Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

नारी ! पढ आफूलाई

अपाङ्ग राज्यमा आठ मार्च मनाइरहँदा पुन्टीहरुका स्वत्वहरू गाउँदै सेतीलाई नियालिरहेछु पढ्न नसकेका अक्षरहरूमा युद्धको अनुभव गर्दै मानव सभ्यताको संघारभित्र छिरेको छु यतिबेला डोल्पाको ठिहीमा बसेर पुन्टी रोकायाको वृत्तचित्र कोरिरहेछु क्रान्तिका स्वत्वहरू छैनन् म भनिरहेछु कविता पुनका स्वत्वहरू पढ्न आग्रह गरिरहेछु मानिसहरू पढिरहेका छैनन् उनलाई उनका श्रावकहरू मयुर झैँ नचाइरहेछन् आठ मार्चले उनको आँगन टेकेन कहिल्यै घुर्ची वरिपरिका बस्तीहरूका सिमीका झाङ्हरूले पहिल्याउन सकिरहेका छैनन् आफैंले भोगिरहेका कुराहरू यहाँ प्रस्तुत भइरहेछन् आठ मार्चले पुन्टीले बोकेका बन्दुकहरूको चर्चा गर्न चाहँदैनन् उनको पिठ्युँमा रहेका सुन्दर बन्दुकहरू नै मानिसहरूको इतिहास खोजिरहेथे हुम्लाका बारीहरूमा उवाको सातु नपाएर छट्पटिएकी पुन्टीका जीवनहरू एक मुठी सातु मागिरहेको कुरा आठ मार्च भन्न नै रुचाउँदैनन् कविता पुनहरूले दुःख भोगिरहेका कुनै पर्चाहरूमा छैनन् अगाडि उभ्याइदिएर नचाउँदैमा उनको सपना साकार हुन्छ र ? काम नगर्ने प्रेतहरूले क्रान्तिको कुरा गर्दा हाँसो उठ्छ पुन्टीका सुसेलीहरू उनले गाएका मिठामिठा गीतहरू धुनहरू सुन्न सक्ने तागत छैन आठ मार्चलाई जीवनलाई क्रान्तिको बाटो बनाउने कविता पुन आहुति हुन तयार छिन् कर्तव्यपरायणता प्रस्तुत गरेर चिप्लेकीराहरू एनजीओका हुलाकीहरू आठ मार्चको बेलुन लिएर काठमाडौँको धुवाँसँगै उडिरहेछन् यतिबेला मानसरोवर हाँस्न सकिरहेको छैन सेतीका बाफहरू पूर्वतिर उडिरहेका छन् बन्दुकको आवाज रोकिएको छ चराहरू मौन छन् पुन्टी र कविता पुनहरूलाई आठ मार्च थाहा छैन सहरभित्रका कङ्क्रिट–महलहरू धुमधाम मनाइरहेछन् दोरम्बा र खाराहरू बेनी, गौरहरूका सपना बिटुल्याउँदै एनजीओहरू समाजवादका समाचार लेखिरहेछन् पुन्टी रोकायाको आङ्मा केही नभए झैँ नाङ्गिएको लोकतन्त्र कविता पुनहरूको आँसु पिइरहेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies