Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

३२ वर्षदेखि न्यायको भीख मागिरहेका राजा महेन्द्रका ‘शिकारी’

काठमाडौं, सर्वोच्च अदालत परिसरको मूल गेटको ठीक अगाडि दायाँपट्टि एक वृद्ध लौरोमाथि च्यापु अड्याएर बसिरहेका थिए । कालो वर्ण, छोटो कद, सेतो दौरासुरुवालमाथि कालो कोट, शिरमा भादगाउँले टोपीमा चिटिक्क देखिन्थे, उमेरले असी कटिसकेकाजस्ता उनी । \"sikariवृद्धका छेउमै एक अधबैंसे महिला कसैको प्रतीक्षामा यताउती हेर्दै थिइन् । दुवैको गलामा थियो अदालतको ‘पास’ । वातावरण सफा थियो तर गर्मी बढेको संकेत दिन्थ्योे । दिउँसोको ‘टिफिन टाइम’ भइरहेको थियो । न्यायाधीश, वकिल, सुरक्षाकर्मी, कर्मचारी र अदालती कामकारबाहीमा आउने मानिसहरु टिफिनतर्फ लम्किँदै थिए । मेरो नजर भने अघिदेखि नै उनै वृद्धमाथि केन्द्रित थियो । अदालतभित्रै भएकाले उनी कुनै समस्या परेरै आएकोमा कुनै शंका थिएन । म गएँ बृद्धको नजिकै । सामान्य शिष्टाचार व्यक्त गर्दै सोधें– ‘बुबा तारिकमा आउनुभएको हो ?’ बृद्धले मप्रति सन्देह व्यक्त गर्दै जवाफ दिए– ‘हो ।’ सोधें– ‘तपाईंको नाम के हो नि ?’ बोले वृद्ध बा– ‘दिलबहादुर बानियाँ ।’ फेरि सोधें– ‘घर  नि ?’ ‘पाँचखाल नगरपालिका– १, काभ्रे । प्रश्नको मेरो सिलसिला जारी नै रह्यो– ‘कस्तो मुद्धा बुवा ?’ यसपटक उनी बोल्न नपाउँदै सँगैकी महिलाले जवाफ दिइन्– ‘अंश मुद्धा ।’ फेरि सोधें– ‘कति वर्ष भयो ?’ ‘३२ वर्ष ।’ महिलातर्फ इंगित गर्दै फेरि सोधें– ‘उहाँ चाहिँ को नि ?’ बोलिन् उनै महिला– ‘म उनकी छोरी ।’ सुनेको थिएँ, अंश मुद्धा बढिमा ६ महिनाभन्दा पर जाँदैन । तर... बुबाको कुरा सुनेर म चकित परें । मलाई झनै कौतुहलता जागेर आयो । यत्तिकैमा कालोकोटधारी दुई जना आएर बुढालाई नमस्कार गरे । छिटछिटो सास तान्दै बुबाले ती दुईलाई सोधे– ‘मुद्धा के भो बाबु ?’   तिनले मलिन अनुहारमा आश्चर्यचकित हुँदै जवाफ दिए– ‘बुबा ! अब न्याय हरायो, मुद्धा खारेज भो, हामीले हार्यौं, जिल्लाकै फैसला सदर भो ।’ मलाई थाहा भो, कालोकोटधारी ती दुई व्यक्ति बुढाका वकिल रैछन् । बुढाले दिक्क मान्दै खुइय सास फेरेर दृढताका साथ भने– ‘अब कुन बाटो जाने त ? जाने ठाउँ भए अझै लड्न तयार छु ।’ ‘अब जाने बाटो छैन बुबा, उपाय कुनै रैछ भने भनौंला, अहिले चिन्ता नगर्नोस्’ वकिलले सान्त्वना दिए बुढालाई, मैले धैर्यताका साथ सुनें । मभित्रको खुल्दुली झन् बढ्दै गयो । कानुनका दस मुख हुन्छन् भन्ने सुनेको थिएँ । अंश मुद्धा छिनोफानो हुन धेरै समय लाग्दैन भन्ने सुन्दासुन्दै ३२ वर्ष  लडेर पनि ती बृद्धले किन हारे ? कसरी हारे ? सर्वोच्चले किन हरायो ? यसबारे बुझ्न मन लाग्यो । अपरिचित व्यक्तिले धेरै खोजीनीति गर्दा अनेकथरी शंका हुने सम्झेर मैले आफ्नो परिचय दिएँ । कानुनी प्रक्रिया, मुद्धा हार्नुका कारण र अबको उपायबारे वकिलसँग जानकारी लिएँ । केही समयको भलाकुसारीपछि गए वकिलहरु । तर, मेरो मन शान्त भएन । एक त मानवीय नाता, अर्कोतर्फ पत्रकार । समाजमा धेरै हुन्छन् यस्ता समस्या । वास्तविक घटनाको उजागर गर्नु पत्रकारिताको धर्म हो । यदि ती वृद्ध अन्यायमा परेका रैछन् भने उनको दुःख सम्बन्धित निकायसम्म पुर्याउन सकिए रामै हुने ठानें । म के नै पो गर्न सक्थें र । फेरि कानुनको प्रक्रिया पनि त आफ्नैखाले हुन्छ । पत्रकारिताको पनि हुन्छ आफ्नैखाले प्रक्रिया । जे भए पनि उनको समस्या जस्ताको तस्तै राज्यको निकायसम्म पुर्याउनु आफ्नो धर्म ठानें । रात पर्न लागिसकेको थियो । बृद्धबा घर जान तम्सिँदै थिए । एकै छिन पर्खाएँ उनलाई मैले । आग्रह गरें आफ्नो समस्या राख्न । बुबा कान राम्रोसँग नसुन्ने, तर बोली चाहिँ टाठो । निर्भिक, दृढ इच्छाशक्ति भएका, जबर्जस्त देखिन्थे । हतारमै सोधें ती बुबाको वास्तविक दुःख । सोधें, कानुनी लडाइँबारे । परिवारबारे पनि जिज्ञासा राखें । समय घर्किसकेको थियो ।  घर जानुपर्ने भएकाले हतारिँदै थिए बुबा । सोचें– बुबासँग सम्पर्क ठेगाना माग्छु र पछि एक दिन बसेरै कुरा गर्छु । नम्बर मागें अनि टिपाएँ मैले पनि आफ्नो नम्बर बुबाको सानो फोन डायरीको एउटा कुनामा । फेरि भेट्ने बाचासहित बिदा भएँ । उनीहरु लागे घरतिर, म अफिसतिर ।

००००००००००

भोलिपल्ट अफिसको नम्बरबाट बुबालाई फोन गरें । तर, सम्पर्क हुन सकेन । त्यसपछि दिनदिनैजसो लगातार फोन गरें, सम्पर्क हुन सकेन । मलाई नमज्जा लाग्यो । कतै ती बूढाबाले पो फोन गर्छन् कि भन्ने आसमा बसें । आएन उनको फोन पनि । एक दिन राति फोन गरें उनै बुबाका वकिललाई । उनीसँग आग्रह गरें बुबाको अर्को नम्बर भए दिन । जवाफ आयो– छैन । निरास भएँ म ।

सम्झें– छुट्ने बेला बुबाले ‘म अन्यायमा परें बाबु ! तपाईंले सक्नुहुन्छ भने मलाई सहयोग गर्नोस्, मेरो मर्ने बेलामा राम्रोसँग सास जान्छ’ भन्दै रुँदै बिदा भएका थिए । दुई हप्ता बितिसक्दा पनि तिनको घर–ठेगाना पत्ता लाउन सकिएन । उनका कान्छो भाइ कर्नेल हुन् भन्ने सुनेको थिएँ । मैले फेसबुक ‘सर्च’ गरें । बुबाको ‘रिलेसन’ पत्ता लगाएँ । ‘लोकेसन’ पत्ता लगाएँ । त्यसपछि खुसी भएँ म । केही गर्न नसके पनि उनको दुःखले भरिएको जीवन–संघर्षको कथा–व्यथा दुनियाँसामु जस्ताको तस्तै राख्छु । राज्यको निकायसम्म पुर्याउन सहयोग गर्छु । यही विचार गरें । पाँचखालमै मेरा साथी भएकाले  उनैमार्फत बानियाँ गाउँबारे जानकारी लिएँ । ‘खावा’ मा बानियाँबस्ती रहेको पत्ता लगाएँ । बुढाको घरचाहिँ तामाघाट भएको पनि पत्तो पाएँ । शनिबार अफिस छुट्टी थियो । ११ बजेतिर कोटेश्वरबाट चढें अरनिको यातायात र लागें तामाघाट । अढाइ घन्टामा ओर्लिएँ । अत्याधिक गर्मी थियो । एकैछिन आराम गरेपछि  स्थानीय बासिन्दालाई साधें बानियाँको घर । तामाघाटबाट काठमाडौंतर्फ एक किलो मिटर अगाडि पेटो«ल पम्पको मालिक बानियाँ भएको थाहा पाएँ र लागें त्यतैतिर । पेट्रोल पम्पमा पुगेर सोधें दिलबहादुर बानियाँको घर । थाहा भयोे माथि खावामा दिलबहादुको घर । गाडीमा आधा घन्टा लाग्छ भन्ने जानकारी पाएँ । म अवाक् भएँ । समय घर्किसकेको थियो । झन् आज पनि बुढालाई नभेट्टिने हो कि भन्ने चिन्ता थपियो । मनमनै निश्चय गरें– यत्रो बाटो आइसकेपछि दुई दिन लागे पनि नभेटी जान्नँ । ४ः३० बजेतिरको गाडी चढें । आधा घन्टापछि ओर्लिएँ खावा प्रहरी चौकीमा । छेउमै रहेका एक जुँगे बुढालाई सोधें दिलबहादुको घर । संयोग पनि कस्तो ! ती त परेछन् उनै दिलबहादुरका भाइ । बताइदिए उनैले । इच्छा पूरा भएकोमा खुसीले गद्गद् भएँ । अरनिको राजमार्ग, खावा प्रहरी चौकीदेखि उत्तर–पश्चिम, कच्ची सडक करिब सय मिटर ओरालो झरेपछि पुगें म दिलबहादुरको घर । सामान्य घर । सुन्तलाको बगैंचामुनि प्लास्टिको कुर्सीमा बसेर  हातमा लौरो चलाउँदै थिए एक बृद्ध । टाउकामा पहेंलो रामनामी कपडा बाँधेका ती बृद्धलाई चिनिहालें मैले । शिष्टाचार व्यक्त गर्दै सोधें– ‘मलाई चिन्नुभयो त बुबा ?’ यसो नियाले मेरो अनुहार । अनि पल्टाए खल्तीबाट सानो डायरी । एकछिन टक्क अडिएर भने– ‘तपाईं अदालतमा भेटिएका गणेश पाण्डे ।’ म त छक्क परें, उनको स्मरणशक्ति देखेर । उनी हर्षित हुँदै छोरीलाई फोन गर्न थाले । म चाहिँ ससर्ती बुझ्दै थिएँ बुबाको मनोविज्ञान । लगभग साँझको ६ बजिसकेको थियो । काठमाडौं फर्कन हतार भएकाले कति पनि ढिलो नगरी बुबाको जीवनका दुःख–कष्ट, भोगाइ, सिकाइ, अनुभव तथा विगतका सामाजिक, आर्थिक तथा पारिवारिक समस्याबारे जिज्ञासा राखें । उनी सुनाउन थाले आफ्नो अनुभव । मै रेडर्करमा कैद गरें उनको जीवनकथालाई । [caption id=\"attachment_13544\" align=\"alignnone\" width=\"727\"]\"शिकारी शिकारी बा को बँचेको घर जँहा उनि ओत लागेका छन् ।[/caption] राजा महेन्द्रको मनपर्ने शिकारी !

‘मेरो बुबाका जम्मा पाँचवटा श्रीमती । म चाहिँ साहिँलीपट्टिको जेठो छोरो । काइँलीपट्टि तीन र कान्छीपट्टि एक गरी जम्मा पाँच भाइ छौंं । हामी तीन भाइ आर्मी, दुई भाइ खेतीकिसानी । कान्छो भाइ सेनामा कर्नेल, साहिँलो र म ‘रिटायर्ड आर्मी’ । मेरी आमाको म एक मात्र छोरो । म जन्मेको १८ महिनामै आमा स्वर्गेवास हुनुभयो । त्यसपछि मेरो जीवनमा कहिल्यै आएन सुख ।

मलाई बच्चैदेखि सेनामा भर्ती हुन मन थियो । काम पाइँने आसामा म काठमाडौं गएँ, सात सालतिर । त्यतिबेला व्यवस्था परिवर्तको आन्दोलन चलिरहेको थियो । म भगवतीबहालतिर घरबुनामा काम गर्थें । हातमा सिप  थिएन । कपडा बुन्न सिकें । महिनावारी तलब दिँदैनथ्यो, भत्ता दिन्थ्यो । त्यसैले चल्थ्योे गुजारा । पछि प्रजातन्त्र आयो । म सेनामा भर्ती भएँ । त्यस बेला नागरिकताको चलन थिएन । १८ वर्ष पुगें भनेपछि सेनामा जान पाइन्थ्यो । मेरो रहर पनि सिपाही बन्ने नै थियो, पूरा भयो । सेनामा गएको दुई–तीन वर्षपछि मलाई लगियो सिकारीतर्फ ।’ उनी भन्दै गए– ‘म राजा महेन्द्रको मन पर्ने सिकारी । मेरो सिकारबाट राजा महेन्द्र खुसी हुन्थे । सिकारमा जाँदा राजा महेन्द्र मलाई नै लिएर जान्थे । राजा त्रिभुवनसँग दुई वर्ष मात्रै बसियो । तर, चिनजान भएन, उहाँको निधन भइहाल्यो । त्यसपछि छोरा महेन्द्रले शासन चलाए । हामी राजासँगै महेन्द्रनगर, कोशिटप्पु, चितवन, बर्दिया र काठमाडौंको शिवपुरीमा शिकार गर्न जान्थ्यौं । हामीलाई चित्तल, घोरल, मृग, जरायो मार्न आदेश थियो । मैले धेरै शिकार गरें तर मासु खाइनँ । राजाहरु बाघ, भालु, गैंडाको शिकार गर्थे । हामी पर बसेर हेथ्र्यौ । त्यो दिन अहिले सम्झँदा रमाइलो लाग्छ । म दरबारमा कहिल्यै हात थाप्दैनथें । एक दिन राजा महेन्द्रले मलाई बोलाएर भने– ‘तँ केही पनि माग्दैनस्, बक्सिस पनि लिँदैनस्, तँलाई चितवनको जग्गा बिर्ता दिन्छु, लि भन्नुभयो । तर, बाघ, हात्ती, गैंडाको डरले लिन मानिनँ । अहिलेजस्तो भए कहाँ छाड्थें र बाबु !’ अझ अगाडि भने– ‘म नौ सालतिर नारायणहिटीमा सरुवा भएँ । नारायणहिटी दरबारमा शिकारीको रुपमा धेरै वर्ष काम गरें । शिकारी भएको हुँदा धेरै बसाइ बाहिरै हुन्थ्यो । ब्यारेकमा बस्यो, शिकार गर्यो । देशका विभिन्न ठाउँबाट आएका साथीहरु हुन्थे । विभिन्न कुरा हुन्थे । कहिले दरबारका त कहिले घरबारका । दरबारियासँग नजिक भएकाले शिकारमा दरबारका सदस्यहरुसँग मात्रै घुम्न जान्थें । मेरो वीरेन्द्र, ज्ञानेन्द्र, धीरेन्द्रसँग राम्रै चिनजान थियो । ज्ञानेन्द्र त पछिसम्म पनि पाँचखाल आउँदा मलाई बोलाउँथे । तर, अहिले धेरै भयो आएका छैनन् । राजा वीरेन्द्रको वंशनास हुँदा म धेरै रोएँ । तेह्र दिनसम्म अलिनो खाएर उनलाई तर्पन दिएँ । मलाई विशेष शोख उडिरहेको चरा खसाल्नमा थियो । एक निशानीमा चरा फ्यार्रर्र भुइँमा खस्थ्यो । शिकारीमा १७ वर्ष नोकरी गरेर रिटायर भएँ ।’ नौ मोहोरमा १४ धार्नी मासु बाको कथा झनै चाखलाग्दो थियो– ‘अहिलेको जमानाभन्दा पहिलेको जमाना धेरै राम्रो थियो । खाना सस्तो थियो । अहिले त केही पनि छुन नसक्ने, अत्यासलाग्दो । हजारको नोटले केही आउँदैन । ओहोहोहो ! कतिसारो महँगो । सात सालतिर ६ पैसामा तीन पाउ मासु आउँथ्यो । बिहान किने ७ पैसा पथ्र्यो । एक पटक नौ मोहोरमा भेडा किनेको १४ धार्नी ७ पाउ मासु थियो । व्यवस्था पनि पहिलेकै ठीक थियो । अन्यायमा परे तुरुन्त न्याय पाइन्थ्यो । अहिले सबै बेथिति छ । न्याय छैन, रोजगारी छैन । उतिबेला साँवा अक्षर चिनेका अहिले एमए पास गरेकाभन्दा ठूलो विद्वान् हुन्थे । पढेलेखेकालाई घरघरमै लिन आउँथे । अहिलेको व्यवस्था देखेर दिक्क लाग्छ ।’ न्यायलयले सुनेन दुःख दुःखेसो पोख्दै बुढाले भने– ‘संघर्षको त कुरै नगरौं बाबु । सम्झिँदा भत्भती मन पोल्छ । मेरो दुई विवाह हो । पहिलो विवाह १८ बर्षमा बुवाले नै गर्दिनुभयो । स्वास्नी अधम थीई । एउटा छोरो पाई । घरमा आगो लगाई, कता गई कता...! शत्रु लागे, स्वास्नी–छोरालाई उचालेर मलाई सिध्याउन खोजे बाबु ! मैले सबै भाइलाई साक्षी राखी जेठीलाई अंशबन्डा गरिदिएँ । बण्डपत्र पास नगरीकनै भागी । छोरो चिठीपत्र केही पठाउँदैन । मरे–बाँचेको अत्तोपत्तो छैन । बुबाले नै २७ सालमा हाम्रो अंशबन्डा गर्नु भएको हो । २८ सालमा बुबा खस्नुभयो । ३२ सालमा अंशियारबीच मिलापत्र भयो । धेरै पछि अर्को विवाह गरें । अहिले घरमा छोरा–बुहारी, नाति–नातिना छन् । मेरो सहारा बुढी थिई । उसले पनि पोहोर साल छोडी । म टुहुरो भा’छु । मेरो सहारा भगवान् र लौरोबाहेक कोही छैन । १८ महिनामा आमाले साथ छाडिन्, ‘बालटुहुरो’ भएँ । अहिले बुढीले साथ छाडी ‘बृद्धटुहुरो भा’छु ।’ दाजुभाइतर्फ पनि थियो उनको गुनासो– ‘माइलो भाइले धोका दियो । मेरो भागमा परेको ७ रोपनी १४ आना जग्गा उसले थाहै नदिई जालसाँजीमा बेचिदियो । उसलाई जग्गा पास गर्न पटकपटक ताकेता गर्दा पनि मानेन । मेरो जग्गामा घर बनायो, रोक्का गर्न जिल्ला जान दिएन । भतिजो आउँछ– तँलाई सिध्याउँछु भन्छ । धेरै पटक नापी ल्याएँ । कीला उखेलेर फ्यालिदिन्छ । म कता  जाऊँ बाबु ! सहारा कोही छैन । अचाक्ली नै भएपछि जग्गामा हकदावीसहित जिल्ला अदालतको ढोका ढक्ढक्याउन पुगें । चार वर्षपछि मुद्धा बदर गरिदियो । मलाई चित्त बुझेन, पुनरावेदन गएँ । उसले पनि जिल्लाकै सदर गरिदियो । मैले पैसा भएर मुद्धा लडेको होइन बाबु ! अन्याय भयो ।’ भन्दै गए उनी– ‘न्यायका लागि सर्वोच्च अदालत गएँ । उसले मुद्धै हेरेन, खारेज गरिदियो । अब म न्याय माग्न कता जाऊँ ? मलाई बाँच्न मन छैन । बाँकी सम्पत्ति छोरालाई दिएर कतै टाढा देवालयमा प्राण त्याग्न मन छ ।’ न्यायँलयसँग भन्नु बुबाको दुःख–काहानी सुन्दासुन्दै साँझको सात बजिसक्यो । फेरि भेट्ने वाचासहित बिदा भएँ त्यहाँबाट । छुट्ने बेला तरक्क आँशु काढे । तैपनि भाइ र फैसला सुनाउने न्यायालयप्रति कुनै शब्दबाँण प्रयोग गरेनन् । रोए मात्र... भित्रभित्रै कोप्पिएर रोए । आफैसँग रोए । अन्त्यमा आफ्नो दुःख–कहानी सम्बन्धित निकायसम्म पुर्याइदिन आग्रह गर्दै यति मात्रै भने–‘म विनम्र अनुरोध गर्छु, न्यायाधीश सुशीला कार्कीज्यू, एक पटक मुद्धामा पुनर्विचार गरिदिनोस्  । पहिलाको मिसिल झिकाइयोस् । नक्सा झिकाइयोस् । म पूरै अन्यायमा छु । न्यायपरिषद्ले पनि बुझिदेओस् मेरो दुःख । मर्ने बेलामा शान्ति दिइयोस् मलाई ।’ यसो भन्छन् उनको मुद्धा हेर्ने वकिल २०७१–१२–१७ गते मंगलबार न्यायाधीश सुशीला कार्की र गाेविन्दनाथ उपाध्यायकाे ३ नं. बेन्चकाे संयुक्त इजलासले बुबाको एकतर्फी मुद्धा सर्वोच्चले खारेज गरिदियो । बुढाका वकिलले यसबारे भने– ‘हार्ने मुद्धा त होइन यो । कसरी यस्तो हुन पुग्यो ? हामी पनि आश्चर्यचकित भएका छौं । अदालतले हदम्याद गुजारेको कुरा गरेको छ । तर, अंश मुद्धामा हदम्याद नै हुँदैन । यस फैसलाले मिलापत्रलाई पनि अस्वीकार गरेको छ । चार किल्ला जुन  छ, यस फैसलाले एउटै किल्लालाई आधार मानी विभिन्न किल्ला देखाएर दर्ता गर्न पाउने नजिर स्थापित गरेको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies