछौँ ।

1stimageस्थिर गरिदिने सपनाः
सपनाले दिमागलाई स्थिर गरिदिन्छ र निदाउँदा शरिर पनि स्थिर हुने गर्दछ त्यसकारण यसले केहि प्रतिक्रिया दिन सक्दैन । यदि कोही व्यक्तिको सपना गलत तरिकाबाट टुट्छ तब ती व्यक्ति लगभग १० मिनेटसम्म स्थिर रहने गर्दछ ।
2ndimagealtनराम्रो सपना देख्ने संकेतः
चिसो कोठामा सुत्दा नराम्रो सपनाको सम्भावना बढ्छ । चिसो कोठामा बारम्बार नराम्रो सपना देखिन्छ ।
3rdslideपढ्न र घडि हेर्न असमर्थः
सपनामा सबैभन्दा गाह्रो काम भनेको पढ्नु र घडि हेर्नु हो । सपना चाहे जस्तो सुकै होस्, तपाईं सपनामा हुँदा न केहि पढ्न सक्नुहुन्छ न त समय हेर्न सक्नुहुन्छ ।
4thimageस्पष्ट सपनाः
यस प्रकारको सपनाको खोज मानिस आफैँले गरेका हुन् जसलाई कान्सियस ड्रिमिङ पनि भनिन्छ । यस प्रकारको सपनामा विभिन्न गतिविधिहरुमाथि मनुष्यको नियन्त्रण हुने गर्दछ जस्तै उड्नु, घुम्नु र यहाँसम्म कि भित्ताहरुमा हिँड्नु ।
5thimageनशाः
कोही व्यक्तिलाई सपना देख्ने नशा हुन्छ । यस्ता व्यक्तिहरु ब्यूझँनै चाँहदैनन् र दिनमा पनि सपना देखिरहन्छन् । यसका लागि उनीहरु हेलुसिनोजेनिक ड्रग लिने गर्दछन् जसलाई डिमेथ्राइट्रेप्टामिन भनिन्छ । यसले दिमागमा एक प्रकारको रसायन पैदा गर्दछ ।
6thimageदृष्टिविहिनको सपनाः
जो मानिसहरु जन्मजात नै दृष्टिविहिन हुँदैनन्, उनीहरु सपनामा मानिसहरुको अनुहार र अन्य कार्यक्रमहरु देख्ने गर्दछन् भने जो व्यक्ति जन्मजात नै दृष्टिविहिन छन् उनीहरु कालो रङभन्दा अरु रङ देख्न सक्दैनन् किनभने अरु रङप्रति उनीहरुको दृष्टि सेन्स गर्न सक्दैनन् ।
7thimageसपनामा जे देखिन्छ, त्यो नयाँ होइनः
मानिसको दिमाग, अनुहार र अन्य व्यवहार बनाउन सकिन्न त्यसकारण हामी सपनामा जे देख्छौँ त्यो हामीले देखेका कुराहरु नै हुन् । त्यसलाई हामीले हाम्रो बाल्यकाल अथवा कहिँ कतै देखेका हुनसक्छौँ जसलाई सायद हामीले बिर्सिसकेका छौँ ।
8thimageसपना कहिले पनि रंगीन हुँदैनः
कुनै पनि व्यक्ति रंगीन सपना देख्न सक्दैनन् । हामी सपनामा जे देख्छौँ त्यो ब्ल्याक एण्ड ह्वाइट नै हुने गर्दछ ।
9thimageहिंस्रक सपना एउटा चेतावनी हुनसक्छः
हिंस्रक सपना जस्तै चिच्याउने, छटपटाउने, पिटाइ खाने आदि बिरामी हुने संकेत अथवा चेतावनी हुनसक्छ । यो दिमागको खराबी र पागलपनको सुरुवाती लक्षण पनि हुन सक्छ ।
10thimageकसैको शरिरलाई रिसेट गर्नुः
ब्रिटिश मिनिस्ट्री अफ डिफेन्सले आफ्ना सैनिकहरुको ‘स्लिप बटन रिसेट’ गरिदिए जसका कारण उनीहरु ३६ घण्टासम्म नसुती लगातार कुशलताका साथ काम गर्न सफल भए । यी सैनिकहरुको आँखामा फाइबर अप्टिकल लगाइएको थियो जसले उनीहरुको आँखामा एउटा भ्रम पैदा गर्दछ र उनीहरु जागा भइरहन्छन् ।
11thimageमहिलालाई निन्द्रको बढि आवश्यक छः
यो वैज्ञानिक रुपमा नै सिद्ध भएको छ । महिलालाई पुरुषहरुको तुलनामा एक घण्टा बढि निन्द्राको आवश्यक हुन्छ । यदि महिलाहरु एक घण्टा कम सुत्छन् भने उनीहरु बढि तनावग्रस्त रहने गर्दछन् ।

बैशाख १० गते, २०७२ - २०:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषध गाँजासहित एक भारतीय पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ...   

भक्तपुरकाे सल्लाघारीमा टिप्परले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

मध्यपुरथिमि । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा...   

बबलात्कारको आरोपमा सिद्धबाबा पक्राउ

विराटनगर । बबलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले मोरङको विराट नर्सिङ...   

बढ्दै गए स्वास्थ्य सेवा लिँने एचआइभी सङ्क्रमित

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जनाले एचआइभी सङ्क्रमित औषधि सेवा र नियमित स्वास्थ्यजाँच...   
पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

गलकोट । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’का नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विकासमा...   

टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

खस्यौली । भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

८ किलो सुनसहित विमानस्थलबाट समातिए २ चिनियाँ नागरिक

काठमाडौं । हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो अवैध सुनसहित...   

यि हुन् मन्त्रिपरिषदका दुई निर्णय

काठमाडौं । सरकारले नेपाल भारत पारवहन सन्धि पुनरावलोकका लागि समिति गठन गरेको छ। बिहीबार सञ्चार तथा...   
आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

काठमाडौं। ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई निष्काशन गरेको छ । बुधबार बसेको केन्द्रीइ...   

अमेरिकामा दैनिक ६२ लाख ब्यारेल पेट्रोलियमको आयात, पछिल्लो साता झनै बढ्दै

एजेन्सी । अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top