Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भारतीय पूर्व प्रधानमन्त्री डा. सिंहलाई अदालतले बोलायो

नयाँ दिल्ली, भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहलाई एक भ्रष्टाचारसम्बन्धी मुद्दामा बयानका लागि अदालतले बोलाएको खबर छ ।

उनलाई उनि भारतको प्रधानमन्त्री रहेका बेला सन् २००५ मा गरेको भनिएको कोइलासम्बन्धी अनियमितताको मुद्दामा बयानका लागि अदालत बोलाएको समाचारमा जनाइएको छ ।

अरबौँ भारतीय रुपैयाँ बराबरको सो मुद्दाको छानबीन जारी रहेको छ । सो मुद्दामा जारी अनुसन्धानका क्रममा भारतको विशेष अदालतले पूर्व प्रधानमन्त्री डा. सिंहसहित अरु पाँचजनालाई सो मुद्दाका बारेमा प्रश्न सोध्नका लागि बोलाएको हो ।

उनलाई कोइलाखानी सञ्चालनसम्बन्धी अनुमति दिँदा सरकारी साधन र स्रोतको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सोधपुछका लागि बोलाएको हो ।

त्यस समयमा उनी आफै कोइला मन्त्रीको पनि जिम्मेवारीमा रहेकाे र सोही समयमा कोइला उत्पादन र बिक्रीबितरणका लागि निजी क्षेत्रलाई दिइएको लाइसेन्समा अनियमिता भएको बताइएको थियो ।

त्यसको केही समयपछि देखि नै उक्त काण्डको छानबीन सुरु भएको थियो । सोही क्रममा बुधबार उहाँलाई अदालतले आगामी अप्रिल ८ मा बयानका लागि बोलाएको बताइएको छ ।

यो काण्डले सन् २००५ मा भारतको कोइला खानीको क्षेत्रमा निकै ठूलो तहल्का मच्चाएको थियो ।

यो विषय भारतका एकजना ठूला उद्योगपतिसँग पनि जोडिएको आरोप लगाइएको छ । कुमार मङ्गलम बिरला भारतको कोइलासम्बन्धी एक ठूलो कम्पनी हिन्डाल्कोका अध्यक्ष पनि रहेका र सो कम्पनी पनि यसमा मुछिएको छ ।

सो कम्पनीले यसअघि नै कोइला खानीको सो अनुमतिका क्रममा कुनैपनि अनियमितता नभएको दाबी गरेको छ ।

पूर्व प्रधानमन्त्री डा. सिंहले पनि सन् २०१३ मा नै एक विज्ञप्तिमार्फत सो विषयमा कुनैपनि अनियमितता नभएको र राजनीतिक रुपमा प्रेरित भई यस्तो मुद्दा उठाइएको बताएका थिए ।

भारतको सर्वाेच्च अदालतले गएको दुई दशकमा भारत सरकारले त्यहाँको निजी क्षेत्रलाई दिएको सो कोइलाखानी सञ्चालनसम्बन्धी अनुमतिका विषयमा करिब २१४ वटा कोइला खानीमाथि कारबाही गरेको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies