Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बन्दीगृह नै बीपीका साहित्यिक रचना-स्थल

काठमाडौँ, नेपाली आख्यान (कथा र उपन्यास) विधामा पहिलोपटक यौनमनोवैज्ञानिक धारालाई भित्र्याएका आख्यानकार बीपी कोइरालाले आफ्ना अधिकांश साहित्यरचना सुन्दरीजल बन्दीगृहमै गरेका कुरा पुष्टि भएको छ । तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते आफ्नो हातमा सत्ता लिएपछि उनलाई दुई महिना सिंहदरबारको बरफबागमा राखेर फागुनमा सुन्दरीजल सारिएको थियो । वरिपरि डाँडाकाँडा, हरियालीको ग्रामीण परिवेश एवम् खारिएका विश्वसाहित्यको अध्ययनबाट नै बन्दीगृहमा उनले साहित्यको नयाँ आयाम सुरु गरेको उनीबारे विद्यावारिधि गरेका विद्वानहरुले जानकारी दिएका छन् । कोइरालालाई बन्दीगृहमा लैजानुअघि उनको एउटा कृति (कथा सङ्ग्रह– दोषी चश्मा) मात्रै प्रकाशित भएको थियो । त्यसपछिका सबै कृतिहरु सुन्दरीजल बन्दीगृहमै जन्मिएको प्रा.डा. ज्ञानु पाण्डे बताउँछिन् । ‘‘बीपीको उपन्यासमा अस्तित्ववाद’ विषयमा विद्यावारिधि गरेकी प्राज्ञ पाण्डे राजनीतिक व्यस्तताका कारण वि.सं. २००७ देखि २०१७ सम्ममा कोइरालाका कुनै पनि साहित्यिक कृति प्रकाशनमा नआएका तर बन्दी जीवन सुरु भएपछि त्यहीँ नै साहित्यिक कृतिका लागि उर्वर स्थल बनेको बताउँछिन् । तीन घुम्ती, नरेन्द्र दाइ, सुम्निमा, मोदीआइन, बाबुआमा र छोरा एवम् हिटलर र यहुदी गरी छ वटा उपन्यास तथा श्वेतभैरवी कथासङ्ग्रह, जेल जर्नल, फेरि सुन्दरीजल र आफ्नो कथा लगायतका कृतिको रचना कोइरालाले बन्दीगृहमै बसेर गरेका थिए । ‘बीपीको सर्वाङ्गिण पक्षलाई हेर्ने हो भने उनको साहित्यलाई हेर्नुपर्छ, राजनीतिक रुपमा मात्र मूल्याङ्कन गरेर हुँदैन’, प्राज्ञ पाण्डेले भनिन् । २०६१ भदौ २४ गते सुन्दरीजल बन्दीगृह बीपी सङ्ग्रहालयमा परिणत भएपछि राजनीतिक व्यक्तित्वलाई झल्काउने चीजबिजको मात्र सङ्ग्रह गरी उनको साहित्यिक व्यक्तित्वलाई ओझेलमा पारिएकोमा बीपीबारे विद्यावारिधि गरेका साहित्यकार असन्तुष्ट छन् । ‘बीपीको व्यक्तित्वबाट साहित्य झिकिदिने हो भने बाँकी व्यक्तित्वले मात्र उनलाई पूर्णता दिन सक्दैन’ प्राज्ञ पाण्डे भन्छिन् । नेताहरुलाई राख्न सुन्दरीजल आर्सनलका प्रमुख बस्ने सरकारी निवासलाई रातारात वरिपरिबाट पर्खालले घेरी बन्दीगृह बनाइएको थियो । बन्दीगृहमा बिपीसँगै प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्रीहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्र, प्रेमराज आङ्देम्बे र सहायकमन्त्रीहरु दिवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरुङलाई सारिएको थियो । बन्दीगृहमा सारेपछि नै बीपी त्यहाँभित्रको बूढो कपूरको रुखमुनि बसेर पुस्तक पढ्ने र लेख्ने गरिरहेका देखिनेगरेको जेलमा दूध लैजाने अनुमति पाएका स्थानीय मोदनाथ पोखरेलले बताए । ‘बिहान दूध लैजान र दिउँसो बन्दीगृहभित्र घाँस काट्न अनुमति दिएकाले बीपीले कपूरको रुखमुनि बसेर लेखपढ गरिरहेको देख्थें, सुरुमा कुराकानी गर्न पहरा दिइबसेका सैनिकले कडाइ गरे पनि पछि केही खुकुलो भएका बेला बीपीले नै मलाई बोलाएर कुराकानी पनि गर्नुहुन्थ्यो ।’ उनले बीपीसितको स्मरण सुनाए । उपचार र राजनीतिक कामका लागि २०२५ सालपछि बीपी र गणेशमान भारत निर्वासनमा गएका थिए । २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवै नेतालाई सिधै सुन्दरीजल बन्दीगृहमा लगिएको थियो । त्यसपछि लेखिएको बीपीको दैनिकीलाई ‘फेरि सुन्दरीजल’ का नाममा प्रकाशित छ । सङ्ग्रहालयका अध्यक्ष पर्शुराम पोखरेल सङ्ग्रहालयलाई राजनीति, साहित्य र दर्शनको त्रिवेणी धामका रुपमा स्थापित गर्ने अभियानमा लागिएको बताउँछन् । ‘सङ्ग्रहालयमा बीपीका सबै साहित्यिक कृतिका साथै उनका साहित्यिक चिजबिजको पनि सङ्ग्रह गरिएको छ, साहित्यिक कार्यक्रम चाहिँ गर्न सकिएको छैन, बीपीसम्बन्धी साहित्यिक कार्यक्रम गर्ने सोचमा पनि हामी लागिपरेका छौँ, यसका लागि साहित्यकारको सक्रिय सहभागिताको महसुस गरिएको छ’– उनले भने । बीपीलाई जतिबेला अराष्ट्रिय तत्वका नाममा जेलमा राखिएको थियो । त्यही समयमा बीपीको साहित्य भने विश्वविद्यालयमा पढाइ हुन्थ्यो । साहित्यबाट बीपीले सामाजिक सन्देश दिन खोजे पनि त्यस समयमा मनोवैज्ञानिक धाराका साहित्यकारका रुपमा चिनाइएको प्राज्ञ डा. पाण्डे बताउँछिन् । हरिप्रसाद पराजुलीले २०३७ सालमा ‘कथाकार विश्वेश्वरप्रसाद कोइरालाको विश्लेषण र मूल्याङ्कन’ विषयमा विद्यावारिधि शोध गरेका थिए । डा. ध्रुवचन्द्र गौतमको निर्देशनमा भएको शोध व्यवस्थाका कारण २०४५ सालमा मात्र सम्पन्न भएको थियो । अहिलेसम्म डा. कृष्णप्रसाद दाहाल, डा. नारायण चालिसे, डा. रेणुका बस्नेत थापा (सोलु), डा. भूपति ढकाल (कमल), डा. वीरेन्द्र पुडासैनी, डा. श्यामप्रसाद भट्टराई, डा. देवचन्द्र मिश्र, डा. राधा शाह र डा. सूर्य सङ्ग्रौला लगायत १५ जनाले बीपीको साहित्यमा आधारित भई विद्यावारिधि शोध सम्पन्न गरेको बीपी ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए । ‘शोधका क्रममा मैलै प्रत्यक्ष रुपमा कोइरालासँग छ घन्टा लामो अन्तर्वार्ता गरेँ, अन्तर्वार्ताका क्रममा उहाँको हिटलर र यहुदी २०१५ सालमा प्रधानमन्त्री भएका बेलामा सुरु गरी २०१७ पुस १ गतेको घटनापछि सुन्दरीजल बन्दीगृहमै पूरा गरेको बताउनुभएको थियो’– कोइरालाको कथामा पहिलो विद्यावारिधि गरेका पराजुलीले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies