Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

यस्तो छ एसएलसी तयारी ४८ वर्षीया विद्यार्थीको

भक्तपुर, भक्तपुरको आस्था महिला विद्यालयबाट अहिले १९ जनाले एसएलसी दिँदैछन् । एसएलसी दिने मध्येकी एक हुन् जुम्ला सिन्जाकी ४५ वर्षीया मायादेबी हमाल । परीक्षाको तयारीमा लागेकी हमालले भनिन् ‘बुढो शरीर बिहान घरको कामपछि पढाई, पढाईपछि फेरि घरको काम । बेलुका १० बजेसम्म थाकिसकेको हुन्छु । बिहान ३ बजे उठेर कलेज जाने छोराछोरीको लागि खाना बनाउँछु । ६ बजे स्कुल आएर तयारी गरेकै छु ।’ अहिले उनी भक्तपुरको धुन्चेमा बस्दै आएकी छन् । उनका छोरा १२ र छोरी ११ कक्षामा पढ्छन् । श्रीमान अछामका जिल्ला शिक्षा अधिकारी हुन् । जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमालले विवाहपछि रोकिएको श्रीमतीको पढाईलाई निरन्तरता दिन आस्था महिला विद्यालयमा भर्ना गराउन आफैँ गएको बताए । उनले महिलाको अधुरो शिक्षा पुरा गराउन राज्यले छुट्टै नीति बनाउनु पर्ने बताउँदै भने मेरो श्रीमती जस्तो धेरै महिला छन् । जसको बीचैमा पढाई छुटेको छ । अहिले पनि पढ्ने इच्छा छ ।’ छोरी पढाउनु हुँदैन भन्ने सोचको शिकार बनेकी मायादेबीले भनिन् ‘म जस्तो शिक्षित व्यक्तिको श्रीमती त अहिले पढ्दै छु भने जिल्लाका अन्य महिलाको अवस्था कस्तो होला रु’ मायादेवीका श्रीमान घरको काम भन्दा परिक्षाको तयारीमा लाग भन्दै हरेक बेलुका फोन गर्छन् । यसले उनमा आत्मविश्वास थपेको छ । मायादेवी भन्छिन्  ‘पहिला बोल्न सक्दिनथेँ, कसैले ठूलो स्वरमा बोल्यो भने आँसु आउँथे । तर, अहिले त्यो छैन् । शिक्षाले आत्माबल बढाएको छ ।’ आस्थाकी ३४ वर्षीया विद्यार्थी शुभद्रा खड्का एसएलसी दिन सबैभन्दा बढी उत्साहित छन् । उनले भनिन् ‘पहिलो पटक हो परिक्षा दिन लागेको । अर्काको स्कुलमा परेको छ, प्रश्न कस्ता आउने हुन् रु सबैले फलामको गेट भन्छन् । कस्तो हुँदो रहेछ, अनुभव गर्न आत्तुरी लागेको छ ।’  भक्तपुर गठ्ठाघर १५ बस्ने खड्काले भनिन् ‘एसएलसी पास भएपछि क्याम्पसमा जाने र कमर्श पढ्ने हो ।’ उनले बीचैमा पढाई छुटेका दिदी बहिनीलाई आस्था महिला विद्यालयमा आएर पढ्न सल्लाह दिदै भनिन् सबैभन्दा ठूलो कोशिश हो । गरे जे पनि हुन्छ ।’ उनले यो विद्यालयमा पढ्न थालेको ६ वर्ष भयो । बाख्रा गोठालो हुनु परेकोले ६ कक्षा मै पढाई छोड्नु परेको थियो । खड्काले  बाल्यकालको कुरा सुनाउँदै भनिन् ‘दाजुभाई सिन्धुली सदरमुकाम पढ्न गए, दिदीको विवाह भयो, म बाख्रा हेर्न घर बसे । पराईघर आएपछि झनै पढ्ने कुरै भएन ।’ एसएलसीपछि कलेज पढ्ने सानैदेखिको इच्छा आस्थाले पूरा गरिदिएको भन्दै छोरासँगको रमाइलो कुरा सुनाईन ‘सानो छोराले  स्कुल भर्ना भएको दुईचार दिन सिकायो । त्यो बेला छोरोले थाहा पायो आमाले धेरै पढेको छैन भन्ने । केहि समयपछि उसलाई मैले पढेर जिते । त्यसपछि बाबुले अब म पढाउँदिन तपाईले मलाई जित्न लाग्नु भो भनेर छोड्यो ।’ उता एसएलसीको शुभकामना दिने छिमेकीले पास भए खसी खाने दाउमा  छन् । एसएलसी सकिएपछि  इमेल इन्टरनेट चलाउन सिक्ने योजना बनाएकी छिन् खड्का । ‘साना किलासमा त धेरै पढ्न पर्दैनथ्यो । माथि आएपछि धेरै पढ्न पर्दोरहेछ । आठ कक्षाको जिल्ला स्तरीय परिक्षाको अनुभूति सुनाउँदै खड्काले भनिन् सजिला आएका थिए । सई ।।।।सई गर्यौं । परिक्षा हेर्न आएकाहरूले दंग पर्दै भन्नुभयो कस्तो गज्जवले गर्नुहुँदो रहेछ ।’ ‘अधुरो शिक्षा पुरा गरौं, आत्मनिर्भर बनौं’ भन्ने मुख्य उद्देश्य राखेर स्थापना भएको  आस्थाबाट एसएससी दिने यो तेस्रो व्याच हो । २४ देखि ४८ वर्षसम्मका महिलाले  यो वर्ष आस्थाबाट एसएलसी दिँदै छन् । पढ्ने मात्रै होइन उनीहरूले यो स्कुलबाट शीप पनि सिक्दै आएका छन् । एस एल सी दिने बाहेक अन्य बिद्यार्थीलाई स्कुलले झोला बनाउने तालिम दिएको छ ।  सह प्रधान अध्यापक बीना देउजा भन्छिन् —‘उहाँहरूलाई एक हातमा पढाइको प्रमाण र अर्को हातमा शीप दिएर पठाउने हाम्रो लक्ष्य हो ।’ २०६५ सालमा स्थापना भएको आस्थाबाट पहिलो ब्याचमा ११ जनाले एसएलसी दिएकोमा ६ जना उत्तीणर् भए भने दोस्रोमा पनि ११ जनाले एसएलसी दिए । दोस्रोमा ५ जनाले मात्र सफलता हासिल गरेको प्रधानाध्यापक पार्वती ज्ञावलीले बताईन । आस्था महिलाले मात्र सञ्चालन गरेको नियमित विद्यालय हो । तीनसय विद्यार्थी रहेको  यस विद्यालयमा १५ जना शिक्षिकाले अध्यापन गराइरहेको सह–प्रध्यापक बिना देउजाले जानकारी दिइन् । महिलाको समयलाई ध्यानमा राखेर आस्थाले बिहान र दिउँसो गरी दुईवटा कक्षा सञ्चालन गरिरहेको छ । मागेर आइमाई पढाउन खोज्ने भनेर हिजो  तिखो बचन लगाउनेहरू अहिले आफ्नो नजिक नपर्ने विद्यालय सञ्चालक समितिकी पूर्व अध्यक्ष जुना बस्नेत बताउँछिन् । स्थानीय समुदायदेखि शिक्षा विभागसम्म पुग्दा सञ्चालक समितिले भोग्नु परेको पीडा सुनाउँदै बस्नेतले भनिन् ‘पहिलो एसएलसीको लागि विद्यार्थीको फारम भर्न जिल्ला शिक्षा कार्यालय पुग्दा महिलाको स्कुल हो मिल्दैन, अरु स्कुलबाट मिलाउनु भनेर फर्काइयो । मिसहरू रुँदै आउनुभयो । त्यसपछि शिक्षा विभाग र मन्त्रालयसम्म जुलुस नै लैजानु परेको थियो ।’ आफ्नो अधुरो शिक्षा पुरा गर्न पाउने अधिकार स्थापित गर्नको लागि ठूलो संघर्ष गरेको आस्थाले आर्थिक अबस्था कमजोर भएका महिलालाई निःशुल्क शिक्षा दिएको छ । आर्थिक अबस्था राम्रो हुनेले महिनामा २ देखि ५ सय रुपैयाँसम्म दिन्छन् । आर्थिक संकटबाट गुज्रिएको आस्थालाई नेकपा ९एमाले० अध्यक्ष केपी ओलीले दिएको ५० हजार रुपैयाँले ठूलो राहत भएको थियो  बस्नेतले भनिन् ‘उहाँले दिएको पैसाले एकवर्षको घरभाडा बुझायौं । तर, मिसहरूलाई तलब दिन पैसा थिएन । उहाँहरूले बिना तलब पढाउनुभयो ।’ गर्भवती हुँदा, श्रीमानको सरुवा हुँदा, छोराछोरी र सासु ससुरा बिरामी हुँदा महिला विद्यार्थी दैनिक स्कुल आउन पाउँदैनन् । सहप्राध्यापक देउजा भन्छिन्, ‘घरको पीडा सुनाएर कति महिला स्कुलमै रुन्छन् । कहिलेकाँही उनीहरूको पीडा सुनेर हामी पनि रुन्छौ ।’ आस्थाबाट एसएलसी दिनेमा पत्रकार, सभासद्, सेना, पुलिस प्राध्यापकदेखि श्रमिकका श्रीमती समेत रहेका छन् । त्यसकारण श्रीमानको डरले धेरैले आफ्नो परिचय दिन मान्दैनन् । पढाई कम भएकै कारण घर परिवार र समाजमा अपहेलित हुँदा निरास भएका महिलालाई आस्थाले मनोसामाजिक विमर्श दिने र पढाउने गरेको छ । कुनै महिला एक दिन बिद्यालय आएनन् भने, शिक्षिका अर्को दिन उनको समस्या बुझ्न घरमै पुग्छन् । यहाँ घर परिवारले पढाईमा बन्चित गरेपछि परिवारलाई थाहा नदिइकन पढ्न आउने महिला पनि छन् । गणित र विज्ञान पढाउने शिक्षिका उमा कार्कीले आफ्नो अनुभव सुनाउँदै भनिन् ‘आस्थामा पढाउन पाउँदा गौरव लाग्छ । बुझाउन अलि गाह्रो हुन्छ । हामीले किताब पढाउँछौ, उहाँहरूले हामीलाई जीवन पढाउनुहुन्छ ।’ ‘उमेरका कारण म्याडम भन्दा शुरुमा अप्ठ्यारो लाग्थ्यो, अहिले बानी परिसक्यो ।  एउटा छुट्टै खालको आनन्द अनुभूति हुन्छ ।’ यसपाली १२ देखि १५ जनाले राम्रो नम्बर ल्याएर पास हुने शिक्षिका कार्कीको विश्वास छ । भक्तपुरबाट अहिले ५७ सय ६ जनाले  एसएलसी दिन लागेको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बताए । उनले आफूभन्दा तीनवर्ष जेठो महिलाले एसएलसी दिन लागेकोमा  खुशी व्यक्त गर्दै भने ‘चैत ५ गते समाचार संकलन गर्न आउनु होला, यसले सबैलाई प्रेरणा दिनेछ ।’ देशभरबाट एसएलसी दिनेको संख्या ५ लाख ७४ हजार छ । छात्रा २ लाख १३ हजार ७ सय १० छन् भने छात्रतर्फ २ लाख १२ हजार ५ सय ४ रहेको परिक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले बताए । (सञ्चारिका फिचर सेवाको अनलाइनबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies