Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

विमानका सहचालकले प्रेमिकालार्इ भनेकाे सम्झना

जर्मनी, गत मङ्गलबार दुर्घटनाग्रस्त बनेको जर्मन विमान जर्मनविङ्सका सहचालक अहिले निकै चर्चामा रहेका छन् । आफ्नी पूर्वप्रेमिकासँगको संवादलाई लिएर उनलाई पश्चिमा मिडियाहरुले निकै प्राथमिकता दिएका छन् ।

ती सहचालकले गतवर्षमात्र आफ्नी पूर्व प्रेमिकासँगको कुराकानिमा एउटा त्यस्तै चर्चाको काममार्फत अफुलाई संसारले चिन्ने बताएकाे उनलाई उदृत गर्दै पश्चिमा सञ्चार माध्यमले लेखेका छन् ।

यो कुरा त्यतिबेला मात्र सार्वनिक जब शुक्रबार उनकी पूर्वप्रेमिकाले यो कुरा सार्वजनिक गरिन । आफुसँगको कुराकानीका क्रममा ती सहचालकले आफुले निकै नौलो काम गर्ने बताएको उनले पुराना कुराहरु स्मरण गर्दै भनिन । सो विमानको दुर्घटनासम्बन्धी अनुसन्धान टोलीलाई उनले सो जानकारी दिएकी हुन् । कुराकानीका क्रममा उनले आफुले संसारकै नागरिकले आफुलाई चिन्ने कामगर्ने बताएका ती केटीसाथीले जानकारी दिएकी हुन् । जब उक्त विमान दुर्घटनाग्रस्त बन्यो त्यस समयमा मैले ती सहचालकले आफुसँग गरेको कुराकानीका बारेमा सम्झिएँ– उनले जर्मनीको एक पत्रिकासँग भनेकि छिन् । उनले उक्त टोलीसँग भनिन्– उक्त विमान दुर्घटना भएको समाचारपछि मैले सम्झिएँ कि उसले भनेको थियो– मैले एउटा यस्तो काम गर्न गइरहेको छु जसले मलाई आफुले गरेको कामले मेरो नाम संसारभरि पु¥याउने छ । ती सहचालक एन्ड्रिज लुब्टिज मानसिक विमारी भएको तथ्य हालैमात्र खुलेको थियो । उनले डिप्रेसनको औषधि खाइराखेको र सोसम्बन्धी रोगको जानकारी उक्त विमान सेवा कम्पनीलाई नगराएको रहस्य हालैमात्र खुलेको हो । जर्मनी अधिकारीहरुले जर्मनविङ्स विमानका सहचालक मानसिक बिरामी भएको तथ्य बिहीबार मात्र बाहिर ल्याएका थिए । उनीहरुले त्यस विषयमा थप अनुसन्धान जारी रहेको बताएका छन् । उनको घरमा गरिएको उनको चिकित्सकीय प्रमाणपत्र, उनका परिवासँग गरिएको वार्तालापसहितको अनुसन्धानपछि सो तथ्य पत्ता लागेको त्यहाँका समाचारमाध्यमहरुले जनाएका छन् । त्यसैले उनको लापरबाहीले नै सो विमान दुर्घटना भएको समाचार अब पुष्टि भएको बताइएको छ । जर्मनविङ्सको विमान स्पेनको बार्सिलोनाबाट जर्मन जाँदै गरेको अवस्थामा फ्रान्सको एक पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको थियो । उक्त पहाडमा सो विमान ठोक्किनुपर्ने त्यस्तो कुनैपनि कारण नरहेको भन्दै विमान दुर्घटनाका बारेमा अनुसन्धान भएको थियो । विमानको ब्ल्याक बक्स भेटिएपछि पाइएका केही तथ्यमा पनि विमानका ती सहचालकले उक्त दुर्घटना गराएको भनी केही आधारभूत तथ्यहरु बाहिर आएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies