Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

रोल्पामा दुई आर्मी भिडन्तमा त्रिभुवन आर्मीको जित

रोल्पा, १० टीमलाई पछिपार्दै त्रिभुवन आर्मी क्लवले प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि चुमेको छ । रोल्पाको सदरमुकाम लिबाङमा आयोजित राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाली सेनाकै देवीदत्त गण लाई पछि पार्दै त्रिभुवन आर्मी क्लवले उपाधि जितेको हो । विजेता आर्मी क्लवले रु. १ लाख १ हजार ११ रुपैयाँ नगदसहित ट्रफी हात पारेको छ । उपविजेता नेपाली सेनाकै देवीदत्त गण रोल्पाले ५१ हजार १ सय ११ हात पा¥यो । प्रतियोगितामा चतुर्भूज युवा क्लव खुङ्ग्री र सृजनशील युवा क्लव जिनाबाङले सेमिफानलिष्टको उपाधी पाएका थिए । विजयी टीमहरुलाई संविधानसभा उपाध्यक्ष ओनसरी घर्तीमगरले बधाईसहित पुरस्कार प्रदान गरिन् । त्यस्तै जिल्लास्तरीय महिला भलिबल प्रतियोगितामा मावि ह्वामा प्रथम, बालकल्याण उमावि ‘ए’ समूह दोस्रो, उवा क्लव तेस्रो र बालकल्याण उमावि ‘बी’ समूह सान्त्वना भएका थिए । सनस्टार युवा क्लवको तेस्रो र सनस्टार राष्ट्रिय साप्ताहिकको दोस्रो वार्षिकोत्सवको अवसरमा भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक कार्यक्रम तथा रमाइलो मेलाको समेत आयोजना गरिएको थियो । १५ गतेबाट सुरुभएको भलिबल प्रतियोगिताको बुधबार समापन गरिएको छ भने रमाइलो मेला तथा सांस्कृतिक कार्यक्रम भने फागुन ३० गतेसम्म जारी रहने क्लवका अध्यक्ष पूर्ण केसीले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपसभामुख ओनसरी घर्तीमगरले खेलक्षेत्रको विकासका लागि गाउँगाउँमा गठन गरिएका क्लवहरुले निकै राम्रो भूमिका खेलिरहेको बताए । खेल क्षेत्रले एकअर्काको मित्रवत् सद्भाव हुने भन्दै घर्तीले राजनीतिक खेल पनि उत्कर्षमा पुगेको र छिटै राजनीतिक बृतमा बदलाव आउने बताए । अहिलेको देशको राजनीतिक माहोलले पनि खेलाडीहरुजस्तै मित्रवत् सहकार्यसँगै जनताका मुद्धाहरुमा विजयी हुनुपर्ने बताए । उद्घाटनको अवसरमा सुनछहरी कला केन्द्र, देवीदत्त गण, बालकल्याण उमावि, होलिभिजन आवासिय मावि, तुलसी आवासिय मावि लगायतले विभिन्न झाँकी, मार्चपास तथा सांगीतिक प्रस्तुति देखाएका थिए । सनस्टार राष्ट्रिय साप्ताहिकको आयोजनामा कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण लोकदोहोरी गीत प्रतियोगिताको समेत् आयोजना गरिएको थियो । जसमा पत्रकार समूह विजयी भएका थिए । रोल्पामा पहिलोपटक आयोजित धेरै राशीको भलिबल प्रतियोगितामा व्यवसायिक खेलकुद क्लवहरुको सहभागिता यो नै पहिलो भएको अध्यक्ष पूर्ण केसीले दावी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies