Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कांग्रेस महाधिवेशनसम्म संविधान जारी हुँदैन : गगन थापा

पार्टीलाई समाजवादको बाटोमा हिडाउँन आगामी महाधिवेशनमा दस्तावेज लैजादैछौ
गगन थापा राजनीतिमा चिनाइ राख्नु पर्ने नाम होइन । उनले कांग्रेसमा बारम्बार पार्टी पद्धतिका बारेमा प्रश्न उठाउँदै आइरहेका छन् । युवाहरुलाई राजनीतिको नीति निर्माण गर्ने तहसम्म पुर्याउनुपर्ने विचार राख्ने थापा, नेपालका राजनीतिक दलहरुमा आन्तरिक लोकतन्त्र कमजोर भएको बताउँछन् । दलबीच विवादित विषयमा भएका छलफलको परिवेशले आगामी असोजसम्म पनि संविधान नबन्ने भविष्यवाणी उनी गर्छन् । त्यसैले भन्छन्, ‘कांग्रेसको १३ औं महाधिवेशन (भदौ २४–२८) संविधान निर्माणकै विषयमा केन्द्रित हुन्छ ।’ उनीसँग खबरडबलीका लागि नरेश ज्ञवालीले गर्नु भएको कुराकानी ।– सम्पादक वर्तमान राजनीतिक गतिरोधलाई कसरी हेर्नुभएको छ ? यसलाई म त्यतिधेरै अस्वभाविक ठान्दिन । संविधान निर्माणका क्रममा एकपटक यो अवस्था आउथ्यो नै । पहिलो कुरा, यो गतिरोधबाट हामीले निकास दिन सक्छौ कि सक्दैनौं भन्ने महत्वपूर्ण कुरा हो । दोस्रो कुरा, गतिरोधभित्र देखिएको प्रश्न प्रश्न हो । एकीकृत माओवादी र मधेसी दलका नेताहरुले अहिले जे कुरा उठाईरहनु भएको छ, त्यो गतिरोध हल गर्ने सवालमा छलफलबाट समझदारी निर्माण गर्न होस् भन्ने हेतुले उठाईरहनु भएको छ अथवा वर्तमान संविधानसभा जहाँ आफ्नो पक्ष अत्यन्त कमजोर छ त्यहाँ आफ्ना राजनीतिक फाइदाका लागि संविधानसभालाई नै तुहाउने उद्देश्यबाट उठाई रहनुभएको छ । यो गम्भीर प्रश्न हो । वहाँहरुको नियतमाथि पनि सँगसँगै आशंकाहरु जन्मिदैछन् । अहिलेको राजनीतिक गतिरोधलाई यी दुवैको बीचबाट हेर्नुपर्ने हुन्छ । हाम्रो कामना भनेको वहाँहरुको यस्तो नियत न होस भन्ने हो । विषय, प्रस्ताव र मान्यताका हिसावले मतभिन्नता हुनु स्वभाविक हो । त्यस्तो अवस्थामा नियत ठीक हो भने समझदारी खोज्न सकिन्छ भन्ने म ठान्छु ।
हामीले पार्टी चलाउँन जानेनौं
गतिरोधका निकासबारे तपाईंको मत ? म अरु केही पनि गर्ने आवश्यक देख्दिन । अहिले केही जिल्लाहरुको सन्दर्भमा मात्र समस्या देखा परेको छ । यसमा दुईवटा काम गर्न सकिन्छ । पहिलो ती जिल्लाहरुलाई केन्द शासित प्रान्तहरु भित्र रहनेगरी संविधानमैं संघीय आयोगको व्यवस्था गर्ने र निश्चित समयमा टुङ्गो लगाउन सकिन्छ । अन्य जिल्लालाई अहिले नै संघियता घोषणा गरेर जाने । संघीय आयोगबाट ती विवादित जिल्लाहरुको टुङ्गो लागेपछि मात्रै नेपाललाई पूर्णरुपमा संघीय नेपाल घोषणा गर्ने । दोस्रो विकल्प भनेको विवादित केही जिल्लाका सन्दर्भमा जिल्लालाई टुक्राएर पनि समाधान खोज्न सकिन्छ । संघीयता लागू भएसँगै संविधान पनि जारी गर्ने र संविधान घोषणासँगै राष्ट्रिय सहमतिको सरकार बनाएर जाने । वर्तमान राजनीतिक गतिविधि अथवा राजनीतिक अन्योलताबाट निराश भएकाहरु युवा पुस्तामाथि ठूलो आशाको नजरले हेर्ने गर्दछन्, जस्तै– तपाईं । तर, नबुझिएको कुरा– बूढो पुस्ताको छत्रछायाँमै हुर्केर यहाँसम्म आइपुगेको युवाले के नै नवीन सोच्न सक्ला र ? यसमा तपाईंको भनाइ के छ ? हेर्नुस आखिर हामी पनि यही ‘सिस्टम’भित्रका मानिसहरु हौँ । त्यसकारण हामी हुर्किएको पनि यहीँ भित्र हो । मात्रै हाम्रो ‘एप्रोच’को कुरा हो भन्ने लाग्छ । अहिलेकै नेताहरु पनि जुन बेला हाम्रो उमेरमा हुनुहुन्थ्यो त्यसबेलामा वहाँहरुको सोच्ने तरिका तत्–तत् पार्टीभित्रका संस्थापनभन्दा फरक नभएको भए न वहाँहरुले ‘लिड’ गरेको पार्टी र आन्दोलन यहाँ पुग्ने थिएन । त्यो बेलामा वहाँहरुले पनि यो गरेरै आएको हो । हामीले पनि गर्न खोजेको कुरा त्यही मात्र हो । हामीभन्दा अघिको पुस्ताले ‘प्रोबलमको एप्रोच’बाट लामो समय राजनीतिलाई अगाडि बढायो । अब हामीले समाधान दिनुपर्छ । नेपाली काङ्ग्रेसजस्तो पार्टी, जसले प्रजातन्त्रको विशाल नजीर दिइरहन्छ, त्यही काङ्ग्रेसको आन्तरिक संगठनमा अधिनायकवादी शैलीमा किन परिवारवाद हावी भएको होला ? यसलाई चिर्न के गर्नुपर्छ ? नेपालका कुनै पनि राजनीतिक दल अन्तरपार्टी लोकतन्त्रको सन्दर्भमा खरो उत्रन सकेका छैनन् । साँचो कुरा के हो भने, हामीले पार्टी चलाउँनै जानेका छैनौं । हाम्रो लोकतन्त्रको समस्या भनेको नै पार्टी चलाउँन नजान्नु हो । लोकतन्त्रको कार्यान्वयन गर्ने पार्टीले हो त्यही पार्टी लोकतन्त्रको अभ्यास गर्न पटक्कै जान्दैन । जहिले पनि अन्तरपार्टी लोकतन्त्रको अभ्यासलाई बडो व्यक्तिगत र भावनाको विषय बनाइयो । हामीले जहिले पनि पार्टी सञ्चालनमा त्यो भए राम्रो त्यो भए नराम्रो भन्छौ । यो पार्टी ठीक यो पार्टी बेठीक भन्छौ । तर यो गलत बुझाई हो । पार्टी सञ्चालन पनि एउटा विज्ञान हो । पार्टीमा रिक्रुटमेन्ट (भर्ति) कसरी हुने ?, रिटायर्ड (अवकाश) कसरी हुने ?, पार्टीभित्र नेतृत्व कसरी चयन गर्ने ? हजारौं कार्यकर्ताको बीचमा एउटा नेतृत्व आउन खोज्दा बाँकीले के गर्ने ? यस्तो विषयमा कहिलै पनि पार्टीहरु भित्र छलफल नहुनाले समस्या आएको हो । मैले व्यक्तिगत रुपमा गर्न खोजेको तर त्यसले गर्न दिएन भन्दा पनि यो विज्ञान हो भनेर पार्टी भित्र यसका बारेमा अधिवेशनहरुबाटै छलफल चलाउँनुपर्ने हुन्छ । अधिवेशन, महाधिवेशनहरुमा विधिवत रुपमा यसबारेमा छलफल चलाउँदा यो ठीक र त्यो बेठीक भनेर उपमा गास्नु आवश्यक छैन् । विपीको पालामा पनि पार्टीको अन्तरसंघर्ष सम्हाल्न नसकेर यस्तै अवस्था देखापरेको थियो । हाम्रो पार्टीलाई विपीको पालादेखि हेर्नु भयो भने अहिल सम्म त्यस विधिका लागि छलफल गरिएन जसले गर्दा अहिलेको समस्या निम्तिएको हो । त्यसैले हामीले अलिकति व्यवस्थित बहस चलाउनुपर्ने हुन्छ भन्ठानेर अलिकति काम गर्न थालेका छौं ।
विवादित जिल्लाहरुलाई केन्द्र शासित प्रान्तमा राखेर संघीयता घोषणा गर्न सकिन्छ
नेपाली काङ्ग्रेसको भावी महाधिवेशनका मूलभूत एजेन्डा के हुने छन् ? यो सिंङ्गो पार्टीको बैठक बसेर तय गर्ने कुरा हो । अहिलेको परिवेश र राजनीतिक अवस्था हेर्दा मलाई लाग्छ महाधिवेशनसम्म संविधानसभाले संविधान जारी गरी सकेको हुदैन । त्यसैले महाधिवेशनमा हामी संविधान निर्माणको विषयमा नै केन्द्रीत हुन्छौ होला । संविधान निर्माणको काम टुङ्गो लगाउनेतर्फ बढी केन्द्रित होला जस्तो लाग्छ । कांग्रेसको मात्र नभएर अन्य पार्टीमा पनि पुरानो पुस्तालाई विस्थापित गर्दै नयाँ पुस्ताको नेतृत्वमा पार्टी चलाउन के गर्नुपर्ला ? मलाई लाग्छ युवा पुस्ताले जोखिम उठाउनुपर्छ । हामीले धेरै जोड घटाउ गरेर परिणाम सोचेर भन्दा पनि चुनौती र जोखिम मोल्न तयार भए केही कुरा प्राप्त गर्न सकिन्छ ।
महाधिवेशनबाट नयाँ अनुहार आउनु पर्छ
भावि महाधिवेशनमा तपाईको भूमिका कस्तो हुन्छ ? हामीहरु छलफल गर्दैछौ । हाम्रो १२औं महाधिवेशनमा जे कुरा बाँकी रह्यो र पार्टीको नेतृत्वमा पनि उही पुरानै अनुहार जस्ताको तस्तै दोहरिने परिस्थिति निर्माण भए पार्टी बाच्न सक्दैन भन्ने हाम्रो ठहर हो । महाधिवेशनबाट अनुहारका हिसावले पनि नयाँ नेतृत्व आउनु पर्छ भन्ने मेरो भनाई छ । त्यो आउने क्रममा म नै हुनु पर्छ भन्ने केही छैन् अन्य साथीहरु पनि आउनु हुन्छ भने हामी समर्थन गरेर अगाडि बढ्न सछौं । कोही आउनु हुन्न भने आफैले ‘लिड’ गरेर भएपनि जान सकिन्छ । आजको दिनमा जस्तो अवस्थामा छ यसबाट बाहिर निस्कनका लागि थुप्रै नयाँ मानिसहरु केन्द्रय समितिमा मात्र होइन कि ‘लिडरसिप’मा पनि आउनुपर्ने हुन्छ । केन्द्रीय समितिले त नीति मात्र बनाउने हो तर नयाँ साथीहरु निर्णायक तहमा नै हुनुपर्छ । नेपाली काङ्ग्रेसले आफूलाई वास्तविक समाजवादको बाटोमा हिँडाउनुपर्दा गर्नुपर्ने पाँच काम के–के हुन् ? यो सबै भन्दा जटिल प्रश्न हो । आगामी महाधिवेशनमा तपाइले भनेको प्रश्नलाई दस्तावेजको रुपमा लैजाने प्रयत्न गर्दैछौ । त्यो समुहमा को–को हुनुहून्छ ? त्यो केही समय पछि तपाईलाई नै भन्ने छु । (हाँस्दै...) अहिले कस्तो अवस्था छ भने त्यो समूहको नाम भन्दा साथीहरु रिसाउने अवस्था छ । त्यो समुहमा प्रदिप गिरी, म लगायतका साथीहरु हुनुहुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies