Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

इरानसँग पारमाणविक वार्तालाई असफल बनाउने अमेरिकी सिनेटरको प्रयास

वासिङटन, इरानसँग पारमाणविक सम्झौता गर्ने अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रयासलाई थप असफल बनाउने प्रयासको रूपमा अमेरिकी संसदको माथिल्लो सभा सिनेटका रिपब्लिकन पार्टीका सांसदले सोमबार तेहरानलाई उसले गरेको कुनै पनि सम्झौता दिगो नहुने चेतावनी दिएका छन् ।

सिनेटका ४७ सांसदले इस्लामी गणतन्त्रलाई एक खुला पत्र लेखी राष्ट्रपति ओबामाले हस्ताक्षर गर्ने कुनै पनि सम्झौतालाई कङ्ग्रेसले समर्थन गर्नुपर्ने भएको र त्यसलाई भविष्यका राष्ट्रपतिले पनि अस्वीकार गर्नसक्ने चेतावनी दिएका छन् ।

इरानको पारमाणविक कार्यक्रम अन्तर्राष्ट्रिय निरीक्षणभित्र पार्ने गरी तेहरान तथा ‘पीफाइब प्लस वन’ नाम गरेका विश्वका प्रमुख शक्तिबीच वार्ता भइरहेको छ र यो वार्तालाई असफल बनाउन यो पत्रले प्रयास गरेको छ ।

यस्तो सम्झौताले इरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउने तथा तेहरान गोप्य रूपमा पारमाणविक हतियार प्रविधि विकास गर्ने प्रयास गर्न स्वतन्त्र हुने धेरै रिपब्लिकन सिनेटरको आशङ्का छ ।

इरानले भने आफ्नो पारमाणविक शक्तिको विकास नागरिक उपयोगका लागि हुने अडान लिएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा इरानको उक्त कार्यक्रमलाई अन्तर्राष्ट्रिय निरीक्षणमा राख्न चाहन्छन् । यसो गर्दा तेहरानलाई बम प्राप्त गर्नबाट रोक्न सकिने उनको धारणा छ ।

उक्त पत्रलाई आइतबार राती ब्लुमबर्गले अनलाईनमा प्रकाशन गरेको हो । पत्रमा कुनै पनि अन्तर्राष्ट्रिय समझौता अमेरिकामा कानुन बन्न त्यसलाई अमेरिकी कंग्रेसको बहुमतले समर्थन गर्नु आवश्यक हुने उल्लेख गरिएको छ ।

पत्रमा कङ्ग्रेसले समर्थन नगरेको इरानको पारमाणविक हतियारसम्बन्धी कार्यक्रमको सम्झौता राष्ट्रपति ओबामा तथा आयातोल्लाह खामेनीबीच भएको कार्यकारी सम्झौताभन्दा बढी नहुने दाबी गरिएको छ ।

पत्रमा आउँदा राष्ट्रपतिले त्यस्तो कार्यकारी आदेशलाई खारेज गर्नसक्ने र कङ्ग्रेसले सम्झौताको सर्तमा कुनै पनि समयमा संशोधन गर्नसक्ने उल्लेख गरिएको छ । उक्त पत्रमा सिनेटको बहुमतका नेता मिच म्याकोनेल, टम कटन तथा अन्य ४० सिनेटरले हस्ताक्षर गरेका छन् । पत्रमा राष्ट्रपति ओबामा सन् २०१७ को जनवरीमा पदमुक्त हुने तर आफूहरू त्योभन्दा निकै बढी अवधि पदमा कायम रहने र यो अवधि एक दशक पनि हुनसक्ने चेतावनी दिइएको छ ।

अमेरिकामा सन् २०१६ मा हुने राष्ट्रपति पदको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार हुने प्रायः सबै व्यक्तिले पनि उक्त पत्रमा हस्ताक्षर गरेका छन् ।

विदेशी सरकारसँग सम्झौता गर्ने जिम्मेवारी अमेरिकी कार्यकारी पक्षको हो र त्यो काम सांसदको होइन । पारमाणविक वार्ताका लागि देखिएको असजिलोपना बढेर रिपब्लिकन सांसदले इरानी चुनौतीका विषयमा अमेरिकी संसदमा बोल्न इजरायली नेता बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका थिए ।

राष्ट्रपति ओबामाको प्रशासनले उक्त आमन्त्रण कूटनीतिक मान्यता विपरीत भएको दाबी गरेको छ भने डेमोक्र्याटहरूले त्यसलाई अरुलाई होच्याउने प्रवत्ति ठानेको छ ।

इजरायली प्रधानमन्त्री नेतान्याहूले यस्तो सम्झौताले इरानलाई पारमाणविक हतियार प्राप्त गर्ने मार्ग प्रदान गर्ने चेतावनी दिएका छन् ।

यसै साताको अन्त्यमा राष्ट्रपति ओबामाले इरानसँग निरीक्षण गर्ने सकिने समझौता गर्न नसकिने भएमा अमेरिका वार्ताबाट हट्ने बताएका छन् । फ्रान्सले इरानले पारमाणविक हतियार बनाउने कार्य बन्द गर्नेछ भन्ने कुराको ठूलो प्रत्याभूति दिनुपर्ने कुरामा जोड दिएको छ र यस विषयमा मतभेद हटाउन अमेरिकी विदेशमन्त्री जोन केरी पेरिस पुगेका थिए ।

इरानसँग यस विषयमा एक वर्षदेखि वार्ता चलिरहेको छ र यसको समयसीमा मार्च ३१ मा अन्त्य हुनेछ । यसको अर्थ जुन महिनाभित्र यो कार्य सम्पन्न हुनुपर्छ ।

हाल छलफलको विषय इरानलाई पारमाणविक हतियार प्राप्त गर्न रोक्ने तथा यस मुलुकमाथि पश्चिमी मुलुकले लगाएको प्रतिबन्ध हटाउने रहेको छ । यस वार्तामा अमेरिका तथा इरानबीच दुई पक्षीय वार्ता तथा ‘पीफाइब प्लस वन’ अर्थात बेलायत, चीन, फ्रान्स, जर्मनी, रसिया तथा अमेरिकाको इरानसँगको वार्ता समावेश भएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies