Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यस्ता छन् जीवनभरकै भेडाबाख्रा गोठाला भण्डारीबाजे

म्याग्दी, १० वर्षको बाल्यकालमै बुबाले भेडाबाख्रा चराउन पठाएपछि जंगलमा  सोही पेशा थालेका म्याग्दी, भगवती गाविसका जगतबहादुर भण्डारी आज पनि बनजंगलमा भेडाबाख्रा नै चराउँदैछन । उमेरले ६० कटेका भण्डारीको दैनिकी ५० वर्षदेखि फेरिएको छैन । बिहान उठ्ने, बाख्रा फुकाउने र चरनका लागि लैजाने अनि बेलुका ल्याएर ओडारमा बाख्रा थुन्ने उनको दैनिकी आज पनि उस्तै छ । तर हिजोका दिनमा रोजगारी नपाएर, दिन टार्नका लागि गरेको बाख्रापालन अहिले भने व्यावसायिक बनेको छ । आफ्नो र परिवारको जीविकोपार्जनका लागि भण्डारीले सुरु गरेको पुर्ख्यौली पेशा बाख्रापालन अहिले भने आम्दानीको राम्रो स्रोत बन्न पुगेको छ । झन्डै तीन सय भेडाबाख्रा छन् भण्डारीसँग ।     बाउबाजेले गर्दैआएको भेडाबाख्रापालनलाई भण्डारीले निरन्तरता दिएका हुन् । उनका साथीहरु कोही ‘लाहुरे’ बने त कोही मास्टर । तर, भण्डारी भने जीवनभर बाख्राकै गोठालो बनिरहे । भण्डारीको जीवन वर्षको दुई सिजनमा पालैपालो लेक र बेंशी गरेरै बित्यो । बर्षायाममा भण्डारी आफूसँग भएका भेडाबाख्रा लिएर लेक जान्छन् भने हिउँदको समयमा गाउँमा झर्ने गर्छन् । उनका सुख र दुखका साथी बनेका छन् उनीसँग भएका तीन–चार सय भेडाबाख्रा । \"Bhandari2-600\"हाल हिउँदको सिजन परेकाले बेंशी झरेका भण्डारी भगवती गाविसको पर्यटकीय स्थलको रुपमा परिचित भेडीओढार भन्ने ठाउँमा छन् । हिउँदमा लेकतिर घाँसको अभाव हुने भएकाले त्यता गाईवस्तु, भेडाबाख्रा पाल्नेहरु बेंशीतिर झर्ने गर्दछन् । वर्षेनि भेडाबाख्रा चरनका लागि उपयुक्त स्थान खोजेर भेडाको गोठ सार्ने गर्छन् भण्डारी । अब बर्षायाम सूरु भएकाले लेकमा घाँस पलाउन सुरु गरेको छ । त्यसैले लेकमा जाने तयारीमा छन भण्डारी । भेडीओढार, राईओढार, बाखेत, मुटु, काटेपातल, कटहरेलगायतका स्थानमा भेडीगोठ सार्ने गर्छन् भण्डारीबाजे । महिनौ भयो भण्डारीले जुत्ता लगाउन नपाएको । सुखको त कुरै नगरौं, नुहाउन समेत राम्रोसँग पाएका छैनन् । तर, भण्डारीका लागि त्यही दुःख नै सुख र मनको आनन्द बनेको छ, जीवन नै बाख्रासँगै बिताए भण्डारीलाई । न समयमा खाना पाउँछन्, न त राति आरामसाथ सुत्न नै । दिनमा भेडाबाख्रासँग रमाउँदै बनपाखामा हुन्छन् भने रातमा गाउँ झरेर हिसाबकिताब मिलाउने गर्छन् । उनलाई अन्य मान्छेसँग कुरा गर्न एक मिनेट पनि समय छैन । भेडाबाख्रा जता, उनी पनि त्यतै दगुर्ने गर्छन् । पहिले जीविकोपार्जनका लागि गरेको भेडाबाख्रापालनले व्यावसायिकताको रुप लिन थालेपछि मासिक २५ देखि ३५ हजारसम्म आम्दानी गर्न सफल भएका छन् भण्डारीबाजे । विभिन्न पूजाआजाको समयमा त भण्डारी लाखौं रकम हात पार्छन् । पूजाआजाका लागि चाहिने साँढे खोज्न विभिन्न स्थानबाट मानिसहरु भण्डारीको गोठ खोज्दै आउँछन् । एउटा साँढे १५ हजारभन्दा माथिको मूल्यमा बिक्री गर्छन् । जीवन नै भेडाबाख्रापालनमा बिताएका भण्डारीको पेशा अब फेरि उनका छोराले सम्हाल्न थालेका छन् । दिनानुदिन सयौं युवाहरु रोजगारीका लागि विदेशिइरहेका बेला जगतबहादुर भण्डारीका छोरा गोपालले भने बाबुको पेशा भेडाबाख्रापालनलाई नै अँगालेका छन् । उनी पनि भेडाबाख्रा गोठालो नै बन्न थालेका छन् । छोराले आफ्नो पेशा अँगाल्न थालेपछि बुढेशकालमै भए पनि परिवारसँग बस्ने सुरमा छन् भण्डारीबाजे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies