Khabar Dabali Logo
  November 22, Fri

प्रज्ञा-प्रितष्ठान द्वारा नारी साहित्यकारको परिचय कोश तयार

काठमाडौँ,  नेपाल प्रज्ञा –प्रतिष्ठानले करिब दुई सय नारी साहित्यकारका विवरण समेटिएको परिचय कोशको प्रथम प्रतिवेदन साेमाबार  सार्वजनिक गरेको छ ।

प्रतिष्ठानले यसअघि सबैको संयुक्त परिचय कोश प्रकाशनमा ल्याए पनि नारी साहित्यकारलाई मात्र केन्द्रित गरी पहिलो पटक परिचय कोष प्रकाशनमा ल्याउन लागेको हो । कोशमा कम्तीमा एक पुस्तक प्रकाशन गरेका र यही फागुन १० सम्म विवरण प्राप्त विभिन्न भाषाभाषीमा कलम चलाउने नारी स्रष्टाका परिचय समेटिएको छ । सो कोशको प्रथम प्रतिवेदन पूर्वसदस्यसचिव गीता केशरीले हिजाे सार्वजनिक गरिन् ।

सो प्रतिवेदनलाई विज्ञ र सरोकारवालाको रायपछि अन्तिम प्रकाशन गरिने प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताए । प्राज्ञ नर्मदेश्वरी सत्यालले समालोचना तथा निबन्ध विभागले यस प्रकारको प्रकाशन पहिलो पटक प्रकाशन गर्न लागेकाले छुटेका नारी स्रष्टाले चाँडै विवरण दिन सक्ने बताइन् ।

यसैबीच एक सय पाँचौ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा हिजाे प्रतिष्ठानले सांस्कृतिक रुपान्तरणमा स्रष्टाको दायित्व विषयमा आयोजना गरेको गोष्ठीमा प्रा मोहनराज शर्माले कार्यपत्र प्रस्तुत गर्दै समाजमा अझै पनि हैकमवादी प्रवृत्ति हाबी भएकाले पुरुष र महिलाबीच भागिदारीपूर्ण व्यवहार हुनुपर्नेमा जोड दिए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै समालोचक डा सुधा त्रिपाठीले समाजको सामन्तवादी पितृसत्तावादी सोचका कारण सांस्कृतिक रुपान्तरणको गतिले तीव्रता नपाएको भन्दै यसका लागि साहित्यकारको महत्वपूर्ण भूमिका हुनुपर्ने बताइन् ।

प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरे, प्राज्ञ उषा ठाकुर र ज्ञानु पाण्डे, साहित्यकार बेन्जु शर्मा, उषा शेरचन, गीता त्रिपाठी, प्रा डा कुमारबहादुर कोइराला, ममता नेपाल, गायत्री विष्ट, प्रभा बराल, यशोदा अधिकारी, सुशीला प्रधानाङ्ग, रत्नमणि नेपाललगायतले कार्यपत्रमाथि सुझाव दिएका  थिए ।

फागुन २६ गते, २०७१ - १६:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top